-प्रशान्त महासार
प्यास लागेको बेला जस्तो सुकै लाटोले पनि त्यो बेला पानीकै कुरा गर्छ । भोक लाग्छ भने खानेकुराकै खोजी हुन्छ तर धनी वा बुद्धिका ज्ञाताले सर्वप्रथम खाना र पानीमा कुरा कै कुरा उठाउँछ भन्नुको अर्थ शुद्ध र स्वस्थकै परिभाषामा केही कुरालाई विश्लेषणमा लगेर जोडेर यथार्थता भन्दा भिन्नै प्रकारको आविष्कार पस्कन्छन् भने त्यही पस्काईमा नै यहाँ जातिय र बादको कुराहरु जन्मेको मैले सहजै महसुस गरेको छु ।
हुन त हाम्रो जीवनमा सबैले सहजै महसुस गर्ने कुरा भनेकै जात किन चाहियो र बादले के गर्छ भन्ने कुरालाई सबै महत्व दिंदै बाँच्ने अभियनहरु प्रयाप्त मात्रामा भए पनि अन्तमा आफुसँग त्यही कुरा जोडियो भने सबैले त्यसकै महत्व अर्थात त्यो जात र त्यो बादकै व्याख्या विश्लेषण व्यापक गरिन्छ जस्ले गर्दा आज मानव समाज मात्र नाउँ बनेको छ । यसले भविष्यमा मानव जगतलाई खतरा अवश्य गर्ने नै छ ।
हुन त भविष्यको कुरा, भविष्यमै पुष्टि होला तर वर्तमानमा जुन अधिकारको कुरा वादद्वारा स्थापना गर्ने कुराहरु भरसक भई रहे, यसले देश र देशभित्रका मानवहरुलाई कुन दिशामा लगेर छाड्ने हुन अब सोच्नु नितान्त आवश्यक छ किनभने हामी र हाम्रा पूर्खाहरुले एउटै कुरालाई जोड दिए त्यो शान्ति र समृद्धि हो तर न त्यो कुनै शासनले दिए न त कुनै बादले प्रतिपाद नै गरे, सबै सत्ता र शक्ति समिकरणमा लागिरहे । कालो कुरालाई सेतो बनाउनमै सबै तछाडमछाडमा लागिरहे जसले गर्दा गौतम बुद्ध नेपालमै जन्मेको भन्दा नि लाज लाग्ने कुराहरु व्यापक रुपमा झाङ्गिदै गई रहेको अवस्थालाई न मैले नकार्न सकें न त कुनै सिद्धान्तले होईन भनेर आफ्नो अङ्गलाई परिपक्व नै बनाउँन सक्छ । र यो दिनसम्म, हामी कसरी पुग्यौं सोच्न बाँकी हुँदा हुँदै पनि सोच्नै पर्ने कुराहरु आपसि मतभेदबाट उत्पादन हुँदै गई रहेको छ ।
आज देशमा चार जातको छतीस वर्णको साझा फुलबारी हो भन्दा भन्दै पनि हामी भिन्नै छौं भन्ने कुरालाई विभिन्नबाद युक्त राजनैतिक गठबन्धनहरुले देखाउन खोज्दै हामीलाई मतिभष्ट्र त बनाईयो नै साथै कुन सही र कुन गलतको व्याख्यामा समेत जमिन आकाशको फरक पारि हामी सामु पस्केका छन् जुन खान हुने र नहुने भन्ने एउटा द्वन्दलाई सदा शेष नै राखि दिएको छ ।
यसमा आफ्नो गल्तिहरु नै महान हुन्छ र गल्ति होईन भन्ने सिद्धान्त पनि व्यापक सक्रिय हुन्छ नै । त्यसले व्यक्ति फस्टाउने कार्य मात्र गर्छ । त्यसकारण सर्वप्रथम त हामीले हाम्रो जन्म र जीवनको मर्मलाई बुझ्नु अति आवश्यक छ ता कि सिद्धान्तसँग आबद्ध हुँदै जाँदा नि सत्यको कवजले आफुहरुलाई शुद्ध पारि राखोस् जहाँ कुनै अशान्ति नफैलियोस्, अराजक तत्वहरुले चलखेल गर्न नसकियोस् साथसाथै जातिय द्वन्दको कुरा शेष नरहोस् । यो मैले किन भन्दै छु भन्दाखेरि हामी मानव किन मानवकै रक्त पानमा अग्रसर हुने भन्नु नै हो । आज जता हेर्यो त्यतै मानव विरुद्ध मानव जाति नै सक्रिय छन् । हत्या हिंसा बलात्कार कुनै नौलो शब्द नै बन्न छोडेको परिवेश छ भने विदेशी भूमीमा आएदिन रक्तपातका कुराहरुले आकाश चुम्न खोजि रहेको अवस्था छ जस्को हल कसैले चाहेकै छैन् कारण सबैको एउटै आवाज छ मेरो जातमा अर्को जातको आक्रमण, मेरो वर्गले अवसर र अधिकार पाएन भने त्यसको सामाधानको लागि कि त कसैले समाजबादकै नारालाई बुलन्द पारे भने कसैले पूँजीबादकै विस्तार र स्वरुप विकासमै जोड दिए ।
यी यस्तै समाजबाद, पूँजीबाद, साम्यबाद आदी आदी जुन छन् आखिरमा सबै मानव विरुद्धबाद नै हो भन्नुको अर्थ प्यास लाग्दा पानीमा भन्दा नि स्वच्छ र सफाको कुरा अगाडि सारेर प्यास मुक्त जीवनलाई बनाउने नै हो । भोक लाग्दा स्वस्थ परिकार र पकवान नै आवश्यक भनी अन्न अधिकारबाट बञ्चित तुल्याउनु नै हो । साथसाथै सम्पत्तिकै कुराद्वारा सुनपानीको प्रचलन र ठुला बडा भन्ने जुन हामीमा प्रक्षेपन हुँदै गए त्यही कुराले गर्दा आज समाज एकातिर त मानव लहर अर्कोतिर लागेको अवस्था छ कुनै सम्बन्धमा विच्छेदन छाएको छ भने मानव मानव वीच तालमेल बिग्रिदै गएको हो ।
त्यसैले सर्वप्रथम जीवन जन्मको कुरालाई सामाजिक परिवेश र परिस्थिति जुन धरातलकै हुन सक्छ त्यसको सम्पन्नताको लागि आफुभित्रको जातिय सोच त्याग्नु आवश्यक छ र जातिय सोच आफ्नो कर्तव्य जस्ले दायित्व निर्वाहको लागि आफुलाई आफुमा अहम् बोध गराउने जस्को निर्मूल गर्नु पनि एक हिसावले जातिय सोच र अधिकार त्याग्नु नै हो । र मानव भनेको सामुहिक झुण्डमा रहने जीव पनि हो । त्यसैले पेशागत विकास क्रममा विभिन्न पेशाहरुलाई आफ्नो जीवनमा श्रेय दिन उसको नैसर्गिक अधिकार हो र दक्षतामाथि गरिने पक्षपात अनि दक्षता बेगर आवश्यकतालाई मागको रुप दिनु पनि एक हिसावले जातिय द्वन्दलाई बढावा दिने कार्य हो त्यो पनि मानव जीवनबाट निर्मूल हुनु अति आवश्यक छ । र इतिहास जस्ले मानवलाई मानव बनाउनमा प्रेरित गर्ने कुरालाई अर्कै रुप दिंदै बाद प्रत्यारोपण गर्ने कुराले समाज थप अर्कै दलित जन्माउने कार्य मात्र गर्छन् जस्ले जात तलाउको पानीलाई चलमलाउने कार्य बाहेक अरु केही गर्दैनन् । र मैले दलित भनेर जन्मले पाएको जात जस्लाई कसैले सुनपानीको व्यवहार शेष राखे, त्यो नै दलित हो साथसाथै बोली र व्यवहारबाट गिरेर आफ्नो हक र अधिकारको कुरा गर्ने पनि एक तुच्छ दलित नै हो । जातिय द्वन्दमा मानवीय सोच खर्च गर्नेहरु पनि एक दलित नै हो ।
आफ्नो स्वार्थ जसमा कसैले बादलाई प्रयोगमा ल्याउने गर्छन भने त्यो जातिय नीच हो पनि । अत: जीवन जन्म र सिद्धान्त जस्ले हामीलाई मानव हुनबाट बञ्चित तुल्याउने कार्य गर्छ त्यस्ता बाद अनि जात हाम्रो जीवनमा आवश्यक छैन् पनि । हामी मानवहरु पाकेको मात्र खाने होईन पकाएर पनि खान जान्ने प्राणी भई सकेको कुरालाई हामी हाम्रै व्यवहारबाट बारबार देखाउने कार्यमा अब तल्लिन हुन्नौं पनि ।
अन्तमा, हामी जीवनसँग, जन्मसँग खुशी छौं भन्ने कुरालाई, दु:खी छौं भनेर विभिन्न चरणका कार्यहरुले देखाउने दोष अबका दिनमा हामी हुनेछैनौं भनी वचनबद्ध भई बाँच्नु एक दलित सोचबाट मुक्ति पाउनु हो । र भागवत गीतामा पनि कार्य कर्मलाई ठूलो भनि व्यख्या विश्लेषण गरिएको छ भने मागसँग आबद्ध भएर जीवनलाई तुच्छ किन बनाउने भन्ने नै मेरो सोच हो जसमा अरुसँग नमिल्न सक्छ तर मागेर पेट भर्ने सवालमा म जातीय र बाद सिद्धान्तबाट अलि टाढा नै छु । भोक लाग्दा र प्यासको सवालमा त्यस्तो परिस्थितिमा म पनि पोषिलो र स्वच्छ, स्वस्थकै कुरामा विश्वास राख्दछु ता कि म कुनै हतियार बनि कसैको संघारमा लाग्ने व्यक्ति बन्न नपरोस् साथसाथै मलाई जातको भन्दा नि व्यवहारको र समुहको विकास अनि समृद्धि होस् भन्ने कामनामा नै छु ता कि म नरहे पनि मेरो देश रहि रहोस् । विश्वमा नेपाल र नेपालीप्रतिको दृष्टिकोण चाँडो भन्दा चाँडो फेर्न दिन जातिय सोच र वर्गीय बाद त्याग्नु अति आवश्यक छ साथै एकता जसमा मानवीयता सूत्रधार बनी शान्ति जस्ले बुद्ध जन्माए त्यसको अभाव छ भन्ने कुरा कोही नेपालीहरुले कहींबाट कुनै लोभ वा अन्य कुनै कुराले देखाउने छैनन् भन्ने कुरामा विश्वास राख्दै कमल यही बन्द गर्दैछु ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७३ असार ०९ गते विहीबार