अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग

– जनकमान डंगोल


चार्ली हेब्दो अर्थात जर्मनीको फ्रान्सिसी भाषामा निस्किने व्यङ्ग्य पत्रिका । वाक स्वतन्त्रता अर्थात अभिव्यक्तिको स्वतन्त्रताको नाउँमा व्यक्ति देखि धर्म समेतलाई कार्टुनको माध्यमद्वारा खिल्ली उडाउदै घुमारो तरिकाले कम्युनिस्ट सिद्धान्त र दर्शनको प्रचार गर्न माहिर ।
संसारको प्राय: सबै देशमा राष्ट्रप्रमुख देखि सरकार प्रमुखले आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गर्दा ईश्वरलाई साक्षी राखेर धार्मिक पुस्तक समातेर सपथ लिने चलन छ । संसारको सबै भन्दा महाशक्तिशाली अमेरिकाको राष्ट्रपतिले समेत बाईबल समातेर सपथ लिने गर्छन । बाईबल भनेको ईसाई धर्मालम्बीहरुको धार्मिक पुस्तक हो ।
चार्ली हेब्दो भन्ने फ्रान्सिीसी पत्रिकाले कार्टुनको माध्यमबाट व्यङ्ग्य गर्न कोहि कसैलाई बाँकी राखेको छैन र व्यङ्ग्य पश्चात घुमाउरो भाषामा सन्देश दिन माहिर उक्त पत्रिकाले बामपन्थी विचारधारालाई समर्थन गर्छ ।
बामपन्थी अर्थात कम्युनिस्ट । सक्कली र खाँटी कम्युनिष्टले ईश्वर धर्म केहि पनि मान्दैन भने राजतन्त्रको घनघोर विरोधि हुन्छन् । त्यहि भएर चार्ली हेब्दोले राजतन्त्र देखि धर्म र ईश्वरमा व्यंग्यात्मक टिप्पणी गर्नु कुनै नयाँ र नौलो कुरो भएन ।
धर्मको मामिलामा विश्वमा ईस्लाम धर्मालम्बीहरु आफ्नो धर्ममा कट्टर हुन्छन् । आफ्नो धर्म र ईश्वरको अपमान गरेको सहन सक्दैनन् । कट्टरपन्थ सबै धर्ममा छन तर ईस्लाम धर्म मान्नेहरुले प्राय: ईसाईहरुले झैँ धर्म प्रचार गर्दै हिंडेको देखिंदैन र आफ्नै समुदाय भन्दा अन्य धर्मालम्बीहरु संग धामिर्क कार्यको लागि सहयोगको याचना गर्दै हिंडेको पनि देखिंदैन ।
पैगम्बर मुहम्मद अर्थात अल्लाहको दूत । पैगम्बर मुहम्मदको अपमान गरेर पश्चिमाहरुले यदाकदा कार्टुन बनाउने गर्छन् र त्यसो गर्दा ईस्लाम धर्मालम्बीहरु आहत भएर बिरोध गर्ने गर्छन् र धेरै पटक गर्ने गरका पनि छन् ।
(इस्लाम धर्मको अपमान किन भन्दै पाकिस्थानमा निस्किएको बिरोध जुलुस) 
तस्बिर साभार: बि.बि.सी हिन्दि डट कम बाट !
जनवरी ७ तारिखको दिनमा पनि सार्ली हेब्दोले पैगम्बर मोहम्मदको खिल्ली उडाउदै कार्टुन प्रकाशित गर्यो भनेर उक्त पत्रिकाको फ्रान्स स्थित कार्यालयमा ईस्लामिक बन्दुकधारीबाट आक्रमण हुँदा सम्पादक प्रकाशक सहित पत्रिकामा काम गर्ने १२ जनाले क्षणभरमै ज्यान गुमाउनु पर्यो ।
घटनाको विरोधमा पुरै संसारभर विरोध भयो र पत्रिकालाई सहानुभूति प्रकट गर्दै एकबद्ध भएर हत्याको भत्सर्ना गरे तर त्यसरी विरोध गर्नेहरुले ईस्लाम धर्मको अपमान गर्नु हुन्न भनेर किन सम्झेनन्, किन भनेनन ?
पश्चिमाहरु आफ्नो धर्म ईसाई बाहेक अन्य धर्म मान्नेहरुलाई सैतान देख्छन । यस्तै देख्ने भएर हो कि वा आफ्ना समुदायमा आधात पर्ला भनेर हो बेलायति प्रधानमन्त्री डेबिड क्यामरुनले अभिव्यक्तिको स्वतन्त्रताको सम्मान गर्नुपर्छ भन्ने खालको सन्देश दिए तर ईसाई धर्मको धर्म गुरु पोपले भने कुनै पनि धर्मको बिरुद्धमा लेख्नु वा बोल्नु पाप हो भने ।
यदि कुनै पनि व्यक्तिले जानाजानी आर्काको धर्मको अपमान गर्छन भने त्यस्ता धर्मालम्बीले जस्तो सुकै कारबाही गर्न पनि पछी हट्दैनन र सार्ली हेब्दोको कार्यालयमा भएको आक्रमण त्यसैको परिणाम हो भनेर पोपले स्पस्ट भाषामा सन्देश दिएका छन भने राजनेताहरुले चैँ ठिक उल्टो अभिव्यक्ति दिएका छन ।
अल्लाहको अपमान गर्यो भन्ने निहुँमा घातक आक्रमण भै सकेपछि पुन: अल्लाहको अपमान गर्दै सार्ली हेब्दोले पत्रिका प्रकाशन गरेको हुँदा पाकिस्तानमा बिरोध जुलुस निस्किन सुरु भै सकेको छ भने निजेरमा चर्च तोडफोड हुन सुरु । भोलि सम्पूर्ण ईस्लाम धर्म मान्नेहरु बिरोधमा निस्कन थाले भने त्यसबाट निस्किने घातक परिणामको जवाफदेही हुने को ?
आफुले गरेको जस्तोसुकै काम र कदम ठिक तर अरुले गरेको बेठिक भन्ने सोच पाल्ने यी पश्चिमाहरु संसारमा अशान्तिको बिउ रोपेर आनन्द लिन माहिर छन् भने बेलायति अंग्रेजको त झन के कुरा गराई भो । संसारभरी धर्म, संस्कृति देखि जात जातिको नाउँमा विष घोल्न माहिर अंग्रेजहरुले जब सम्म आफुलाई बदल्दैनन् तब सम्म संसारभरिका मानवले सुख र शान्तिसँग बाँच्न पाउदैनन । देखिएको कटु सत्य यहि नै हो ।

प्रकाशित मितिः२०७१ माघ ८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment