लोकतन्त्र विश्वास र एकताको मार्ग हो ?

                   योगेन्द्र गोतम
जनताको स्वतंत्रता स्वछंदता मौलिक अधिकार र आत्म निर्णयको अधिकार लोकतंत्रमा मात्र सुरक्षित रहन सक्दछ ।
राज्यले राज्यमा रहनी जनताको वाक स्वतंत्रता माथी कती ध्यान दिएको छ या दिएको छैन त्यो लोकतंत्रका हिमायती राजनितीक दलहरुले बिश्लेषण गर्नु प्रने हुन्छ ।
 राजनितिक दलहरु ले लोकतंत्रमा आधारित रहेर जनता प्रती उत्रदाइत्व हुन  सकेका छन या छैनन ।  ।  लोकतंत्रमा जनता मालिक हुन्छन र राजनितीक दलहरु जनताका सेवक । यो लोकतंत्रको निएमलाइ राजनितीक दलहरुले कती सम्म इमान्दारी पुर्बक पालना  गरीरहेका छन । खास गरी सरकारको नेतृत्व लिएको राजनितीक दलले ।
अमेरिकी पुर्ब राष्ट्रपति अब्राहिम लिंकनले लोकतंत्रको बारेमा निकै राम्रो ब्यख्या गरेका छन । जनताले जनताका लागी जनताबाट जनप्रतिनीधीको चुनाब र बिजय जनप्रतिनीधीबाट  राज्यको सरकार , त्यो सरकारबाट जनता र देशको बिकास गर्ने परिपार्टीलाइ लोकतंत्र भनिन्छ ।
लोकतंत्रमा कसैले कसै माथी पक्षपात दमन शोषण र अराजक कार्य गर्न मिलादैन , त्यस्तो कार्य कसैबाट भयको छ भने उसलाइ लोकतंत्रबादी भन्न मिल्दैन अलोकतन्त्रबादी भनिन्छ ।
 लोकतंत्रमा हरेक नागरिकको नैसर्गिक अधिकार स्वतंत्र रहंछ । धर्म जात लिङ्ग भाषा र संस्कृती हरेक नागरीकको आफनो सम्मानको रक्षा गर्ने स्वछंदाको निती पनी लोकतंत्रमा नै महत्व रहंछ ।
आज लोकतंत्र दिवस । लोकतंत्र दिवस मनाएर या नाम मात्र जपेर लोकतंत्र दिगो हुन सक्दैन । राज्यमा सरकारले  जनताको बिश्वास जित्न सक्नु परयो , जनतामा एकता बिश्वास र बिकासको जब सम्म सरकारले सृजना गर्न सक्दैन तब सम्म सरकारलाई लोकतंत्रबादी भन्न सकिदैन ।
सरकार जनता प्रति उत्तरदाईत्व हुन परयो । जनताको पिडा लाइ आफनो पिडा संझेर सकरात्मक कार्य गर्नु परयो । खाली तलब भत्ता पचाउने काम गर्नु भयन ।
आज भुकंप पिडीत जनता भोक रोग र सोकले पिडीत छन तर सरकारको ध्यान जान सकेको छैन । सरकार किन अंधो छ ,  के यही हो सरकारको लोकतंत्र ।
मुलुक कालो बजारीमा लिप्त छ स्वयम सरकारले यस्को संरक्षण गरेको देखिन्छ । कालो बजारीका कारण देशमा महंगीले जनता पिडीत छन तर पनी सरकार अंधो छ ।
 मदेश दिनहु जलिरहेको छ । संकटको समधान तिर सरकारको कुनै भूमिका देखिदैन उल्टे आगोमा घ्यु हाल्ने काम सरकारले गरिरहेको छ । लोकतंत्रमा समस्या होइन समाधान हुनु पर्छ तर सरकार समाधान होइन उल्टे दन्द चाहन्छ के यही हो सरकारको लोकतंत्र ।
हिमाल पाहाड मदेश तराइ का जनता मात्र नेपाली हुन । जातियता र क्षेत्रियतामा भाइ भाइ। लडाएर सरकार कुन लोकतंत्रको नाम जपिरहेको छ । सरकारको देश प्रतिको निती र कार्य अलोकतांत्रिक छ ।
२०६२ , ६३ को माहान जन आन्दोलनबाट प्राप्त लोकतंत्र राजनितीक दलहरुको कारण सस्थागत हुन सकेन । हुन पनी कसरी सक्ला राजनितीक दल आफ्नै स्वार्थमा तल्लीन छन । घमंड अहंकार यिनीहरुमा बास छ । एकता र बिश्वास कतै देखिदैन कसरी होला लोकतंत्रको बिकास र राजनितीक निकास ।

SHARE THIS

Author:

Facebook Comment