भ्रष्टाचारीहरु उपयुक्त समयमा समातिन्छन्

नेपालमा भ्रष्टाचारी गरि अंकुत सम्पति आर्जन गर्न सफल भएका दलका नेताहरु नै सबै भन्दा पहिलो नम्बरमा पर्नै गरेका छन । उनीहरुले सत्ता परिवर्तन पछि अरबौ रुपैया भ्रष्टाचार गरि देशलाई नै कंगाल बनाउन सफल भएका छन । सत्ता परिवर्तन हुनु भन्दा पहिलो भिखारी जिवन निर्वाह गरिरहको नेताहरु सत्ता परिवर्तन पछि सरकार बनाउन सफल भएका नेताहरुले अरबौ रुपैया कमाएर नेपाललाई र्नै विश्वामा बदनाम बनाउन सफल भएका छन । दलका नेताहरु जतिपनि रहेका छन । उनीहरु सरकारमा बस्दा करोडौ रुपैया धन आर्जन गर्न सफल भएकाले त्यस्ता भ्रष्ट नेताहरुलाई कडा कारवाही गरि कारागारमा सजाय दिलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वयम लागि परिरहनु भएको छ । उहाँले अहिले विभिन्न सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरुलाई पक्राउ गरि कारवाही गर्न सफल हुदै आइरहेको छ । भ्रष्टाचारी कर्मचारीहरु अहिले आएर अख्तियारको नामले समेत डराउन सफल भएका छन ।विगतका दिनमा अख्तियारको कर्मचारीहरु पनि महा भ्रष्ट छन भनेर आरोप लगाएर कार्यालयमा लुटतन्त्र मचाएर हिडने कर्मचारीहरुको मुखमा आहिले आएर भोटे ताल्चा लाग्न थालेका छन । अीख्तयारमा कार्यरत कर्मचारीहरु पनि भ्रष्टाचारी रहेको छ भन्ने कुरा पोखरामा अख्तियारले आफैले आफनो कर्मचारीहरुलाई पक्राउ गर्न सफल भएका छन । तर अख्तियारको प्रम्खले आफनो साहस त देखाउन सफल भयो ।आफनै कर्मचारीलाई पक्राउ गरेर । तर राजनीतिक दलका नेताहरुले आफनो नेता र कार्यकर्ताहरुले अरबौ रुपैया भ्रष्टाचार गरेता पनि कुनै पनि कारवाही गर्न सफल भएको छैनन । त्यहि भष्ठ नेताहरुले पार्टीलाई करोडौ रुपैया चन्दा दिएर पुन चुनावमा लडेर विजय हासिल हुने र मन्त्री भएर अरबौ रुपैया कमाउन सफल हुदै आइरहेका छन । नेताहरुमा अलिकति पनि नैतिकता रहेको छैनन । नेताहरुले आफैले भ्रष्टाचार अनियमितता गरेर अरबौ रुपैया कमाउन सफल भएकाले नै अख्तियारले भ्रष्टाचारीहरुलाई कारवाही गर्न सफल भएकाले प्रमुख आयुक्त कार्कीलाई निकै आरोप लगाएर निकम्मा बनाउन प्रधामन्त्री सुशील कोइराला, लगायतका मन्त्री नेताहरु कम्मर कसेर लागि परिरहेका छन ।
सत्ता परिवर्तन पछि कति अरबौ रुपैया कमाएर राख्न सफल भएका पूर्व मन्त्री जिल्लाका नेताहरु एक दिन अख्तियारको कारवाहीमा पर्नै भएकाले नै अख्तियारले गरिरहेको काम कारवाहीलाई रोकन सरकारमा भएका मन्त्री सभासदहरु लागि परिरहेका छन । अख्तियारले भ्रष्टाचारीहरुलाई कारवाही गर्दै गएको खण्डमा आफुहरु पनि एकदिन अख्तियारको फन्दामा पर्न सक्ने भय निकै भएकाले कार्कीको विरोधमा सरकारमा भएका मन्त्री सभासद र नेताहरु लागि परिरहेका छन । सरकारमा रहेका मन्त्रीहरुले ‘ठुला भ्रष्टाचारीहरु खोइ ? भनेर अख्तियारले आफैले प्रश्न गर्न पछि परेका छैनन । स्व गिरीजा प्रसाद कोइरालाले आफनो जिवन वृतमा लेख्नु भएको छ । आफु राजनीतिक गर्न चिया खान पनि पैसा हुन्थेन । बुवाको खल्तीबाट रकम चोरी गरि चिया खाएर राजनीतिक गर्नु परेको थियो ।