Showing posts with label धर्म–संस्कृति र परम्परा. Show all posts
Showing posts with label धर्म–संस्कृति र परम्परा. Show all posts
संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

संसारमै नि:स्वार्थ मायाकी खानी ‘आमा’

–सीता पौडेल
आमा शव्द आफैंमा यति सुन्दर, परिपूर्ण र पवित्र छ कि लाख कोशिश गरेर पनि हामी अरु कुनै शव्दमा भेट्न सक्दैनौं । मायाकी खानी, ममतामयी आमा अनि उनको निश्चल र निस्वार्थ मायाको अगाडी अरु कुनै पनि यस्तो माया छैन जसको मायामा स्वार्थ नहोस् ।

उत्कृष्ट मानवजाती हामीमा मात्र नभई पशुपन्छीहरुमा पनि मादा प्राणीले आफ्नो सन्तानलाई त्यसरी नै माया गरि रहेको हुन्छ । चराचुरुङ्गीहरुमा पनि त जब सम्म बचेरोको पखेटा लागेर उड्न सक्दैन तब सम्म टाढा टाढाबाट आहारा खोजेर आफ्नो चुच्चोको सहायताले खाना ल्याएर बचेराको पेट भराउने गर्छिन् ।
आमा बिनाको घर र पानी बिनाको माछा उस्ता उस्तै हुन् भन्ने कुरा मात्र त्यो मानिसले बुझ्दछ जसले आमाको निस्वार्थ मायालाई बुझेर महसुस गरेको हुन्छ र उनको सामिप्यलाई आफ्नो सफलता मानेको हुन्छ ।
आमाले आफ्नो सन्तानलाई त्यतिबेला देखि निस्वार्थ माया गर्न थाल्छिन् जब देखि आफू गर्भवति भएको थाहा पाँउछिन् । नौ महीनासम्म गर्भ भित्र नै उनले आफ्नो सन्तानको स्वास्थ्य र सुरक्षाको लागि हरेक सावधानीहरु अपनाउन सुरु गर्छिन् ।

यो सुन्दर संसारमा आफ्नो सन्तानलाई ल्याउन उनले असह्य प्रसव वेदना सहदै जीवन र मृत्युको संघारमा उभिएर कठोर संघर्ष गर्छिन् । शिशुको जन्म संगसंगै उनका धेरै अभिभाराहरु बढ्न थाल्छन् तर ऊनी उफ्फ सम्म नगरी आफ्नो सन्तानलाई ज्ञान, शिक्षा, अनुशासन, संस्कार र सदाचारको पाठ पढाउँदै हुर्क्याउन थाल्छिन् । जतिसुकै दु:ख कष्ट आई परेपनि आफूलाई नै बिर्सेर सन्तानको पेट भर्न पछि पर्दिनन् ।

आमाको लागी हामी जति पनि बयान गरौं कम नै हुन्छ । दु:खद र यथार्थ कुरा के हो भने जब सन्तान बढ्दै जान्छ र उसका असीमित इच्छा र चाहनाले नेटो काटदै जान्छ, त्यतिबेला ऊ आमाको हरेक त्याग र समर्पणलाई भुल्दै सांसारिक र भौतिक मायामोहको खोजीमा भौंतारिन थाल्छ । ऊ ठिक त्यस मृग जस्तै हुन्छ जुन मृगले आफ्नै नाभिमा रहेको कस्तुरीबारे थाहा नपाएर कस्तुरीको बास्नालाई पछ्याउँदै वन भरि भौंतारिएको हुन्छ ।

  वृद्ध भई सके पछि तिनै ममतामयी आमा सन्तानको लागि भार बन्न पुग्छिन्, तिनका अर्ती उपदेश अब सन्तानलाई अपाच्य हुन्छ । तिनको समर्पण र त्यागको बदलामा बडो निर्दयीताका साथ उनलाई वृद्धाआश्रम लगिन्छ । उनले दिएका ज्ञान, उपदेश अनि सारा शिष्टता र संस्कारलाई बिर्सेर असभ्यता, अशिष्टता अनि विकृतिलाई भित्र्याउँछन् । सन्तान जति कपुत भएपनि आमाको मायामा कहिल्यै कुनै कमी आउँदैन बरु उनी चिन्तित बन्न पुग्छिन् तर सन्तान...?

आमाको प्रसङ्गमा मलाई आज आफ्नो जन्मभूमि, मातृभुमी नेपाल आमाको पनि कुरा गर्न मन लाग्यो । नेपाल आमाका हामी कपुत सन्तानले आज उनलाई त्यसरी नै धरधरी रुवाएका छौं । अती नै मनोहर र सुन्दरताले भरिएको उनको काखमा बसेर उनैले नै दिएको गाँस बाँसमा रमाउँदै उनैको अपमान गर्न कुनै कसर बाँकि राखेका छैनौं ।

धिक्कार छ हामी जस्ता कपुत सन्तानलाई  जसले आमाको संरक्षण गर्न जानेनौं र पटकपटक उनको छातीमा प्रहार गरिरह्यौं र अझै पनि गर्दै छौं । नेपाल आमाको सुन्दरताको चिरफार गर्दा के हामीमा अलिकति पनि अफसोस छैन ? छातीमा हात राखेर स्वच्छ मनले मनन गरौं यदि छ भने मातातिर्थ औंसीको शुभअवसरमा प्रण गरौं कि अब हामी असल सपुत बन्दै नेपाल आमाको आँसु पुछ्दै उनको मुहारमा उज्यालो र हाँसो ल्याउने छौं भनी ।

प्रकाशन मितिः २०७३ वैशाख २३ गते बिहीबार
राष्ट्रिय विभूति सीताको जन्म प्रसंगको चिरफार

राष्ट्रिय विभूति सीताको जन्म प्रसंगको चिरफार

-प्रवीण अधिकारी
उत्पति :
====
वाल्मीकि रामायणमा सीताको जन्म वैशाख शुक्ल नवमी र तिश्य नक्षत्रको योगमा भएको बताइएको छ भने निर्णयसिन्धु' को 'कल्पतरु'मा फाल्गुन कृष्ण अष्टमीको तिष्य योगमा भएको भनिएको छ ! जे सुकै भएपनि सीता नेपालकी छोरी थिइन् ! उनि आदर्शपत्नी, आदर्शमाता, आदर्श भाउजू, आदर्श बुहारी, आदर्श महारानी र समग्रमा भन्नु पर्दा आदर्श नारीको प्रतिमूर्ति भएकीले नेपालको राष्ट्रिय विभूति हुन् पुगेकी हुन् ! उनको आदर्श, सच्चरित्रता, सतीत्व, नारीत्व, मातृ वात्सल्य र करूणामयी व्यक्तित्व संसारभरी प्रसारित छ ! शब्दकोश पल्टाउँदा सीता शब्दको अर्थ जमीनमा परेको हलोको डोब, जोतिएको जमीन, हलाको फाली र त्यस फालीबाट धर्तीमा निर्मित रेखा भएको देखिन्छ ! जनकले हलो चलाउँदा त्यही भूमिबाट सीता प्रकट भएको कथा पाइन्छ ! वाल्मीकिरामायण, आनन्दरामायण, अद्भूतरामायण, अध्यात्मरामायण, कम्बरामायण , देवी भागवत आदिमा फरक फरक कथा लेखिएका देखिन्छन !
कसैले मय दानवकी छोरी मन्दोदरीसँग बिहे गर्ने बेलामा रावणले पहिलो सन्तानका कारण वंशै समाप्त हुने सुनेकाले जन्मिनासाथ कन्यालाई गाडेको हो भनेका छन् भने कसैले सीताको जन्म रावणकी धर्म पत्नी मन्दोदरीको गर्भबाट भएको हो भनेका छन् भने कसैले तत्कालिन समयमा बेथिति बढदै जाँदा सौनकादी ८८ हजार ऋषिहरूले रावणको वंशनास गर्ना निमित्त सबैले आफ्नो-आफ्नो रगत अली- अली निकालेर एक पञ्चरंगी डिब्बामा राखे ! रावणले त्यो रगतको भाँडो लिएर गई मन्दोदरीलाई राख्न दियो ! मन्दादरीले रिश्ले त्यो रगत पिईन्। केही दिन पछि मन्दोदरीको गर्भ रहयो र पेटको त्यो बच्चालाई एक घडामा राखी रावणले जनकपुरमा मिल्काए ! विदेहराज राजर्षी जनकले हलो जोत्दा माटो मुन्तिर हलोको फाली त्यसमा अड्किएको र त्यसबाट निस्किएकि कन्यालाई सीता भनिएको भनेर अधिकांस ग्रन्थहरुमा वर्णित भेटिन्छ ! यसरीहेर्दा कसैले कुनै अज्ञात कारणवश ती कन्या खेतमा फ्यालेको र संयोगवश तिनलाई जनकले भेटेको अथवा कसैले खेतमा फ्यालेको कन्या भेटेर राजा जनक समक्ष पुर्याएको पनि हुन् सक्ला ! कथैको कुरो गर्दा महर्षि कण्वले शकुन्तला यसरीनै पाएका थिए र पाएपछि पक्षिहरुले तिनलाई संरक्षित गरेको हुदा तिनको नाउँ शकुन्तला रहन गएको कुरो प्राचिन साहित्यमा वर्णित भेटिएtकै छ ! राजा जनकले घडा खोलेर हेरे पछि कन्या शिशु भएको थाहा पाएर लगेर आफैले पाले ! यस्तो अद्भुत मान्छेको जन्म प्रसंगमा धेरै मिथकहरु गासिनु स्वाभाविक भएको मान्नु पर्छ !
भगवान सीता र राममा समर्पण गरिएको दुइबटा ग्रन्थहरु - तुलसीदास द्वारा रचित ‘श्री रामचरित मानस’ र वाल्मीकि द्वारा रचित ‘रामायण’ हो ! यस बाहेक अरु ग्रन्थहरु पनि छन् तर वाल्मीकि कृत रामायणलाई सटीक ,प्रामाणिक र बिश्वाश योग्य मानिन्छ ! श्रीराम संग बिहे गर्दा सीता ६ वर्षकी थिइन् ! उनि १२ बर्ष सम्म दशरथको दरवारमा बसेर १८ बर्षको उमेरमा रामसंग बनबास लागेको प्रसंग बाल्मीकी रामायणमा उल्लेखित छ !
श्लोक
उषित्वा द्वादश समा इक्ष्वाकूणां निवेशने।
भुंजना मानुषान् भोगान् सर्व कामसमृद्धिनी।१ ।
तत्र त्रयोदशे वर्षे राजामंत्रयत प्रभुः।
अभिषेचयितुं रामं समेतो राजमंत्रिभिः।२ ।
परिगृह्य तु कैकेयी श्वसुरं सुकृतेन मे।
मम प्रव्राजनं भर्तुर्भरतस्याभिषेचनम्।३ ।
द्वावयाचत भर्तारं सत्यसंधं नृपोत्तमम्।
मम भर्ता महातेजा वयसा पंचविंशक:। ४ ।।
अष्टादश वर्षाणि मम जन्मनि गण्यते।।
तत्कालिन विज्ञानले के भन्छ ?
=====================
प्राचिन प्राणी शास्त्रले पृथ्वीबाट उम्रिनेलाई “उद्भिज्ज” भनेर घाँस , औषधि, तरु, लतालाई यस कोटीमा राखेको पाइन्छ भने मान्छे , पशु , जरायुज, अण्डज र स्वेदज प्राणिहरु ( मल मूत्रबाट उत्पन्न भएको ) मानी अन्तर्गत राखेको देखिन्छ ! मान्छेको वर्गमा परेर पनि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हो भन्दा प्राकृतिक नियम बिरुद्ध हुन् जाने देखिन्छ ! यो मिथक कहिलेदेखि र के कारणले यसरी सुनाइयो ठ्याक्कै भन्न र प्रश्ट्याउन सकिन्न जबकि बाल्मीकि रामायण जस्तो प्रमाणिक ग्रन्थले सीताजीलाई अनेक ठाउँमा विदेहराज जनकको आत्मजा एवं औरस पुत्री तथा उर्मिलाको सहोदरा भनेर व्याख्या गरेको छ भने वैदेही ,जानकी आदि नाम पनि उनकैलागि प्रयोग भएको पाइन्छ –
वर्धमानां ममात्मजाम् (बाल० ६६ /१५ ) ;
जानकात्मजे (युद्ध० ११५ /१८ ) ;
जनकात्मजा (रघुवंश १३ /७८ )
महाभारतमा लेखिएको –
================
विदेहराजो जनक: सीता तस्यात्मजा विभो
(३ /२७४ /९ )
अमरकोश (२ /६ /२७ ) ले ‘आत्मज’ शब्दको अर्थ यस्तो लाएको छ –
आत्मनो देहाज्जातः = आत्मजः अर्थात जो आफ्नो शरीरबाट जन्मिएको छ , त्यो आत्मज हो ! आत्मा क्षेत्र (महिला ) को पर्यायवाची हो ; क्षेत्र र शरीर पर्यायवाची हो !
" क्षीयते अनेन क्षेत्रम "
महिलालाई क्षेत्र भन्नु पर्ने कारण र त्यसको अर्थ के हो भने महिलाहरुको शरीर संतान जन्मिएपछि क्षीण भएर जान्छ तर पुरुष बीजरूप भएकाले उनीहरु क्षीण हुदैनन् !
रघुवंश सर्ग ५ , श्लोक ३६ अनुसार –
ब्राह्मे मुहूर्ते किल तस्य देबी कुमारकल्पं सुषुवे कुमारम् ।
अत: पिता ब्रह्मण एव नाम्ना तमात्मजन्मानमजं चकार ।।
आत्मज या आत्मजा त्यसैलाई भन्न सकिन्छ जो महिला र पुरुषको रज-वीर्यको मिलन भएर त्यहीं हुर्की बढी गर्भाशयबाटै जन्म लिन पुग्छन ! किनभने संस्कृतमा ‘जनी प्रादुर्भावे’ बाट जननी शब्द बन्दछ ! त्यसैले जन्म दिनेलाई जननी भनिएको हो ! द्वापर्मा पालन-पोषण गर्ने " यशोदा " माता भनिएकी थिइन् तर जन्म दिएको कारण जननी देवकीनै भनिन्थिन ! बनवास कालमा अत्रि ऋषि आश्रममा सीता र राम पुग्दा अनसूया संग भएको कुराकानीमा सीताले भनेकी थिइन् –
पाणिप्रदानकाले च यत्पुरा तवाग्निसन्निधौ।
अनुशिष्टं जनन्या में वाक्यं तदपि में घृतम् ।।
अयो० ११८ /८ -९
विवाह समयमा मेरी जननीले अग्निका अघि मलाई दिएको उपदेश मैले बिर्सेकी छैन ती उपदेशलाई मैंले हृदयंगम गरेकी छु !
प्रश्नहरु :
----------
विहेको समयमा उपदेश दिने ‘जननी’ पृथिवी कसरी हुन् सक्छिन ?
छोरी बिदाई गर्दा रुने पृथिवी थीईन त् ?
फेरी राम र सीताको पाणी ग्रहण संस्कार गरिंदा रामचन्द्रको २२ पुस्ताको बंश वर्णन र सीताजीको २२ पुस्ताको वंश वर्णन गरिएको थियो ! यदि सीताजीको उत्पत्ति पृथिवीबाट भएको हुन्थ्यो भने पृथ्वी भन्दा पहिलेको पुस्ता कसरी ल्याउथे ? सीताजी पृथ्वीबाट जन्मिएकी हुन् भन्ने श्रोत विष्णु पुराण, अंश ४ , अध्याय ४ , वाक्य २७ -२८ देखिन्छ तर कुन अर्थमा र के उद्द्येश्यले सीता जन्मलाई त्यसरी वर्णन गरीयो यसै भन्न सकिने अवस्था छैन !
अयोनिजा शब्दको प्रयोग
================
हाम्रो परम्परा अनुसार यस काश्यपी सृष्टिमा जीवनको विकास क्रमिक रूपमा हुदै गएको हो !यो कुरो धेरै ग्रन्थहरुमा उल्लेखित गरिएको छ !श्रीमद्भागवत पुराणमा वर्णन गर्दै भनिएको छ -
सृष्ट्वा पुराणि विविधान्यजयात्मशक्तया
वृक्षान्‌ सरीसृपपशून्‌ खगदंशमत्स्यान्‌।
तैस्तैर अतुष्टहृदय: पुरुषं विधाय
व्रह्मावलोकधिषणं मुदमाप देव:॥ ११-९-२८
विश्वको मूलभूत शक्ति सृष्टिको रूपमा अभिव्यक्त भयो !यस क्रममा वृक्ष, सरीसृप, पशु, पक्षी, किरा , माकुरा , माछा आदि अनेक रूपमा सृजना गरीयो ! तर तीबाट पूर्ण चेतना अभिव्यक्त हुन् नसकेकोले मान्छेको श्रिश्टि गरीयो !
प्राणिहरुको प्राचीन वर्गीकरण पद्म पुराण र बिष्णु पुराण अनुसार
=========================================
अर्को कुरा हाम्रो परम्परामा जीवन प्रारंभ भएदेखि मानव जीवन सम्म पुग्न ८४ लाख योनि बित्यो ! आधुनिक विज्ञानले पनि अमीबा देखि मानव जीवन सम्मको यात्रामा १ करोड़ ४४ लाख योनि बितेको देखाउछ ! आज भन्दा लाखौँ बर्ष अघि हाम्रा पूर्वजले यो कुरो साक्षात्कार गरी सकेका थिए ! तिनले ८४ लाख योनिहरुको वर्गीकरण यसरी गरे-
समस्त प्राणीहरुलाई दुई भागमा बाँडे योनिज तथा आयोनिज भनेर ! दुईको संयोग बाट उत्पन्न वा आफै अमिवा जसरी बिकशित भएको !
यस बाहेक स्थूल रूपमा प्राणीहरुलाई तीन भागमा बाँडियो :-
जलचर - जलमा रहने सबै प्राणी !
थलचर - पृथ्वीमा विचरण गर्ने सबै प्राणी !
नभचर - आकाशमा विहार गर्ने सबै प्राणी !
यस बाहेक प्राणी उत्पत्तिको आधारमा ८४ लाख योनिहरुलाई चार प्रकारले वर्गीकरण गरियो !
जरायुज - आमाको गर्भबाट जन्म लिने मान्छे र पशु जरायुज !
अण्डज - अण्डाबाट उत्पन्न हुने अण्डज !
स्वदेज- मल, मूत्र, पसीना आदिबाट उत्पन्न हुने क्षुद्र जन्तु स्वेदज !
उदि्भज- पृथ्वीबाट उत्पन्न प्राणिहरु को उदि्भज वर्गमा परे !
विष्णु पुराणमा संख्याको आधारमा विविध योनि निम्नानुसार देखाइयो !
=============================================
स्थावर - २० लाख प्रकार
जलज - ९ लाख प्रकार
कूर्म- भूमि र जल दुवै ठाउँमा ९ लाख प्रकार
पक्षी- १० लाख प्रकार
पशु- ३० लाख प्रकार
वादर - ४ लाख प्रकार
शेष मानव योनि !)
पद्मपुराण अनुसार
============
यो प्रथ्वीमा एककोशिकीय, बहुकोशिकीय, थल चर, जल चर तथा नभ चर आदि अनेक प्रकारका जीव जन्तुहरु पाइन्छन ! इनको संख्या तथा वर्गीकरण हामी पद्म पुराणमा निम्नानुसार छ !
जलज नव लक्षाणी, स्थावर लक्ष विंशति , कृमयो रूद्र संख्यकः !
पक्षिणाम दश लक्षणं, त्रिम्शल लक्षाणी पशवः, चतुर लक्षाणी मानवः !!
अर्थ :
जलज = जलीय जिव/जलचर (Water based life forms) – ९ लाख
स्थिर अर्थात रुख ,बिरुवा (Immobile implying plants and trees) – २० लाख
सरीसृप= कृमी/कीरा ,माकुरा (Reptiles) – ११ लाख
पक्षी/नभचर (Birds) – १० लाख 1.0 million
स्थलीय/थलचर (terrestrial animals) – ३० लाख
मानवीय नश्ल (human-like animals) – ४ लाख
कूल = ८४ लाख ।
यस प्रकार ५००० वर्ष पुरानो एउटा श्लोकले यस पृथ्वीमा भएका सबै प्रजातिहरुको संख्या उल्लेख मात्र होइन त्यसको बर्गिकरण समेत गरिदिएको छ !
अब पुनः सीता जन्म तीर फर्कम ! सीताजीलाई धेरै ठाउमा अयोनिजा भनिएको भेटिन्छ ! सीता पृथिवीबाट जन्मिईन भन्नुको अर्थ उनि माता-पिता बिहिन अर्थात स्त्री-पुरुषको संयोग बिना जन्मीन भन्नु हो ! अयोनिज सृष्टि भनेको यही हो ! सृष्टिको आदि कालमा समस्त सृष्टि अमैथुनीनै हुने गर्दछ ! यहाँ यो कुरो जोड्नु सान्धर्विक नै हुन्छ की सृष्टि चाहे मैथुनी होस अथवा अमैथुनी – प्राणिको शरीर रचना परमेश्वरले माता पिताको संयोगले नै गर्दछन !तर दुबैमा के अन्तर छ भने आदि सृष्टिमा माता (जननी) पृथ्वी थिन र वीर्य संस्थापक सूर्य (ऋग्वेद १ .१६४ .३ ) हुन्थे !
“द्यौर्मे पिता जनिता माता पृथ्वी महीयम”
अर्थात सृष्टिको आदि कालमा प्राणिहरुको शरीरको उत्पादक पिता रूपमा सूर्य र माता रूपमा पृथ्वी नै हुन्थिन ! परमात्माले सूर्य र पृथ्वीको रज वीर्यको संमिश्रणबाट प्राणिहरुको शरीर बनाएको हो !जसरी अहिले बच्चाले आमाको गर्भमा आमाको शरीरको रस लिएर हुर्किन्छ र विकसित हुन्छ त्यसरीनै आदि सृष्टिमा पृथ्वी रुपी माताको गर्भमा हुर्किदै जान्छ ! सीताको जन्म सृष्टिक्रम चालु हुनु भन्दा पहिले र साँचो तैयार भएपछी त्रेता युगमा भएको थियो !यसर्थ सीता अयोनिजा थिइन् भन्न मिल्दैन ! जनक तिनका बाबु थिए र रामचरितमानस अनुसार सुनयना उनकी आमा थिइन् !
मेरो सबै साथीहरु संग अनुरोध छ लोकाचार , मिथक, दंतकथा आदिमा आँखा चिम्लेर होइन आफ्नो धार्मिक पुस्तक पढेर र सत्य इतिहास थाहापाई आफ्नो बुद्धि जागृत गरेर अरु साथी भाईलाई पनि जगाउनोस !ताकि कुनै पनि विधर्मीले हाम्रो सत्य इतिहास , महापुरषहरु र विदुषिहरुप्रति दोषारोपण गर्न नसकुन र हामी वेद रुपी ज्ञान विज्ञान तर्फ निःसंकोच फर्किन सकम !
(यो लेखको अनधिकृत प्रयोग नगर्न हुन अनुरोध गर्दछु-लेखक)
बिश्व हिन्दु महासंघको पश्चिमाञ्चलको भेला सम्पन्न,

बिश्व हिन्दु महासंघको पश्चिमाञ्चलको भेला सम्पन्न,

पोखरा, ७ चैत्र २०७२ ।
बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमिति बाँसबारीको आयोजनमा पश्चिमाञ्चल क्षेत्रीय भेला नयाँ समिति गठनका साथ आइतवार पोखरामा सम्पन्न भएको छ । भेलाको उद्घाटन महासंघका राष्ट्रिय सभापति निलप्रसाद भण्डारीले एक समारोह बिच गर्नुभएको हो ।
सो अवसरमा बोल्दै सभापति भण्डारीले बिश्वकै एकमात्र हिन्दुराष्ट्रको रुपमा रहेको नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरी इशाईकरण गर्न लागीएको आरोप लगाउनुभयो । भण्डारीले नेपाललाई बैदिक सनातन हिन्दु राष्ट्रको रुपमा स्थापना गर्नको लागी सम्पुर्ण ओमकार परिवारहरु संस्थागत रुपमा आन्दोलीत हुन आग्रह समेत गर्नुभयो ।
सो अवसरमा अखण्ड नेपाल पार्टीका सभाषद कुमार खड्काले हिन्दुराष्ट्र स्थापना गर्ने एजेण्डा सहित निर्वाचित भएका सभाषदहरुले समेत हिन्दु धर्मको बारेमा बोल्न नसकेको बताउनुभयो । सभाषद खड्काले हिन्दुहरुको भोटवाटै निर्वाचित एमाले, काङ्ग्रेसका सभाषदहरुले हिन्दु आन्दोलनलाई दिग्भ्रमित र खण्डीत तुल्याएको र हिन्दुवादीको खोल ओढेर हिड्ने कमल थापाले समेत धर्मनिरपेक्ष संबिधानलाई अनुमोदन गराएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसकी सभाषद सारदा पौडेल, ब्रामण समाज नेपालका निवर्तमान् केन्द्रीय अध्यक्ष प्राध्यापक डा. नारायण अधिकारी, क्षेत्री समाजका पुर्व केन्द्रीय अध्यक्ष प्राध्यापक डा. डिलवहादुर केसी, पुर्व मन्त्री एवं बिश्व हिन्दू महासंघ नेपाल राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष दिनबन्दु अर्याल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सोअवसरमा महासंघका उपाध्यक्ष नवराज केसीले बिश्व हिन्दु महासंघको निति र कार्यक्रमको साथै कार्यक्रमको चौचित्यताको बारेमा बोल्नुभएको थियो । बिश्व हिन्दु महासंघ नेपाल गण्डकी अंचल सभापति पुष्पराज पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन कास्की जिल्ला सभापति सुशिलराज पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेउक्त कार्यक्रममा महासंघका केन्द्रीय सदस्य महेश्वर पौडेलले डा. शास्त्रदत्त पन्त सहित तयार पारेको महासंघको भावि रणनिति र कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
सो अवसरमा महासंघका केन्द्रीय सदस्यहरु क्रमशः गुणनिधि पन्थी, भवानीप्रसाद शर्मा, पुष्प भण्डारी, पदम पाण्डे, कल्पना केसी, लेखबहादुर टण्डन, बिष्णुबहादुर कार्की, मधुकला कुँवर, नन्दप्रसाद अर्याल, बिहंगम तिमिल्सीना र लुम्बिनि अंचल सभापति बेदराज घिमिरे लगायतले बोल्नुभएको थियो ।

यसैबिच सम्पन्न भेलाले लक्ष्मण थापा सभापति रहेको ३३ सदस्यिय बिश्व हिन्दु महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय समितिको गठन गरेको छ । गठित समितिको सदस्यमा रुपन्देहीका अर्जुन गौडेल र अमृत मिश्र, स्याङजाका नारायण भट्टराई र पुण्यप्रसाद उपाध्यय, अर्घाखाँचीका टोमवहादुर क्षेत्री र शम्भु केसी, कपिलवस्तुका शिवनाारायण गिरी र नुमा बेल्वासे, नबलपरासीका एकमाया ढुंगाना र इन्द्र क्षेत्री रहनुभएको छ ।
त्यसैगरी उक्त समितिमा पर्वतका गंगाराज पौडेल र मानकुमारी गिरी, बागलुङका खुमप्रसाद पराजुली र यामवहादुर चर्माकार, गुल्मीका शंकर भण्डारी र सुवर्ण जुहारचन, पाल्पाका देवराज ढकाल र कृष्णा गिरी, कास्कीका शिवप्रसाद तिमील्सीना र हरिकृष्ण बराल र गोर्खाका हरि लामिछाने रहनुभएको छ । बाँकी १२ जना सदस्यहरु म्याग्दी, मुस्ताङ, मनाङ र तनहुँ, लमजुङ, गोर्खा जिल्लागत रुपमा मनोनित गरिने बिश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय कार्यसमितिले जनाएको छ ।


अभिनेता आनन्द भन्छन्, “फागु (होली)ले राष्ट्रिय एकता र भाइचारा कायम गरोस्”

अभिनेता आनन्द भन्छन्, “फागु (होली)ले राष्ट्रिय एकता र भाइचारा कायम गरोस्”

वीरगंज/नेपालीहरूको दोश्रो ठूलो चाड होलीको पूर्व संध्यामा फिल्म अभिनेता आनन्द चतुर्वेदीले शुभकामना सन्देश जारी गरेका छन् ।

०६८ सालमा नेपाली कथानक चलचित्र लंकाबाट अभिनय यात्राको थालनी गरेका अभिनेता आनन्दले रंगरोगनको पर्व होलीमा सबै देशबासीहरू आपसी एकता, भाइचारा कायम भई राष्ट्रिय एकता र विकासको बाटोमा लाग्ने प्रेरणा मिलोस् भन्ने कामना गरेका छन् ।


फागु अर्थात होलीको अवसरमा अभिनेता आनन्दकोले दिनु भएको वक्तव्य....

भाषिक तथा सांस्कृति समागमबाटै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिन्छ । सांस्कृतिक विविधतालाई संवोधन गर्नाले राष्ट्रिय एकता समृद्ध हुन्छ । नेपाल बहुभाषिक, बहुसाँस्कृतिक, बहु जातिय, बहुधार्मिक देश हो । १२८ जाति, ९२ भाषा, ९ वटा धर्मको साझा देश नेपाल हो । यिनीहरुको संरक्षण र सम्वद्र्धन गर्नु राष्ट्रको कर्तव्य हो ।

फागु पर्वमा (होली) हिमाल–पहाड–तराई एकजुट भएको हुन्छ । रंगको पर्व होलीमा समाजका सबै मानिस आपसी राग, द्वैष विर्सिएर मानवीय सद्भावका साथ नाँच्न उफ्रन, गाउ नै मस्त र व्यस्त हुन्छन् । होलीपर्वमा सबैले आ–आफ्ना व्यवसाय छाडेर होली पर्व मनाउन, गरिब केहि भेदभाव हुदैन, सबैले सबैसँग हात मिलाएको, गला मिलाएको पाइन्छ । फागु दुई दिन मनाइन्छ । चीर (सम्वत्) बाले पछि तराई मधेशमा फागु सुरु हुन्छ भने चीरपोले पछि पहाडी जिल्लामा फागु पर्व सम्पन्न हुन्छ । फागु पर्व मिठो खाने, राम्रो लगाउने पर्व पनि हो । सबैखाले पीडा, कष्ट, अभाव, रोग होली खेलेर नुहाए पछि पखालिन्छ भन्ने जन धारणा छ । यो सांस्कृतिक र धार्मिक प्राचीन काल देखि चल्दै आएको हो । एक हप्ता सम्म फागु पर्व मनाइन्छ । रंग र अबिर उडाउदै मनाइने फागु पर्वमा अविर जस्तै पैसा पनि उडाइन्छ । फागु पर्व महंगो छ । ऋणधन गरेर पनि फागु पर्व मनाइने चलन छ । मासु, च्यूरा, अन्य परिकार मालपुवा, पकौडा, सेल रोटी, पेय पदार्थ रक्सी वियर, हल्का पेय पदार्थ कोकाकोलाको बढी खपत हुने फागु पर्वमा महंगीले ढाड भाँचेको हुन्छ ।

फागु पर्वमा  केहि अस्वभाविक गतिविधि र विकृति, विसंगति पनि पाइन्छ । एक आपसमा शिष्ट तरिकाले अविर रंग आदान प्रदान गर्नु शुभकामना आदान प्रदान गर्नु नै फागुको विशेषताहो । होलीका गीतहरु त्यति कै गुन्जिएका हुन्छन् । लोक नृत्यहरु प्रस्तुत हुन्छन् । सिर्जनात्मक र रचनात्मक कार्यहरु फागुमा हुन्छन् । सबैको एउटै कामना हुन्छ सुख र शान्ति र समृद्धि । फागु पर्वले सकारात्मक सन्देश दिएको हुन्छ । परापूर्व काल देखि मनाइदै आएको फागु र्वमा केहि आधुनिकता र रौनकता थपिएको छ । फागु विशेष भनेर मिडियाहरुले पनि व्यक्तिकै महत्व दिएको छ । हामीले हाम्रो धर्म, संस्कृति मनाउन छाड्नु हुँदैन ।

धर्म, संस्कृति हाम्रो पहिचान हो । फागु हिन्दूहरुको पर्व भनिन्छ तर व्यवहारमा अन्य धर्मावलम्बी सबैलाई यस्ले प्रभावित पारेको छ । होली पर्वमा महिला दिदी बहिनीहरु पनि अनि उत्साही र उन्मुक्त हुन्छन् । वसन्त ऋतुको शुभागमनमा सबै मिलेर बस्नुपर्दछ । सबैले मिलेर काम गर्नु पर्दछ । एक आपसमा सुख, दु:ख बाँड्नु पर्दछ भन्ने चाहना र भावना लिएर मनाइने होली पर्वले सबैको मनलाई हर्षित र सन्तुष्ट पारेको हुन्छ । रमाइलो वातावरण कायम भएको हुन्छ । होलीमा गरिने खर्च अनुसारको आयश्रोत बृद्धि गर्ने तर्फ सबैले सोच्ने बेला आएको छ । ऋण गरेर होली पर्व मनाउनु पर्ने बाध्यतालाई तोडेर कम गरे रधन कमाउने, धन अनुसार होलीमा खर्च गर्ने परम्परा बसालिनु पर्दछ तव मात्र शान्ति र समृद्धि हामीले पाउने छौं । पहाडियाको होली, मधेशीको होली भनेर छुट्टा–छुट्टै दिनमा फागु पूर्णिमाका दिन र फागु पूर्णिमाको भोली पल्ट मनाइने चलनलाई तोडेर दुवै दिनमा दुवै ठाउँमा मनाउने नेपाली भएर मनाउने भावनात्मक एकीकरण हुनुपर्दछ ।



अन्त्यमा फेरी पनि  देश विदेशमा रहि बसि आएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सद्भाव, एकता, शान्ति, विकास र उतरोत्तर प्रगतिको कामना गर्दछु ।

(कलाकार महासंघमा सदस्य समेत रहेका आनन्दले केही वर्षको अन्तरालमा लंका, चेर्स, एस.पी खरेल, सडक छाप आदमी लगायत करिब आधा दर्जन नेपाली एवं भोजपुरी चलचित्रहरूमा अभिनय गरिसकेका छन् । )

(प्रस्तुत आलेखमा प्रकाशन गरिएका फोटोहरु विकास प्रजापतिले खिचेका हुन् ।)
चाडपर्व: अर्थ, उत्पत्ति, महत्त्व र मनाइनुको उद्देश्य

चाडपर्व: अर्थ, उत्पत्ति, महत्त्व र मनाइनुको उद्देश्य

-प्रवीण अधिकारी
नेपाल अनेकतामा एकताको अद्भुत संगम भएको मुलुक हो जँहा अनेक धर्म भाषा ,जाति , सम्प्रदायका मानिसहरु एउटै मालामा बिभिन्न फूल गासिएसरी रहेका छन् ! यांहाका हरेक जाति, धर्म र सम्प्रदायको आ आफ्नै सान्स्क्रित्तिक सम्पति छ जो बिभिन्न चाड पर्वको रुपलिएर हाम्रो समाज मा चलन चल्तीमा रहेको छ ! यस देशमा प्रसस्त जातजाति र उपजातिहरु छन् ! त्यसैको अनुपातमा ती चाड पर्वहरु मनाइञ्छन ! हाम्रो सामाजिक विभिन्नतालाई यिनै चाड पर्वहरुले एकाकार गरेको छ ! यो शिलशिला बर्ष भरीनै चलिरहेको हुन्छ !
चाड पर्वहरु मनाउनुको उद्देश्य :

हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उद्द्येश्य रहेको छ ! त्यसको महत्व युगौ युग देखि जस्ताको त्यस्तै रहदै आएको छ ! यी चाड तथा पर्वहरुको अध्ययनले हामी ,हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ ! नेपाली समाज , नेपाली राष्ट्रिय एकता र अखण्डताको शम्रिद्धिकोलागि यी चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् ! हाम्रो धार्मिक समन्वय र सामाजिक एकताको प्रेरक प्रतिक भएका छन् ! हाम्रो सामाजिक सौहाद्तामा बेला बखत परेको खाडल पुर्दै ल्याएका छन् भने सामाजिक बनौटमा देखिएको मतभेद हटाउन मद्दत गरेका छन् ! यीनको क्रियाबिधि बिभिन्न रुपमा रहेको छ तर मूल्तत्व भने एउटै छ ! त्यसकारण यी हाम्रा संस्कृतिक सम्पति भई हाम्रो धार्मिक ,संस्कृतिक,सामाजिक र आध्यात्मिक मेरुदण्ड भई हामी नेपालीहरुको गौरवको रुपमा उभिएका छन् ! हामीमा मानवीय चरित्र निर्माण गराउनुमा यी चाड पर्वहरुको ठूलो योगदान छ !
उत्पत्ति :
हाम्रा चाड पर्वहरुको उत्पत्ति स्थानीय परम्परा, व्यक्ति विशेषबाट श्रीजना गरिएको संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, बिभिन्न धर्मसूत्र , पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन् !यिनलाई मनाउने शैली र नियम बैदिक र पौराणिक काव्यहरुमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य , चंद्र ,तिथि र वारको संयोगात्मक र वियोगात्मक मानका रुपमा हाम्रा चाडपर्वहरु रहन पुगेका पाइन्छन !
महत्व :
चाड पर्व मान्छे मान्छे बीच, मान्छे र प्रकृति बीच सामंजस्य राख्ने माध्यम हो ! अझ भन्दा सम्पूर्ण ब्रह्मांडको कल्याण चिताउने माध्यम हो ! यसमा लौकिक कार्य र धार्मिक तत्व समावेश भएको छ ! यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्दत पाएका छौ भने आफु जन्मिएको समाजको उन्नति गर्ने हौशला पनि पाएकाछौ ! आपसी भाईचारा, स्नेह संबंध, सदाचरण आदि गुण अभिवृद्धि गरी ईश्वर व संस्कृति प्रति श्रद्धाभाव जागृत गर्न यी चाड पर्वहरुको ठूलो महत्व छ !
चाड र पर्व बिचको अन्तर :
हाम्रा चाड पर्वहरुले धर्म एवं आध्यात्मिक भावनालाई दर्शाएर हामीलाई यस लोक र परलोक सुधार गर्ने प्रेरणा दिएका छन् भने हाम्रो आध्यात्मिक उन्नतिमा सहायक भई हाम्रा घर परिवारका सबै साना ठूला सदस्यहरुलाई नजिक्याउने मिल जुल बढाउने , संगै बस्ने , एक अर्काको सुख र आनंदमा सहभागी हुने अवसर प्रदान गर्दै आएका छन् ! मानवीय उदारता, समग्रता, आपसी मायाँप्रेम तथा भाईचारा अभिवृद्धिको संदेश दिन सक्षम भएका छन् ! सूक्ष्म रूपमा चाड र पर्व बीच अंतर देखिन्छ ! ‘पर्व’ सामूहिक रूपले मनाउने कृत्य हो - जस्तो दशैं, तिहार, ऋषि तर्पणी, शिवरात्री, माघे संक्रान्ति भने ‘चाड’ शब्द ‘तिथि, वार र नक्षत्रको’ सामुहिक स्वरुप हो ! यो एउटा यस्तो योग हो जो प्राचिन कालदेखि आज सम्म एउटै प्रारम्भिक उद्देश्य प्राप्तिको लागि मनाउदै आइएको छ ! सबै चाड पर्व खास निश्चित तिथि र वार को योगमा आधारित भएको हुन्छ !
हिंदूधर्म आशावादी धर्म हो ! यसैकारण हाम्रो चाड भित्र विजय दिवश, जयंती दिवश आदि समावेश छन् ! हाम्रो चाड भित्र पराजय र निर्वाण दिवश समावेश गरिएको छैन ! केही चाड समग्र देश भित्र एक साथ् मनाइन्छ !
संदेश :
नेपालमा हरेक चाड पर्वको पछाडी धार्मिक अनुष्ठान हुने गर्दछ ! त्यसकारण प्रत्येक चाड पर्व का पछाडि वैज्ञानिकता लुकेको छ ! यी चाड पर्वहरुमा मौसम अनुसार व्रत, अनुष्ठान , खाने - लाउने , कसको पूजा गर्ने , कुरा पारम्परिक रुपमा रहेको छ भने प्रत्येक चाड पर्व व्रत-उपवासका पछाडी रहेका पौराणिक कथाहरुले मानव जीवन सुखी हितकर बनाउन संदेश छोडेर गएका छन् ! यी प्रत्येक कथा बोध हुन् ! नीति कथा हुन् ! हाम्रो स्वर संग गासिएका लोकविम्व हुन् ! यी सबै हाम्रो जन जीवन संग गासिएका छन् ! नेपाली समाज को सर्वाधिक बिश्वाश नातामा छ ! नाता गास्नु र त्यो नाताको मर्म निभाउनु नेपाली संस्कृतिको आदर्श हो ! हाम्रो संस्कृतिमा कोई स्वास्नी मान्छे स्वास्नी मान्छे मात्र होइन ती आमा हुन् , सहचरी हुन् ,बहिनी हुन् , पत्नी हुन् ,छोरी हुन् भने लोग्ने मान्छे पनि पुरुष मात्र होइन भाई हो , सहयात्री हो , छोरा हो, बाबु हो ! यी सबै कुरा गास्दा बन्न पुगेको हो हाम्रो परिवार ! त्यस्तै धेरै घर परिवार मिल्दा समाज तयार भएको हो ! त्यै ईकाई बढदै गैर राष्ट्र र राष्ट्रिय गौरव परम्परा बनेको हो ! जीवन पूर्ण बनाउन , सात्विक बन्न व्रत र चेतनामयी बन्न चाड र जीवन उत्कर्षको भेद थाहा पाउन हामीले जन्मोत्सव मनाउने गरेका हौ !
व्रतको प्रभावले हाम्रो आत्मा शुद्ध हुन्छ , संकल्प शक्ति बढ़छ , बुद्धि, सद्विचार तथा ज्ञान विकसित हुन् पुग्छ !परम्परा प्रति भक्ति र श्रद्धा बढेर जान्छ र प्रत्येक मानवले जान जीवनको प्रत्येक क्षेत्रमा कुशलतापूर्वक, सफलतापूर्वक तथा उत्साहपूर्वक काम गर्न सक्तछ ! जसले गर्दा उसले सुखमय दीर्घ जीवनकोलागि चाहिने आधार स्वयम् संग्रह गर्दै जन सक्तछ !
देशभर महाशिवरात्री मनाइँदै, पर्सामा प्रहरी लगाएर दर्शनार्थीलाई अवरोध

देशभर महाशिवरात्री मनाइँदै, पर्सामा प्रहरी लगाएर दर्शनार्थीलाई अवरोध

क्राइमचेक प्रतिनिधि/
वीरगंज, २४ फागुन/आज महाशिवरात्री ! सम्पूर्ण देवी देउताका पनि देउता अर्थात महादेवको पूजा गर्ने दिन । संसारभरका हिन्दूहरूले आजका दिन विशेष रुपले भगवान शिवको पूजा अराधना गर्दै महाशिवरात्री मनाइरहेका छन् । नेपालका हिन्दूहरू पनि देशैभरी आराध्यदेव शिवको पूजाआजा गर्दै शिवपूजा गरिरहेका छन् । 

विहानै नुहाई धुवाई गरेर चोखो भई व्रत बस्ने, विभिन्न शिवालय, देवालयलगायतमा रहेका शिव मन्दिरहरूमा गई विधिपूर्वक पूजा गरी जल चढाउने श्रद्धालु र दर्शनार्थीहरूको घुँइचो लागेको छ ।

वीरगंजस्थित अलखियामठ शिवालय, रौतहटको शिवनगर, काठमाण्डौको पशुपतिनाथ मन्दिर, पर्साको भाठा, लगायत देशभरीका मन्दिरहरुमा पूजा आजा गर्न जाने दर्शनार्थीहरूको भीड लाग्ने गरेको छ । 

त्यसरी नै वीरगंजको मुटु मानिने गहवामाई स्थान मन्दिर पनि एक हो । यस मन्दिर परिसरमा रहेको शिव मन्दिरमा पनि पूजा गर्न आउने दर्शनार्थीको संख्या उल्लेख्य हुन्छ । आजको दिन पनि हजारौं दर्शनार्थीहरू गहवामाई मन्दिरमा पूजा गर्ने र सोही मन्दिरमा रहेका शिवको दर्शन गर्न उद्देश्यले विगतका वर्षहरूमा आउने क्रम जारी रहेपनि आजको शिवरात्रीमा गहवामाई मन्दिरमा पूजा गर्न आउने दर्शनार्थीहरूलाई स्थानीय प्रशासनको आदेश र प्रहरीकै सक्रियतामा दर्शनार्थीहरूलाई अवरोध खडा गरिएको छ । महिला श्रद्धालुलाई बढी गाह्रो भएको थियो ।

विहान ४ बजेदेखि नै श्रद्धालु भक्तजन र दर्शनार्थीहरूको भीड लाग्ने गरेकोमा माइस्थान मन्दिरको मूख्य चोकमै फिल्म सुटिङको टोलीले गीत छायांकन गर्न भनि बाटो नै अवरुद्ध हुने गरी पूजा गर्ने मूख्य समयमै श्रद्धालुहरूले सास्ती खेप्नु परेको छ ।

माइस्थान चोकदेखि पूर्व करिब २०० मिटरपूर्वसम्म फुटपाथ र मूख्य सडक नै अवरोध गरेर सुटिङ गर्न थालिएपछि माइस्थान मन्दिरमा पूजा गर्न जाने  श्रद्धालुहरूले निकै सास्ती खेप्नु परेको थियो । सुटिङ युनिटलाई पर्सा प्रहरीको सुरक्षा भएपनि दशनार्थीहरूलाई अवराध गरिएको स्थानीयहरू बताउँछन् । 

देश संवैधानिक रुपमा हिन्दू धर्म निरपेक्ष भइसकेको खण्डमा पनि अर्काको धर्म संस्कृतिका साथै आफ्नो अधिकारको प्रयोग गर्दा अर्काको अधिकारको हनन नहोस् भन्ने तर्फ सबै सचेत रहनुपर्ने संवैधानिक व्यवस्थालाई तिलाञ्जली दिंदै पर्साका प्रशासनबाट हिन्दू धर्मको पूजा पाठमा अवरोध हुने गरी बाटौमै फिल्म सुटिङ गर्नेहरू प्रशानिक सुरक्षा दिनु निकै बिडम्बना र दु:खद कार्य भएको हिन्दूहरूको भनाई छ ।
माइस्थान मन्दिर, वीरगंज

देशमा गणतन्त्र स्थापनाकालदेखि नै सरकारी संयन्त्र र प्रशासनिक निकायबाटै हिन्दू आस्था र जनसाधारणको व्यक्तिगत आस्था र बाँच्न पाउने अधिकारमा प्रहार हुने कार्यले निरन्तरता पाउँदै आएको प्रति जनताहरूले दु:ख प्रकट गरेका छन् ।

यस विषयमा प्रतिकृया लिन पर्साका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
शिवतत्व, पशुपति र शैव सम्प्रदाय

शिवतत्व, पशुपति र शैव सम्प्रदाय

–प्रवीण अधिकारी

शिवतत्व :
शिवतत्व भनेको समस्त प्राणीहरुको बिश्रामस्थल हो ! मुलतः प्रकृति र पुरुष शिव र बिष्णु स्वरुपका हुन् ! यी दुई स्वरुपमा एकैतत्व भएपनि शिवमा सत्वयोग मिसिदा सात्विक भई विष्णु हुन् पुग्दछन भने उही शिवमा तमयोग मिसिदा तामस भई रुद्र कहलिञ्छन ! त्यसकारण यहाँ सत्व नियन्ता विष्णु र तम नियन्ता रुद्र हुन् भन्नेकुरो प्रत्येक सनातनीहरुले बुझ्नै पर्दछ ! यसरी हेर्दा तमनै रुद्र हुन् र तिनै काल पनि हुन् ! यसकारण महामृत्युन्जय महाकालेश्वर भगवान रुद्र हुन् पुगेका हुन् !

अर्कोतर्फ तम प्रधान प्रलयावस्थाबाटै यस पृथ्वीका समस्त अवयवहरुको शृष्टि भएको मानिएको छ ! त्यस्तो किनभने " तम " अर्थात अन्धकार अति उच्च अवस्था हो ! शृष्टिकालमा जीवजन्तु ब्याकुल हुदा तिनलाई दीर्ध सुसुप्ति दिन भगवानले प्रलयावस्था ल्याए ! तम प्रधानावस्था भएको हुदा त्यसैबाट उत्पादनावस्था र पालनावस्था व्यक्त हुन् पुग्यो र सबै चिज प्रलयावस्थामा रहन पुग्यो ! त्यै उत्पादन अवस्थाको निर्णायक ब्रह्मा कहलिए ,पालनावस्थाको निर्णायक विष्णु हुनपुगे , संहारावस्था र कारणावस्थाको निर्णायक शिव हुन् पुगेकाहुन ! यस संसारको शृष्टिको सुरुवाती कालमा र अन्तमा कारणावस्था रहन जाने हुदा प्रथमावस्थामा पनि शिव र अन्तमा पनि शिव तत्वनै रहन पुग्दछ ! तत्व योगीहरूले त्यसमै आत्मभाव दर्शाउने भएकोले शिवनै सवै बिद्द्या र भूतका ईश्वर मानिन पुगे , उनीनै महेश्वर हुन् पुगे र हुँदा हुँदा सबै प्राणीको मनमा उनीनै विराजमान हुन् पुगे ! यसै कारणले हाम्रो शरीरको एकादश प्राणनै रुद्र स्वरुप मानियो र त्यै प्राणले शरीर त्याग्दा मान्छे रुन थाले , त्यसैकारण उनलाई रुद्र भनियो ! हाम्रो शरीरको पाँच कर्मेंद्रिय , पाँच ज्ञानेन्द्रीय र एउटा मननै रुद्रको रुपमा परिभाषित हुन् पुग्यो ! यहि नै आध्यात्मिक रुद्र कहलियो ! आधिदैविक रुद्र यी भन्दा पृथक छन ! जसरी बिष्णु अधिश्ठाता हुन् त्यसरीनै रुद्र अहंकारका अधिष्ठाता हुन् पुगेका हुन् !

शिवको आत्मा विष्णु र विष्णुको आत्मा शिव हुन् ! तम कालो हुन्छ र सत्व शेतो हुन्छ . तिनको ध्यान जनित स्वरुप परिवर्तन हुदा सत्वगुणी विष्णु काला र तमोगुणी शिव सेता हुन् पुगे ! त्यै राधा रुपबाट शिवरुप उत्पत्ति भयो ! कृष्ण रुपबाट विष्णु उत्पत्ति भए ! काली रुपबाट विष्णु र शंकर रुपबाट शिव उत्पत्ति हुन् पुगे ! कालकुट विष र शेषनाग घाँटीमा बेर्न पुग्दा शिवको महामृत्युन्जय स्वरुप स्पष्ट हुन् पुगेको हो ! जटामा गंगालाई धारण गरेकोले उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए ! अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफ्नो सम्हारकत्व र पोशकत्व स्वरुप विरुद्ध धर्मश्रयात्व देखाए ! यस लोककोलागि लोकाधिपति भएर पनि खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने तुल्याए ! शिवको वाहन नन्दी ,उमाको वाहन सिंह ,गणेशको वाहन मुषा ,कर्तिकेयको वाहन मयुर रहेका छन् ! त्रिशुल र भैरवादीगण शिवको सेवा गर्न लालायित देखिन्छन ! सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबैले उनलाई पूजा गर्दछन ! आँक , धतुरो वेलपत्र ,जल र पन्चामृतले तिनको पूजा गरीन थालियो !

पारिवारीक स्वरुप 
शिवजीको परिवार अझ विचित्रको छ ! भगवती अन्नपूर्णाको भण्डार सधै भरिएको छ तर शिव सधै भिखारी स्वरुपमै वर्णित छन् ! कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिंदा गणेश सधै शान्ति प्रिय रहन पुगेका छन् ! कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा ,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको आभूषण सहित उनको विचित्रको स्वरुप छ ! सबै एक अर्काको सत्रु भएतापनि ग्रिह्पति शिवजीको छत्र छायाँमा सबै सुख र शान्तिले रहेको देखिन्छ ! उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहन पुगेको छ ! घरको शान्तिकोलागि आदर्शको शिक्षा पनि सनातनी हिन्दु समाजले शिवबाटै पाएको छ ! शिव र अन्नपूर्णा विभक्त देखिए पनि तिनले यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरेकाछन ! त्यसकारण तिनै लक्ष्मी र विष्णुले यस संसारको सवै काम संरक्षण गर्न अवतिर्ण हुनेछन् भन्ने बिश्वाश जन जनमा रहन पुगेको छ !
शिव परिवार परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो ! उनको आवरण पनि विचित्रको छ ! टाउकोमा एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महा विषधारी सर्प पनि उनको घाँटिमा माला छ ! उनि अर्धनारीश्वर हुन् ! तर कामजित छन् ! उनको गृहस्थी जीवन भएपनि उनी श्मशानवासी रहेका छन ! सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र हुन् ! उनको परिवारमा भूत-प्रेत , नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता छ ! उनि स्वयं द्वन्द रहित सह-अस्तित्वका महान विचारक हुन् ! वेदमा इनि रुद्र स्वरुपमा छन् ! शिवले छोडेमा यो संसारमा शव मात्र रहन्छ। हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ ! विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिवको नाभी स्थान भन्दा मुन्तिरको भाग हो ! त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो ! इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् ! संहारका देवता हुन् ! अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल स्वरुपनै ज्योतिष शास्त्रको आधार हो ! उनले लय र प्रलय दुवैलाई आफ्नो अधीनमा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन् ! इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् ! हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख , बौद्ध आदि प्रमुख सम्प्रदायका भक्तजनहरुकालागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्र हो !

उपासनाको आधार :
शिवलिंग उपाशनाको रहस्यको आधार क्षेत्र भग हो , बीज लिङ्ग हो ! शिव सुक्ष्म अतिन्द्रिय लिङ्ग हो ! शक्ति शुक्ष्म अतिन्द्रिय योनि हो ! स्थूल लिङ्ग र योनि त् शुक्ष्म लिङ्ग र योनिको अभिव्यक्तिको सम्भावित रुप मध्ये एकरुप मात्र हो ! त्यसको प्रतिविम्ब हो !

