वीरगञ्ज।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा नेपाल विद्युत प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रका प्रमुख नरेश पाण्डे बीच बारा पर्सा औद्योगिक कोरिडोर लगायत नगर क्षेत्रमा हुने विद्युत समस्या तथा समाधानको विषयमा एक भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
छलफलको अवसरमा सङ्घका अध्यक्ष प्रदीपकुमार केडियाले हाल पर्सा–बाराका उद्योगहरु लगायत नगर क्षेत्रमा देखिएका विद्युत ट्रिपिङ्ग, बढ्दो लोडसेडिङ्ग, गुणस्तरीय विद्युत आपूर्तिमा कमी लगायतका समस्याहरुलाई उठाउँदै सोको समाधानको लागि आवश्यक पहल गर्नु पर्ने धारणा व्यक्त गर्नुभएको थियो । साथै वहाँले अन्य औद्योगिक क्षेत्रहरुभन्दा पर्सा–बारा क्षेत्रमा बढी लोडसेडिङ्ग हुने गरेको कुरामा प्रमुख पाण्डेको ध्यानाकर्षण गराउँदै वीरगञ्जमा हुने ट्रिपिङ्ग समस्या तथा लोडसेडिङ्ग न्यून गर्नको लागि छपकैयास्थित ६ एमभिएको सब–स्टेशनलाई यथाशीघ्र निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
छलफलकै क्रममा वीउवासङ्घका उपाध्यक्ष गोपाल केडिया, कार्यसमिति सदस्य शिवजी साह कलवार र मनोज दास लगायतले विद्युत ट्रिपिङ्ग समस्याले उद्योगहरुका मेशिन उपकरणमा क्षति भइरहेको, उत्पादकत्वमा ह«ासका साथै घरायसी विद्युतीय उपकरणहरुमा समेत आगलागी हुने समस्या उत्पन्न भएकोले सुधारका कार्यहरु यथाशीघ्र हुनु पर्ने तथा गुणस्तरीय विद्युत प्रसारण गरिनु पर्ने, पर्सा–बारा क्षेत्रका उद्योग प्रतिष्ठानहरुले सबैभन्दा बढी विद्युत महसुल तिर्दै आएको प्रसंग राख्दै सोही अनुपातमा गुणस्तरीय विद्युत आपूर्तिको उपलब्धता हुन नसकेको तर्फ ध्यानाकर्षण गराएका थिए । खुल्ला छलफलको क्रममा उद्योगहरुलाई डोमेस्टिक फिडरबाट हटाई इण्डष्ट्रियल फिडरमा जोड्नुपर्ने, लो भोल्टेजको समस्या समाधान हुनुपर्ने तथा औद्योगिक क्षेत्रमा लोडसेडिङ्ग बाहेकको समयमा निरन्तर रुपमा विद्युत आपूर्तिको व्यवस्था मिलाउनुपर्ने कुरामा विभिन्न उद्योगका प्रबन्धक÷प्राविधिक प्रतिनिधिहरुले आफ्नो धारणा व्यक्त गरेका थिए ।
वीउवासङ्घबाट विद्युत सम्बन्धी उठाइएका कुराहरुलाई उद्धृत गर्दै नेविप्राका प्रमुख सिंहले वीउवासङ्घले उठाएका विद्युत सम्बन्धी समस्यालाई प्राथमिकताका साथ लिएको बताउँदै यसका समाधानका लागि यथाशीघ्र पहल गर्ने बताउनुभयो । वहाँले कार्यालयमा प्रदान गर्दै आइरहेको सेवा र सुविधालाई थप प्रभावकारी र सहज बनाउने आश्वासन दिनुभयो ।
सङ्घका महासचिव सुरेशकुमार अग्रवालले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा सङ्घका कोषाध्यक्ष सुनिल खेतान, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, नेविप्रा वीरगञ्ज वितरण केन्द्रका इन्जिनियर, पर्सा–बारा औद्योगिक प्रतिष्ठानका प्रबन्धक तथा प्राविधिकहरुको उपस्थिति रहेको थियो ।