औद्योगिक व्यापार मेलाको समय १ दिन थप, १८ गते समापन

हेटौडा माघ १६ गते । नेपालमै पहिलो पटक निर्माण व्यवसायी संघ मकवानपुरले आयोजना गरेको औद्योगिक व्यापार मेलामा राष्ट्रिय तथा स्थानिय गायक कलाकारहरुको गीत र नृत्यले दर्शकलाई भरपुर मनोरञ्जन दिईरहेको छ । मेलामा दैनिक भईरहेको साँगीतिक र हास्य कलाकारहरुको प्रर्हशनले बालक देखि वृद्ध सम्मलाई मनोरञ्जन प्रदान गरिरहेको छ । अघि पछिका दिन भन्दा सार्वजनिक बिदाका दिन अवलोकनकर्ताहरुको जमघट बढी हुनेगर्दछ । आज पनि शहिद दिवसको अवसरमा सार्वजनिक बिदा परेकाले मेला स्थलमा अवलोकनकर्ताहरुको घुइँचो बढेको छ । भोलि पनि शनिबार परेकाले अवलोकनकर्ताहरुको उल्लेख्य उपस्थिति रहने हुदाँ मेलाको समापन कार्यक्रम आइतबार १८ गते गरिने मेला मूल आयोजक समितिका संयोजक आनन्दराम पराजुलीले जानकारी दिनु भयो । बढी भन्दा बढी मानिसले मेला अवलोकन गरुन् भन्ने उद्देश्यले मेलाको समय एक दिन थप गरिएको संयोजक पराजुलीले बताउनु भयो । मेलाको दशौ दिन आज चर्चित गायक शिव परियार, ज्योति मगर, ब्रम्हस्थ ब्याण्ड, अन्जन दाहाल लगायतका स्थानिय गायक तथा कलाकारहरुको प्रस्तुती रहने छ । भोलि (माघ १७ गते) मेलामा चेतन सापकोटा, लोक दोहोरी गायक गायिकाहरु ऋषिलाल श्रेष्ठ, घमेश दुलाल, रमेशराज भट्टराई, शिव हमाल, मिना लामा, जानकी तार्मी मगर, हास्य कलाकारहरुमा मूला साग, जोगेन्द्र, प्रदिप पाठक, भगवान् खत्री लगायतका स्थानिय गायक तथा कलाकारहरुको प्रस्तुती रहने छ । साथमा हेटौडा आइडलका प्रतियोगीहरुको प्रस्तुती पनि जारी रहने छ ।

SHARE THIS

Author:

Facebook Comment