धर्मान्तरण राष्ट्रान्तरण हो

निरंजन घिमिरे
आफ्नो अस्तित्व, पहिचान, शासन, मान, मर्यादा र प्रतिष्ठा विदेशीको पाउमा चढाएर देशको शासनसत्ताको बागडोरमा पुगेका वर्तमान राजनीतिक दलहरूले नेपाल र नेपालीको नाम धुमिल पार्न कुनै पनि प्रयास बाँकी राखेनन् । नेपाली जनतालाई विभिन्न भय र भ्रममा पारेर नेपालको अस्तित्व धुमिल पार्न लागिपरेका दलका नेताहरूमाथि अब विश्वास गर्नुपर्ने कुनै ठाउँ बाँकी रहेन । विश्वास पनि कसरी गर्नु यस्तो लाग्छ हिजो पैसाको लोभमा परेर हजारौं वर्षदेखि मान्दै आएको आफ्नो धर्म, संस्कृति, परम्परा, सम्पुर्ण एकैपटकमा बेच्न सक्नेले भोलिका दिनमा आफ्नो नेपाल आमा सहित सम्पूर्ण नेपालीलाई बेच्नपनि पछि पर्दैनन् । यस्तो नहोला भन्न पनि सकिंदैन ।

एक गरिमामय इतिहास बोकेको हिन्दुराष्ट्र नेपाल देव भूमी हो । अहिलेसम्म विश्वमा जतिपनि धर्म छन् ती सम्पुर्ण धर्मलाई पाठ र संस्कार नेपालले दिएको छ यतिमात्र नभएर समष्टीमा भन्नु पर्दा हिन्दु धर्म भनेको गुरु धर्म पनि हो । जसरी एक गुरुले आफ्नो सम्पूर्ण शिष्यलाई समान रुपले शिक्षा दिन्छन् त्यसरी नै हिन्दु धर्मले पनि अरु सबै धर्मलाई समान रुपले ज्ञान दिएको छ साथै आदर सम्मान पनि उत्तिनै गर्दछ ।

हिन्दुधर्म साँच्चिकै माहान छ । “नारी एस्तु यत्र पुज्यन्ते रमन्ते तत्र देवता हाँ” मतलब जहाँ नारिको पूजा हुन्छ त्यहाँ मात्र देवता प्रसन्न हुन्छन् त्यसैले नारिको सम्मान मत्रै हैन पुजा गर्नु पर्दछ । त्यो मात्र हिन्दु धर्मले गर्दछ । एउटा जमिनदेखी लिएर प्राणी सम्मलाई पनि माता भनेर पूजा गर्दछ यो कुरा पक्कै पनि गलत छैन । जमीन:धर्तिमाता, झार:तुलसिमाता, पानी:गँगामाता, किताब:गितामाता, प्राणी: गौमाता आदि ।

त्यतिमात्रै नभएर एउटा हिन्दुनारीको कुरा गरौं, एक हिन्दुनारी र अर्को कुनैपनि धर्मको नारीसंग तुलना गर्दा सजावट र संस्कारमा पक्कापनि हिन्दूनारी नै अगाडि छिन आफ्नो पतिलाई देवता सम्मान मानी उसैको नामको सिन्दुर सिउँदोमा सजाएर बस्छिन् अरुकुनै तेस्तो धर्मका नारी छैनन् जस्ले आफ्नो सिउँदोमा पतिको नामको सिन्दुर लगाई बस्दछे यदि अरु कुनै धर्ममा छ भने कुन धर्ममा छ ?

इतिहासमा हेर्ने हो भने १४५० वर्ष इस्लामको इतिहास, २०१५ वर्ष इसाईको इतिहास, २०५७ वर्ष वौद्धको इतिहास तर हिन्दु संस्कृति सृष्टि मानब सभ्यतासँगैको उषाकाल देखि १ अर्ब ९५ करोड ५८ लाख ८५ हजार १ सय १६ वर्षको इतिहास छ । हिन्दु धर्मजस्तो उदार र महान धर्म संसारमा कहि छैन संसारमा सबै चीजको सबै प्रकारको उत्तर दिन सक्ने हिन्दु धर्म हो साथै बिश्वलाई योग शिक्षा समेत नेपालले दिएको छ । नेपालमा जन्मेको एक एक विधाले राज गरिरहेको बेलामा विश्वले हिन्दु धर्म महान छ भनेर शिर झुकाएको बेलामा र विश्वलाई सम्पूर्ण ज्ञान, विज्ञान, भाषा, कला संस्कृति, नेपालले दिएको बेलामा विश्वको जगत गुरु नेपाल बन्नुपर्ने बेलामा आज हिन्दु धर्मबाट धर्मनिरपेक्षतामा बदलि गर्नु यो कस्तो षड्यन्त्रकारी गणतन्त्र नै हो ?
धर्मान्तरण राष्ट्रान्तरण हो त्यसैले धर्म परिवर्तन हुनु भनेको राष्ट्र नै खत्तम हुनु हो । तसर्थ सबै नेपाली जनता मिली नेपाललाई पुन: हिन्दू अधिराज्य स्थापित गराऔं । विश्वको उच्च सिखर सगरमाथाको नाम राखौं, हामी वीर गोर्खालीको नाम सदैव अटल रहोस् ।

प्रकाशन मितिः २०७३ जेठ १३ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment