– स्वयम्भुनाथ कार्की
बृटिस भारतमा १९४२को अन्दोलनमा भारतका विभिन्न स्थानमा धेरै नेपालीहरु समातिएका थिए । बनारसमा पनि निकै जना समातिएका थिए । परिच्छेद १०मा वीपी आफु बाहेक सूर्यप्रसाद उपाध्याय र डिल्लीरमण रेग्मीलाई सम्झन्छन । यो रोचक नै छ कि यी तीनैजनाले राणा विरोधी आन्दोलनमा नेपाली कांग्रेस मै आवद्ध रहेर काम गरेका थिए , तर वीपीको अन्य दुईसंग रामैो सम्वन्ध रहेन । कितापमा वीपीले यी दुवैलाई खलपात्र झै चित्रित गरेका छन । सूर्यप्रसाद उपाध्यायको पात्र चित्रण थाँती राख्दै यस आलेखमा केवल हिल्लीरमण रेग्मीको चित्रणमा ध्यान दिईएको छ । डिल्लीरमण रेग्मीसंग वीपीको पहिलो सम्पर्क कसरी भयो र सम्पर्क हुँदाको बखत उनी कत्तिको महत्वपूर्ण थिए वा थिएनन भन्ने कुरा यस कितापमा भेटिदैन । तैपनि बनारसमा धेरै नेपाली पक्राउ परेकोमा यी दुइजनाको मात्र नाम उल्लेख हुनुले त्यतिखेर पनि अन्यभन्दा अलि उपल्ले श्रेणी कै थिए कि भन्ने लख काट्न भने सकिन्छ ।
सन १९४६मा जव वीपीले नेपालीहरुको प्रजातान्त्रिक संगठनको खाकामा काम शुरु गरे पक्कै पनि चारबर्ष पहिले संगै समातिएकाहरु विच सहकार्य भयो नै होला । संगठनको प्रारम्भमा जतिसक्यो त्यति धेरै मान्छेहरुलाई आवद्ध गर्ने प्रयत्न गरिने गर्दछ । त्यस दृष्टिले पनि नेपाली राष्ट्रिय कांग्रेसको संस्थापकहरु मध्ये उनी पनि परेको अनुमान गर्नु अस्वभाविक हुँदैन । यस कुरालाई बल दिन संगठन निर्माणको क्रममा डिल्लीरमण रेग्मीले अध्यक्षताको दावी गर्नुले पनि मद्धत गर्दछ । जे सुकै र जस्तो सुकै भए पनि संगठन निर्माण प्रक्रियामा सामेल नभएको व्यक्तिले संस्थापक अध्यक्ष हुने दावी गर्न सक्दैन । त्यसै गरेर योग्यता र क्षमता नभएको व्यक्ति संगठन बलियो भए पछि त अध्यक्षता गर्न सक्ने होला तर शुरुमा अध्यक्षता लिने दावी गर्ने हिम्मत गर्न सक्दैन । डिल्ली रमण रेन्मीको दावी यति बलियो थियो कि जेलमा भएका र कुनै सम्पर्क नभएका तर ख्याति कमाएमा टंकप्रसाद आचार्यलाई अध्यक्ष तोकेर वीपीले कार्यवाहक अभ्यक्षतामा चित्त बुझाउनु पर्यो । यो अध्यक्षता प्रकरण परिच्छेद १२ मा उल्लेख गरिएको छ ।
संगठनको राम्रो रुपरेखा बनि नसक्दै अझ सम्मेलन गर्ने अबस्था आईनपुग्दै वीपी र डिल्लीरमण रेग्मीको विचमा कटुता पैदा भईसकेको कुरा कितापको परिच्छेद ११को यो भनाईले प्रष्ट गर्दछ । ‘अनि मलाई अर्को मान्छेलाई ठीक गर्नु थियो, डिल्लीरमण रेग्मी, अर्का अप्ठ्यारा मानिस । उनको आन्द्रामा ट्युबरकुलर एडिक्सन भएको थियो । ’ स्वभाविकरुपमा उनी त्यस बखतको दौडधुपको काम गर्न तात्कालिन रुपमा असमर्थ नै थिए । वीपीले उनलाई पटना आएर सदाकत आश्रममा बसेका तात्कलिक भारतिय खाद्य मन्त्री राजेन्द्र बाबुकहाँ र्लिर गए, रेन्मीको कलकत्तामा इलाजको इन्तजामको सिफारिस गर्न । शायद डिल्लीरमण रेग्मीको राजेन्द्रप्रसादसंग