जीवन सिक्ने सिकाउने कुराको एउटा संगम स्थल हो

-प्रशान्त महासागर

नियम कानून भनेको तोड्न र हर्जाना तिरेर सजायबाट मुक्त हुन बनाईएको हुँदैन भन्ने कुरालाई आम नेपालीहरुले बुझ्नुपर्छ भने राजनैतिक दाउपेजका खेलाडीहरुले पनि पालना गर्नुपर्छ किनभने सर्वप्रथम तोड्ने काम त्यसले गर्छ जस्ले बनाएको वा बनाउने आदेशलाई स्वीकृत गर्छ । र यही कुराको पुष्टिको लागि शिवजीले भष्मासुरलाई खुशी भएर दिएको वरदान जुन जसलाई उसले छुन्छ त्यो भष्म होस् भन्ने कुराबाट गर्न चाहन्छु ।

 यसमा शिवजीले जुन वरदान दिए तर विश्वास नलागेको कारण सर्वप्रथम शिवजीलाई नै छुन्छु भन्दा शिव स्वयम् भाग्दै हिंडे । नियम बनाएर शिवजीले तोडे र पालनाको विश्वास नहुँदा विष्णुले, धत्त त्यस्तो पनि वरदान कसैले दिन्छ र ? यो भन्नुको अर्थ त्यस्तो पनि कहीं कसैले नियम बनाउँछ र भने जस्तै गरेर अविश्वासको कुरा अगाडि सारेर विश्वासको निम्ति नियमलाई पालना गर्नु पर्नेमा, गराएको अवस्थामा स्वयम् भष्मासुर भष्म भए आफैले आफैलाई छोएर । त्यस्तै अर्को वरदान जुन एक नियम नै हो मैले छोए, छोएको सबै सुन नै होस् भन्ने मागे र दिनेले दिए भने पाउने पाए पनि । त्यसमा पनि तप र जपबाट नै आफुले नियम त रोजे तर के गर्ने... सुन खाएर पेट कहिल्यै नअघाउने भए, छोए जति सुन नै बने । र मैले यो कुरालाई किन भनेको भन्दा, बनाउने र पालना गर्ने कसले किन भन्ने सवालमा, नेपालमा धेरै नमिल्ने कुराहरु मात्र अगाडि उफ्रेका छन् जस्लाई कसैले धैर्य पूर्वक मैले पालना गर्छु भनेर अगाडि सरेनन् । यसको मुख्य दोषी भनेकै त्यो जनता हो जो जनता नै बन्न चाहेनन् र सरकारले जनताको लागि भनेर योजना त ल्याउँछन् तर कुनै समूह वा सिद्धान्तको भई अर्को सिद्धान्त वा समूहमा थेस लाग्ने कुराहरु मात्र प्रतिपादन भई रहे । यो भन्नुको पछाडि नाउ तेरो गाउँ मेरो नै हो किनभने जनता नभएको देशमा त्यसकै लागि केही गर्न खोज्नु सरकारको थप एउटा मूर्खता हो ।

अर्को, सरकार स्वयम्लाई पनि आफ्नो योजनाप्रति निर्धक्क भई कार्यन्वयन हुन डर लाग्छ । त्यो डरको एउटा रुप भनेको काठमाण्डौं त्रिपुरेश्वर देखि थानकोटसम्मको बाटो विस्तार जस्मा एकैचोटि भन्ने छैन पटक पटक जनतालाई दु:ख दिनु नै रहेको छ । यसले सरकार आफ्नो सम्पत्ति खर्च गर्न वा प्रयोगमा ल्याउन डराउने गरेको एउटा सानो प्रमाण हो । र जनताले सरकारको नियम मिचेर कुनै वरदान हासिल गर्नु जस्तै गरेको यथार्थतालाई बिर्सिनु हो भन्नुको अर्थ अतिक्रमण गरि घर जोडजाम गर्नु र पछि तोडिदा भष्मासुरले आफ्नै टाउकोमा हात राखि नियम जाँच्नु जस्तै भएको हो । त्यो भन्दा ठुलो कुरा वा कार्य कुनै सम्पादन भएको छैन भने निर्देशन दिनेहरु पनि आनाकानी मै दिन र रात बिताउन मै मस्त देखिन्छ मानौं जब सूर्य अस्त त सरकार मस्त भने झै भई रहेको मात्र हो ।

त्यस्तै अर्को कुरा, आजको यो युग भनेको एक सम्मानको युग हो । यो कुरालाई कसैले पालना गर्न आवश्यक ठानेका छैनन् । यसको पछाडि पनि एउटा कुरा छ त्यो हो हामी मनुष्य एक ब्रम्हज्ञानी प्राणी हुनु हो सबै ज्ञात भएको प्राणी हो । यसले गर्दा हामीभित्र यति सिद्धान्त छन् कि आफु विरुद्धको कुनै सोच पनि ठीकै लाग्नु सामान्य कुरा हुन् जस्ले गर्दा राष्ट्रले निर्माण गरिएको र हामीलाई हामी बीचै सम्मानित तुल्याउने कुरामा हामीले विभिन्न कुराहरु उत्पादन गर्छौ अर्थात ट्राफिक नियम पालनाको सवालमा दोष बाटोको देख्नु हो ।