पशुपतिको उत्पत्ति:
सिन्धु तथा वेविलोन सभ्यताको अनुदाननै लिङ्गपूजा हो भन्ने कुरा स्वीकारिएको छ ! तर पौराणिक कथानुशार महाभारतको युद्ध पछि पाण्डवहरूले भगवान कृष्ण र भिष्म पितामह सँग युद्धमा आफन्तहरू मृत्यु भएकाले गोत्रहत्याको पापबाट मुक्त हुनकोलागि के उपाय गर्नु पर्ला ? भनेर सोधेका थिए ! भगवान शिवको दर्शन गरेपछी गोत्रहत्याको पापबाट मुक्त हुन्छ भन्ने कुरा थाहा पाएपछी पाण्डवहरू शिवजीको दर्शन गर्ने हिमालयमा गए ! पाण्डवहरू आएको देखेर भगवान शिव भैंसीको रुप लगेर भैंसीको बथानमा लुकेका थिए ! पाण्डवहरूले भैंसीरुपी भगवान शिवलाई चिनेर दर्शन गर्न नजिकै जाँदा भैंसीरुपी शिव जमिन भित्र धसिएका थिए ! यसरी शिवजी जमिनमा धासिएपछी भैंसीरुपी शिवको पुछर पाण्डवले स्पर्श गर्दा केदारनाथमा केदारनाथ भगवान प्रकट भए भने भैंसीरुपी शिवको शिर नेपालमा पशुपतिनाथ भगवान प्रकट भएका थिए ! यसरी पाण्डवहरूले पशुरुपी शिवको पुछर स्पर्श गरेर गोत्रहत्यको पापबाट मुक्त भएका थिए ! पशुको रुप लिएर प्रकट भएको हुनाले भगवान शिवलाई पशुपतिनाथ भनिन थालियो र भगवान शिव जमिनमा भासिएर नेपालमा टाउको निकालेकाले केदारनाथमा पुछर र नेपालमा शिर मिलाएर एक ज्योतिर्लिंग मानिन थालियो !

शैव सम्प्रदाय :
हिन्दू धर्म भित्र ६ बटा संप्रदायहरु छन् ! ती हुन् - शैव, वैष्णव, शाक्त, नाथ, वैदिक (श्मार्त ) र चार्वाक । यस मध्ये चार्वाक संप्रदाय लुप्त हुन् पुगेको छ अरु बाँकी धेर थोर चलन चल्तीमा छन् ! यस मध्ये सबै भन्दा प्राचिन संप्रदाय शैव संप्रदाय मानिन्छ ! शैव सम्प्रदायको मूल रुप शुक्ल यजुर्वेदमा रुद्रको आराधनाको रुपमा छ ! ११ रुद्रहरु मध्येका प्रमुख रुद्रहरुनै पछिल्लाकालमा आएर शिव, शंकर, भोलेनाथ र महादेव भनिएका हुन् ! शिव उत्तर बैदिककालिन देवता हुन् ! ईनको ऋग्वेदकालिन स्वरूप रुद्र हो ! रुद्र रुप शिवको संहार गर्ने स्वरूप हो ! "रुतं हरिति पापात निबारयति स रुद्र " अर्थात रोग हरण गर्ने ,पाप नष्ट गर्ने नै रुद्र स्वरुप हो ! शिवबाट रौद्र रुप हटाइदिने हो भने ईनि शिव ,शंकर ,शम्भु भनेर पुकारिञ्छन ! शिवको प्रिय छाला हो ! शिवजीको शिव ,शंकर ,शम्भु भनेर पुकारिने स्वरूप छाला बेरिएको अवस्थामा हुन्छ !

जन्म-मरणको चक्रबाट मुक्त रहन हिन्दु धर्मीहरु चतुर्दशीको ब्रत बस्ने गर्दछन ! इनलाई तेस्रो आँखा भएकाले (त्र्यम्बकम्),निलो घाँटी भएका (नीलकण्ठ) ,जटा परेको कपाल (जटाधारी) ,शिरमा गंगा भएका (गंगाधर),शरीरमा खरानी धस्ने (भष्मांगर), बाघको छाला ओढ्ने (बाघम्बर), शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार), डमरू तथा त्रिशुल बोक्ने ,साँढे (नन्दी) चढ्ने, कैलासमा बस्ने ,तृनेत्र धारी पनि भनिन्छ !

शिव स्वरुप: 
शिव पूर्वमा रहंदा " भव " दक्षिण दिशामा रहंदा "शर्व " पश्चिममा "पशुपति " उत्तरमा "उग्र " र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन ! ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले "सदा शिव " भनि पुकारिन्छ ! भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो ! यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ ! शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ ! शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ ! धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन !दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृत भनिन्छ, को प्रयोग हुन्छ !

शिवरात्रि पर्व: 
शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो ! सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ! त्यसकारण यो पर्व कालरात्री , मोहरात्री , सुखरात्री झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने यसै दिन प्रदोषको समयमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता शाक्तहरुमा रहेको छ !

फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ ! यसलाई प्रतिवर्ष मनाउदा नित्य र कुनै काम बिशेषले मनाउदा काम्य हुन् जान्छ ! त्रयोदशी तिथिको रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसियो भने त्यसलाई शिवरात्री भनिन्छ ! शिवरात्री तीनवटा तिथिले (त्रिस्प्रिहा) (१३,१४,३० ) छोयो भने उत्तम मानिन्छ ! चतुर्दशी तिथिका अधिपति शिवजी हुन् ! प्रत्येक महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिलाई मास शिवरात्री भनिन्छ ! तर फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव भएको हुनाले यसलाई महाशिवरात्री भनिएको हो ! इनकी शक्ति (पत्नी ?) दुर्गा हुन् !इनको बासस्थान कैलाश पर्वत हो ! इनका छोराहरु कार्तिकेय र गणेश मानिएका छन् !इनकि एक मात्र छोरीको नाम " वनमाला " हो जसलाई " ओखा " पनि भनेर चिनिन्छ !

शिवको अवतार : 
शिव पुराणमा शिवको दश अवतारहरुको वर्णन गरिएको छ जो निम्नानुसार छ - १ . महाकाल, २ . तारा, ३ . भुवनेश, ४ . षोडश, ५ . भैरव, ६ . छिन्नमस्तक गिरिजा, ७ . धूम्रवान, ८ . बगलामुखी, ९ . मातंग र १० . कमल हो । यी दशैँ अवतारहरु तंत्रशास्त्र संग संबंधित छन् !
शिवजीको अन्य ११ अवतारहरुमा : 

१ . कपाली, २ . पिंगल, ३ . भीम, ४ . विरुपाक्ष, ५ . विलोहित, ६ . शास्ता, ७ . अजपाद, ८ . आपिर्बुध्य, ९ . शम्भू, १० .चण्ड तथा ११ . भव को उल्लेख गरेको भेटिन्छ !इ अवतारहरु बाहेक शिवजीको दुर्वासा, महेश, वृषभ, पिप्पलाद, वैश्यनाथ, द्विजेश्वर, हंसरूप, अवधूतेश्वर, भिक्षुवर्य, सुरेश्वर, ब्रह्मचारी, सुनटनतर्क, द्विज, अश्वत्थामा, किरात र नटेश्वर आदि अवतारहरुको उल्लेख पनि 'लिङ्ग पुराण' मा गरेको भेटिन्छ तर यी अवतारहरू अंशावतार मात्र हुन् ! सबै भन्दा चर्चित शिवजीको अवतार हनुमान र भैरव अवतार हो !

शैव ग्रंथ : 
वेदको श्‍वेताश्वतरा उपनिषद , शिव पुराण , आगम ग्रंथ र तिरुमुराई मुख्य हुन् !

शैव तीर्थ : 
बाह्र ज्योतिर्लिंग समेत काशी / बनारस , केदारनाथ, सोमनाथ , रामेश्वरम , चिदम्बरम , अमरनाथ र कैलाश मानसरोवर मुख्य हुन् !

शैव संस्कार :
१ . शैव संप्रदायका मान्छे एकेश्वरवादी हुन्छन ! ती शिवलिंगको पूजा गर्दछन !
२ . यस धर्मका संन्यासीहरु जटा पाल्द्छन !
३ . यिनका अनुयायीहरु कपाल खौरिञ्छन तर शिखा राख्दैनन् !
४ . शैवहरुले पूजा अनुष्ठान रात्री कालमा गर्दछन !
५ इनको आफ्नै तांत्रिक मंत्र हुन्छ !
६ . यी निर्वस्त्र पनी रहन्छन वा भिजेको लुगा पनि लाउछन , हातमा कमण्डलु , चिमटा राखेर धूनी मा रमाउ छन् !
७ . शैवहरु चंद्रमा मा आधारित व्रत उपवास गर्दछन !
८ . शैव संप्रदायमा समाधी दिने परम्परा छ !
९ . शैव मंदिरलाइ शिवालय भनिन्छ जहा शिवलिंग मात्र हुन्छ !
१० . यिनले विभूति ( भष्म ) लाउछन !

शैव साधु-संतहरु :
शैव साधु हरुलाई नाथ, नागा, अघोरी, अवधूत, बाबा, ओघड़, योगी, सिद्ध आदि भनिन्छ ! शैव संतहरुमा नागा साधु र दसनामी संप्रदायका साधुहरुको प्रभूता छ । संन्यासी संप्रदाय संग जोडिएका साधुहरुको यो संसार र गृहस्थ जीवन संग केही सरोकार रहन्न ! गृहस्थ जीवन जती कठिन मानिन्छ त्यो भन्दा सयौं गुणा कठिन नागा जोगीहरुको जीवन मानिन्छ ! शैव संतहरुमा गुरु मच्छेन्द्र नाथ, गुरु गोरखनाथ, सांईंनाथ , गजानन नाथ, कनीफनाथ, बाबा रामदेव, तेजाजी , चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुणकरनाथ, भर्तृहरि, जालन्ध्रीपाव आदि हजारौ भक्तहरु प्रसिद्ध छन् !

शैव संप्रदायका उप संप्रदायहरु : शैवमा शाक्त, नाथ, दसनामी, नाग आदि उप संप्रदाय हुन् ! महाभारतमा माहेश्वर (शैव) का ४ संप्रदाय वताइएको छ - शैव, पाशुपत, कालदमन र कपालिक !

कश्मीरी शैव संप्रदाय : 
काश्मीरलाइ शैव संप्रदायको गढ़ मानिन्छ ! वसुगुप्तले ९औ शताब्दीको उतरार्धमा कश्मीरी शैव संप्रदायको गठन गरेका थिए ! त्यस भन्दा पहिले त्यहाँ बौद्ध र नाथ संप्रदायको हजारौ मठहरु थियो !

वीरशैव संप्रदाय : 
वीरशैव एक त्यस्तो परंपरा हो जसमा भक्त शिव परंपरामा बाँधिएको हुन्छ ! दक्षिण भारतमा यो परम्परा धेरै प्रचलित छ !यो वेदमा आधारित धर्म हो ! भारतको कर्नाटक राज्यमा यसका उपाशक धेरै छन् ! यस बाहेक भारतको दक्षिण राज्यहरु महाराष्ट्र, आंध्रप्रदेश, केरल र तमिलनाडु तथा अफगानिस्तान, पाकिस्तान, कश्मीर, पंजाब, हरियाणामा यो सम्प्रदाय छरिएको छ ! यस संप्रदायका उपाशक एकेश्वरवादी हुन्छन !

कपालिक शैव : 
कापालिक संप्रदाय लाइ महाव्रत-संप्रदाय पनि भनिन्छ ! यो तांत्रिकहरुको संप्रदाय हो ! मान्छेको टाउको धारण गर्ने भएकोले इन्लाई कापालिक भनिएको हो ! यो मत रावणका दाजु कुवेरले शुरु गरेका हुन् !

तमिल शैव : 
सम्पूर्ण तमिल क्षेत्र शैव पंथिहरुको बहुल क्षेत्र हो ! शिवपुत्र कार्तिकेयले यो मत चलाएको मानिन्छ !



अधिकारीको फेसबुक वालबाट बाट साभार
भगवान शिव सम्बन्धमा जान्नै पर्ने कुराहरु

भगवान शिव सम्बन्धमा जान्नै पर्ने कुराहरु

–प्रवीण अधिकारी
शंकरको " श " को अर्थ हो कल्याण र " कर " को अर्थ हो गर्ने ! शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन् आउछ ! शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् ! शिवनै ब्रह्मा हुन् ,ब्रह्मानै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णुनै शिव हुन् ! यस संसारको श्रिश्टि ,पालन र संहारकोलागि एउटै नाउ बिभिन्न नामले चिन्हीदै आएको छ !

शिवलिंग भगवान शिव प्रतीक हो ! निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व शिवलिंगले गरेको हुन्छ ! 'शिव' को अर्थ हो - 'कल्याणकारी' र 'लिंग' को अर्थ हो - 'सृजनता ' ! शिवलिंग जल, दूध, बेलपत्रले पूजिन्छ ! लिंग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन ! शिवलिंगको वेदी महादेवी स्वरुप हुन् र लिंग स्वयम् महादेव ! शिवलिंगको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरेको मानिन्छ ! शिवलिंगमा जल अर्पण गर्नुको अर्थ हो प्राणको सुरक्ष्या ! शिवलिंग माथि जल अभिषेक गर्नुको अर्थ हो परम तत्वमा प्राण विसर्जन गर्नु !

रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो र वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो ! वेद शिवको अंश हो यसकारण वेद: शिव: शिवो वेद: भन्ने गरिन्छ ! अर्थात् वेदनै शिव हो तथा शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो ! भगवान शिव तथा विष्णु एकांश भएकाले हरिहर भनिएका हुन् ! हरि अर्थात् नारायण (विष्णु) र हर अर्थात् महादेव (शिव) ! वेद र नारायण पनि एक हुन् ! वेदो नारायण: साक्षात् स्वयम्भूरिति शुश्रुतम् ! यसै कारण नेपाली संस्कृतिमा वेदको महत्व बढि छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ ! शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् ! रुद्र अर्थात् 'रुत्' र रुत् अर्थात् दु:ख नष्ट गर्ने रुद्र हुन् , रुतं--दु:खं, द्रावयति--नाशयति इति रुद्र:। रुद्रहृदयोपनिषदमा लेखिएको छ :-

सर्वदेवात्मको रुद्र: सर्वे देवा: शिवात्मका:।
रुद्रात्प्रवर्तते बीजं बीजयोनिर्जनार्दन:।।
यो रुद्र: स स्वयं ब्रह्मा यो ब्रह्मा स हुताशन:।
ब्रह्मविष्णुमयो रुद्र अग्नीषोमात्मकं जगत्।।
यही श्लोक अनुसार रूद्रनै ब्रह्मा, विष्णु हुन् सबै देउता रुद्रांश हुन् र सबैकुरो रुद्रबाटै उत्पन्न भएका हुन् ! रुद्रनै ब्रह्म स्वरुप हो , र उनीनै स्वयम्भू हुन् !

शिवलिङ्गको प्रादुर्भाव र चतुर्दशी तिथिको महत्व : 
शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो ! सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए ! यो समस्त श्रिश्टिको रचना फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिन भएको थियो ! सनातनी हिन्दु परम्परामा एक बर्षमा चारवटा रात्री मनाइन्छ ! यो पर्व कालरात्री (बडा दशैं ), मोहरात्री (कृष्ण जन्माष्टमी ), सुखरात्री (लक्ष्मी पूजा ) झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने ईशान संहिता अनुसार यसै फाल्गुण कृष्ण चतुर्दशीको तिथिको मध्य रातमा निराकार ब्रह्म स्वरुप शिवलिंगको प्रतीक भै यस लोकमा अवतरित भएका थिए तथा यसै दिन प्रदोष कालमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता ईशान संहितामा उल्लेखित छ !
ईशान संहिता अनुसार महा शिवरात्रीकै दिन ब्रह्मा र विष्णु स्वरुप अगाडी अत्यन्त प्रकाशवान आकार प्रकट भएको थियो ! यसै दिन भगवान शिव र आदि शक्तिको बिहे हिमालय पर्वतमा भएको थियो ! यसैदिन भगवान शिवले ताण्डव र भगवतीले " लास्यनृत्य " गर्दा ती दुइको समन्वयले यस काश्यपी शृष्टिको सन्तुलन बन्न सकेको हो ! भगवतीको लास्यनृत्य नभएको भए शिवजीको ताण्डव नृत्यको कारण यो श्रिश्टी खण्ड खण्ड हुन् सक्थ्यो ! शिव रात्रिकै दिन समुन्द्र मन्थन गरिएको थियो ! समुन्द्र मन्थनबाट निस्किएको कालकुट बिष शिवजीले आजकै दिन ब्रह्माण्डको रक्षाकोलागि पिएका थिए ! त्यो बिष पिउदा घांटी निलो हुनपुगेकोले उनलाई उक्त दिनदेखिनै निलकन्ठ भनिन थालियो !

पारिवारिक स्वरुपको महत्व :
शिवजीलाई कालकुट विष र शेषनाग घाँटीमा बेरिएको हुँदा महामृत्युन्जय भनिएको हो ! उनले जटामा गंगालाई धारण गरेr उनले विश्व मुक्त गर्ने स्वरुप आफुमा अन्तर्निहित भएको बताए ! अग्निमय तेश्रो नेत्र नजिक चन्द्रकला धारण गरेर आफुमा सम्हारकत्व र पोशकत्व गुण रहेको जनाए ! लोकाधिपति भएर पनि उनले खरानी र बाघको छालालाई आफ्नो गहना र बस्त्र बनाएर यस संसारमा वैराग्यनै श्रेष्ठ हो भन्ने बताए ! शिवको वाहन नन्दी , कार्तिकेयको वाहन मयुर ,गणेशको मुषा ,पार्वतीको सिंह र शिवको नन्दी त्यसमाथि सर्पहरुको आभूषण ! सबै एक अर्काको सत्रु तर ग्रिह्पतिको छायामा सबै सुख र शान्तिले रहेको अवस्था ! कार्तिकेय सधै युद्धकोलागि उद्दत देखिन्छन तर गणेश सधै शान्ति प्रिय रहेकाछन ! घरको शान्तिकोलागि आदर्शको शिक्षा उनले यो लोकलाई दिएका छन् ! शिवजीको विचित्रको परिवार थियो ! उनको घरमा विचित्रको स्वभाव र रुचिको सम्मिश्रण रहेको थियो ! बेमेल भित्र सुख सान्ति र अनुपम मेलको सम्मिश्रण थियो ! सुर ,नर ,मुनि ,नाग ,गन्धर्व ,किन्नर ,अशुर ,दैत्य ,भुत ,पिशाच ,वेताल ,डाकिनी ,शाकिनी ,वृश्चिक ,सर्प , सिंह सबै द्वारा उनि पूजित भए पनि आँक , धतुरो वेलपत्र र जलमै आफु सन्तुष्ट हुने बताए !

