राजनितिक खिचातानीका कारण बेतहानीमा काम गर्न कठिन–सचिव

दिनेश  ठाकुर
नेपालगन्ज । मानव बेचबिखन तथा ओसारपसार जस्तो जघन्य अपराधलाई कानुनी कार्वाहीको दायरामा ल्याउन र गाँउमा हुने विभिन्न किसिमको हिसां अन्त्यका लागि लागि बेतहानी गाविसमा मानव बेचविखन तथा ओसार पसार विरुद्धको समिति गठन गरिएको छ ।
मंगलबार साथी संस्था र माईती नेपालको संयोजनमा बेतहानी गाविसले आयोजना गरेको भेलाले १३ सदस्य समिति निमार्ण गरिएको छ ।

मानव वेचविखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ र नियमावली, २०६५ मा व्यवस्था भए अनुरुप मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागि राष्ट्रिय समिति र जिल्ला समितिहरु गठन भइसकेको र गाविसहरुमा समेत मानव बेचविखन तथा ओसारपसारको समिति गठनको प्रकियाले निरन्तरता पाएकोले मानव बेचविखन, ओसार पसारको घटनालाई नियन्त्रण गर्न समितिले महत्वपूर्ण भूमिका खेल्ने साथी संस्थाका जिल्ला सुपरीबेक्षक संकर न्यौपानेले बताए ।

गाविसले गठन गरेको समितिमा मानव बेचविखनको क्षेत्रमा लामो समय देखि काम गर्दै आएका व्यक्तिहरु,स्वयसेवक, पत्रकार र नागरिक समाजलाई उक्त समितिमा राखीएको छ ।

यता समतिको संयोजकमा बेतहानी गाविसका सचिव मान बहादुर बोगटी, पत्रकारहरुको तर्फबाट थर्ड एलायन्सका मध्यपश्चिम उप क्षेत्रीय संयोजक आलम खान,स्थानीय मीरा पासी,सायरा बानो, आमना खातुन,धर्म राज बर्मा,कृष्ण सिहं,बाबादाई चौहान, लिलावती यादव, रहनु भएको छ भने मंगलबार भएको भेलाले समाज सेबी एंव बुद्धिजीवी मोहम्मद साबिर खानलाई सदस्यमा मनोनित गरेको छ ।

भेलालाई सम्बोधन गर्दै गाविस स्तरीय शान्ति समितिका संयोजक राम अरुण बर्माले गाविसका हुने विभिन्न किसिमको हिंसालाई नियन्त्रण गर्न मानव बेचविखन समतिले महात्वपूर्ण भूमिका खेल्ने बताउदै शान्ति समिति सहयोग गर्न तयार रहेको जिकिर गर्नु भएको थियो ।

कार्यक्रमको समापनमा बोल्दै मानव बेचविखन समितिका संयोजक एंव गाविस सचिव बोगटीले बेतहानी गाविसलाई “सभ्य र समुउन्नत”को नारा दिएको बताउदै सबैको साथ आवश्यक रहेको बताएका थिए । स्थानीय केही व्यक्तिहरुको राजनितिक खिचातानीका कारण गाविसको विकास हुन नसकेको प्रति दुख व्यक्त गर्दै गाविसको प्रगतिका लागि मिलेर आगडि बढन सुझाव दिनु भएको थियो । उहाँले बेतहानी गाविसलाई जिल्ला कै नामूना गाविस बनाउने सोच राखेकोले सहयोग गर्न आग्रह् गर्नु भयो । यता सो गाविसमा मानव बेच विखनको घटना नहुने गरेको समेत जिकिर गर्नु भएको थियो ।

SHARE THIS

Author:

Facebook Comment