सभासद ज्यू राजीनामा दिने समय आयो

नेपाली जनताहरुको विचमा निकै क्रान्तिकारी कुराहरु गरेर जनताको मनलाई जितन सफल भएका सभासदहरुले अहिले संविधान निर्माणको कार्यलाई थाति राखेर आपसी विवाद सृजना गरेर नयाँ संविधान बनाउन कुनै चासो राखेका छैन । जनतालाई निर्वाचनमा एक वर्ष भित्र नयाँ संविधान बनाएर दिने आफनो प्रतिबद्धता जाहेर गरेर सभासद बन्न सफल भएकाहरुले संविधानसभालाई मागी खाने भाडो बनाउदै आइरहेका छन ।संविधान निर्माण गर्न नसक्ने सभासदले नेपाली जनताहरुबाट राजस्व उठाएर महिनावारी मात्रै लिएर संविधानसभालाई आफनो गफ गर्नै मुख्य थलो बनाउदै आइरहेका छन । पर्सा क्षेत्र न ३ बाट प्रत्यक्षतर्फबाट निर्वाचनमा बिजय हुनु भएका सभासद राजकुमार गुप्ताले माइस्थान मन्दिर आयोजना गरेको कार्यक्रममा एक वर्ष भित्र माघ ८ गते संविधान निर्माण गरेर जनतालाई दिन सकिएन भने आफु एक मिनेट पनि सभासद भएर नबस्ने आफुले सभासदबाट राजीनामा दिएर जनताको विचमा आउने बताउनु भएको थियो । सभासद गुप्ताले माघ ८ गते संविधान बनाएर दिन नसकेको खण्डमा आफु सभासद भएर नबस्ने भाषण धेरै ठाउँमा दिनुभएको छ । यतिमात्रै होइन, सभासद गुप्ताले भोजपुरको राजधानी बीरगंज बनाउने समेत बताउनु भएको थियो । भोजपुर प्रदेश कताहो कता नयाँ संविधानको न पनि लेख्न नसक्ने गुप्ताले अब जनताको विचमा आफनो पदबाट राजीनामा दिने बेला यहि माघ ८ गते हो ।
सभासद गुप्ता ज्यू तपाईले जनताको विचमा गरेको भिष्म प्रतिज्ञालाई पुरा गर्न सक्नु भएन भने तपाई पनि अरु सभासद जस्तै नालायक सावित हुनु हुन्छ । नेपालका नेताहरु नेपाली जनताहरुको विचमा मात्रै नालायक भएका छैनन । भारत चिन लगायत अन्य मुलुकका नेता र जनताको विचमा पनि नालायक भएको छ भन्ने कुराको ज्ञान अवस्य होला ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका नेताहरुलाई आपसमा कति दिन सम्म लडिरहनु हुन्छ । नयाँ संविधान बनाएर जनतालाई दिनुस भन्ने सन्देश समेत नेपालका परराष्ट्रमन्त्रीलाई दिएर पठाएका छन । तर नेपालका सभासदहरु त संसदमा नै घमासाम गर्नै तयारीमा लागेका छन । सभासदहरु संविधान बनाउनु भन्दा संविधानसभा भित्र साडेले जुद्धेको जस्तै जुद्धेर समय खैर फाल्न मात्रै जानेका छन । नयाँ संविधान बनाएर जनतालाई दिन कसैलाई पनि अलिकति पनि जागर चलेको छैनन । अब सभासद गुप्ताले सबै सभासदहरु नालायक भएकाले आफु नालायकहरुको सामु उपस्थिती भएर जनताको अगाडी ना·िने कार्य न गर्नै भनेर इमानदारीताका साथ पदबाट राजीनामा दिन सकेमा सभासद गुप्तालाई पर्सावासीहरुले एक इमानदार कर्तव्यनिष्ट सभासद मान्न तयार हुनेछन ।  माघ ८ गते आउन अब दूई दिनमात्रै बाँकी रहेको छ । सभासद गुप्ताले आफनो राजीनामा पत्र तयार गर्नु भएको छ कि छैन ? उहाँले आफनो पदबाट राजीनामा दिएन भने जनताले के भन्ला भनेर विचार पुर्‍याउनु पर्छ ।
दोस्रो संविधानसभाको निर्वाचनमा विजय हासिल गर्न सभासद गुप्ताले करोडौ रुपैया खर्च गर्नु भएको छ । करोडौ रुपैया खर्च गरेर विजय हासिल गर्न सफल भएको बेला आफुले संविधान बनाउन सकेन भनेर राजीनाामा दिएमा खर्च गरेको रकम कति असुली गर्नै भन्ने सोचमा त कतै लाग्नु भएको छैनन । यदपी लाग्नु भएको छ भने तपाईले जनतालाई धोखा दिएको सरह हुनेछ । जनताको विचमा गरेको बाचालाई पुरा गर्न आट गर्नु सक्नु पर्‍यो ।  सभासद भनेको सम्मानित पद हो । यो पदको मर्यादा समेत राख्न सक्नु पर्‍यो । सभासद भएर तपाईले अहिले सम्म कति फाइदा लिइ सक्नु भयो होला । सभासदलाई पाउने विकास बजेट र आफनो महिना समेत लिएर एकवर्ष सम्म मोजमस्ती गरिसकनु भएको छ । अब राजीनामा दिएर आफुले भनेको कुरा पुरा गर्न सक्नु पर्‍यो । तपाईले आफनो पदबाट राजीनामा दिनु भएन तपाईलाई अब हामी के भन्ने भत्ता खाने सभासद , राष्ट्रको बजेट लुटने, संसदमा नाटक देखाउने, र तपाई जस्तो सभासदले नेपाल र नेपाली जनताहरुलाई विश्वमा बदनाम गर्न  सफल भएका काम नलाग्ने सभासद भनेर छि छि भनेर धिक्कारनु पर्नै हुन कि ? यस्तो दिन न आओस भनेर आफैले माघ ८ गते सभासदबाट राजीनमा दिएर जनताको विचमा आउनु होस । जनताले तपाईलाई त्यागी सभासदको रुपमा सम्मान गर्नै छन । पुन आउदो निर्वाचनमा जनतालाई मत दिएर विजय बनाउने छन । नत भने धोखा पाखण्डी नेताको रुपमा तपाईलाई जनताले आरोप लगाउने छन । बेला भइसक्यो सभासद ज्यू राजीनामा पत्र तयार गरेर राख्नुस । हामी तपाईको राजीनामा दिएको दिनलाई निकै आतुृर भएर हेर्न बसेका छौ । अरु सभासद सद जस्तै निकम्मा भएर भत्ता न खानु यसैमा तपाईको भेला हुनेछ  ।

–दिलीप, गिरी अविचल

SHARE THIS

Author:

Facebook Comment