क्राइमचेक प्रतिनिधि/
वीरगंज डेस्क/भ्रष्टाचार विरोधी अभियानमा लाग्नु भएकी शारदा भुषाल झाद्वारा लिखित आत्मकथा “धरातल” विमोचन भइ प्रकाशमा आएपछि त्यसका पात्रहरूबाट आफू असुरक्षित भएको बताउनु भएको छ ।
अभियानकर्ता शारदाले फेसबुकमार्फत सो कुरा जनाउनु भएको हो । उनले फेसबुकमा लेख्नुभएको शब्द जस्ताको तस्तै–
“भ्रष्टाचार विरोधि अभियानमा सामेल हुनु पूर्व र साथ सहयोग र समर्थन गर्नु पूर्व म शारदा भुसाल (झा) को बारे जानकारी हुनु अत्यन्त आवश्यक भएको महशुस गरी मैले मेरो बारे धरातल नामक पुस्तकको माध्यमबाट आफ्नो आत्मकथा बाहिर ल्याएकी छु ।”
कृपया यो पढेर आफ्ना सुझाव सल्लाहका साथै हजुरहरूकोसाथ सहयोग र समर्थनको आशा गरेकी छु । यो पुस्तकबाट मलाई असुरक्षाको अनुभुति भएको छ । हजुरहरूकोसाथ र सहयोग रह्यो भने जस्तो सुकै कठिन चुनौती र परिस्थितिको सामना गर्न सक्ने थप हौसला र शक्ति मलाई मिल्नेछ । मैले जीवनमा भोगेका पिडा दु:ख कष्ट र संघर्षले भरिएको यथार्थ घटनामा आधारित आत्मकथा हो यो । यो कुनै उपन्यास होइन । साथीहरू यो पुस्तकले पीडा सहेर चुप लागेर बस्ने दिदिबहिनी तथा दाजुभाइहरूलाई अन्यायको विरूद्ध लड्न थप प्रेरणा मिल्नेछ भन्ने मैले आशा गरेकि छु । धन्यवाद ।”
प्रकाशन मिति:२०७२ फागुन २० गते बिहीवार