विराटनगर जुट मिलमा मजदुरमा कार्यरत भएका गिरीजा प्रसाद कोइरालाले यति वर्ष सम्म राजनीतिक गर्न सफल भयो । प्रधानमन्त्री  भएपछि उनले कतिको रकम कमाउन सफल भएको थियो । उनले आफु र आफनो आसेपासे समेतलाई करोडौ भ्रष्टाचार गर्न दिएका थिए । यतिले पनि न पुगेर आफनो छोरी ज्वाईलाई नेपाल वायु सेवा निगममा ठेक्का दिएर करोडौ रुपैया भ्रष्टाचार गर्न दिएका थिए भने लाउडा काण्ड अहिले पनि ताजै रहेको छ । लाउड काण्डको भ्रष्टाचारमा मुछिएका पूर्व प्रधानमन्त्री कोइरालाको मृत्यृु भइसकेको छ । त्यसैगरि एमाले एमाओवादी,मधेसवादी दलहरु लगायतका नेताहरु जति पनि मन्त्री भएका छन । उनीहरु अरबौ रुपैयाको भ्रष्टाचार गर्न सफल भएका छन । जुन मन्त्री पनि भिखारी बाट मन्त्री हुने वितीकै अरब पनि हुन सफल भएका छन । राजनीतिक गरेका हुन कि भ्रष्ट नेताहरुले व्यापार गरेका हुन ? राजनीतिकको नाममा राष्ट्रको सम्पति लुटन सफल भएका नेताहरुलाई ढिलो वा चाडो अख्तियारले कारवाही गरि छाडने छन भन्ने विश्वास आम नेपाली जनताहरुले लिइरहेको बेला अख्तियारको प्रमुृख आयुक्त कार्कीले आफैले ‘ठुला भ्रष्टाचारी लाई उपयुक्त समयमा समातिनछ ’भन्नु भएको छ ।
अख्तियारका प्रमुख कार्कीले ‘जनताले ठूला माछा समात्न झक्झक्याइरहेका छन । तर ठूला माछा समाप्ने कार्य चुनौतिपूर्ण छ । उनले अख्यिार यतिबेला प्रत्यक्ष जनसरोकारका क्षेत्र स्वास्थ्य, शिक्षा, र सुरक्षामा कन्द्रित रहेको जानकारी गराएको छ । उहाँले अख्तियारको सक्रियताबाट भ्रष्टाचार नियन्त्रण गरी आगामी १० वर्षमा ‘विकासको युग ’ सुरु हुने बताए । उनले हाइड्रोपावरका विषयमा गतल काम नगर्न मन्त्रालयलाई लेखी पठाएको षियमा केही मुट्टीभर व्यक्ति अख्तियारको तेजोबध गर्न लागि परेको बताए । भ्रष्टाचारीहरुलाई धमाधम पक्राउ गरि कारवाहीगर्न अख्तियार सफल हुदै आइरहेकाले भ्रष्टाचारीहरुले आफैले सरकार र जिम्मेवार निकायहरुलाई अख्तियारको सक्रियतालाई रोकन बारम्बार अनुरोध गर्दै आइरहेकाले नै कार्कीको विरोधमा अहिले भ्रष्टाचारीहरु खनिएका छन । तर भ्रष्टाचारी मन्त्री नेता र कर्मचारीहरु जतिसुकै पनि खनीएता पनि कार्कीलाई कसैले पनि केही गर्न सक्दैन । भ्रष्टाचारीहरुलाई एक एक गरि कारवाही गरि उनीहरुले गरेको अपराधको सजाय दिलाउन अख्तियार जहिले पनि लागि परिरहने छन । भ्रष्यटाचारीहरु जोसुकै पनि होस तिनीहरुलाई कारवाही गर्न कार्की जुन प्रकारले लागि परिरहनु भएको छ । त्यसलाई अहिले आम जनताहरुले निकै सम्मान गर्न पुगेको छ । नेपालमा भ्रष्टाचारीहरु निकै रहेकोले नै अहिले सम्म पनि नेपालले विकासको कार्यमा भडको मार्न सफल भएको छैनन । भ्रष्टाचारीहरुलाई जति चाँडो हुन्छ पक्राउ गरि सजाय दिलाउन सकेको खण्डमा आउदो दिनमा कुनै पनि भ्रष्टाचारीहरुले भ्रष्टाचार गर्न सक्दैनन । सत्ता परिवर्तन गराउन सफल भएका नेताहरु आफैले भ्रष्टाचार गर्नको लागि सत्ता परिवर्तन गरेका हुन भन्ने अहिले आम जनताहरुमा यसको छाप परेको छ । ठुल ठुला भ्रष्टाचारीहरुलाई जब अख्तियारले पक्राउ गरि कारवाही गर्न सफल हुनेछ । त्यसबेला राजनीतिकको नाममा देशलाई कंगाल पारि लुटने भक्ष्ट नेताहरु कारागारमा सजया काटिरहेका हुन्छ । त्यसबेला नेपाली जनताहरुले पनि ठुलो राहतको साहस लिनेछन । भ्रष्टाचारीको अकुंत सम्पति राष्ट्रियकरण भएमा नेपालमा विकासको काम निकै अगाडी बढन सक्ने भएकाले ठूला भ्रष्टाचारीहरु लाई उपयुक्त समय आएको खण्डमा समातिन्छ कार्कीले भनेका छन । त्यसबाट देशभरिका जनताहरुले अख्तियारका प्रम्ुख काकीलाई सम्मान गर्न पछि परेका छैनन । न अब ठूला भ्रष्टाचारीहरु कहिले पक्राउ पनै हुन ,नेपाली जनताहरुले बाटो पर्खिएर बसेका छन ।
  –सुमन पन्त अविचल

SHARE THIS

Author:

Facebook Comment