भगवती अन्नपूर्णा उनकी अर्धांगिनी थिइन् तर उनि सधै भिखारीनै रहन पुगे ! शिव र अन्नपूर्णा विभक्त भएर यस संसारको सबै ऐश्वर्य विष्णु र लक्ष्मीलाई अर्पण गरे ! शिव स्वरुप परस्पर विरोधी तत्वहरुको सामंजस्य स्वरुप हो ! उनको टाउकोमा एकातिर चन्द्रमा छ, भने अर्को तिर महाविषधारी सर्प उनको घाँटिमा मालाको रुपमा रहेको छ ! उनि अर्धनारीश्वर हुन् तर कामजित छन् ! उनको गृहस्थी जीवन देखिन्छ तर आफु श्मशानवासी हुन् पुगेका छन ! सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र कहलिएका छन् ! उनको परिवारमा भूत-प्रेत , नंदी, सिंह, सर्प, मयूर ,मुषा ईत्यादि सबैको सामान्जस्यता रहेको छ ! उनि द्वन्द रहित सह-अस्तित्वका महान विचारक हुन् ! वेदमा उनि रुद्र स्वरुपमा छन् ! तिनले आँखा चिम्लिदा यो संसारमा शव मात्र रहन जान्छ !
हाम्रो शरीरमा त्रिदेवको स्थान : 
हाम्रो शरीरको शिरमा ब्रह्माको बास छ ! विष्णु हृदय अथवा शरिरको मध्य भागमा रहेका छन् र शिव को स्थान भन्दा तलको मुन्तिरको भाग हो ! त्यसैले भगवान शिवलाई शिवलिंगको रुपमा पूजा गरिएको हो ! इनी सृष्टिको उत्पति , स्थिति एवं संहारको अधिपति हुन् ! संहारका देवता हुन् ! अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यिनको महाकाल नै स्वरुपनै ज्योतिष शास्त्रको आधार हो ! उनले लय र प्रलय दुवैलाई आफ्नो अधीन मा राखेका हुदा शिव देवताका पनि देवता अर्थात महादेव हुन् पुगेका हुन् ! इनी ईश्वरका पनि ईश्वर भएकोले महेश्वर भनिएका हुन् ! हिन्दु धर्ममा पर्ने शैव, शाक्त, वैष्णव, जैन, सौर, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरुका लागि पशुपति मन्दिर समान आस्था एवं श्रद्धाको केन्द्रको रुपमा छ !

शिव स्वरुप :
शिव पूर्वमा रहंदा " भव " दक्षिण दिशामा रहंदा "शर्व " पश्चिममा "पशुपति " उत्तरमा "उग्र " र ईशान रुप भई अन्तरिक्षमा रहेका हुन्छन ! ईनि सँधै कल्याणकारी रहुन भन्ने अभिप्रायले "सदा शिव " भनि पुकारिन्छ ! भव ,पशुपति,महादेव र ईशान शिवको कल्याणकारी रुप हो भने रुद्र शर्व ,उग्र ,अशनि, शिवको विध्वंशकारी श्वरुप हो ! यीरुपवाट शिवजीलाइ आह्वान गर्दा अरुदेवताहरु त्रशित भएर आउन्नन भन्ने लोक मान्यता छ ! शिव सम्प्रदायले शिवका ५ मुख सद्दोजात ,वामदेव ,अघोर ,तत्पुरुष ,ईशानद्वारा आफ्ना भक्तहरुलाई आशिष दिन्छन भन्नेकुरा लिङ्ग पुराणमा वर्णित छ ! शिवरात्रिको पूजा रात्रिको चारै प्रहर गरिनु पर्दछ ! धतुरोको फूल, प्रसादमा भाङ, चरस शिवजीका प्रिय बस्तु मानिन्छन !दूध, दही, घिउ, सख्खर, मह जस्ता पाँच चिज जसलाई पञ्चामृतद्वारा शुक्ल यजुर्वेदको १६ अध्यायको रुद्राष्टाध्यायी शतरुद्रीय मन्त्रद्वारा रूद्र सूक्त सहित अभिषेक गरिन्छ !

शिवरात्रीकोलागि तिथि छनौट :
सनातनी हिन्दु परम्परामा क्षय तिथी कुनै कार्यकोलागि पनि उपयुक्त मानिन्न तर फाल्गुन कृष्ण चतुर्दशीको दिन शिवरात्री पर्व मनाइन्छ ! त्रयोदशी तिथिको दिन रात्रीको आरम्भकालमा वा मध्यरात्रीकालमा चतुर्दशी तिथि मिसिन पुग्यो भने त्यसलाई शिवरात्री भनिन्छ ! शिवरात्री तीनवटा तिथिले (त्रिस्प्रिहा) (१३,१४,३० ) छोयो भने अति उत्तम मानिन्छ ! चतुर्दशी तिथिका अधिपतिनै शिवजी हुन् ! प्रत्येक महिनाको कृष्ण पक्षको त्रयोदशी चतुर्दशी तिथिको संयोगलाई मास शिवरात्री भनिन्छ भने फाल्गुन कृष्ण चतुर्दशीको अर्धरात्रीकालमा शिव लिंगको प्रादुर्भाव भएको हुदा यसलाई महाशिवरात्री भनिन्छ ! शिवकी शक्ति (पत्नी ?) दुर्गा भगवती मानिन्छिन इनको बासस्थान कैलाश पर्वतमा रहेको ठानिन्छ ! शिवजीका छोराहरु कार्तिकेय र गणेश मानिएका छन् भने इनकि एक मात्र छोरीको नाम " वनमाला " हो जसलाई " ओखा " पनि भनेर चिनिन्छ !

अर्थ भित्रको अर्थ :
तपाइहरुले भगवान शिवजीको मूर्ति देख्नु भएको छ त्याँहा शिवजीको शीरमा जटा छ । त्यो जटामा एउटा द्वितीयाको चन्द्रमाको चिन्ह छ । तिनको निधारमा तेश्रो आखो छ ! घाँटीमा सर्प ,जटा र पाखुरामा रुद्राक्षको माला बेरिएको छ ! एउटा हातमा डमरु र अर्को हातमा त्रिशुल छ । संपूर्ण शरीरमा खरानी घसेको छ ! उनको शरीरको तल्लो भागमा बाघ वा हात्तीको छाला बेरिएको छ र उनी कैलाशमा बस्तछन भन्ने सांकेतिक अर्थ छ ! यी शिवजीका प्रतीकहरुको अर्थ के हो ? रहस्य के हो ? शिवजीको वेशभूषा यस्तो देखिनुको तात्पर्य के हो ? आउनोस शिवजी स्वरुप भित्र घोत्लियु जसमा प्रत्येक धर्मको मान्छेले त्यसमा आफ्नो प्रतीक खोज्न सकोस हिन्दू र हिन्दुत्वको व्याख्यामा आफ्नो ग्यान खर्चोस !

चन्द्रमा : 
शिव जी को एउटा नाम 'सोम' पनि हो ! सोमको अर्थ चन्द्रमा हो । उनको दिन सोमवार हो । चन्द्रमा मनको कारक हो । शिवजीले चन्द्रमा धारण गर्नुको अर्थ आफ्नो मन नियंत्रण गर्नु हो ! शिवजी संग सम्बन्धित सबै चाडपर्वहरु हन्द्रमासमा आधारित हुन्छन ! महाशिवरात्री ,मासशिवरात्री ,प्रदोष यसैका परिचायक हुन् ! र यी सबै चाडमा चर्द्र कलाको महत्व छ ! शिवजीको शीरको अर्ध चन्द्र शिव पन्थ र चन्द्र बंशीहरुको परिचायक हो ! मध्य देश (Middle east)को सबै राष्ट्रहरुको ध्वजामा त्यै आशय उल्लेखित गरिएको हो ! चर्चित चंगेज खानको झन्डामा पनि अर्ध चन्द्र अंकित थियो ! ईश्लाम धर्मको प्रतिक चिन्ह हो अर्ध चन्द्र यसैको फलस्वरूप हिन्दूको मकेश्वर महादेव मुसलमानहरुको पवित्र तिर्थस्थल मक्का हुन् पुगेको हो !

त्रिशूल:-
शिवजीको त्रिशूल सत्य ,तम ,राज स्वरुपको परिचायक हो ! जसलाई प्रोटोन ,न्युट्रोन र इलेक्ट्रोन पनि भनिन्छ ! यस बाहेक त्रिशूलको तिन शूलले उदय , शंरक्षण र बिनाश हुनेकुराको प्रतिनिधित्व गरेको हुन्छ ! यसैलाई भुत ,बर्तमान र भविष्य पनि भनिन्छ !

नाग :
शिवजीको नाग बंश संग गहिरो सम्बन्ध थियो ! इनि नाग बंशका आराध्य देव थिए ! त्यसकारण इनको गलामा नागले शोभा पाएको थियो ! नाग मान्छेको बोलीमा हुने बिषको परिचायक हो !
डमरु :
गहिरिएर बिचारने हो भने सबै हिन्दूको देवी देवताहरुसंग एक एक बटा बाद्द्य बादन रहेको छ ! यी सबैको प्रतीकात्मक अर्थ रहेको हुन्छ ! शिव संग रहेको डमरुको अर्थ हो यो विश्वमा नाद अर्थात ध्वनीको ठुलो महत्व छ ! इनि संगीतका जनक पनि हुन् ! शिवजीको प्रादुर्भाव हुनु भन्दा पहिले कसैले नाच्न ,गाउँन र बजाउन जान्दैनथ्यो ! याँहा डमरु अर्थात नादको अर्थ त्यसो ध्वनी संग सम्बन्धित छ जो यस ब्रह्माण्डमा सधैं विद्यमान थियो अर्थात " ओं " ! यहि नादबाट परा ,पश्यन्ति ,मध्यमा र वाणीको उत्पत्ति भएको हो !
साढे 
बृशभ शिवको बाहन हो ! याँहा बृशभको अर्थ धर्म हो ! वेदले धर्मको चार खुट्टो भएको बताएको छ ! याँहा धर्मको खुट्टो भनेको हिन्दुका चार पुरुश्वार्थ अर्थात धर्म ,अर्थ ,काम र मोक्ष हो ! देवादिदेव शिव यिनै चार पुरुस्वार्थहरु माथि बसेर हिडदछन ! शिवको बाहनलाई नन्दी पनि भनिन्छ ! याँहा नन्दी शब्द समुहका पर्यायवाची हुन जसले धर्मशास्त्र ,अर्थशास्त्र ,कामशास्त्र र मोक्षशास्त्रको रचना गरेका थिए !
जटा
शिव अन्तरिक्षका देउता मानिन्छन ! उनको नाउ व्योमकेश पनि हो ! यसकारण आकाश उनको जटा स्वरुप हो ! जटा बायु मण्डलको प्रतिक हो ! सौर्य मण्डलमाथि परमेश्ठी मण्डल रहेको मानिन्छ ! यसैको अर्थतत्व समातेर त्यसलाई गङ्गा भनिएको हो ! यसैकारण गङ्गा शिवको जटामा प्रवाहित छन् ! शिवजीले जटामा गङ्गा धारण गरेका कारण उनलाई जल चढाउने चलन चलेको हो !
भष्म
शिवले शरीरमा भष्म लाउछन ! भष्म यस संसारको निस्सारताको परिचायक हो ! यो आकर्षण ,मायाँ र मुक्तिको प्रतिक हो !
त्रिनेत्र 
शिवजीलाई त्रिनेत्र भनिन्छ ! उनको तिन आँखो छ ! प्रत्येक व्यक्तिको दुइ आँखी भुइको बिचमा ३ आँखो अर्थात अलौकिक दृष्टि रहन्छ भनिएको हो !
संसार र सन्यास
यसको अर्थ हो मान्छेले ध्यान ,साधना र सन्यासमा रहेर पनि संसारको जिम्मेवारी पुरा गर्न सक्तछ !
ब्याघ्र चर्म
शिवजीले आफ्नो अंगमा बाघ वा हात्तीको छाला बेरेको मानिन्छ ! याँहा हात्ती भनेको अभिमान र बाघ भनेको हिंसाको प्रतिक हो ! शिवजीले हिँसा र अभिमान दुवै दबाएर राखेका छन् !
पिनाक 
शिवजीले धनुष चलाउदा त्यसको आवाजले बादल छाटिन्थ्यो ! पर्वत हल्लिन्थ्यो ! भुकम्प आएको आभाष हुन्थ्यो ! शिवजीको धनुष ज्यादै शक्तिशाली भएकोले यसको प्रभावले त्रिपुराशुरको नगरी ध्वस्त हुन् पुगेको थियो ! देवी देवताको काल सकिएपछि शिवजीले त्यो धनुषको प्रयोजन सकियो भनि देवराज ईन्द्रलाइ दिई पठाएका थिए ! देवराज ईन्द्रले त्यो धनुष मिथिला नरेश राजा जनकका पूर्वज देवराजलाइ दिई पठाएका थिए ! देवराज राजा जनकका पूर्वज निमिका जेठो छोराका रुपमा परिचित व्यक्तित्व हुन् ! त्यै शिव-धनुष देवराजको धरोहर स्वरूप राजा जनक संग सीता बिबाह सम्म सुरक्षित रहेको थियो ! जसलाई सीता स्वयम्वरमा मर्यादा पुरुषोत्तम रामले तोडे र सीता स्वयम्वर हुन् पुगेको थियो ! भनिन्छ यो धनुष भगवान शंकरले आफ्नै हातले बनाएका थिए ! त्यसैले यसलाई कसैले उठाउन र ताँदो लाउन सक्तैन थ्यो ! तर भगवान रामले उठाएर यसको तांदोलाउदा भाचिन पुग्यो !
चक्र
एउटै चक्र काल ,प्रयोजन र प्रयोगको कारण बिभिन्न नामले चिनिन्थ्यो ! भगवान शिवको हातमा हुदा जुन चक्रको नाम भवरेंदु रहेको थियो , त्यै चक्र विष्णुको हातमा आउँदा कांता नामले चिन्हियो , त्यै चक्र भगवतीको हातको शोभा हुन् पुग्दा मृत्यु मंजरीको नामले जानिन्थ्यो र पछि त्यै चक्र भगवान कृष्ण संग जोडिदा सुदर्शन चक्रको नामले चिन्हियो ! तर त्यो कृष्णको सुदर्शन चक्रको निर्माण भगवान शिवले नै गरेका थिए ! निर्माण गरिसकेपछि भगवान शिवजीले श्रीविष्णुलाई दिए ! श्रीविष्णुले यो चक्र पार्वतीलाइ दिए पार्वतीले त्यो चक्र परशुराम लाई दिइन ! त्यसपछि मात्र भगवान कृष्णले त्यो सुदर्शन चक्र परशुरामबाट पाएका थिए !

त्रिपुंड
निधारमा शिवजीले त्रिपुंड तिलक लगाएका हुन्छन ! यो तीनबटा लामो रेखाको हुन्छ ! यो त्रिलोक्य र त्रिगुणको प्रतीक हो ! यो सतोगुण, रजोगुण र तमोगुणको पनि प्रतीक हो ! यो त्रिपुंड सेतो श्रीखंड चंदन वा भष्मको हुन्छ ! त्रिपुंड दुइ किसिमको हुन्छ !पहिलो तिन रेखा बीच रातो रंग को एउटा बिंदु भएको ! याँहा बिन्दु शक्तिको प्रतिक हॊ ! अर्को आम मान्छेले लाउने तीन धर्के त्रिपुंड ! यसले मान्छेको मन एकाग्र बनाउदछ ! बिन्दु भएको त्रिपुण्ड आम मान्छेले लाउन्नन !

रुद्राक्ष :
सकारात्मक ऊर्जा तथा रक्त संचार सन्तुलित राख्न शिवजीले रुद्राक्ष धारण गर्दथे !





अधिकारीको फेसबुक बाट साभारः

नेपाली समाजको ५ औं लिङ्ग " शिवलिंग"

नेपाली समाजको ५ औं लिङ्ग " शिवलिंग"

–प्रवीण अधिकारी
शिव एक आस्थाको प्रतिक मात्र होइन बरु सत्य सनातन संस्कृतिको प्रथम पुरुष तथा मान्छेले यस ब्रह्माण्डमा खोजेको परमसत्य वैज्ञानिक खोज पनि हो ! शिव मात्र जलाभिशेक र दुग्धाभिशेकको प्रतिक मात्र नभएर यस ब्रह्माण्डको धुरी पनि हो ! शिव शक्ति ( energy ) र mass को संयोग हो शिव ...... शव +शक्ति = शिव ! उर्जा र द्रव्यमानलाई फ़ोटानमा बदलिने प्रक्रियामा निहित छन् ! शिव बाटै यस ब्रह्माण्डको उदय भयो ! यो कुरा हृदयंगम गरेर हाम्रा पुर्खाहरुले शिवलाई परम कल्याण स्वरुपमा अर्थ्याए !
हाम्रो नेपाली समाज ५ बटा लिङ्गहरुमा बिश्वाश गर्द्छ : -
पुलिंग - जो पुरुष हो जसले शुक्राणुको शृजना गर्दछ !
स्त्रीलिंग - नारी जसले श्रिश्टिलाई आफ्नो गर्भमा धारण गर्दछन !
नपुंसक लिङ्ग - जसले यस ब्रह्मनड्मा जन्मदिने प्रक्रियामा कुनै योगदान दिन सक्तैनन् !
उभयालिंगी - जो संग दुवै लिङ्ग छ तर आफ्नो लिंगबाट जन्म दिने प्रक्रिया पुरा गर्न सक्तैनन् !
शिवलिंग - एकमात्र निराकार ब्रह्म जसले नरनारीको सबै गुण आफुमा समाहित गरेको छ र नयाँ जन्माउन सक्ने गुण युक्त छ !
यसैकारण हाम्रा पुर्खाहरुले शिवलिंगको पुजा प्रारम्भ गरेर देखाए ! यो लिङ्ग अर्धनारीश्वर हो ! जसले उभयलिंगी गुण समेटेको छ र यस ब्रह्माण्डको अद्वितीय लिङ्ग हो ! शिवलिंगको माथिको भाग अन्तरिक्ष , मध्ये पृथ्वी र माटोमा छोपिएको भाग पाताल वा गहिराइको द्द्योतक हो ! यसरी हामी ब्रह्म र ब्रह्माण्डको पूजा गर्दछौं ! हामीले जलाभिशेक गर्न यै प्रकृतिले बर्षाकालमा गर्ने गरेको जलाभिशेकबाट सिखेका हौँ ! शिवजीको अर्धनारीश्वर स्वरुप शंकर भनेर चिनिन्छ ! यिनै शिवलाई हामी हिमालयमा रमाएको मान्दछौ ! हामीहरु नियम कानुनबाट होइन प्रकृति र ब्रह्माण्डको शाश्वत सत्यबाट सिकी रहेका छौ ! यो विधर्मी समाज र निरपेक्ष दुनियाले सापेक्ष्यताको महत्व जानोस र दिन रात गरेर जान्चोस हाम्रा हरेक क्रियाकलाप वैज्ञानिक कसीमा खारिएका छन् !
महादेवले किन खाए ? हामी किन खाँदैछौं ?