आङ्खनै पनि सम्वन्ध भएको वीपीलाई थाहा थिएन वा रेग्मीको भन्दा अबङ्खनो सम्वन्ध ज्यादा गहिरो ठाने । तर, राजेन्द्र बाबुले डिल्लीरमणसंग एकान्तमा कुरा गरे वीपीलाई पनि पछि थाहा भयो राजेन्द्र बाबुले रेग्मीको पैसाको आवश्यकता पनि सोधेर त्यो पनि हल गरेका रहेछन । राजेन्द्र बाबुले डा(. विधनाचन्द्र राय र बंगालका मुख्यमन्त्री डा. घोषलाई चिठी लेखििदए । यो इलाजले रेग्मी निको भएर फेरी काममा फर्के ।
नेपाली राष्ट्रिय कांग्रेसको गठनको लगत्तै भाईले शुरुगरेको विराटनगर जुटमिल हान्दोलनमा साथ दिन गएका वीपी पदुमसम्सेरको थुनामा परे । वीपी थुनामा भएको बेलामा कार्यबाहक अध्यक्षको पद सम्हालेका मातृकालाई राजिनामा गराएर डिल्लीरमण रेग्मीले कार्यबाहक अध्यक्षता सम्हाले । परिच्छेद १९मा जव वीपी छुटेर आए हिल्लीरमण रेग्मीसंग असन्तुष्टहरुले अध्यक्षता डिल्लीरमण रेग्म्ीबाट आफुमा लिन उक्साउन थाले । वीपीले यो परिच्छेद भरि नै आङ्खनो र रेग्मीको अन्तरकलह चित्रण गरेका छन । भन्छन ‘ मेरो अनुपस्थितिमा एउटा संघर्ष भयो । त्यस संघर्षबाट संगठनको एउटा केन्द्र तैयार भयो खास गरेर तराइृ भेगमा । तर तिनीहरुलाई न कुनै निर्दैहन छ, न उनिहरुसँग कुनै सम्पर्क छ । खाली वक्तव्यहरु मात्रै दिन्थे , खाली आङ्खनो बडाक्षर्् मात्र गर्ने ’ । चरित्र चित्रणमा पनि ‘उनको व्यवहार साथीहरुसँग बन्धुत्वपूर्ण हुदैन थियो ।यो त मलाई लाग्छ, रेकर्डमा नै राख्नु पर्ट । उनको व्यवहार कस्तो हुन्थ्यो भने, नोकरलाई गरे सरह ’ ।
यतिमा मात्र कुरो सिसमत छैन भन्छन ‘ हामी कम्पनीबागमा गयौ । गणेशमानलाई लगेनन । अनि त्यहा उनले मलाई नेहोरा गरे , म कतिदिन बाँच्छु र ? तपाईको आयु लामो छ, मलाई नै अध्यक्ष हुन दिनुस ’ । वीपीले यो मानेनन निकै खिचीमिची गरेर अध्यक्षता आफुले लिए । यो कुराले पदको झगडा गरेको छाप पर्यो । काठमाण्डूमा आङ्खनो ज्यादा विरोध भएको ठानेर त्यसलाई डिक गर्न गएका वीपी समातिएर मोहनसम्सेरको कठोर यातनाथुक्त थुनामा परे । कितापमा उपलव्ध तथ्यहरुको विष्लेशण गर्ने हो भने डिल्लीरमण रेग्मी र वीपी विच खिचोलो नभएको हुन्थ्यो भने वीपीले मोहसम्सेरको थुनाको यातना भोग्नै पर्ने थिएन कि भन्न पनि सकिन्छ । संभवत यहि अनुभूतिले नै यस कितापमा वीपीले रेग्मीलाई यसरुपमा पेश गरे । जे होस यस कितापमा हिल्लीरमण रेग्मीको रुप खलपात्रको छ , हुनसक्छ अन्य श्रोतबाट प्राप्त जानकारी पनि जोडेर हेर्ने हो भने रेग्मीको पनि आङ्खनो पक्ष होला । त्थत्तिकै रेग्मी उल्लेखनिय व्यक्तित्व पक्कै रहेनन होला ।
