इटालियन छोरी र भारतीय भाउजुको तालमा नाच्ने कम्युनिष्टहरू

मीनबहादुर थापा
कम्युनिष्टहरू झुठको खेती गर्छन्, झुठको खेतीबाट कमाएको आर्जनले महल खडा गर्दै आफ्नो परिवारको सुख सयलमा बिताउँछन् । उदाहरणकालागि नेपालका सबै कमुनिष्ट दलका नेताहरुलाई हेरे पुग्छ । यो कुनै पूर्वाग्रह भावनाले ग्रसित भनाइ भनिएको होइन । कम्युनिष्ट दलमा लागेका आम कार्यकर्ता तेलीका तेल पेल्ने बयल झैँ हुन्छन् जसले अरुको आलोचना सहन सक्दैनन्, जुन दिन हात मुख जोड्ने समस्याले ग्रसित हुन्छन् त्यो बेला यस दलका कामरेडहरु गल्लीका कुकुर झैँ हल्लिदैं भौतारिन्छन् ।

मैले यस्ता कामरेडहरु धेरै देखेको छु । आफ्ना पूर्व कम्युनिष्ट दलका नेतालाई गाली गर्दै स–साना चिया दोकान देखि कुखुरा ब्यापार र दुग्ध संकलन गरि आफ्नो परिवारको गुजारा गरेको देखे को छु । त्यतिबेला समयले डाँडो काटीसकेको हुन्छ । यिनीहरुको बोली यो बेला बसेर बोल्दा कसैले सुन्दैन उठेर बोल्दा हावाले उडाउँछ ।

तत्कालित आतंककारी माओवादीले हजारौं निहित्था जनता र उसैका कार्यकर्ता मार्यो, मरायो । सर्वहाराको शासन ल्याउन माले एमालेले सयौं सर्वसाधारण नेपाली बिगतमा मारे मराए गरिबको कल्याण गर्न । तर दिल्लीको १२ बुंदेले सबै सत्यानाश गरायो । फलस्वरूप नेता चिल्ला कार र अग्ला घरमा विराजमान भए भने कार्यकर्ता फुट पाथमा जस्ताको तस्तै । तर पनि अझै हामी कम्युनिष्टहरुका बातका बातलाई पत्याउन विवश छौं । ओलीले रेल देखि नेपालीको घर घरमा ग्यासको पाइप, एक सालमै लोडसेडिंग हटाउने, हावाबाट बिजुली निकाल्ने, पानी जहाज चलाउने आदि आदि सबै काम गरि सके तर विदेशबाट भुकम्पमा आएको सहयोग पुनर्निर्माणका लागि जस्ताको त्यस्तै छ । माखो मारेका छैनन् ।

उता माओवादीले नेपाललाई स्वीजटजरलैण्ड एक वर्ष मै बनाए अझैं हामी पत्याउदै छौ । यस्तो सफेद झुटमा नाच्ने हामी नेपालीको बानि परिसकेको छ । ओली र प्रचण्डको राष्ट्रवाद कसले बुझेको छैन ? इटालियन छोरी भारतीय भाउजुबाट संचालित इसाईहरुबाट निर्देशित संघीय गणतन्त्र र धर्म निरपेक्षहरुको एउटा तप्काले भारतीय जनता दलको डाहामा भित्र भित्रै हावा भरेको उनीहरु कै ढोलकमा नाच्ने ओली देखि सबै कम्यनिष्टहरु अहिले आएर त एउटा मधेशी दल विजय, कमल थापा र राप्रपा समेत रत्यौली खेलीरहेका छन् । हामी वीर नेपाली ¤ वाह, वाह ओली काका तिम्रो राष्ट्रवाद भन्दै छौं ।

वास्तवमा नेपालको अस्मिता र अस्तित्व ०६३ साल पछाडी कांग्रेस, एमाले माओवादीलगायतका दलहरुले समाप्त गरिसकेका हुन् । आज आएर कांग्रेसमा केहि महसुस भएको हो कि भन्ने आभाष हुन् थालेको छ । त्यो समयले बताउला । सहि अर्थमा नेपालको राष्ट्रवाद भनेको बिगत र वर्तमानमा संवैधानिक राजतन्त्र र हिन्दु अधिराज्य नै हो यसको अभावमा आज नेपाल र नेपालीले यो समस्या भोग्नु परेको छ अझ भोग्ने छौ सबलाई चेतना भया । जय हिन्दु अधिराज्य नेपाल ।

प्रकाशन मिति: २०७३ जेठ १३ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment