दिनेश ठाकुर
नेपालगन्ज । बाकेको कम्दी ४ लालापुरमा सैरहीमाता शिवरात्री सा“स्कृतिक मेला २०७१ हुने भएको छ । सैरही माता मन्दिर व्यवस्थापन समितिको आयोजनामा यहि फाल्गुण ५, ६ र ७ गते ३ दिने मेला आयोजना गर्न लागिएको हो । प्रचार प्रसार हुन नसकेको कारण सैरहीमाता मन्दिर ओझेलमा परेको हुनाले यसको बृद्धि विकासका लागि मेलाको आयोजना गर्न लागेको सैरहीमाता मन्दिर व्यवस्थापन समितिका सचिव सूर्यलाल यादवले जानकारी गराउनुभयो ।
तिन दिन चल्ने सा“स्कृतिक मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले व्यवस्थापन समितिका सल्लाहकार भोला यादवले जानकारी गराउनुुभयो ।
२०३६ सालमा स्थापना भएको सैरही माताको मन्दिरमा शिव भगवानको विशेष महत्व दिएर शिवरात्रीको अवसरमा विशेष पुजा आजा हुने गरेको छ । जिल्लाको कम्दी, मनिकापुर, बसुदेवपुर, पुरैनी, बनकट्टी गाविसका भक्तजनहरु शिवरात्रीमा विशेष पुजा आजाका लागि आउने गरेका छन् । उक्त मन्दिरमा पुजापाठ गरेमा आफ्नो मनोकांक्षा पुरा हुने जनविश्वास रहेको छ ।
पहिलेदेखि मन्दिरमा मेलाको आयोजना हुँदै आएपनि ३ बर्ष यता मेला रोकिएको थियो । ओझेलमा रहेको मन्दिरको प्रचारप्रसार तथा बृद्धिविकासका लागि यसवर्ष मेलालाई फरक तरिकाले आयोजना गर्ने सोच बनाएको सचिव यादवले जानकारी गराउनुभयो ।
मेलामा ५० बढि स्टल रहने तथा राष्ट्रिय कलाकार नाइ न भन्नु ल २ का चर्चित बाल गायक प्रेम परियार, लोकपप गायक अर्जुन कौशल, मेरी बास्सैका गुलेली कान्छा, तथा स्थानीय स्तरका चर्चित लोकदोहरी गायकहरु, कमल विसी माल्दाइर्, चित्र प्रसाद आचार्य लगायत कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा करिव ३ लाख खर्च लाग्ने १० हजार बढिले मेलाको अवलोकन गर्ने मेलामा ५ लाख बढिको फाईदा हुने सचिव यादवले जानकारी गराउनुभयो ।