धान नियन्त्रणमा लिन खोज्दा गोली चल्यो

वीरगंज, फागुन २२ – पर्साको प्रसौनी भाठामा शुक्रबार राती गोली चलेको छ । भारतबाट धान ल्याउँदै गरेका ट्रयाक्टर चालकसँग लाइसेन्स र ब्लुबुक नभएकाले धान नियन्त्रणमा लिने क्रममा प्रहरी र स्थानीय बासिन्दाबिच झडप भएको थियो ।

झडप नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएइसपी होमेन्द्र बोगटीले बताउनुभयो । गोली चलेपछि भिड तितरवितर भएको उहाँले बताउनुभयो ।
घरेलु प्रयोजनको लागि धान ल्याएको स्थानीय बासिन्दाले बताएका छन् । अहिले ट्रयाक्टर र धान प्रहरीको नियन्त्रणमा छ ।

SHARE THIS

Author:

Facebook Comment