वैदेशिक रोजगारीको शिलशिलामा इजरायलमा रहेका पश्चिम नेपालको पर्वतवासी नेपालीहरुले “वाध्यताले देखायो पर्देशको बाटो, नभुलौं कसैले जन्मेको माटो” भन्ने भावनावाट ओतप्रोत भई आफु जन्मेको माटोकोलागि केही गर्ने उद्दश्यका साथ ‘पर्वत सेवा समाज, इजरायल’को गठन गरेका छन् ।
गत ७ फेब्रुवरी शनिवार इजरालमा कार्यरत पर्वतवासीहरुको सञ्चार कन्फेरेन्सनमा बसेको भेलाले आफ्नो गृहजिल्लामा रहेका पिछडिएका वर्ग, उत्पिडित, गरिव तथा दिनदुखीहरुको पिडामा मल्हम लगाउने तथा पर्वतवासी नेपालीहरुमा भाइचाराको भावना जागृत गराउने उद्देश्यकासाथ पर्वत जिल्ला राम्जा देउराली – ६ साउनेपानी स्थायी घर भई विगत ७ बर्षदेखि इजरायलमा कार्यरत भोजराज क्षेत्रीको अध्यक्षतामा ३५ सदस्यिय कार्य समितिको गठन गर्दै पर्वत सेवा समाज इजरायलको गठन गरिएको हो । समितिको उपाध्यक्षमा पिपलटारी - ६ ज्ञादीका रुद्र प्रसाद सुवेदी चयन हुनुभएको छ भने संस्थाको सचिवमा पांग्राङ – ५ कर्नाशकी दिपिका भुसाललाई चयन गरिएको छ । त्यस्तै संस्थाको सहसचिवमा देविस्थान ८ फलेवासकी कोपिला भुसाल चयन हुनुभएको छ भने कोषाध्यक्षमा पकुवा ८ रानीश्वारका अर्जुन पौडेल गाउँलेलाई चयन गरिएको छ । त्यस्तै संस्थाको सदस्यहरुमा हिमाली गुरुङ, शान्ता सुवेदी, मिरा श्रेष्ठ, रमा जोशी, निरु श्रेष्ठ, पर्शुराम भुसाल, राजेन्द्र लामिछाने, सावित्री पौडेल, चन्द्रकला कुमाल, विष्णु पौडेल, मनोहरी पौडेल, नरेन्द्र क्षेत्री, नारायण गौडेल, दिया शर्मा, देवी शर्मा, चन्द्र क्षेत्री, प्रभा श्रेष्ठ, तारा गुरुङ, उजेली कुमारी गुरुङ, शुशिला हमाल, पर्वतमाला केसी, राधा जोशी, धना गुरुङ, सिमा गुरुङ, गणेश श्रेष्ठ, दिपक क्षेत्री, टिका गुरुङ र बसन्ती रहेका छन् । त्यस्तै भेलाले संस्थाको सल्लाहकारमा डिक कुमार गुरुङ, एकनारायण सुवेदी, सागर भुसाल र सिमा श्रेष्ठलाई चयन गरेको छ । नव गठित पर्वत सेवा समाज इजरायल’ले इजरायलमा रहेका सम्पूर्ण पर्वतवासी नेपालीलाई सो संस्थामा आवद्द भई पर्वत जिल्लाका सम्पूर्ण क्षेत्रका उत्पिडित, गरिब तथा दिनदुखीको समस्या समाधानको निम्ती हातेमालो गरी अगाडि वढ्ने विशाल कार्यमा सहभागिता जनाउन आग्रह गरेको छ । त्यसकोलागि इजरायलमा रहनुहुने जो सुकै पर्वतवासीले संस्थामा सम्पर्क राखी आफ्नो सहभागिता जनाउन सकिने बताइएको छ । सम्पर्ककोलागि संस्थाकी सचिव दिपिका भुसाल – ०५४३१७८३६९ र कोषाध्यक्ष अर्जुन पौडेल ‘गाउँले’ – ०५४६३९७६७२ लाई सम्पर्क गर्न सकिने पर्वत सेवा समाज इजरायलले बताएको छ । पर्व सेवा समाज इजरायलले संस्थाको गठनसँगै एक भेटघाट तथा परिचयात्मक कार्यक्रमको साथमा वनोभोज कार्यक्रमको आयोजना गर्ने निर्णय़ गरेको छ । आगामी ७ मार्च शनिवार विहानको १० बजेको समय तोकिएको उक्त कार्यक्रम तेलअभिव नजिकै रहेको रमतगानस्थित पार्क लुमीमा आयोजना गरिने बताइएको छ । उक्त कार्यक्रममा पर्वत जिल्लावासीहरुको साथसाथै अन्य नेपालीहरुले पनि सहभागिता जनाउन सकिने बताइएको छ । त्यसकोलागि माथि उल्लेखित सम्पर्कमा सम्पर्क गर्न सकिने जनाइएको छ ।
(दीपिका भूषालको सहयोगमा)