यहाँ सद्बुद्धिले बाहुन हुनेहरुको कमी अब कदापी छैन

- प्रशान्त महासागर

जातजाति तथा पहिचान र अधिकारको चर्को बहस चलेको अवस्था एक मधेशी जो हिजो बाहुनको विरुद्धमा थियो, आज थारु लगायत लगभग सबै आदीबासीहरु सोको विरुद्धमा संविधान जारी पूर्व देखि हालसम्म पनि छन् । कारण हकको भन्दै अवसरको पकवानहरु पनि पकाउने प्रयासमा देखिएको कुरालाई अर्कै भन्न मिल्दैन पनि । र मागेरै सम्पन्न बन्छु भन्ने सोचहरु पनि मिश्रित भएको हल्ला पनि बजारमा छन् । तर सही गलतको अवस्थामा सर्वप्रथम त आफुलाई नै ऐनामा उतार्नु जरुरत छ । यो कुरा म किन भन्दैछु भन्दाखेरि हामी जहिले पनि आफ्नो कुरालाई सधैं सर्वोपरि मान्छौं र त्यही अनुसार सही गलतको व्याख्यालाई अगाडि सार्छौ । सम्भवत: आफु जित्न साम, दाम, दण्ड, भेदका उपायहरु पनि अपनाएर हेर्छौ भने कति ठाउँ जित्छौं पनि तर हारिएको सम्बन्धमा पनि जितकै निीम्त कुनै प्रणालीलाई झुठो ठहर गराउन झुठोकै प्रमाणहरु, कुराहरु अगाडि सार्छौ । आखिर किन....प्रश्न हुँदा नि त्यसको उचित विश्लेषण नहुनु भनेकै कुनै जातसँग अर्को जातको असन्तुष्टि रहनु हो भने बादले त्यसमा मलजल गर्ने मौका पाउनु हो जस्को कारण यहाँ जातिय हिंसाले रंगहरु पाउदै गएको साथ गाढा रुप धारण गर्दै गएको हो । यो कुरामा हामीले सोच्ने प्रविधि परिवर्तन गर्नुपर्छ नै ।

जातका खाडलहरु भर्नुपर्छ नै । र त्यसको लागि आपसि असमानता के के कारणले किन भए त्यो बुझ्नु नितान्त आवश्यक छ । साथसाथै इतिहासबाट हाललाई नियाल्नु पर्छ पनि भन्नुको अर्थ राजपाठको जिम्मा शुरु देखि नै बाहुनहरु थियो भने शासन भारको जिम्मा क्षेत्रीयले सम्हाल्ने गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो भने शासनभारलाई सहन गर्ने जिम्मा परापूर्वक काल देखि नै आदीबासीको थियो भन्ने कुरालाई मान्नुपर्छ पनि ।
त्यस्तै त्यो भन्दा पहिलेको सवालमा पनि बाठाहरुले सबै समूहमा राज्य चलाएकै कुरालाई दुईमतले हेर्नु हुन्न र सृष्टिकाल देखि नै किसानको इतिहासमा, कोही किसान राजा बनेको छैन भने परिवर्तनको शिलशिलामा शासक बन्छु भन्ने जति अधिकारको कुरा एक मुद्दा जहाँ हक भन्दै अवसरका कुराहरु पनि छन् त्यो सबै जात र वर्गमा पनि छन् । भन्नुको अर्थ आफुलाई चिन्नु अति आवश्यक छ मात्र सोचेको हुँ । र अर्को शब्दमा योग्य बन्नु आवश्यक छ जस्को मूल आशय बुझेर बाहुन जस्ले पूजापाठलाई आफ्नो धर्म र कर्मसँग जोडेर बाँचि रहेको कुरालाई आफ्नो क्षमताद्वारा शासनको जिम्मा खोजे तर त्यो जिम्मामा स्वार्थ लोभले नै धेरै चलखेल गरेको कुरालाई स्वयम् द्रोनाचार्यले सिद्ध गरे आफ्नै साथी दुरुपत राज्यको माग गरेर भने अन्तत त्यो मागलाई एक क्षेत्रीय पुत्र अर्जुनले खोसेर गुरु दक्षिणा स्वरुप दिए र गुरु द्रोनाचार्य लिए । त्यति बेला नै गुरु शुक्राचार्यले त्यसको विरोध पनि गरेको थियो कि बाहुन भएर राजपाठ चलाउनु हुन्न, लोभ जाँग्छ, स्वार्थले बिगार्छ भन्ने अनेक कुराको चर्चा परिचर्चा हुँदा पनि आफ्नो तर्क संगतले जितेका थिए । अन्तमा आफु र आफ्नो छोराको नाश पनि त्यहीबाट भए ।

