जन आस्थाका किशोर सरले मलाई श्रीषा कार्की बनाउँदैछन्

श्री डा. महेन्द्र बिष्ट,
अध्यक्ष नेपाल पत्रकार महासंघ,
नमस्कार ¤
म १० वर्षअघि सरबाट पत्रकारिताको शिक्षा लिइको सरको शिष्या हुं । सर मेरो गुरु बाहेक नेपालका पत्रकारहरुको अभिभावक पनि भएको नाताले जनआस्था पत्रिकाबाट म पीडित भएको बताउन चाहन्छु । जनआस्थाबाट मैले झुटो बोलेको भन्ने आरोप लागेपछि सम्पादक किशोर सरलाई वहाँको व्यक्तिगत इमेलमा आÇनो कुरा सत्य तथ्यसहित प्रष्टयाउँदै लेखेको थिए । त्यो किशोर सरलाई जानकारी दिनकोलागि मात्र थियो छाप्नकालागि हैन । तर उहाँले मलाई जानकारी नदिएरै त्यो पत्रको अन्तमा मनगढन्त रुपमा मेरो नाम बद्लेर छापिदिनु भन्ने लेखेर छाप्नु भयो ।
यसलेगर्दा मेरो परिवार मानसिक रुपमा पीडित भएको छ । मसँग त्यो इमेल सुरक्षित छ चाहनु भएमा म देखाउनेछु । एउटा सम्पादकलाई व्यक्तिगत मेलमा आएको कुरा छाप्नु हुन्छ हुदैंन भन्नेसम्मको हेक्का छैन भने त्यो व्यक्तिले पत्रकारिता गर्न सुहाउँछ ? जनआस्था एउटी निर्दोष युवती श्रीषा कार्कीको हत्यारा हो । त्यो जान्दा जान्दैपनि अहिलेसम्म यो पत्रिकाले धेरैको भावनासँग खेलिसकेको छ । सरलाई यसरी सार्वजनिक रुपमा भन्नुभन्दा पहिले पर्सा पत्रकार महासंघका अभ्यक्ष श्याम बञ्जारालाई पनि अवगत गराएं उहाँले केही गर्नुभएन । साथै पर्साका पूर्व अध्यक्ष तथा प्रेस काउन्सिलमा रहिसकेकाहरुलाई पनि गुहारे तर कसैले केही गर्नुभएन ।
म हार मानेर सरलाई यो खुला पत्र लेख्दैछु यदि जनआस्थाको आगामी अंकमा भूलसुधार सहित आÇनो गल्ती मानेर किशोर सरले मसँग माफी माग्नु भएन भने त्यसपछि आउने स्थितिको जिम्मेवार किशोर सरका साथै तँपाई र श्याम बञ्जारा पनि हुनुहुनेछ । मैले पनि श्रीर्षा कार्की बन्ने बाटोतिर लम्के भने के हुन्छ । मलाई अरु केही चाहिएको छैन भोलीको जनआस्थामा उहाँको माफीनामा चाहिएको छ ।
म वीरगंजमा बसेर कुनै पार्टीमा नलागेर स्वतन्त्र र निर्भिक भएर पत्रकारिता गर्दै आएको छु । विगत केही समयदेखि आमाको बिरामीले गर्दा म काठमाण्डौं बस्न बाध्य भएको छु । मैले अहिलेसम्म कुनै पार्टीको ओत नलिएकोले दु:ख पाएको हुं र मलाई किशोर सरले हेप्नु भएको हो । किशोर सर भन्दा पहिला मलाई तँपाइले चिन्नु भएको हो । एउटा गुरु र अभिभावकको नाताले म तँपाईबाट न्याय चाहन्छु । म हावाको भरमा पत्रकारिता गर्दिन जनआस्था जस्तो, मसँग सबै प्रुफहरु सुरक्षित छन् ।
हुन त सर जनआस्थाको सम्पादक एउटै पार्टी र प्रेस चौतारीसँग सम्बद्धको भएकोले मैले न्याय पाउँछु भन्ने आशा कम छ । तर पनि मेरो अनुमति बिना आफैले मनगढन्त लेखेर सार्वजनिक गरिएको पत्रको बारेमा किशोर सरले कुनै माफी माग्नु भएन भने यसपछि हुने घटनाको जिम्मेवार उहाँका साथै सर र श्याम बञ्जारा पनि हुनु हुनेछ । मलाई जसरी पनि किशोर सरको माफी चाहिएको छ । अनि झुटो बोलेर र ढाँटेर पत्रकारितामा धेरैदिन टिक्न सकिंदैन भन्ने उदाहरण पनि आÇना सहकर्मी र साथीहरु माझ म राख्न चाहन्छु ।
हस त अहिलेलाई बिदा माग्दै मेरो पक्षमा न्याय हुने झिनो आशा लिएकि छु ।
सरको उही शिष्या
बिम्मी शर्मा
(बिम्मी शर्माले नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र विष्टको वालमा पोष्ट गरेको उक्त सामग्री दिइएको लिंकमा उपलब्ध छ ।
मलाई श्रीषा कार्की बनाउन खोजिंदै छ ।
https://www.facebook.com/mahendra.bista.92/posts/10205663013513037

१९ जनवरी २०१५ रात्री ११ बजेर ०७ मिनेटमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डाक्टर महेन्द्र विष्टको वालमा बिम्मी शर्माले पोष्ट गरेको सामग्री ।

SHARE THIS

Author:

Facebook Comment