बृटिस भारतमा १९४२को अन्दोलनमा भारतका विभिन्न स्थानमा धेरै नेपालीहरु समातिएका थिए । बनारसमा पनि निकै जना समातिएका थिए । परिच्छेद १०मा वीपी आफु बाहेक सूर्यप्रसाद उपाध्याय र डिल्लीरमण रेग्मीलाई सम्झन्छन । यो रोचक नै छ कि यी तीनैजनाले राणा विरोधी आन्दोलनमा नेपाली कांग्रेस मै आवद्ध रहेर काम गरेका थिए , तर वीपीको अन्य दुईसंग रामैो सम्वन्ध रहेन । कितापमा वीपीले यी दुवैलाई खलपात्र झै चित्रित गरेका छन । सूर्यप्रसाद उपाध्यायको पात्र चित्रण थाँती राख्दै यस आलेखमा केवल हिल्लीरमण रेग्मीको चित्रणमा ध्यान दिईएको छ । डिल्लीरमण रेग्मीसंग वीपीको पहिलो सम्पर्क कसरी भयो र सम्पर्क हुँदाको बखत उनी कत्तिको महत्वपूर्ण थिए वा थिएनन भन्ने कुरा यस कितापमा भेटिदैन । तैपनि बनारसमा धेरै नेपाली पक्राउ परेकोमा यी दुइजनाको मात्र नाम उल्लेख हुनुले त्यतिखेर पनि अन्यभन्दा अलि उपल्ले श्रेणी कै थिए कि भन्ने लख काट्न भने सकिन्छ ।सन १९४६मा जव वीपीले नेपालीहरुको प्रजातान्त्रिक संगठनको खाकामा काम शुरु गरे पक्कै पनि चारबर्ष पहिले संगै समातिएकाहरु विच सहकार्य भयो नै होला । संगठनको प्रारम्भमा जतिसक्यो त्यति धेरै मान्छेहरुलाई आवद्ध गर्ने प्रयत्न गरिने गर्दछ । त्यस दृष्टिले पनि नेपाली राष्ट्रिय कांग्रेसको संस्थापकहरु मध्ये उनी पनि परेको अनुमान गर्नु अस्वभाविक हुँदैन । यस कुरालाई बल दिन संगठन निर्माणको क्रममा डिल्लीरमण रेग्मीले अध्यक्षताको दावी गर्नुले पनि मद्धत गर्दछ । जे सुकै र जस्तो सुकै भए पनि संगठन निर्माण प्रक्रियामा सामेल नभएको व्यक्तिले संस्थापक अध्यक्ष हुने दावी गर्न सक्दैन । त्यसै गरेर योग्यता र क्षमता नभएको व्यक्ति संगठन बलियो भए पछि त अध्यक्षता गर्न सक्ने होला तर शुरुमा अध्यक्षता लिने दावी गर्ने हिम्मत गर्न सक्दैन । डिल्ली रमण रेन्मीको दावी यति बलियो थियो कि जेलमा भएका र कुनै सम्पर्क नभएका तर ख्याति कमाएमा टंकप्रसाद आचार्यलाई अध्यक्ष तोकेर वीपीले कार्यवाहक अभ्यक्षतामा चित्त बुझाउनु पर्यो । यो अध्यक्षता प्रकरण परिच्छेद १२ मा उल्लेख गरिएको छ ।
संगठनको राम्रो रुपरेखा बनि नसक्दै अझ सम्मेलन गर्ने अबस्था आईनपुग्दै वीपी र डिल्लीरमण रेग्मीको विचमा कटुता पैदा भईसकेको कुरा कितापको परिच्छेद ११को यो भनाईले प्रष्ट गर्दछ । ‘अनि मलाई अर्को मान्छेलाई ठीक गर्नु थियो, डिल्लीरमण रेग्मी, अर्का अप्ठ्यारा मानिस । उनको आन्द्रामा ट्युबरकुलर एडिक्सन भएको थियो । ’ स्वभाविकरुपमा उनी त्यस बखतको दौडधुपको काम गर्न तात्कालिन रुपमा असमर्थ नै थिए । वीपीले उनलाई पटना आएर सदाकत आश्रममा बसेका तात्कलिक भारतिय खाद्य मन्त्री राजेन्द्र बाबुकहाँ र्लिर गए, रेन्मीको कलकत्तामा इलाजको इन्तजामको सिफारिस गर्न । शायद डिल्लीरमण रेग्मीको राजेन्द्रप्रसादसंग आङ्खनै पनि सम्वन्ध भएको वीपीलाई थाहा थिएन वा रेग्मीको भन्दा अबङ्खनो सम्वन्ध ज्यादा गहिरो ठाने । तर, राजेन्द्र बाबुले डिल्लीरमणसंग एकान्तमा कुरा गरे वीपीलाई पनि पछि थाहा भयो राजेन्द्र बाबुले रेग्मीको पैसाको आवश्यकता पनि सोधेर त्यो पनि हल गरेका रहेछन । राजेन्द्र बाबुले डा(. विधनाचन्द्र राय र बंगालका मुख्यमन्त्री डा. घोषलाई चिठी लेखििदए । यो इलाजले रेग्मी निको भएर फेरी काममा फर्के ।
