पदम खतिवडा
जन्मीन नपाउँदै जाल भित्र पारिदियौ
तोतेवोली नआउँदै काल भित्र पारीदियौ
आफ्ना स्वार्थ पुरागर्न दानबझै आईलागेउ
उल्टोपाल्टी नचाँउदै छाल भित्र पारीदियौउ
पदेश को खाँचोथियो पाईला अघीबढाउन
राष्ट्रिय गाना नगाँउदै गाल भित्र पारीदियौ
संसारलाई चिनाउन असलकार्य गर्ने थीए
झुटाआरोप लगाँउदै ढाल भित्र पारीदियौ
धर्म कर्म सिकाएर शिक्षा दिन कन्जुस गरी
आजघरवाट भगाउँदै पाल भित्र पारीदियौ
ईलाम चुलाचुली
हाल दोहा कतार

Nepalese Rupee Exchange Rate