-स्वयम्भुनाथ कार्की
गणतन्त्र घोषणा गरेको झण्डै दशक पछि पनि नेपाली जनताका आस्थाका केन्द्र रहेका राजाले अन्नपूर्ण पोष्टका प्रधान सम्पादकसंग कुराकनी गरे । यसमा राजाको व्यक्तित्वको त्यो पक्ष उजागर भएको छ जो पहिले साक्षतकार गर्ने पत्रकारहरुले छोडेका थिए । उनिहरु राजाभित्रको त्यो एक राष्ट्रभक्त नेपाली उजागर गर्ने चुके । यो पक्ष नकोट्याउनुको कारण खोज्न आवश्यक पनि छैन । तर युवराज घिमिरेले भने त्यहि पक्षमा साक्षातकार गरे ।
साधारण व्यक्तिले सहन नै गर्न नसक्ने प्रतिकुलतालाई कसरी लिइएको रहेछ भन्ने कुरा राजाको यो भनाईले देखाउछ । “हुनुपर्ने कुरा के–कति भए र नहुनुपर्ने तमासा, बितन्डा र विडम्बना के–के भए ? नेपाली जनतामा त्यसको हेक्का हुनैपर्छ । समय, परिस्थिति, नियति र घटनाविधिले मान्छेको जीवनक्रममा पनि आरोहअवरोह आउँछन घामछाया पर्छन्” । परिआएको अवस्थालाई समय परिस्थितिको मार सम्झेर जनताको विवेकमा पूर्ण विश्वास राखेर राजाले त्यो प्रतिकुल परिस्थितिको सामना गरेका रहेछन् ।
त्यस्तै नेपालीको राष्ट्रिय आवश्यकता के हो भन्ने बारेमा पनि स्पष्ट विचार आएको छ । “हाम्रो राष्ट्रिय आवश्यकता भनेको राष्ट्र र राष्ट्रवासीको सर्वोत्तम हित नै हो” । यो सत्यसंग असहमति राख्न सक्ने हिम्मत शायदै कसैमा होला । लोकतन्त्रको राजाले बुझेको परिभाषामा पनि राय बझाउन सहज छैन । भनिएको छ “लोकतन्त्रले लोकको हित गर्नुपर्छ, जनताको जीउधनको सुरक्षा गर्नुपर्छ, समाजमा शान्ति र समृद्धिको स्थिति बनाउनुपर्छ अनि साँचो प्रजातन्त्रको आडमा सबै वर्ग, समुदाय र सिंगो राष्ट्रलाई समेटेर अघि बढ्नुपर्छ”।
आफ्नो नाममा चलाईएका ठूला साना राजनैतिक पसलहरुको अस्तित्व संग पनि राजा अनभिज्ञ रहेनछन । त्यो संग विमति पनि राखिएको रहेछ भनेर यो भनाईले पुष्टि गर्दछ । “म कुनै दल, व्यक्ति वा चरित्रको सूक्ष्म आकार होइन, मसँग समग्र राष्ट्रको सिंगो विचार छ । म सबै नेपालीलाई समभावका साथ माथि उठाउन मियो अवश्य बन्न सक्छु तर कोही कुनै दल वा व्यक्तिविशेषलाई माथि उठाउने कडी म बन्न सक्दिन ” । अव जनताले राजाका नाममा खोलिएका यस्ता पसलहरुलाई महत्व नदिनु नै श्रेयष्कर हुन्छ ।
नेपालको विषयमा नेपाली भन्दा अरु नै तत्व हावी छ भनेर भनिने गरेको कुराको बारेमा राजाको स्पष्ट धारणा निम्न भनाईहरुले देखाउँछन ।
“सबैको सर्वमान्य दरो मियो चाहिन्छ । जनताको आशा, भरोसा र आस्थाको पर्खाल उसै भत्काएर हुँदैन, त्यसमा जनताको अन्तर्मनको ज्ञान पनि बुझ्नुपर्छ ।”
“आफ्नो तालासाँचो आफैंले बलियो पारेर आफ्नो जोडजोगाउ आफैंले गर्नुपर्छ । क्षणिक स्वार्थपूर्तिका निमित्त हामी लहैलहैमा लाग्नु हुन्न यो नेपालीहरूको पुख्र्यौली मान्यता हो ।”
“राष्ट्रको विद्यमान असफल अवस्था अन्त्य गर्न अन्तत: नेपाली जनता नै जागरुक हुनुपर्छ – यो मेरो अन्तस्करणको धारणा हो । परिवर्तनशील समय–प्रवाह निरन्तर प्रतिफलमुखी हुनुपर्छ, समयको छालमा बग्ने तर ठीक ढंगले वारपार गर्न नसक्दा दुर्घटना निम्तिन्छ ।”
हमेशा राजाको कुनै पनि कुराले आफ्नो आसन हल्लेको देख्नेलाई आफ्ना कृयाकलापको अर्थ यसरी सम्झाईएको छ ।
“जस्तोसुकै परिस्थितिमा पनि म देशभक्तिमा नै आशक्ति राखेर आफ्नै मातृभूमिमा रमाउने मान्छे हुँ । आम नेपालीको दु:खसुख नै मेरो दु:खसुख हो । गर्वका साथ स्वाभिमानी स्वतन्त्र नेपाली भएर बाँच्ने र नेपालीत्वको दृष्टि बोकेर अघि बढ्न खोज्ने मेरो नानीदेखिको बानी हो । मलाई लाग्छ धेरैधेरै वीर पौरखी नेपालीहरू यही मान्यता राख्छन् ।”
“सबै नेपाली सुखी होऊन सबै नेपाली एकआपसमा मिलिजुली बसून रमाऊन् र हाम्रो राम्रो नेपाल अझ राम्रो बनोस हाम्रो कामना र चाहना यतिमात्र हो ।”
आफुले गर्न चाहेको तर नचाहिंदो अविश्वास गरेर गर्न नदिईएको कुरा पनि बताईएको छ । र अहिले पनि सबै नेपाली मिलेर गर्नु पर्ने आवश्यक कुरा नै यहि हो भन्ने मान्यता स्पष्ट पारिएको छ । राजाले निम्न कुरा भनेका छन् ।
“नेपाली राष्ट्रियताको चुरो समातेर अघि बढ्नुपर्छ । आफ्नो जन्मभूमि नेपाललाई माया गर्ने त्यसप्रकारको सबल राष्ट्रियतालाई समात्दै हामीले हाम्रो सुदृढ राष्ट्रिय एकतामा जोड दिनुपर्छ । विभिन्न जातजाति, वर्ग, समुदाय, क्षेत्र, धर्मसंस्कृति, भाषाभेषका हामी सबै नेपाली त्यसप्रकारको राष्ट्रियतामा आबद्ध भएर एक ढिक्का हुन सक्यौं भने हाम्रो स्वतन्त्र स्वाभिमानी अस्तित्वमा कसैले आँच पुर्याउन सक्दैन ।”
“जल, जमिन, बन, जडीबुटी तथा खनिज स्रोतका अपार साधन भएको हाम्रो देशमा हामीले तिनै कुराको विकासमा आफ्नो जनशक्ति लगाउन सक्नुपर्छ । आत्मनिर्भर अर्थतन्त्रका निमित्त हाम्रो जोड रहनुपर्छ–सदा स्वतन्त्र, शान्त, सुन्दर र साहसको परिचय दिएर विश्व मानचित्रमा नाम कमाएको देश नेपाल आर्थिक रूपले पनि सबल हुन सक्नुपर्छ ।”
यति स्पष्ट सोच भएकोले जनताको आस्था कायम रहेको हो । अबको आवश्यकता भनेको राजाका यी कुराहरुलाई मनन गर्नु हो । यी कुराहरु उचित लागेमा सबैसंग हातेमालो गरेर अगाडी बढनु हो । नत्र एक एक नेताहरुको पछि लागेर गरिने ल्याङल्याङ त कायम नै छ । भित्र एक अर्कामा वैमनश्यता राखेर वाहिर “राष्ट्रिय सहमति” भन्ने मिठाई देखाउनेको भरोसा गर्ने कि प्रष्ट देखाईएको राष्ट्र पुनर्उत्थानको अभियानको निमित्त काँधमा काँध मिलाउने हो ? यो निर्णय नेपाली जनताले नै गर्ने हो अरुले हैन ।
विराटनगर १
प्रकाशन मितिः २०७३ जेठ २० गते विहीबार