नेपाली राष्ट्रिय कांग्रेसको गठनको लगत्तै भाईले शुरुगरेको विराटनगर जुटमिल हान्दोलनमा साथ दिन गएका वीपी पदुमसम्सेरको थुनामा परे । वीपी थुनामा भएको बेलामा कार्यबाहक अध्यक्षको पद सम्हालेका मातृकालाई राजिनामा गराएर डिल्लीरमण रेग्मीले कार्यबाहक अध्यक्षता सम्हाले । परिच्छेद १९मा जव वीपी छुटेर आए हिल्लीरमण रेग्मीसंग असन्तुष्टहरुले अध्यक्षता डिल्लीरमण रेग्म्ीबाट आफुमा लिन उक्साउन थाले । वीपीले यो परिच्छेद भरि नै आङ्खनो र रेग्मीको अन्तरकलह चित्रण गरेका छन । भन्छन ‘ मेरो अनुपस्थितिमा एउटा संघर्ष भयो । त्यस संघर्षबाट संगठनको एउटा केन्द्र तैयार भयो खास गरेर तराइृ भेगमा । तर तिनीहरुलाई न कुनै निर्दैहन छ, न उनिहरुसँग कुनै सम्पर्क छ । खाली वक्तव्यहरु मात्रै दिन्थे , खाली आङ्खनो बडाक्षर्् मात्र गर्ने ’ । चरित्र चित्रणमा पनि ‘उनको व्यवहार साथीहरुसँग बन्धुत्वपूर्ण हुदैन थियो ।यो त मलाई लाग्छ, रेकर्डमा नै राख्नु पर्ट । उनको व्यवहार कस्तो हुन्थ्यो भने, नोकरलाई गरे सरह ’ ।यतिमा मात्र कुरो सिसमत छैन भन्छन ‘ हामी कम्पनीबागमा गयौ । गणेशमानलाई लगेनन । अनि त्यहा उनले मलाई नेहोरा गरे , म कतिदिन बाँच्छु र ? तपाईको आयु लामो छ, मलाई नै अध्यक्ष हुन दिनुस ’ । वीपीले यो मानेनन निकै खिचीमिची गरेर अध्यक्षता आफुले लिए । यो कुराले पदको झगडा गरेको छाप पर्यो । काठमाण्डूमा आङ्खनो ज्यादा विरोध भएको ठानेर त्यसलाई डिक गर्न गएका वीपी समातिएर मोहनसम्सेरको कठोर यातनाथुक्त थुनामा परे । कितापमा उपलव्ध तथ्यहरुको विष्लेशण गर्ने हो भने डिल्लीरमण रेग्मी र वीपी विच खिचोलो नभएको हुन्थ्यो भने वीपीले मोहसम्सेरको थुनाको यातना भोग्नै पर्ने थिएन कि भन्न पनि सकिन्छ । संभवत यहि अनुभूतिले नै यस कितापमा वीपीले रेग्मीलाई यसरुपमा पेश गरे । जे होस यस कितापमा हिल्लीरमण रेग्मीको रुप खलपात्रको छ , हुनसक्छ अन्य श्रोतबाट प्राप्त जानकारी पनि जोडेर हेर्ने हो भने रेग्मीको पनि आङ्खनो पक्ष होला । त्थत्तिकै रेग्मी उल्लेखनिय व्यक्तित्व पक्कै रहेनन होला ।
विराटनगर–१
प्रकाशित मितिः२०७१ माघ १५ गते बिहीवार
प्रकाशित मितिः२०७१ माघ १५ गते बिहीवार
(नोट: आफैले बोलेको आत्मवृत्तान्तमा मात्र आधारित भएर वीपीको र त्यस बेलाको पुनर्मुल्यांकल गर्ने प्रयत्न स्वरुपका पछिल्ला २८ लेखहरु चितवन पोष्टमा प्रकाशन हुदै आएका भए पनि प्रकाशनक्रममा बारंवार लापरवाही भएकाल यी श्रृखलाको बाँकी लेखहरु क्राइमचेकमा प्रकाशित हुँदैछन । पुराना लेखहरु पनि हेर्ने इच्छा भएमा आत्मवृतान्तका पूराना श्रृङ्खलाहरु आत्मवृतान्ताका पुराना श्रृङ्खलाहरु मा उपलब्ध छन ।—लेखक)
Nepalese Rupee Exchange Rate