काँग्रेस नेतृत्वले गिरिजापथलाई किनारा लगाओस्

अहिले  म अत्यन्त खुसि छु जुन कुरा आज भन्दा करिब बिस वर्ष पहिले जति बेला नेपाली कांग्रेस भित्र रहेर सर्बशक्तिमान सबै भन्दा ठुला डर लाग्दा भीमकाय नेता गिरिजा प्रसाद कोइराला को शैली र प्रबिदि को उनै को गृह नगर ,गृह जिल्ला मोरंग मा पुराना कांग्रेस का संगठन  कर्ता एबम नेता  आदरणीय दाजु बद्रीनारायण बस्नेत जिउ को नेत्रितोव मा म लगाएत केहि साथी हरु ले असहमत जनाउदै झन्डै नेपाली कांग्रेस को समानान्तर  दल नै खडा गरेका थियौ | तेती बेला गिरिजा बाबु को बिरोध गर्नु भने को जानी जानी आफु लाइ राजनैतिक मशानघाट  मा पुर्याउनु सो सरह थियो | केहि समय  पछि यो विचार लाइ साथ दिने मा मोरंग मा युबा पिडिमा अत्यन्तै लोक प्रिय नेता उमेश गिरि जस्ता जुझारु नेता पनि सामेल हुनु भयो जसले बलिरहेको आगो लाइ अझ दन्काउने काम गर्यो | यस क्रम मा नेता बद्रि नारायण बस्नेत ,उमेश गिरि र म  लगाएत धेरै साथी हरु लाइ बिना कारण पार्टी बाट दुइ बर्ष का लागि निकालिने काम पनि गरियो .जस्तै तियो बेला का साथी हरु को केहि नाम लिन चाहन्छु ,गजेन्द्र धमला [आज हाम्रो बीच हुनु हुन्न] ,शिबेशोर सिंह गनगाई राम बराल ,सुनिल सापकोटा ,रंजन थापा ,राजेन्द्र अधिकारी ,चन्द्र चुडाल [आज वहा पनि हुनुहुन्न] जनार्दन निरौला,मदन संग्रौला , सुर्य बहादुर बस्नेत ,कपिल भण्डारी ,अच्चुत रिजाल ,भारत मणि सिटौला ,नारायण चुडाल ,मान बहादुर बस्नेत ,सुरेन्द्र निरौला ,डाक्टर नरेश थापा ,गोबिन्द ढुगाना [वहा पनि हुन्नुहुन्ना माओबादी ले हत्या गर्यो ] लगाएत धेरै साथी ले साथ दिनु भएको थियो | यो विचार को सस्न्स्थागत बिरोध अझ आदरणीय नेता किसुनजी को उप चुनाब पछि देश भरि नै बढेर गयो| स्मरण रहोस किसुन जी लाइ उप चुनाब मा हराउन तेतिबेला गिरिजा प्रसाद कोइराला ले रेडियो नेपाल मा आधा घण्टा बोले को सबै लाइ जगजाहेर छ | तियो बेला आदरणीय नेता शेर बहादुर देउबा लगाएत केन्द्रिय स्तर नेता हरु को पूर्व अञ्चल को भ्रमण लाइ असफल बनाउन गिरिजा प्रसाद कोइराला गुट साम दाम दण्ड भेद लगाएर लागि परेका थिए तर पनि हामी ले  क्षेत्र मोरंग क्षेत्र न २ मा उक्त कार्यक्रम लाइ हजारौ को उपस्थिति गराई असफल बनाई दिएको थियौ  | यो कार्यक्रम लाइ सबै नेता साथी हरु ले तियो बेला अत्यन्तै प्रसंशा गर्नु भएको थियो | आज तियो विचार ले सम्पूर्ण   नेपाली कांग्रेस का साथी हरु ले नेत्रित्वो मा सभापति देखि संसदीय दल को नेता सम्म मा प्रजातान्त्रिक मूल्य र मान्यता अनुशार चुनाब को माध्यम बाट जिताउनु भएको छ | सर्ब प्रथम शेर बहादुर दाइ लगाएत सबै साथी हरु लाइ बधाई आगामी आउने दिन मा गिरिजा पथ लाइ किनारा लगाउदै नेपाली कांग्रेस बि पी ,गणेश मान जी र सन्त नेता किसुनजी ले देखाएको बाटो मा जवोश | यहि मेरो कामना छ बिगत को गल्ति लाइ सच्याई सहि बाटो मा पार्टी लाइ लैजानु नै आज को आबस्यकता हो |जय नेपाल ,जय हिन्दु राष्ट्र नेपाल !

SHARE THIS

Author:

Facebook Comment