महादेवले किन खाए ? हामी किन खाँदैछौं ?

–प्रशान्त महासागर
म समाजमा छु । तिमी समाज बाहिर छौ भन्छौ भने त्यो कुरालाई मैले होला भनी मान्नु पर्ने कुराहरु हुन्छन् किनभने सचेतना सबैसँग छन् नै । आफु बाँच्नलाई त्यसको प्रयोग गर्नु उचित नै हो । र कति कुरामा अनुचित हुने पनि गर्छन् । ती त्यस्ता कुराहरुका लागि निश्चित शक्तिहरुलाई हामी पुकार्छौ जुन हिन्दु शास्त्रमा वर्णन गरिएको एक शक्ति शिव जुन भगवान् पनि भन्ने गरेको सुन्न पाईन्छ । र मेरो भाषामा भगवान् भन्नु एक शक्ति हो जुन राम्रो । म राम्रो शक्तिलाई भगवान् भन्छु नै चाहे त्यहाँ शास्त्र फरक किन नै नहोस् तर सिद्धान्तका कुराहरुलाई शास्त्रसँग तुलना गरेर आफ्नो कमी अरुको शक्ति हुने काम चाहिं म गर्न चाहन्न । र भगवान्कै सम्बन्धमा म मात्र एक शक्ति विराजममान भएको कुरालाई स्वीकार्छु साथै सिद्धान्तहरु धेरै भएको अवस्थालाई विचारधार मात्र मान्छु भने त्यसमै अहम् मिसाउनेहरुको जमातलाई क्रोध बर्षाउने तरीका मात्र भन्छु । अब रह्यो भगवान् शिवको कुरा ।

हिन्दु शास्त्रमा भगवान्को पनि भगवान् भनेर महादेव यानि कि शिवलाई भन्ने गर्दछ । शिव राम्रो हो त्यसैले त्यो भगवान् पनि हो भनी म बुझ्दछु । र मान्ने कुरामा सबैलाई राम्रो म पुज्छु पनि चाहे त्यसमा शास्त्र फरक नै किन नहोस् त्यसमा विवाद प्रतिपादन गर्ने मेरो गाउँ जाने बाटो पनि होईन त्यो जहाँ क्षणिक अहम्हरु लादियोस्, चर्कोमर्को आवाजहरु प्रतिध्वनित होस् त्यो पनि लक्ष्य होईन । त्यसैले म राम्रोलाई राम्रो नै भन्छु चाहे त्यो मेरो विरोधी नै किन नहोस् । सदा मेरो हित विपरित षडयन्त्र गर्ने मित्रहरु नै किन नहोस् त्यो राम्रो हो भने त्यो भगवान् नै हो । भगवान्मा पनि शिव नै हो । र मैले शिव नै भनेर किन जोड दिएको भन्दा खेरि राम्रोमा पनि राम्रो भनि चिनिने उही एक शक्ति हो जसको आस्था भक्ति भन्नु पर्दा सदा मैले अरुको निम्ति हित चिताउनु नै हो । हुन त मसँग पनि कमी कमजोरी छैन भनी म घमण्ड गर्न चाहन्न किनभने यहाँ मनुष्य, मनुष्यमा धेरै विचारहरु छन् जसको अध्ययन शायदै कोही शक्तिले बुझ्न सकोस् ।

शिव जो प्रेमिका वियोगी, पत्नी वियोगी जसले आफ्नो सुझबुझ गुमाईयो भन्ने शास्त्रमा व्यापक हल्ला छ र हल्ला हावा नै हो जुन चले पछि पात हल्लिन छ पनि । शास्त्रमा वर्णन भए अनुसार न घर न घाट भएको जसलाई श्रीमान भनेर रोज्यौ आखिरमा त्यसको पहिचान के हो भन्ने कुरा उठ्दा जिउँदै आत्मादाह गर्ने काम जुन भए एक अर्थमा गलत हो र आत्माडाहा गर्ने जुन खराब भो त्यो पाप हो नराम्रो हो । यसकारण शिवको पत्नी सती राम्रो होईन र शास्त्रमा महादेबसँग जोडिएन पनि ।

शिवको शक्ति भनी पार्वतीलाई नै माने सबैले, आराधना पूजा पाठ आदी पनि पार्वतीकै गरे किनभने सती भन्दा राम्रो पार्वती नै ठहर भए । अब शिवमाथि त्यस्तो लाञ्छना किन लाग्यो शायद हावा चलेकै होला जसबाट पात पक्कै हल्ले भने, सती मरे । सतीको पीताले महादेबलाई खराब प्रवृतिको व्यक्ति ठहर गरे त्यो त्यसको विचार हो भने मेरो विचारमा भाङ, धत्तुर र गाँजाको अत्याधिक सेवन किन गरे भन्ने सवालमा र घरखेत महल किन नभएको भन्ने सवालमा जसको पूरै ब्रम्हाण्डमा आफ्नो छ त यो मेरो यति नै भनी संकुचित किन हुनु पर्‍यो भन्ने जवाफ दिन नसक्नुले पनि सती खराबमा रुपान्तरित हुँदै गए भने त्यहि खराव मेरो श्रीमान हुनु पर्छ भन्ने जुन आराध्य प्राप्तिको लागि पार्वतीले गरे त्यो नै राम्रो भो ।

अब गाँजा, भाङ आदी मदिराको सेवनको सवालमा शिव भगवान्ले मनुष्यमा त्यो प्रकोप नपरोस् भनेर नै सेवन गरेको हो । तर विवेकशील प्राणीहरुले शिवको वुटि भन्दै गाँजा चाखे, मदिरा सेवन गरे जुन गलत हो भनी कहिल्यै मनन गरेनन् । शिव भगवान्ले जुन मानव जगतमा मनुष्यहरुलाई कष्ट नहोस् भन्ने हेतुले जुन हलाहल विष सेवन गरे त्यसको गलत व्याख्या गर्दै आफुहरुमा प्रत्यारोपण गरे जसले कसैको घरबार नाश भए भने कसैको प्रतिस्ठामाथि नै ठूलो धब्बाहरु लाग्ने क्रम यथावत रहँदै गए तैपनि शिबले त पिए मैले किन नपिउने भन्ने जस्ता तार्किक कुरा अगाडि सार्दै आफुहरुलाई चोख्याउने कार्य गरे ।

शिव भगवान्ले गरेको त्यागलाई या भनौं आफुभित्र विष सार्नु भन्नु नै मानवहरु कल्याण होस् भन्नु नै हो भने मानवले आफ्नो कल्याण विष सेवन गर्नु र आफु त्यसमा मस्त हुनुलाई आनन्द ठानेका छन् जुन मूर्खता हो । र हामीले बुझ्नु पर्ने कुरा यो हो कि भगवान् जस्तोलाई घरको न घाटको तुल्याउने नशा हामी किन सेवन गर्ने ? न त्यो हाम्रो कर्तव्य नै हो न त दायित्व नै ।

त्यस्तै अर्को कुरा त्यसै त यहाँ भाङका बोटहरु हुर्कि रहेको अवस्था आफ्नो आम्दानी भन्दै हामीले नै हाम्रो आफ्नो समाजलाई दूषित र कमजोर पार्ने हिसावले उत्पादनहरु मदिरा गरिंदा लग्दा स्वयम् राम्रो निम्ति गरिएका कार्यहरु पनि नराम्रो हुँदै जान्छन् । भगवान् स्वयम् पनि त्यसकै शिकार हुन पुग्छन् भने समृद्धि समाजको परिकल्पना गर्नु हाम्रो अर्को भूले हुनेछन् नै । समाजलाई उन्नति र प्रगतितिर लानु छ भने स्वयम् समाजले नै दूव्र्यसनीयुक्त कार्यहरुलाई वहिष्कार गरिदैं लग्नुपर्छ । जीवन हाम्रो पूर्णतया पानीबाट नै निर्मित छ भने हामी त्यसमा मदिरा किन मिसाउने ? कुनै यन्त्र मट्टितेलबाट स्वचालित हुन्छ भने त्यसमा पेट्रोल मिसाएर जनधनको क्षति किन सहने ? साथसाथै समाजलाई बैरागीपनबाट किन हामी मानव भएको नाता जोगाउनु हाम्रो कर्तव्य र दायित्व होईन र ? यदि कसैले त्यो मेरो कर्तव्य र दायित्व होईन भनी जीवनको मूल्याङ्कन गर्छन भने जहाँसम्म लाग्न मानव नहुन सक्छ । त्यसमा मेरो आफ्नो त्यति नै हो साथसाथै जसले सेवनलाई भन्नुको अर्थ विषलाई पनि औषधि बनाई सेवन गर्ने चेष्टाका साथ आँटहरु गर्छन भने केही हदसम्म समाजबाट ती तत्वहरु घट्न सक्छ जसलाई राम्रो मान्न सकिन्छ । अर्को त्यही कार्य देखासिकी र मोजमस्ति भन्दै घरखेतको लगानी गर्छन् साथसाथै लिलामी भोग्छन् त्यो अपराध नै हो पाप नै हो । त्यस्तै जुन कार्य सेवनले कर्तव्य र दायित्वलाई बिर्साउँछन त्यहाँ पक्कै पनि शिवले वास गर्ने छैनन् भने अर्को शिवको वुटि भन्नु पनि शिवकै दोषि हुनु हो ।
प्रशान्त महासागर

अन्तमा, सानो आग्रह मेरो यो छ कि अरुबेला सधैं पिए पनि बिन्ति शिवको एक रातमा छोड्नुस् चाहे त्यो मदिरा होस चाहे अरु गाँजा, भाङ आदी जे होस् शिवको नाउँबाट पिउन छोडौं । जय शम्भु । हुन त हामी मानवसँग पिउने धेरै बहाना छन् तर छोड्ने पनि एउटा बहाना बनाऔं भन्नु मात्र हो । साथै आफ्नो भलो चिताउन अरुको कुरालाई सही भन्नु नै पर्छ भन्ने छैन किनभने हामी मानव हौं एक अर्थमा पशु हुन अझै समय हामीसँग बाँकी नै छ । जय शिवरात्री ।


प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार
भगवान् र धर्म दुई फरक कुरा हुन्

भगवान् र धर्म दुई फरक कुरा हुन्

म या तिमी जब जब हामी हुनबाट चुक्छौ तब तब शासनको कुरालाई अगाडि सार्दा सधैं हामी अर्थात तिमी र म दासदासी भई बाँची रहेका हुन्छौं जसबाट मुक्तिको खोजी पनि एक अर्थमा दासत्व नै हुन्छ जुन थाहा हुँदैन भन्ने एकातिर कमी हामीमा छ त अर्कोतिरबाट त्यो किन आवश्यक भन्ने जस्ता शाब्दिक खेलका खेलाडी बनिरहन्छौं । यो भयो हाम्रो रुप र रंग जुन ऐना सामु देखिएका छन् भने अर्को देखाउनेहरुको जमात पाइला पिच्छे भेट्टाउँछन् जसको अनदेखापनमा बाँच्नु हाम्रो शाब्दीक कर्तव्य पनि हो र समाजलाई शान्तिमुखी बनाउन ती नभई नहुने यथार्थता पनि हुन् । अब समाजकै कुरा गरौं जहाँ विभिन्न खेतीहरु छन र ती खेतीहरुमै कसैको रोजीरोटी छन त कसैको आस्थाहरु छन । त्यस्तै सञ्चालक जहाँ आस्थाको कुराबाट हुन्छ भने त्यो त्यहाँ एउटा शक्ति हुनुपर्छ जसलाई निश्चितताको लागि भगवान् नै सबै शास्त्रले भनिदै आएका पाउँछौं । बोली व्यवहारलाई खर्चिएर अगाडि जाने क्रममा सबैले यो मेरो भगवान भन्ने प्रचलन प्रख्यात भएको अवस्था पनि छ त आलु खेतीबाट व्यापार व्यवसाय फस्टाएकै जत्तिकै पनि छन नै जसमा मतमतान्तर गरि रहँदा हात चाट्ने र मह काट्ने एउटै हुनु पर्ने कुराहरु पनि फरक हुन्छ । त्यसैले सोचौं, हामी किन मानव हौं, बुझौं ।

हामीसँग विवेक छ । त्यसको प्रयोग किन र कहाँ गर्ने भन्ने प्रचुर मात्रामा ज्ञान हुँदा नि हामी सानो सानो कार्यबाट पथ विमुख हुँदै जीवन यापनमा तल्लिन हुन्छौं एक अर्थमा दु:खलाई कमाउन जीवनलाई खर्च गर्दैछौं । के त्यो उचित कार्य हो त ? हुन त समय परिवेशले हामीलाई त्यस्तै बनाएका हुन् भने त्यसलाई खुलेआम स्वतन्त्रता दिनु हाम्रो कमजोरी नै हो जसमा लगाम अब लगाउनु नै पर्छ भन्नु मेरो भनाई हो । र आजभोली सबैलाई थाहा भएकै कुरा, हामी समाजमा खर्चबाट मात्र प्रतिस्थिति हुँदै गएका छौं भने अर्कोतिर पथ विमुख भई हिंडेको खण्डमा धन प्रचुर मात्रामा कमाई हुने कुराहरु देखिदै गएका छन् । यसले समाजलाई सन्तुलन बनाउँछ भन्नु मूर्खता नै हुनेछन् भने धनलाई नै सर्वथा सम्झि बाँच्ने जुन विकृति फैलिएको छ । त्यसले पापलाई धर्मको व्याख्यामा रुपान्तरित गरिदै लगेको पनि छ ।
भन्न त सबैले कलिमा यस्तै हो भन्छन् पाप गर्नु हुँदैन पनि भन्छन् तर कसैले पनि त्यसको खराबीलाई अनुशरण गर्न छाडेका छैन । यो भनेको लोभ हो जसको पूर्ति भनेकै क्षणिक सुख हो, सुविधा सोचे भन्दा ज्यादा चाहनु पनि हो । त्यसैले यहाँ पाप, पाप बन्न नसकेको हो भने धर्मको अर्थ अर्कै हुन गएको हो । र संसार सृष्टि र त्यसको भोगचलनमा राम्रो र नराम्रो भन्ने नै ठूलो कुरा थियो त्यही कुरालाई जिउँदो राख्न अझ भनौं मानवलाई सही दिशामा दिशानिर्देश गर्न शास्त्र वेदको उत्पत्ति भए लगत्तै मानवहरुले शब्दका खेतीहरु प्रचुर मात्रामा गर्न सिके त फलहरु फलाउन नराम्रोकै पक्षमा मतहरु खस्न थाले जसले हामी पून: दासत्वमै अल्झि चरणबद्ध खुशीहरुलाई बन्धकी बनाउनमै अग्रसर हुँदै गयौं भने विभिन्न सोचलाई कुरालाई हामी सामु पस्केर पनि फेरि फेरि बन्दी नै बनाउँदै हामीलाई घिसारि लगी रहे, हामी भने खानु र लाउनुमै तल्लिन हुँदै आजसम्म आउँदा विभिन्न धर्मको भन्दै मानव बाँडफाँडमा मानव शास्त्रहरु नै लागी रहे, सिमित स्वार्थहरुले मानवमाथि राज्य गरि रहे । जसको विरोध हामीले कहिल्यै गर्न सकेनौं पनि ।

हामीलाई भन्नुको अर्थ मानव जगतलाई दास बनाउने काममा बल र छलले ठूलो भूमिका खेलेको छ भने अर्को नराम्रो नखेल्ने भन्ने त हुनै सक्दैन पनि । आफ्नो स्वार्थसिद्ध गर्न या क्रियाक्रम चल्ने र चलाउने कुरालाई पूर्णता दिन पनि दुई कुरा भएको हुनुपर्छ भन्ने मेरो सोच हो । त्यसमा एउटा पाप रहे भने अर्को धर्म हुन गए । पाप, नराम्रोसँग लिपिबद्ध भए भने धर्म, राम्रोसँगको सहवासमै रमी रहे तर शासनको कुरामा अहिले आएर धर्मले पनि नराम्रोकै लिवासहरु पहिरन थालेको छ के पहिरिएर हामीलाई बन्धक बनाई सकेका छन् । साधारण बुझाईमा धर्म राम्रो कुरा हो सबैलाई थाहा भएकै कुरा हो । धर्मले मानव कल्याण र उत्थान गर्छन् भन्ने सबैलाई थाहा हुँदा हुँदै पनि त्यसमा अहमत्व कहाँबाट प्रतिपादन भए भन्ने कुरालाई कसैले महशुस गरेन किनभने त्यहाँ मेरो भन्ने धमिरा पसेको छ । जब हाम्रो काम हुनु पर्नेमा मेरो भयो भने एउटा वाक्यमा छ क्रियाहरु फरक फरक हुन्छन् भने त्यसको लाभ प्रतिलाभमा कहाँ कहाँ कसरी के हुँदै के को उत्पत्ति हुँदै जान्छन् भन्ने कुरालाई सबैले बुझेकै कुरा हुन् र आँखा पट्टि बाँधिनुलाई व्यवहारमा उतार्नु कुनै ठूलो कुरा पनि होईन । त्यसैले धर्ममा अहम्लाई स्थान दिनु हुँदैन भन्न मात्र खोजेको हुँ ।

