नेताको दवावमा प्रहरीले अपहरणकारीलाई कार्यवाही नै नगरी उम्काउने षडयन्त्र

आर.सी.एनबाट
बीरगंज १४ गते जेष्ठ /
श्रीमति उर्मिला देवी यादवले आफ्नो श्रीमान रामाधार राउत यादवलाई अपहरण गर्ने अपहरणकारीहरुको नाम सहित उल्लेख गरी किटानी लिखित जाहेरी दरखास्त जिल्ला प्रहरी कार्यालय पर्सामा २२ दिन अगाडी दिईएको भएता पनि हाल सम्म पर्सा प्रहरीले उक्त जाहेरी दरखास्त दर्ता नगरेको र जाहेरी दरखास्तमा अपहरणकारीहरुको नाम किटानी सहित उल्लेखित अपहरणकारीहरुलाई नेपाली काँग्रेस पार्टी पर्सा क्षेत्र नं. ३ का सभासद अजय चौरसिया लगायतका नेताहरुको दवावमा आएर अपहरणकारी भोला राउत यादव, प्रदिप यादव, शंकर राउत यादव, रधै भन्ने राधा कृष्ण यादव र लाल बाबु यादवलाई पर्सा प्रहरीले साधारण तारेखमा रिहा गरेको आरोप आज रिपोटर्स क्लव नेपाल पर्साको बिशेष साक्षात्कार कार्याक्रममा पिडित श्रीमति यादवले लगाएकी छिन ।

भने बीरगंज उपमहानगरपालिका २७ कुहडी घर भएका श्रीमान यादवको गत बैशाख २४ गते राती ८:०० बजे अपहरण हुनू अगावे दिउँसो करीब १२:०० बजे तिर म श्रीमति यादवलाई मेरो साखै जेठो भिनाजु भोला यादव, जेठी दिदी मन्तुरा देवी राउत यादव, माहिलो भिनाजु बलदेव राउत यादव, माहिली दिदी उषा देवी राउत यादव र जेठी दिदीको छोरा प्रदिप राउत यादवले म अपहरीतका श्रीमति कान्छी बहिनीलाई ललाई फकाई गरेर नजिकको छिमेकी जोगी साहको घरमा लगी गाली गलौज गर्दै म र मेरा श्रीमानलाई मारेर लास गाएब गरी दिने धम्कि दिईदै मलाई सबै मिलेर कुटपिट गरी बेहोश बनाएर छोडी गएका कुरा अपहरीतका पिडित श्रीमति यादवले साक्षात्कार कार्यक्रममा उपस्थित स्थानिय संचारकर्मीहरुलाई बताईन् ।

कार्यक्रममा अपहरीतका भाई नन्द किशोर राउत यादवले भाउजु उर्मिला देवी राउत यादवलाई बारम्बार सोही ब्यक्तिहरुले गत बैशाख २५ र २६ गते गाली गलौज गर्दै ज्यान मार्ने फोन गरी धम्कि दिईएको मोबाईल नं.र कल डिटेल समेत प्रहरीलाई जानकारी गराएता पनि हाल सम्म दाई यादवको प्रहरीले अतोपतो नलगाई सत्यतथ्य घटनाको उजागर गर्न कुनै किसिमको ठोस पहल नगरेकोले कार्याक्रममा भाई यादवले दु : ख ब्यक्त गर्नु भयो ।

सो साक्षात्कार कार्याक्रममा अर्का भाई अवध किशोर यादवले भाउजुको दाजु भाई नरहेको कारण बहिनी उर्मिला देवी राउत यादव र उनका श्रीमान रामाधार राउत यादवलाई भाउजुको जेठी , माहिली दिदी र उनका श्रीमांनहरुले सासु र ससुरा बहादुर राउत यादवको नाममा अढाई बिगाहा खेत लगायत घडेरीहरु कब्जा गर्ने मनसायले दाई यादवलाई अपहरण गरेको बताए ।

उक्त कार्यक्रममा अपहरीतका बहिनी ज्वाई गोपाल प्रसाद यादव, गाउँले नरेश प्रसाद कुशवहा, एजाजुल अंसारी, संजिव कुमार सरार्फ र अपहरित यादवका बर्ष १२ का सुजित कुमार यादव, बर्ष ९ का सुवास कुमार र बर्ष ६ का शनी राउत यादवको समेत साक्षात्कार कार्याक्रम उपस्थित रहेका थिए ।
विशेष साक्षात्कार कार्याक्रम रिपोटर्स क्लव नेपाल मधेश क्षेत्रिय संयोजक कन्हैया गुप्ताको सभापतित्वमा कार्याक्रम सम्पन्न भयो ।

SHARE THIS

Author:

Facebook Comment