त्यस्तै खाल्डो खनि लापर्वाही गर्नु अर्को आँखाको दोष हो । यी दुई दोषले गर्दा मानिसलाई आजभोली आफ्नो जीवन नै भार भएको भन्ने कुराहरु पनि म महसुस गर्दैछु जुन सवारीको सवालमा व्यापक दूर्घटना नै मान्न सकिन्छ भने सरकारको मामिलामा त्यो पटक पटक सडक विस्तार गर्नु जुन असम्वैधानिक कार्य हुन त्यसको उचित रुप खोज्नु पर्‍यो किनभने सबै सम्पत्ति तिम्रै हुन त्यसमा मलाई यति चाहियो तिमी त्यति छोडि देऊ भन्ने कुराहरु किन शेष राख्ने ? र बारबार त्यस्ता कुराहरु उत्पादन हुनु भनेको सरकार आफैंभित्र कमजोर हुनु हो ।

जब सरकार स्वयम् कमजोर हुन्छ तब नियम कानून कहाँ बलियो हुन्छ । त्यसैले निमय मान्नै पर्ने, मनाउँछौ नै भन्ने दरो नियमलाई कार्यन्वयन गराउँनै पर्छ । यी यस्ता कुरा समाजमा अपराध कम हुन्छ भने दूघर्टना भनेको स्वत: निर्मूृल हुन्छ नै । र नियमले सबैलाई समेत्नु पर्छ नै । यो त्यो सिद्धान्त र कानूनको धारा उपधाराबाट बच्ने मात्र कार्यन्वयन हुन्छ भने त्यो कुनै नियम होईन लुटि खाने दलालको एउटा मन्त्र मात्र हुनेछन् । यस्ता कुराहरुलाई कसैले मान्ने छैन पनि । र लागू हुन लागेको नियम पनि त्यस्तै बन्न लागेको हो भने फेरि पनि बन्द हुन्छ नै, त्यो निर्णायक पनि हुन्छ नै । हुन त हाम्रो देशको कमजोर पक्ष भनेकै जनता नहुनु हो जस्को कारणले बनिएको नियम पनि सञ्चालनमा आउँछ, आउँदैन त्यो दु:ख लाग्दो कुरा हो पनि । र उही दु:खलाई सुख बनाउन भए पनि सबैले नियमलाई नियमपूर्वक, सत्यताले पालना गरौं भन्ने अनुरोध गर्न चाहन्छु ।

अन्तमा, हाम्रो जीवन आज छ भोली छैन भन्ने पक्कै होईन पनि । हामी त्यो तवर बाँच्ने मानिस पनि होईनौं । सिङ्गो विश्वलाई नेपाल र नेपालीहरु छुट्टै पहिचान र गौरव छ भन्नेहरु हामी नै हौं र हामीले नै अनुशासन र नियम तोडेर बारबार भष्मासुर हुँदै महादेवलाई दु:ख दिने र विष्णुको छलमा जीवन गुमाउने कार्य लागी रह्यौ भने हाम्रो अस्तित्व र मूल्यमान्यताको अर्थ के रहन्छ ? र नेपाल के हुन्छ यो सोच्नु आवश्यक कुरा पनि हो । त्यस्तै हामी कहिलेसम्म सिद्धान्तले विभाजित भएर एकले अर्कोको खिचातानीमा जीवनलाई व्यतित गर्ने हो ? जहाँ दुई गाँस पनि मीठो खान नपाउने भई सक्यो भने मिलावट बाहेक अरु केही नपाउनु र त्यो सोच्नु किनभने त्यसमा कि त सिद्धान्तको लेप लागेको हुन्छ भने कि त धर्मसँग जोडिएका भावनाहरुको लेप लागेको हुन्छ । यी दुई कुराले हामीलाई हामीभित्र दफन गरेको अवस्थालाई हामीले कहिल्यै मनन गर्न सकेनौं । यसको व्यापक फाईदा दुबैले अर्थात सरकार र प्रतिपक्षले लिई रहे हामी आपसमा तँ र म भन्दै जुधी रह्यौं पनि जस्ले आज आउँछ भोली आउँछ भन्दै मेलम्ची कहाँ कता सुक्दै बग्दै गरे खोज त्यो बाँकी नै छ । त्यसैले सर्वप्रथम त कुनै उत्पादन हुँदा आफु त्यसको योग्य कसरी हुने भन्ने नै सोचौं र जीवन त्यही मुताविक बनाऔं पनि । अन्यथा सुन खान हुन्न भन्ने ज्ञानबाट पनि बञ्चित भई मर्नु पर्ला । र जीवन सिक्ने सिकाउने कुराको एउटा संगम स्थल पनि हो, बुझौं भनी म कमजोर हुन चाहन्न ।
prashantsharmila2@gmail.com

प्रकाशन मितिः २०७३ जेठ २० गते विहीबार 

SHARE THIS

Author:

Facebook Comment