र समाजमा धर्मको अर्थ अर्कै छ भन्नुको अर्थ भगवानसँग जोडिएको छ । तर मैले बुझे अनुसार भगवान् राम्रो हो भने नराम्रो दानव हो । त्यस्तै भगवान् र दानवको समिश्रण नै मानव हो भन्नुको अर्थ हामी जसमा म र तिमी छौ एउटा राम्रो त अर्को नराम्रो नै छ । यहाँ म राम्रो या नराम्रो जाहेर गर्ने भनेकै कर्म हो जुन गर्नै पर्छ । जन्म भाग्य हो भने मृत्यु समय हो भगवान् बुद्धले भनेका कथन हुन जुन हो पनि त्यस्तै कर्मको कुरालाई आफ्नो पहिचान भनेको छ जुन कालान्तरसम्म मानवहरुले सम्झि रहनेछन ।

अब रह्यो धर्म के हो त ? कुनै शक्तिको उपासना गर्नुलाई धर्म कसैले भन्छ भने त्यो गलत नै हो । हामीले सधैं सुनेका बुझेका या बुझाइएका कुराहरुबाट धर्म र भगवानको सम्बन्ध एक–आपसमा छ भन्ने बुझ्छौं तर धर्म र भगवान् दुई ध्रुब नै हो किनभने भगवान् राम्रो हो भने धर्म राम्रो र नराम्रोको समिश्रण हो जुन मानव जस्तै हो भन्नुको तात्पर्य कुनै मर्म जुन सजिव प्राणी हो जस्तै भोक लाग्नु र त्यसको परिपूर्ति गरि दिनु त्यो धर्म हो । प्यास लाग्नु र शरीरलाई प्यास मुक्त गराउनु धर्म हो । चाहना भन्दा ज्यादा परिपूर्ति पनि धर्म हो भने त्यसमा आशय खराब छन जुन भगवान्सँग जोड्न मिल्दैन । धर्मको उद्देश्य प्राप्ति र परिपूर्ति हुने हुनाले धर्म र भगवान् दुई फरक तत्व शक्ति हुन जसलाई हामीले बुझ्नु नितान्त आवश्यक कुरा पनि हुन् । तर हाल आएर भन्नुको अर्थ कलिमा आएर मानवले आफ्नो सिद्धान्तलाई जस्तै हिन्दू धर्म भने त कसैले क्रिश्चियन धर्म भने, कसैले मुस्लीम धर्म भने त कसैले जैन धर्म भन्दै मानव बाँडफाँडको कार्यहरु प्रतिपादन गर्दै केवल झगडाको वीउ रोपे जुन एकदिन त्यो वीउ वृक्ष बन्ने नै छ र त्यो बेला फल र शीतलता क–कस्ले थाप्ने हुन त्यो हेर्न बाँकी नै छ ।

त्यसैले सिद्धान्त जुनसुकै होस् राम्रो सदा राम्रो सबैले भन्नु नै पर्छ र शरीरलाई सुहाउँदो कुरा मात्र सही धर्म हुन र सही धर्मको सही अनुशरण नै कुनै एक मात्र एक शक्ति नै यो सृष्टिको भगवान् हो तर सिद्धान्तको खेतीलाई मेरो भन्ने जुन प्रवृत्ति छ न त्यो राम्रोमा पर्छ न त कुनै शरीरको मर्म नै हो भनेर मनन गर्न सकिन्छ त्यो केवल भ्रम हो जसले युद्ध नाश मात्र चाहन्छन भने हामीलाई दासत्वबाट कहिल्यै मुक्ति गराउँदैनन् पनि । त्यसैले उज्यालो हुना साथ उठ्नु र नित्यकर्ममा जीवनलाई निछावर गर्नु र नियम पूर्वक जिउनु नै धर्म निभाएर भगवान् यानि कि कुनै एक शक्तिसँग रम्नु नै सन्तोषित भई बाँच्नु नै सुख हो । सुख आफ्नो नै हो अरुको हुन नदिन धर्म जुन शरीरको मर्म हो त्यसलाई बुझौं । भगवान् एकमा छ राम्रोमा छ अनेकमा त केवल सिद्धान्त छ । सिद्धान्तभित्र अहम् हुन्छ स्वार्थ हुन्छ मान या नमान मलाई अर्कै हो भन्ने क्रोध हुन्छ । त्यसैले धर्म हामी वीच रह्यो भने भगवान् हराईयो पनि । साथसाथै भगवान् र धर्म दुई फरक कुरा हुन् भने धर्म कहिल्यै परिवर्तन हुँदैन् पनि ।

प्रकाशन मितिः २०७२ फागुन १३ गते बिहीवार
अरबलाई अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

अरबलाई अरब किन भनियो ? हिन्दूहरुसँग अरवको के सम्बद्ध छ ?

–प्रवीण अधिकारी
भृगु ऋषिका नाति शुक्राचार्यको छोरोको नाउँ " और्व " हो ! ऐतिहासिक रुपमा अरव ऋषि और्वकै नाउँबाट राखिएको हो ! "हिस्ट्री अफ पर्शिया" का लेखक साइक्सले उल्लेख गर्दै भनेका छन् अरबको नाम और्व ऋषिको नाउबाट राखिएको हो र विकृत हुदै "अरब" हुन् पुगेको हो ! हाम्रा पौराणिक ग्रन्थहरु अनुसार यस भूखण्डको उत्तर-पश्चिम क्षेत्रलाई इलावर्त भनिन्थ्यो जहाँ दैत्य र दानव रहने गर्दथे ! यो ईलावर्तमा अहिलेको रुसको एशिया खण्डको दक्षिणी-पश्चिमी भूभाग र ईरानको पूर्वी भूभाग समेटिएको थियो ! आदित्यहरु(देवगण)को वासस्थान नेपालको उत्तर-पूर्वमा रहेको हिमालय क्षेत्र हो ! बेबीलोनको प्राचीन गुफाहरुमा भेटिएको पुरातात्त्विक बस्तुहरुमा र गुफाको भित्तामा भेटिएका चित्रहरुमा भगवान विष्णु र हिरण्यकशिपुको भाई हिरण्याक्ष संग युद्ध गरेको चित्र भेटिएको कुरा कुनै पनि हिन्दूले बिर्सिनु हुदैन !


त्यतिखेर अरब ठूलो व्यापारिक केन्द्रको रुपमा थियो ! यसैकारण देव, दानव र दैत्य बीच इलावर्तकै कारण त्यसको विभाजनको बिषयलाई लिएर १२ पल्ट 'देवासुर संग्राम' भएको थियो ! देवताहरुको राजा ईन्द्रले आफ्नी छोरी जयन्तिको बिहे शुक्राचार्य संग गर्नुको उद्द्येश्यनै शुक्राचार्यलाइ देउताको पक्षमा ल्याउनु थियो तर शुक्राचार्यले मानेनन् ! शुक्राचार्य जिद्धि स्वभावका भएका हुँदा विश्व बिजेता दैत्यराज बलिले शुक्राचार्यले भनेको नमान्दा दिक्क मानेर उनि आफ्नो नाती और्व ऋषिका समिप अरब आइ १० वर्ष बसेका थिए ! साइक्सले आफ्नो इतिहास ग्रन्थ "हिस्ट्री अफ पर्शिया" मा लेखेका छन् 'शुक्राचार्य लिव्ड टेन इयर्स इन अरब'! अरबमा शुक्राचार्यको धेरै सम्मान गरिएको थियो ! शुक्राचार्यलाई सम्मान गरिएको ठाउँ लाइनै अहिले 'काबा' भनिएको हो ! त्यो कावा 'काव्य शुक्र' (शुक्राचार्य , उनलाई कवि पनि भनिन्छ ) को सम्मानमा निर्माण गरिएको आराध्य देव शिवको मन्दिर हो जुन 'काव्य' नाम पछि विकृत भएर 'काबा' हुन् पुग्यो ! अरबी भाषामा 'शुक्र' को अर्थ 'ठूलो ' अर्थात 'जुम्मा' यसैकारण भनिएको हो र यसै दिनलाई अर्थात 'जुम्मा' (शुक्रवार) लाइ मुसलमानहरु पवित्र दिन मान्दछन !
"बृहस्पति देवानां पुरोहित आसीत्, उशना काव्योऽसुराणाम्"-जैमिनिय ब्रा.(०१ -१२५ )
अर्थात बृहस्पति देउताहरुका पुरोहित थिए र उशना काव्य (शुक्राचार्य) असुरहरुका पुरोहित थिए !
प्राचीन अरबी काव्य संग्रह गंथ 'सेअरूल-ओकुल' को २५७ औं पृष्ठमा हजरत मोहम्मद भन्दा २३०० वर्ष पहिले ईसा मसीह भन्दा १८०० वर्ष पूर्व जन्मिएका लबी-बिन-ए-अरव्तब-बिन-ए-तुरफाले आफ्नो प्रसिद्ध कवितामा हाम्रो भूमि र वेद प्रति सम्मान गरेको कविता हेरम -
"अया मुबारेकल अरज मुशैये नोंहा मिनार हिंदे।
व अरादकल्लाह मज्जोनज्जे जिकरतुन।१ ।
वह लवज्जलीयतुन ऐनाने सहबी अरवे अतुन जिकरा।
वहाजेही योनज्जेलुर्ररसूल मिनल हिंदतुन।२ ।
यकूलूनल्लाहः या अहलल अरज आलमीन फुल्लहुम।
फत्तेबेऊ जिकरतुल वेद हुक्कुन मालन योनज्वेलतुन।३ ।
वहोबा आलमुस्साम वल यजुरमिनल्लाहे तनजीलन।
फऐ नोमा या अरवीयो मुत्तवअन योवसीरीयोनजातुन।४ ।
जइसनैन हुमारिक अतर नासेहीन का-अ-खुबातुन।
व असनात अलाऊढ़न व होवा मश-ए-रतुन।५ ।"

अर्थात-(१ ) हे हिन्दूहरु बस्ने पूण्य भूमि (मिनार हिंदे) तिमी धन्य छौ , ईश्वरले आफ्नो ज्ञानको लागि तिमीलाई छानेको हो ! (२ ) ईश्वरको ज्ञान प्रकाश, जुन चार प्रकाश स्तम्भ समान भई सम्पूर्ण जगतलाई प्रकाशित गर्दछ , यो हिन्दूहरु बस्ने (हिंद तुन) भूमिमा ऋषिहरु चार किसिमले प्रकट भए ! (३ ) र परमात्मा ले यस संसारका मान्छेहरुलाई आज्ञा दिएर भने वेद, जो दिब्य ज्ञान हो , सोही अनुसार आचरण गर ।(४ ) वेद ज्ञानको भण्डार साम र यजुर हो , जसलाई ईश्वरले प्रदान गरे ! यसैले , हे मेरा भाइहरु वेद निर्दिष्ट कुराहरु तिमीहरु पनि स्वीकार यसले हामीलाइ मोक्षको मार्ग बताउद्छ !(५ ) र बाँकी दुई रिक्, अतर (ऋग्वेद, अथर्ववेद) ले हामीलाई भ्रातृत्वको शिक्षा दिन्छन , यसबाहेक जो इनका शरण पर्न आउछन ती कहिल्यै अन्धकारमा छिर्दैनन !
इस्लाम धर्मका प्रवर्तक मोहम्मद वैदिक परिवारमा हिन्दू स्वरुपमा जन्मिएका थिए ! उनले आफ्नो सम्बन्ध हिन्दू परिवारको पारीवारिक परम्परा र वंश परम्परा संग तोड़ने बिचारले आफुलाई पैगम्बर घोषित गर्ने निश्चय गरे , उनको यो निर्णयले उनको तत्कालिन संयुक्त हिन्दू परिवार छिन्न-भिन्न हुन् गयो र काबामा रहेको ठूलो शिवलिंग (संगे अस्वद) रक्षार्थ हुन् गएको युद्धमा पैगम्बर मोहम्मदका काका उमर-बिन-ए-हश्शाम मारिन पुगे ! उमर-बिन-ए-हश्शामलाई अरब मुलुकमा तथा केन्द्र काबा (मक्का) मा यती धेरै सम्मान दिइन्थ्यो कि सम्पूर्ण अरबी समाज, जो भगवान शिवका भक्त थिए एवं वेद तथा हिन्दू देवी-देवताहरुका अनन्य उपासक थिए , उक्त शिव लिंगलाई अबुल हाकम अर्थात " ज्ञान को पिता " भनेर पुकार्थे ! पछि मोहम्मदको नयाँ सम्प्रदायले शिवलाई ईर्ष्या बश अबुल जिहाल " अज्ञान को पिता " भन्न थाल्यो !
मोहम्मदले मक्कामा आक्रमण गर्दा , त्याँहा बृहस्पति, मंगल, अश्विनी कुमार, गरूड़, नृसिंह आदिका मूर्तिहरु थिए र एउटा मूर्ति तत्कालिन विश्वविजेता राजा बलिको पनि थियो ! उनि दानी भएकोले तत्कालिन समाजमा प्रसिद्धि पाएका थिए त्यसकारण उनको एउटा हात सुनको राखिएको थियो ! 'Holul' को नामले चिन्हिने यो मूर्ति त्याँहा इब्राहम र इस्माइल मूर्त्तिहरुको छेउमै राखिएको थियो ! मोहम्मदले ती सबै मूर्त्तिहरु फ़ोड्फ़ाड गरेर त्यहींको ईनारमा फ्यालिदिए ! त्यसमध्ये पनि भाचिएको शिवलिंगको एउटा टुक्रा आज पनि काबामा छदै छ ! त्यै शिवलिंगलाइ प्रत्येक मुश्लिम व्यक्तिले सम्मानपूर्वक हेर्दछ र हज गर्दा प्रत्येक मुसलमानले त्यो कालो शिवलिंगलाइ 'संगे अस्वद' भनी आदर सम्मानका साथ् म्वाइ खान्छ !
प्राचीन अरबीहरुले सिन्धलाइ सिन्ध नै भने पनि हिन्दूहरु बस्ने ठाउँलाई चाहि हिन्द भने ! यहि कुरालाइ हाम्रा तताकथित बोक्रे बिद्वानहरुले सिन्धुबाट हिन्दू भएको भनि प्रष्ट्याए ! सिन्धुबाट हिन्दू भएको भंनेकुरो हास्यास्पदमात्र होइन अबैज्ञानिक पनि छ किनभने इस्लाम धर्मका प्रवर्तक मोहम्मद जन्मिनु भन्दा २३०० वर्ष अघि सम्म अर्थात लगभग १९०० ईश्वी बर्ष पहिला अरबमा हिंदू शब्द जस्ताको त्यस्तै आजकै अर्थमा प्रयोग हुन्थ्यो ! अरब मुलुकको प्राचीन समृद्ध संस्कृति वैदिक थियो ! त्यस बेला ज्ञान-विज्ञान, कला-कौशल, धर्म-संस्कृति कोलागि तिनीहरुको पूर्व संगको सम्बन्ध प्रगाढ थियो !
अरबी काव्य संग्रह ग्रंथ ' सेअरूल-ओकुल' को २५३ औं पातोमा हजरत मोहम्मदको काका उमर-बिन-ए-हश्शामको कविता छ जसमा उनले हिन्दू शव्दको प्रयोग आदर र सम्मानका साथ् गरेका छन ! 'उमर-बिन-ए-हश्शाम' को कविता नयी दिल्ली स्थित श्री लक्ष्मीनारायण मन्दिर (बिड़ला मन्दिर) को वाटिकामा रहेको यज्ञशालाको रातो ढुङ्गामा यस प्रकार लेखिएको छ -
" कफविनक जिकरा मिन उलुमिन तब असेक ।
कलुवन अमातातुल हवा व तजक्करू ।१ ।
न तज खेरोहा उड़न एललवदए लिलवरा ।
वलुकएने जातल्लाहे औम असेरू ।२ ।
व अहालोलहा अजहू अरानीमन महादेव ओ ।
मनोजेल इलमुद्दीन मीनहुम व सयत्तरू ।३ ।
व सहबी वे याम फीम कामिल हिन्दे यौमन ।
व यकुलून न लातहजन फइन्नक तवज्जरू ।४ ।
मअस्सयरे अरव्लाकन हसनन कुल्लहूम ।
नजुमुन अजा अत सुम्मा गबुल हिन्दू ।५ ।

अर्थात् - (१ ) त्यस्तो मान्छे , जसले सारा जीवन पाप कर्म र अधर्म गर्दै बिताएको छ, काम- क्रोध गर्दै आफ्नो यौवन बिताएको छ ! (२ ) यदि उ पश्चाताप गरी अरुको भलो गर्ने उद्द्येश्यले फर्किन चाहान्छ भने त्यस अवस्थामा उसको कल्याण सम्भव छ ? (३ ) भन्दै द्विविधामा रहेको व्यक्तिले यदि अशल नियतले शिवजीको पूजा गर्दछ भने उसले धर्म-मार्ग अंगाल्दा उच्च भन्दा उच्च पद पाउन सक्तछ ! (४ ) हे प्रभु ! मलाई सम्पूर्ण जीवन दिन नसके पनि एक दिन मात्र भएपनि हिन्दू मुलुकमा बस्न देउ त्याँहा पुग्न पाए मेरो मान्छेको चोला धन्य हुनेछ ! (५ ) त्यहाँ पुग्न पाए सबै शुभ कर्म प्राप्ति गर्न सक्थे आदर्श गुरूजनहरुको (गबुल हिन्दू) सत्संग गर्न पाउथे ! 

प्रकाशन मितिः २०७२ मंसिर २६ गते शनिवार

प्रस्तुत लेख प्रवीण अधिकारीको फेसबुक वालबाट साभार गरिएको हो ।
फागु पूर्णिमाको पौराणिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व

फागु पूर्णिमाको पौराणिक, आध्यात्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व

–प्रवीण अधिकारी
फागु पूर्णिमा वा होली वशन्त ऋतुको सुरुवाती चरणमा  मनाइने पर्व हो ! हामी खश पर्वतेहरुले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिदा ( पूर्व विद्धा ) यो पर्व मनाउछौ भने तराइ क्षेत्रमा होलिका  दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्धा ) मनाइने चलन छ ! पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर ,रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ ! नेपाल   अधिराज्यको  तराइ  क्षेत्रमा  यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि रहेको  पाइन्छ    !

कीर्णौःपिष्टातकौधैः कृतदिवसमुखैः कुंकुमसिनात गौरेः
हेमालंकारभाभिर्भरनमितशिखैः शेखरैः कैकिरातैः।
एषा वेषाभिलक्ष्यस्वभवनविजिताशेषवित्तेशकोषा
कौशाम्बी शातकुम्भद्रवखजितजनेवैकपीता विभाति। -'रत्नावली', १ .११

वैदिक र पौराणिक महत्व:
होली मनाउने वैदिक र पौराणिक मत दुवै  चलन  चल्तीमा  छन् !  वैदिक कालमा यो पर्व नवान्नेष्टि नामले चिनिन्थ्यो ! नेपालको तराई क्षेत्रमा यो  दिन खेतमा पाक्तै गरेका अधकल्चा अन्नहरू होलीका   डढाउन तयार पारिएको अग्निमा अर्पण  गरी प्रसाद स्वरुप खाने चलन चलाइएको देखिन्छ जसलाई  भन्ने गरिन्छ " ओराहा " ! त्यसरी पूर्ण रुपमा नपाकेको अन्नलाई " होला " भनिन्छ ! नयाँ अन्न "होला " अग्निलाई अर्पण गरी मनाइने भएकोले यो पर्व  होलिकोत्सव " हुनपुगेको हो ! प्राचीन संस्कृत साहित्यमा होलीको वर्णन गरिएको छ ! श्रीमद्भागवत महापुराणमा रशको समूहद्वारा  राशको वर्णन ,भगवान कृष्णको लीलाहरुमा होलीको वर्णन , ‘रंग’ उत्सवको वर्णन, कालिदाशको " कुमारसंभवम् "  तथा " मालविकाग्निमित्रम् " ऋतुसंहारमा एउटा सर्गनै ‘वसन्तोत्सव’ भनेर वर्णित भेटिन्छ !

सनातन हिन्दु ग्रन्थमा देवी देउताको मदन , राधा-कृष्णको मदन ,राम सीताको मदन ,उमा महेश्वरको मदन आदि अनेकानेक प्रसंग मिसाएर वर्णन गरिएको छ भने त्यै फागु  प्रह्लाद , हिरण्यकशिपु , आगोमा भस्म  नहुने होलीकाको कथामा प्रह्लादको अर्थ " आनन्द " हुन पुग्छ !  ऋष र उत्पीड़नको प्रतीक होलीका(बाल्ने दाउरा ) बल्दा प्रेम र उल्लासको प्रतीक प्रह्लाद (आनंद) अक्षुण्ण रहन गएको देखाइएको छ  !  होली पर्व प्राचीन भएपनि यसको स्वरुप र उद्देश्य समय संग बदलिदै गएको छ ! प्राचीन कालमा यो पर्व विवाहित महिलाहरुद्वारा  परिवारको सुख समृद्धिकोलागि खेलिन्थ्यो र पूर्ण चंद्रको पूजा गरिने चलन थियो कारण चन्द्रमा यै दिन जन्मिएका थिए !  होलीका दहन गर्ने दिन  सार्वजनिक स्थल या घरको छेउमा झंडा या डंडा गाडी   होलीका अग्निकोलागि दाउरा जुटाई अन्न डढाईने चलन थियो !

कंशको  निर्देशनमा राक्षशनी पुतना श्रीकृष्णलाई मार्न जाँदा उसले श्री कृष्णलाई विषपूर्ण दुग्धपान गराई  ! बालक श्रीकृष्णले उसको दूध चुस्दा चुस्दै  उ मरी र उसको शरीर पनि लुप्त भयो ! नन्द गाउ (मथुरा ) बासीले पुतनाको पुतला बनाई दहन गरेपछि मथुरामा होली मनाउन थालिएको प्रसंग जोडिएको पाइन्छ भने पार्वतीलाई मद्दत गर्न आएका कामदेव   भगवान शिवको तपस्या भंग गर्दा शिवजीको क्रोधबाट भष्म हुन् पुगेपछि शिवलाई शान्त गर्न  शिव र पार्वती बीच बिहे गराइएको थियो !  कृष्णले गोपिनीको बस्त्र हरण गरेको, विष्णु भक्त प्रल्हादलाई मार्न हिरण्यकश्यपुले आफ्नी बहिनी होलीकालाई आगोमा होमाएको जस्ता पक्षसँग पनि यो पर्वलाई जोडिएको छ ! फागु पूर्णिमा अर्थात मदनोत्सब वायु पुराण , भविष्य पुराण र महाभारतमा उल्लेखित पर्व हो ! महर्षि नारदको सल्लाहमा तत्कालिन राजा युधिष्ठिरले आफ्ना राज्यमा भएका सम्पूर्ण कैदीहरुलाई उनीहरुका बाँकी सम्पूर्ण कशुर माफ गरी आजैको दिन अभयदान दिएका थिए ! त्यहि अभयदान पाएको बेलादेखि फागू पर्व रंग खेलेर उन्मुक्त भावनामा मनाइने चलन चलेर गएको हो पनि भनिएको भेटिन्छ   !

जे सुकै भएता पनि विभिन्न ४ युग - सत्य  ,त्रेता  ,द्वापर  ,कलीमा होली बिभिन्न किसिमले बेग्लाबेग्लै नामले मनाउदै आइएको पाइन्छ  ! यो पर्व वशन्त ऋतुको संदेशवाहक पर्व भएकोले संगीत र रंग यसको प्रमुख अंग हो ! फाल्गुण  महिनामा मनाइएकोले  फाल्गुनी हुदै  फागु भनिएको हो ! यो पर्व नेपालमा  वशन्त पंचमीमा वशन्त श्रवण गरिसके पछी शास्त्रीय रुपमा  शुरु भएको मानिन्छ !

प्रतीकात्मक अर्थ

अग्निको वासनात्मक आकर्षणलाई प्रतीकात्मक रूपमा जलाएर साँचो प्रेमको विजय हुन् पुगेको खुशीयालीमा विजयोत्सवको रुपमा यो पर्व मनाउन थालिएको प्रसंग पनि कतै कतै उल्लेख गरिएको  देखिन्छ  भने मनुस्मृति अनुसार यसै दिन मनु जन्मिएको तथा ती मनुनै यस पृथ्वीका पहिलो मानव हुन पुगेको हुदा यसैलाई पृथ्वीमा मानव बंशको उत्पत्ति भएको दिन मानी यो उल्लास पर्व मनाउन थालेको बुझिन्छ  ! यसै दिन भगवान बिष्णुको नर-नारायण स्वरुपको जन्म भएको थियो भनेर भगवान विष्णुको २४ अवतार मध्ये चौथो अवतार मानी त्यसैको खुशियालीमा फ़ागु मनाइएको उल्लेख पनि पाइन्छ !

प्रणय ,प्रेम र शृंगार

फागुलाई मदनोत्सब भनिन्छ ! याँहा मदनको अर्थ हो प्रणय ,प्रेम र शृंगार ! हाँस र  हँसाउ , जसले रंग लाइदिञ्छ उसलाई रंग लाइदेउ , क्षमा गर सहनशील बन यसको मुख्य संदेश हो ! फाल्गुण पूर्णिमा चन्द्रमाको जन्म दिन हो ! नेपालमा फागू पूर्णिमालाई चीर पर्व  पनि भन्ने गरिन्छ !  फागु पूर्णिमा सद्भावको प्रतीक हो ! पूर्वा फाल्गुणी नक्षत्र पूर्णिमाको दिन रहन पुग्दा यो महिनालाई फाल्गुन भनिएको हो  ! फागु सालको परागकण पनि हो ! यसै  महिनादेखि साल फुल्न शुरु गर्छ ! थारू शब्द फल्ग्वाबाट फागु शब्द ल्याउदा यसको शाब्दिक अर्थ हुन्छ पहेँलो रङ ! फाल्गुण पूर्वा फाल्गुनी नक्षत्र हो वायुपुराणका निम्ति ! फाल्गुनीको अर्थ हो- जुन दिनको संस्कारले व्यक्तिलाई सुन्दर बनाउँछ ! फाल्गुन र लिंग पर्यायवाची पनि हुन् ! फाल्गुन शिवलाई विशेष पुज्ने महिना पनि हो । फाल्गुन सौभाग्य शयनको महिना पनि हो, त्यसैले  उन्मत्त  हुन्छ  फाल्गुने बैंस !  फागुपूणिर्मालाई चन्द्रमाको जन्मदिन पनि मानिन्छ, जुन नेपालका शिवको शिरको गहना पनि ठानिन्छ ! फागुने बैंस' थामिनसक्नु, सम्हालिनसक्नु हुने गर्दछ  नेपाली परम्परामा ! 'संस्कृत कोष' अनुसार अग्निमा डढाइएको अन्नलाई 'होलिका' भनिन्छ ! प्राचीनकालमा अग्निमा अन्नद्वारा हवन गरी अन्त्यमा यज्ञभष्म शिरमा लगाई मनाइने गरिन्थ्यो ! अहिले पनि यज्ञादी कर्म सकिएपछि डढेको चरु लाउने चलन छदैछ !

फागुको  महत्व / होली मनाउने पद्धति

चाड पर्व मनाउनुको पछाडी केही  नैसर्गिक, सामाजिक, ऐतिहासिक एवं आध्यात्मिक कारण रहन्छन ! यी चाड मनाउनुको पछाडी  चाड मनाउने व्यक्तिले उस्को सामाजिक जीवनमा  लाभ पाओस भन्ने अभिप्राय लुकेको हुन्छ ! फेरी चाड पर्व मनाइदा नै समाजको आध्यात्मिक उन्नति सम्भव हुन्छ ! त्यसकारण चाड पर्वको शास्त्राधार के हो थाहा  पाउनु जरुरी हुन्छ ! होली संक्रांति सरह कि देवी हुन् ! मानव शरीरको  षड्विकारहरु माथि  विजय प्राप्त गर्ने क्षमता होलीका देवीमा रहेको मानिन्छ ! त्यसैले मानव विकार माथि  विजय प्राप्त गर्न होलिका देवी संग प्रार्थना गरिन्छ ! अग्नि प्रति कृतज्ञता व्यक्त गर्नु यसको दोश्रो अंग हो ! होली अग्निदेवताको  उपासनाको एक अंग हो ! अग्निदेवताको उपासना गर्दा व्यक्ति बिशेषको तेजतत्त्व  बढन पुग्छ र  उसको रजो र तमो गुण घट्दछ ! त्यसकारण होलीका दहन रात्रीकालमा गरिएको हो ! पृथ्वी, पानी , तेज, वायु र आकाश यी पांच तत्त्वहरुको  सहायताले देव तत्त्वलाई पृथ्वीमा ल्याउने माध्यम यज्ञ हो ! पृथ्वीमा स्पंदन नहुदा त्रेतायुगमा  पंच तत्वमा  विष्णुतत्त्व प्रकट हुन् पुग्यो ! यज्ञको ज्वाला संगै यज्ञकुंडमा विष्णुतत्त्व प्रकट भएको दिन  फाल्गुन पूर्णिमाको दिन  थियो !  दुष्प्रवृत्ति एवं अमंगल विचार नाश गरी , सद्प्रवृत्तिका मार्ग देखाउने , ईश्वरीय चैतन्य प्राप्त गर्ने आध्यात्मिक साधनामा अग्रसर हुने ,अग्निदेउता  प्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो फागु ! गुईठा ,उखु ,सुपारीको पात , दाउराको सामाग्रीको साथै आबश्यक पूजा सामाग्रीहरु तयार गरी थाली, बेसार -कुमकुम, चंदन, फूल , तुलसी पत्र , अक्षता , अगरबत्ती , अगरबत्ती, फुलबाती, आरति , कर्पूर, कर्पूरार्ती, दियो ,सलाई कलश, आचमनी, पंचपात्र, ताम्रपात्र, घंटा,  तेल बाती, गुलियो परिकारको नैवेद्य तयारपारी  अग्निको पूजा गरिन्छ  !


फागु पूर्णिमानै मदनोत्सव

वशन्त पंचमीदेखि नै  मदनोत्सव मनाइने परम्परा  मान्छेको उत्पत्ति र उसको ऋतुकाल धर्म संग सम्बन्धित तुल्याइएको छ ! छः ऋतुमा बाडिएको मौसम संग हाम्रो परस्पर सहसंबंध स्थापित छ ! जसरी प्रत्येक  जीव-जंतुकालागि  भिन्न-भिन्न ऋतुहरु प्रकृतिले छुट्याइ दिएको छ त्यसरी नै हाम्रा  ऋषि मुनिहरुले वशन्त  ऋतुलाई मानव मात्रकोलागि छुट्याइएको हो ! ऋषि मुनिहरुले  वशन्त पंचमीको दिन देखि  हर्षोल्लासका  साथ्  मदनोत्सब मनाउने शंकेत गरे ! महको लागि माहुरीलाई यसैवेला आकृष्ट तुल्याए ! त्यसकारण    वशन्त ऋतु  मदनोत्सवको रुपमा रती  र कामदेवको उपासना पर्व मानिन  पुग्यो   ! त्यसैले हाम्रा पुर्खाहरुले वशन्त पंचमीमा सरस्वती र  कामदेवको  उपासना गर्न सिकाए   ! " भ्यालेन्टाइन  डे " उच्छ्रिङ्खलताको प्रतीक हो भने मदनोत्सव पति-पत्नी , सम्बन्धी  र नातेदारहरु  विचको मर्यादित आपसीप्रेम , अभिव्यक्ति एवं सुदृढ़ीकरणको शालीन पर्व हो !

" भ्यालेन्टाइन डे " को विपरीत मदनोत्सव विवाहोत्तर अथवा विवाहपूर्व संबंधकोलागि होइन यो विशुद्घ रूपमा दांपत्य संबंध बलियो बनाउने पर्व भएको कारण नैतिक-सामाजिक दृष्टिले पूर्ण रुपमा स्वीकार्य छ , श्रीमदभागवत महापुराण अनुसार, भगवान श्रीकृष्णले तिनलाई पति रूपमा चाहने गोपिनीहरुसंग यसै दिवशमा वृंदावनमा महारास गरे ! श्रीकृष्ण कामदेव भन्दा नि सुंदर भएकाकारण मदन मोहन अर्थात कामदेव लाई पनि मोहित गर्ने अथवा मन्मथ अर्थात सबै प्राणीहरुको  मनलाई मथने र कामदेवको मन मथने भनिएको छ ! ऋतूराज वशन्तको आगमन पछि  प्रकृतिमा कामदेवले वाण छोड़छन् रे  ! त्यसैकुरोलाई स्वीकार्दै मदनोत्सवको वर्णन गर्दै कालिदास भन्छन - मदनोत्सव, बसंतोत्सव, कामदेवोत्सव  लोकानुरंजनकोलागि हो !  तन र मन   मदनोत्सवको समयमा सर्वाभरण भूषित भएर घुम्दा अषोक वृक्ष फुल्न थाल्छ ! वशन्त र कामोत्सवको दुंदुभी बज्न थाल्छ ! त्यतिखेर हरेक दिन रात वशन्त युक्त हुन्थ्यो अहिले  होलिका या होलीको दिन आएर टुङ्गियो !

" काम " हिन्दु  दर्शनका  संपूर्ण पुरूषार्थहरुमा श्रेष्ठ पुरुषार्थ हो ! नर कामदेव स्वरुप  र प्रत्येक नारी रति हुन् !
 वशंतोत्सवमा काम र रतिको पूजा विधान समेटिएको हुन्छ ! उपनिषद, वेद, पुराणले काम प्रति सहजता देखाई प्रश्ट्याएको  छ ! त्यसैले कुमार चरित जस्तो ग्रन्थले होली र फागुको उल्लेख ' मदनोत्सव ' भनेर  गरिदिएको  छ ! वशन्त ऋतु कामको सहचरी हो ! यसैले वशन्त ऋतुमै मदनोत्सव मनाउने बिधान बताइएको हो !

हाम्रो संस्कृतिले  कामलाई दैवी स्वरूप मानेर कामदेवको रुपमा स्वीकार्यो ! काम विकृत हुन् पुग्दा भगवान शिवले आफ्नो क्रोधाग्निले ' काम ' लाइ भष्म गरे र  ' अनंग ' अर्थात अंग बिहिन  अवस्थामा  जीवित गरे  !  ' काम ' को सहचर्य उत्सव मनाउन थालियो  ! काम जब सम्म मर्यादामा रहन्छ त्यतिखेर सम्म त्यसलाई भगवानले  पनि विभूति स्विकार्द्छन ! कामले मर्यादा छोड़दा आत्मघाती हुन् पुग्छ ! शिवको तेश्रो नेत्र (विवेक) ले त्यसलाई भस्म गरिदिन्छ ! हाम्रा प्रत्येक चाड पर्व हाम्रो सांस्कृतिक चेतनाको प्रतीक हुन ! आशा , आकांक्षा , उत्साह अनि उमंग प्रदाता हुन ! इनले मनोरंजन , उल्लास एवं आनंद दिएर हामीलाई ,हाम्रो जीवनलाई सरस बनाउद  छन्   ! त्यसकारण युगौंदेखि चलेका हाम्रा सांस्कृतिक धरोहर , परंपरा , मान्यता एवं सामाजिक मूल्य मान्यताका मूर्त प्रतिविम्ब ठानिएका छन् ! यी चाड पर्व हामीलाई हाम्रो संस्कृतिको अंतर सम्बन्ध  दर्शन गराउने  तत्व हुन  ! सत् , चित , आनंद रूपी त्रिगुणात्मक ब्रह्मको एक अंग हुन ! त्यसैले हाम्रो चाडले  हामीलाई आनन्द दिन्छन !  मानव जीवनमा मंगल एवं सौभाग्यलाई आमंत्रित गर्दछन  !

होली वसंत ऋतुको यौवनकाल हो , ग्रीष्म ऋतुको  आगमनको सूचक हो ! यो ' नवान्नवेष्टि यज्ञ ' पनि हो ! फाल्गुन शुक्ल पूर्णिमाकै  दिन हाम्रा प्राचीन आर्य पुर्खाहरु नयाँ  अन्नको बाला बोकी अग्निहोत्र कार्य  गर्थे  ! यसलाई    ' यव ग्रहण यज्ञ ' भनिन्थ्यो  ! अन्नको  बालोलाई  संस्कृत मा ' होलक ' भनिन्छ  ! वसंत ऋतुमा सूर्य दक्षिणायणबाट उत्तरायण  हुन् पुग्छ ! फल-फूलहरु मा मुजुरा  लाग्दा  मौसममा ' अमृत प्राण ' भरिन्छ ! त्यसैले होली पर्व ' मन्वन्तर को आरम्भ  ' हुन् पुगेको हो ! रंगले भरिएको चाडले  जीवनलाई रंगीन बनाउछ ! आत्माको मधुरतम र प्रियतम भाव अनुभव गर्नु  यस  चाडमा  प्रकट हुने अनुराग हो !

अधिकारीको फेसबुक वालबाट साभार