यो कुरा कलिकै हो जस्को प्रतिफल भनेकै जुन हतियार छुन हुँदैन भन्ने मान्यता थियो त्यो नै छुनु पर्ने प्रावधानहरु हामीसामु शेष रहँदै गए । अर्को परिवर्तन वा परावर्तन व्यवहारमा कहिल्यै अरु जातले चाहेन जबसम्म त्यो बाहुन बनेनन् भन्नुको अर्थ जुन पाठ वा विद्याबाट जबसम्म हामी बाहुन हौं भन्ने मनमा गाडेनन् तबसम्म हामी जाँड रक्सी साथसाथै जात अनुसारको कार्यकै दासत्वमा रमी रह्यौं, यो दोष हाम्रो हो । र त्यही दोषले आफुहरुलाई बाहुन बनाउँदै लगेको कुरालाई स्विकार्न नसकेर आफुहरु आदीबासि पिडित,जनजातिका कुराहरु अगाडि उम्लिए जुन हिजो कहाँ थिए ? जुन बेला कुनै बाहुनले राज्यभार सम्हाल्नु हुन्न भन्ने विरोध भएको थियो त्यो बेला त्यो जनजातिहरु, त्यो आदीवासिहरु विरोधको आवाजमा समर्थनको आवाज किन राख्न सकेनन् ? कि त्यो बेला आदीवासि, जनजाति, उत्पीडित भन्ने नै थिएन र ? यदि त्यो हो भने अहिले कहाँबाट जन्मिए ? जवाफ सहजै छ अहिलेको परिवेशमा मानिसहरु सबै बाहुन बन्दै गएका छन् भन्नुको अर्थ शिक्षित बनिरहेको अवस्था ।

यस्तो परिस्थितिमा आफुहरुलाई अगल तुल्याउन चाहनु मलाई उचित लाग्दैन । अहिलेको हाम्रो अवस्था भनेको समग्रमा देशको उन्नतिलाई विश्व माझ देखाएर जीवन जन्मलाई नेपालमा सुलभ छ देखाउनु नै हो । को कस्ले राज्य चलाईयो भनेर हेर्नु भन्दा नि कतिको शुद्ध र सुशासनयुक्त चलाईयो र त्यसमा हाम्रो दायित्व के त किनभने हामी पनि बाहुन बनि सकेको अवस्था अहिलेको हो नै । यो कुरालाई हामीले कहिल्यै बिर्सिनु हुन्न पनि । र जीवनको इतिहासमा सबैलाई थाहा भएकै कुरा हो कि जन्मले केही हुँदैन कर्मले मात्र आफुलाई प्रतिस्थित तुल्याउँछ ।

हो, हामी जन्मिदा हिजो कोही बाहुन भए होला, आदीवासी बने हो, उत्पीडित जनजातिमा परे होला तर त्यसलाई ठूलो मुद्दा मानेर जातगत कुरालाई समूहगत रुपले लाने हो भने एक एकल एकल भिड्ने आज समूह समूहगतमा भिड्नु पर्ने प्रावधान उत्पन्न हुन्छ । त्यसैले समय हुँदा हुँदै पनि एकचोटी रातको सामना गर्ने कुराहरु नै वास्तविक बाहुनबाद हो भन्ने म आफुमा अनुशरण गर्छु ।

हुन त मानव जीवनमा, कस्लाई के ले कहाँ निर पुगेको अवस्था यहाँ छ र ? जतिखेर पनि, जहिले पनि अभाव र असन्तुष्टि जस्ता आन्तरिक असोचहरुले घेरा पारि राखेकै छन् जस्लाई तोड्नु नै वास्तविक आदीवासि जीवनलाई अनुशरण गर्नु हो । उत्पीडित जीवनको सवालमा, मुख्य दोष आफ्नै हुन्छ त्यहाँ जीवन खर्चलाई अनि त्यो मुताविक चल्ने कुराहरु नै मुख्य गल्तिका श्रोतहरु मान्न हामीले बिर्सेका हुन्छौं । यस्ले गर्दा जीवनमा त्यो खाडल यथावत रहिरह्यो जस्मा आफुहरु खसि रह्यो पनि भन्नुको अर्थ आफ्नो बाटोको अवरोध हटाउन पनि हामीले व्यवस्थाकै मुखकै र्‍यालसँग आफुलाई आबद्ध तुल्याई रह्यौ जस्को कारण पचाउनु पर्ने कुनै केही तत्वहरुलाई पचाउन नसक्ने बनी दिर्घरोगी बन्दै गयौं । यसमा दोष कति प्रणलीसँग आबद्ध भए भने कति त्यसलाई बढावा दिने हामीभित्रकै स्वार्थले चलखेल गरि रहे तर बुझ्ने अवस्थामा हामी बाहुन हुन सकेनन् ।

त्यति बेला हामी आदीवासि किन बन्यौ जुन बेला बाहुन बन्नु पर्ने थियो ।  यो कुरालाई सबै जातले बुझ्नु आवश्यक छ । र मानव जीवनमा जातको कुरा गर्ने हो भने यहाँ महिला र पुरुष मात्र छन् अरु त सबै स्वार्थको त्यो सिढिं हो जस्ले मानव बन्न रोकावट प्रकट गर्छ । र त्यही प्रकटपनले जन्माएका अनेक प्रजातिलाई नामाङ्कन गरि आफुहरुलाई तुच्छ बनाउने काम जुन इतिहासमा एउटा दूर्भाग्यवश दूर्घटना थिए जस्लाई बढावा दिनु नै हामी मध्ये कोही आदीवासि जनजाति तथा उत्पीडित साथसाथै बाहुन क्षेत्री आदी अरु के के हुन् जस्लाई कुरा जान्नेहरुले जन्माउने छन् नै । तर दिने सोच कदापि मानव जातको हुने छैन पनि । त्यस्तो प्रजाति न बाहुनमा पर्छ न त कुनै आदीवासिमा, न कुनै जनजाति हुन् न त कोही भोको निमुखा जनता नै कहिलिने छ । त्यसैले कर्मलाई सर्वोपरि मानेर गल्लि गर्ने प्रावधान उत्पादन गर्ने सोच विरुद्धको कुरा अहिले आवश्यकता हो भन्दै सिद्धान्तलाई परित्याग गरेर व्यवहारलाई लागू गर्दै जाने कुराहरुमा आफु आदीवासि बन्दै जाऔं । यो मेरो आह्वान हो कसैप्रति विरोध वा समर्थनको कुरा होईन पनि । र मेरो सोचमा, जस्ले राम्रो सोच्छ त्यो बाहुन हो जस्ले नराम्रो सोच्छ त्यो दलित हो । खराबमा पानी चल्दैनन् भने राम्रो हिजो पनि चल्छ भन्ने कुरालाई कमलको फूलले हामीलाई सिकाए भने हामी त्यो कुरा कहिलेसम्म आफ्नो स्वार्थका कारण नसिक्ने...?

अन्तमा, बलियो बन्नुलाई क्षेत्रीय, चलाख सद्बुद्धि ज्ञानी हुनुलाई बाहुन, सहनशील बन्नुलाई बैश्य तथा बोली व्यवहार नभएकालाई शुद्र भनी वर्गीकृत गरिएको कुरालाई हामीले नै भाषा र शब्द प्रयोगका कुराहरु मिलाएर आफुहरुलाई फरक बनाउँदै लग्ने कुरा इतिहासमा भएको एउटा ठूलो अपराध हो जस्ले कर्मबाट जीवन अलग छ भन्ने सोच्नेतिर धकेले । यसले व्याख्या विश्लेषणका कुराहरु पनि फेरे भने नौलो स्वादको रुपमा पहिचानलाई अगाडि सारे । र पहिचानको सवालमा संस्कार, सँस्कृति भन्ने कुराहरु पनि उठे जब कि सबैको मौलिक नै छन् । कसैको हस्तक्षेप छैन् पनि । तर विवाद त्यही रहि रहे जुन कुनै दिन त्यो क्यान्सर नबनोस् किनभने अहिले तिमी आफैं पनि एक बाहुन हौ भने तिम्रो छोरा क्षेत्रीय बन्दैछ भने बैश्यको कुरामा शायद धेरै ठाउँमा तिमी आफै पनि बन्यौ होला त्यस्तै शुद्रको सवालमा क्रोधले, अपशब्दले अव्यवहारले तिमी, म अझ हामी धेरै ठाउँमा बन्यौं नै तर सम्झिंदा लाजको कुराहरु अगाडि देखापर्छन् । यो भनेकै हक, अधिकारको सवालमा चाहिएको प्रजातिपन जात हो जुन नितान्त रुपमा खारेज हुनुपर्छ तर कागजमा मात्र होईन आफुहरुले आफुलाई गरिने व्यवहारबाट पनि त्यो जात, त्यो प्रजाति हट्नु पर्छ अनि मात्र सबै समुदाय एक हुन्छ । समग्रमा मैले मेरो देशभित्र नेपाली देख्ने छु । र म मासुको एक डल्ला कहलिन छोडेर मनुष्य बन्ने छु । त्यति बेला शायद यहाँ कुनै आदीवासि वा जनजाति वा उत्पीडित प्रजातिहरुलाई कोही बाहुन प्रजातिले सताएको हुनेछैन कि... या भनौ त्यो चार जात नै रहने थिएन कि...। सोचौं अनि बुझौं र मेरो सोचमा वास्तविक अधिकार पनि त्यही हो जस्तो लाग्छ भने पहिचान आफैले सशक्तिकरण गर्दै लाने नै हो भन्ने मलाई लाग्दा अरुलाई अर्कै लाग्न सक्छ किनभने सद्बुद्धि बाहुन हुनेहरुको भीड यहाँ कम छैन पनि ।

SHARE THIS

Author:

Facebook Comment