महादेवले किन खाए ? हामी किन खाँदैछौं ?

–प्रशान्त महासागर
म समाजमा छु । तिमी समाज बाहिर छौ भन्छौ भने त्यो कुरालाई मैले होला भनी मान्नु पर्ने कुराहरु हुन्छन् किनभने सचेतना सबैसँग छन् नै । आफु बाँच्नलाई त्यसको प्रयोग गर्नु उचित नै हो । र कति कुरामा अनुचित हुने पनि गर्छन् । ती त्यस्ता कुराहरुका लागि निश्चित शक्तिहरुलाई हामी पुकार्छौ जुन हिन्दु शास्त्रमा वर्णन गरिएको एक शक्ति शिव जुन भगवान् पनि भन्ने गरेको सुन्न पाईन्छ । र मेरो भाषामा भगवान् भन्नु एक शक्ति हो जुन राम्रो । म राम्रो शक्तिलाई भगवान् भन्छु नै चाहे त्यहाँ शास्त्र फरक किन नै नहोस् तर सिद्धान्तका कुराहरुलाई शास्त्रसँग तुलना गरेर आफ्नो कमी अरुको शक्ति हुने काम चाहिं म गर्न चाहन्न । र भगवान्कै सम्बन्धमा म मात्र एक शक्ति विराजममान भएको कुरालाई स्वीकार्छु साथै सिद्धान्तहरु धेरै भएको अवस्थालाई विचारधार मात्र मान्छु भने त्यसमै अहम् मिसाउनेहरुको जमातलाई क्रोध बर्षाउने तरीका मात्र भन्छु । अब रह्यो भगवान् शिवको कुरा ।

हिन्दु शास्त्रमा भगवान्को पनि भगवान् भनेर महादेव यानि कि शिवलाई भन्ने गर्दछ । शिव राम्रो हो त्यसैले त्यो भगवान् पनि हो भनी म बुझ्दछु । र मान्ने कुरामा सबैलाई राम्रो म पुज्छु पनि चाहे त्यसमा शास्त्र फरक नै किन नहोस् त्यसमा विवाद प्रतिपादन गर्ने मेरो गाउँ जाने बाटो पनि होईन त्यो जहाँ क्षणिक अहम्हरु लादियोस्, चर्कोमर्को आवाजहरु प्रतिध्वनित होस् त्यो पनि लक्ष्य होईन । त्यसैले म राम्रोलाई राम्रो नै भन्छु चाहे त्यो मेरो विरोधी नै किन नहोस् । सदा मेरो हित विपरित षडयन्त्र गर्ने मित्रहरु नै किन नहोस् त्यो राम्रो हो भने त्यो भगवान् नै हो । भगवान्मा पनि शिव नै हो । र मैले शिव नै भनेर किन जोड दिएको भन्दा खेरि राम्रोमा पनि राम्रो भनि चिनिने उही एक शक्ति हो जसको आस्था भक्ति भन्नु पर्दा सदा मैले अरुको निम्ति हित चिताउनु नै हो । हुन त मसँग पनि कमी कमजोरी छैन भनी म घमण्ड गर्न चाहन्न किनभने यहाँ मनुष्य, मनुष्यमा धेरै विचारहरु छन् जसको अध्ययन शायदै कोही शक्तिले बुझ्न सकोस् ।

शिव जो प्रेमिका वियोगी, पत्नी वियोगी जसले आफ्नो सुझबुझ गुमाईयो भन्ने शास्त्रमा व्यापक हल्ला छ र हल्ला हावा नै हो जुन चले पछि पात हल्लिन छ पनि । शास्त्रमा वर्णन भए अनुसार न घर न घाट भएको जसलाई श्रीमान भनेर रोज्यौ आखिरमा त्यसको पहिचान के हो भन्ने कुरा उठ्दा जिउँदै आत्मादाह गर्ने काम जुन भए एक अर्थमा गलत हो र आत्माडाहा गर्ने जुन खराब भो त्यो पाप हो नराम्रो हो । यसकारण शिवको पत्नी सती राम्रो होईन र शास्त्रमा महादेबसँग जोडिएन पनि ।

शिवको शक्ति भनी पार्वतीलाई नै माने सबैले, आराधना पूजा पाठ आदी पनि पार्वतीकै गरे किनभने सती भन्दा राम्रो पार्वती नै ठहर भए । अब शिवमाथि त्यस्तो लाञ्छना किन लाग्यो शायद हावा चलेकै होला जसबाट पात पक्कै हल्ले भने, सती मरे । सतीको पीताले महादेबलाई खराब प्रवृतिको व्यक्ति ठहर गरे त्यो त्यसको विचार हो भने मेरो विचारमा भाङ, धत्तुर र गाँजाको अत्याधिक सेवन किन गरे भन्ने सवालमा र घरखेत महल किन नभएको भन्ने सवालमा जसको पूरै ब्रम्हाण्डमा आफ्नो छ त यो मेरो यति नै भनी संकुचित किन हुनु पर्‍यो भन्ने जवाफ दिन नसक्नुले पनि सती खराबमा रुपान्तरित हुँदै गए भने त्यहि खराव मेरो श्रीमान हुनु पर्छ भन्ने जुन आराध्य प्राप्तिको लागि पार्वतीले गरे त्यो नै राम्रो भो ।

