नेपाली समाजको ५ औं लिङ्ग " शिवलिंग"

–प्रवीण अधिकारी
शिव एक आस्थाको प्रतिक मात्र होइन बरु सत्य सनातन संस्कृतिको प्रथम पुरुष तथा मान्छेले यस ब्रह्माण्डमा खोजेको परमसत्य वैज्ञानिक खोज पनि हो ! शिव मात्र जलाभिशेक र दुग्धाभिशेकको प्रतिक मात्र नभएर यस ब्रह्माण्डको धुरी पनि हो ! शिव शक्ति ( energy ) र mass को संयोग हो शिव ...... शव +शक्ति = शिव ! उर्जा र द्रव्यमानलाई फ़ोटानमा बदलिने प्रक्रियामा निहित छन् ! शिव बाटै यस ब्रह्माण्डको उदय भयो ! यो कुरा हृदयंगम गरेर हाम्रा पुर्खाहरुले शिवलाई परम कल्याण स्वरुपमा अर्थ्याए !
हाम्रो नेपाली समाज ५ बटा लिङ्गहरुमा बिश्वाश गर्द्छ : -
पुलिंग - जो पुरुष हो जसले शुक्राणुको शृजना गर्दछ !
स्त्रीलिंग - नारी जसले श्रिश्टिलाई आफ्नो गर्भमा धारण गर्दछन !
नपुंसक लिङ्ग - जसले यस ब्रह्मनड्मा जन्मदिने प्रक्रियामा कुनै योगदान दिन सक्तैनन् !
उभयालिंगी - जो संग दुवै लिङ्ग छ तर आफ्नो लिंगबाट जन्म दिने प्रक्रिया पुरा गर्न सक्तैनन् !
शिवलिंग - एकमात्र निराकार ब्रह्म जसले नरनारीको सबै गुण आफुमा समाहित गरेको छ र नयाँ जन्माउन सक्ने गुण युक्त छ !
यसैकारण हाम्रा पुर्खाहरुले शिवलिंगको पुजा प्रारम्भ गरेर देखाए ! यो लिङ्ग अर्धनारीश्वर हो ! जसले उभयलिंगी गुण समेटेको छ र यस ब्रह्माण्डको अद्वितीय लिङ्ग हो ! शिवलिंगको माथिको भाग अन्तरिक्ष , मध्ये पृथ्वी र माटोमा छोपिएको भाग पाताल वा गहिराइको द्द्योतक हो ! यसरी हामी ब्रह्म र ब्रह्माण्डको पूजा गर्दछौं ! हामीले जलाभिशेक गर्न यै प्रकृतिले बर्षाकालमा गर्ने गरेको जलाभिशेकबाट सिखेका हौँ ! शिवजीको अर्धनारीश्वर स्वरुप शंकर भनेर चिनिन्छ ! यिनै शिवलाई हामी हिमालयमा रमाएको मान्दछौ ! हामीहरु नियम कानुनबाट होइन प्रकृति र ब्रह्माण्डको शाश्वत सत्यबाट सिकी रहेका छौ ! यो विधर्मी समाज र निरपेक्ष दुनियाले सापेक्ष्यताको महत्व जानोस र दिन रात गरेर जान्चोस हाम्रा हरेक क्रियाकलाप वैज्ञानिक कसीमा खारिएका छन् !

SHARE THIS

Author:

Facebook Comment