अब गाँजा, भाङ आदी मदिराको सेवनको सवालमा शिव भगवान्ले मनुष्यमा त्यो प्रकोप नपरोस् भनेर नै सेवन गरेको हो । तर विवेकशील प्राणीहरुले शिवको वुटि भन्दै गाँजा चाखे, मदिरा सेवन गरे जुन गलत हो भनी कहिल्यै मनन गरेनन् । शिव भगवान्ले जुन मानव जगतमा मनुष्यहरुलाई कष्ट नहोस् भन्ने हेतुले जुन हलाहल विष सेवन गरे त्यसको गलत व्याख्या गर्दै आफुहरुमा प्रत्यारोपण गरे जसले कसैको घरबार नाश भए भने कसैको प्रतिस्ठामाथि नै ठूलो धब्बाहरु लाग्ने क्रम यथावत रहँदै गए तैपनि शिबले त पिए मैले किन नपिउने भन्ने जस्ता तार्किक कुरा अगाडि सार्दै आफुहरुलाई चोख्याउने कार्य गरे ।

शिव भगवान्ले गरेको त्यागलाई या भनौं आफुभित्र विष सार्नु भन्नु नै मानवहरु कल्याण होस् भन्नु नै हो भने मानवले आफ्नो कल्याण विष सेवन गर्नु र आफु त्यसमा मस्त हुनुलाई आनन्द ठानेका छन् जुन मूर्खता हो । र हामीले बुझ्नु पर्ने कुरा यो हो कि भगवान् जस्तोलाई घरको न घाटको तुल्याउने नशा हामी किन सेवन गर्ने ? न त्यो हाम्रो कर्तव्य नै हो न त दायित्व नै ।

त्यस्तै अर्को कुरा त्यसै त यहाँ भाङका बोटहरु हुर्कि रहेको अवस्था आफ्नो आम्दानी भन्दै हामीले नै हाम्रो आफ्नो समाजलाई दूषित र कमजोर पार्ने हिसावले उत्पादनहरु मदिरा गरिंदा लग्दा स्वयम् राम्रो निम्ति गरिएका कार्यहरु पनि नराम्रो हुँदै जान्छन् । भगवान् स्वयम् पनि त्यसकै शिकार हुन पुग्छन् भने समृद्धि समाजको परिकल्पना गर्नु हाम्रो अर्को भूले हुनेछन् नै । समाजलाई उन्नति र प्रगतितिर लानु छ भने स्वयम् समाजले नै दूव्र्यसनीयुक्त कार्यहरुलाई वहिष्कार गरिदैं लग्नुपर्छ । जीवन हाम्रो पूर्णतया पानीबाट नै निर्मित छ भने हामी त्यसमा मदिरा किन मिसाउने ? कुनै यन्त्र मट्टितेलबाट स्वचालित हुन्छ भने त्यसमा पेट्रोल मिसाएर जनधनको क्षति किन सहने ? साथसाथै समाजलाई बैरागीपनबाट किन हामी मानव भएको नाता जोगाउनु हाम्रो कर्तव्य र दायित्व होईन र ? यदि कसैले त्यो मेरो कर्तव्य र दायित्व होईन भनी जीवनको मूल्याङ्कन गर्छन भने जहाँसम्म लाग्न मानव नहुन सक्छ । त्यसमा मेरो आफ्नो त्यति नै हो साथसाथै जसले सेवनलाई भन्नुको अर्थ विषलाई पनि औषधि बनाई सेवन गर्ने चेष्टाका साथ आँटहरु गर्छन भने केही हदसम्म समाजबाट ती तत्वहरु घट्न सक्छ जसलाई राम्रो मान्न सकिन्छ । अर्को त्यही कार्य देखासिकी र मोजमस्ति भन्दै घरखेतको लगानी गर्छन् साथसाथै लिलामी भोग्छन् त्यो अपराध नै हो पाप नै हो । त्यस्तै जुन कार्य सेवनले कर्तव्य र दायित्वलाई बिर्साउँछन त्यहाँ पक्कै पनि शिवले वास गर्ने छैनन् भने अर्को शिवको वुटि भन्नु पनि शिवकै दोषि हुनु हो ।
प्रशान्त महासागर

अन्तमा, सानो आग्रह मेरो यो छ कि अरुबेला सधैं पिए पनि बिन्ति शिवको एक रातमा छोड्नुस् चाहे त्यो मदिरा होस चाहे अरु गाँजा, भाङ आदी जे होस् शिवको नाउँबाट पिउन छोडौं । जय शम्भु । हुन त हामी मानवसँग पिउने धेरै बहाना छन् तर छोड्ने पनि एउटा बहाना बनाऔं भन्नु मात्र हो । साथै आफ्नो भलो चिताउन अरुको कुरालाई सही भन्नु नै पर्छ भन्ने छैन किनभने हामी मानव हौं एक अर्थमा पशु हुन अझै समय हामीसँग बाँकी नै छ । जय शिवरात्री ।


प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment