नेताहरु मसानघाटमा जल्ने हुन कि ?



`  पहिलो संविधानसभाको निर्वाचनबाटै नयाँ संविधान निर्माण गरेको जनताहरुलाई दिएको भए । अहिले सम्म नेपालमा आगो लागिसकेको हुन्थ्यो । पहिलो संविधानसभाबाट नयाँ संविधान बनाउन नसक्ने नेताहरुले पुन चार दलको सहमतिमा दोस्रो संविधानसभाको निर्वाचन गराएर काग्रेस पहिलो एमाले दोस्रो र एमाओवादी तेस्रो हुन पुगेका छन ।उनीहरुले अब माघ ८ गते नै नयाँ संविधान बनाएर दिने बताउदै आइरहेका छन । संविधान निर्माणको कार्यमा लाग्न पनि सफल भइरहेका छन भने आपसी विवाद पनि त्यतिकै भइरहेका छन । दलहरुले नयाँ संविधान कस्तो र कुन ढाँचाले बनाउन लागेका छन भन्ने लाखौ नेपाली जनताहरुलाई अलिकति पनि थाहा छैनन । उनीहरुले निर्वाचनमा नेताहरु भोट माग्दै आएकाले जनताले भोट मात्रै दिएका हुन । त्यो भोटले विजय भएका नेताहरुले नेपाललाई टुक्रा टुक्रा पारेर १४ वा ७ राज्यमा विभाजित पार्‍यो भने नेपाली जनताहरु ज्वालामुखी जस्तै विस्फोट हुनेछ । त्यसबेला कुनै पनि शक्तिले जनताको विद्रोहलाई रोकन सक्दैन भन्ने ज्ञान नेताहरुमा रहेको छैनन । जस्तो अनुभुति अहिले हुन पुगेको छ । दलका नेताहरुले निकै फुर्ति देखाउदै ७ वा १४ प्रदेश भनेका छन । नेपालमा कति प्रदेश चाहिन्छ कि चाहिन्दैन । यो नयाँ संविधान निर्माण भएर घोषणा हुने दिन नेताहरुले आफै बुझने हुन । नेपाललाई टुक्राएर द्वन्द्व मचाउन चाहना राखेका नेताहरुको त्यो दिनलाई नेपाली जनताहरुले निकै बाटो कुरेर बसिरहेका छन । नेपालमा हिसा भडकियो भने यसको परिणाम मुलुकले त भोग्नु पर्छ नै तर नेताहरुले कतिको भोग्नु पर्छ भन्ने कुरा विश्वमा भइरहेको राजनीतिक घटनाक्रमले देखाउन सफल भएको छ ।
नेपाललाई एकिकरण गर्न लाखौ विर गोखोलीहरुले आफनो रगत बगाएर नेपाललाई एकिकरण गर्न सफल भएको थियो । लोकतन्त्र र गणतन्त्रको नाममा नेताहरुले नेपाललाई टुक्रा टुक्रा पारेर राज्य बनाउन लागेका छन भन्ने जानकारी पनि आम जनताहरुलाई अहिले थाहा पाएका छन । नेपाललाई कति राज्यमा विभाजित गरेर नेताहरुले नयाँ संविधान बनाउन लागेका छन । यसको खाका समेत जनताको माझ आएको खण्डमा देशमा नै आगो लाग्ने छन । त्यो आगो निभाउनको लागि नेताहरु असफल मात्रै हुने छैन । आफनो सुरक्षित ठाउँ समेत खोज्दै हिडन बाध्य हुनेछन । नेपाललाई टुक्रा टु्क्रा पार्न नेताहरु सफल हुन्छ भने यसले कति नराम्रो स्थिती ल्याउन सक्छ भनेर बुझन सक्ने क्षमता पनि नेताहरुमा रहेको छैन । उनीहरुले आफुहरुले जे गरेता पनि जनताहरु चुप लागेर बस्ने सोच बनाएर नेपाललाई टुक्रा टुक्रा पार्न खोजेका छन । नेपाललाई ७ वा १४ राज्य बनाउन सफल भयो भने नेताहरुको राजनीतिक गर्नै दिन त्यहि दिन समाप्त हुनेछन । आफुलाई शक्तिशाली भएको देखन पुग्ने नेताहरु त्यसबेला स्याल जस्तै कमजोर भएर भाग्दै हिडनु पर्छ । जनताहरुले नेताहरुलाई कुन ठाउँमा लुकेका छन भन्दै खोज्दै खोज्दै नेपाल टुक्राउनेहरुलाई सजाय दिन पछि पर्नैै छैनन भनेर बुझी राखे हुन्छ ।

नेपाललाई एक ढिक्का पार्न विर गोर्खालीहरुको इतिहासलाई आगो लगाएर खरानी बनाएर हिडने नेताहरुलाई  जनताहरुले आफै खरानी बनाएर छाडने छन । नेपाललाई टुक्राउने खोज्ने निती लिएकाहरुको भविष्य निकै डरलाग्दो अवस्थामामा पुग्दै गइरहेको माघ ८ गते । माघ ८ गते नेपाली जनताहरुलाई नयाँ संविधान दिने भन्र्दै आफुहरु युद्धस्तरमा नै काम गरिरहेको बताउदै आइरहेका छन भने जनताहरु देश टुक्रीन थाल्यो भन्दै भित्र भित्र भुसको आगो जस्तै जरिहेका छन । भुसको आगो विस्फोट भयोको खण्डमा कति विनास हुन्छ भन्ने कुरा सोचन समेत नसक्ने नेताहरुले देश र जनतालाई धोखामा राखेर अहिले सम्म राजनीतिक गर्न सफल हुदै आइरहेकोले अब परिणाम पनि भोग्ने दिन निकै नजिक आउन थालेका छन । भारतमा अग्रेज साम्राज्यवादीहरुले ३ सय वर्ष शासन संचालन गर्न सफल भएको बेला भारतीय जनताहरु आफनो मुलुकलाई गुलामबाट स्वतन्त्र बनाउनको लागि अग्रेज सरकारको विरोधमा लडदा जम्मा १० लाख भारतीयहरुले आफनो ज्यान गुमाउनु परेको थियो । भारत स्वतन्त्र भएपछि भारत टुक्रीनु पर्छ भन्ने नारा दिएर जिन्नाले आफनो आन्दोलन गर्दा पाकिस्तान प्राप्त गर्न ४० लाख भारतीयहरुको ज्यान गएको थियो ।भारतको घटनाक्रमले पनि शिक्षा लिन नसक्ने विखण्डनवादी नेताहरुले नेपालमा पनि त्यहि दिन ल्याउन खोजेका हुन । उनीहरुले नेपाललाई टुक्राउनको लागि नै संविधानसभाको निर्वाचन गरेर जनतालाई धोखा दिन सफल भएका हुन्न भन्ने कुरा अब जनताले बुझने दिन आइसकेको छ ।
नेपाललाई जति राज्यमा विभााजित गरेता पनि जनताहरु चुप लागेर बस्न सक्दैन । देशभरिका जनताहरु नेताहरुले देशलाई टुक्रा टुक्रा पार्‍यो भन्दै नालापानीमा युद्ध लडेका बलभद्र थापाले नालापानी सुरुङबाट जय काली जय गोर्खाली भन्दै नाङ्गो खुकुरी लिएर १५ सय अग्रेज फोजको गर्दन काटेका थिए । त्यसबेला गोर्खालीहरुले भोक भोकै मर्नू भन्दो शत्रुलाई काटेर मर्नु बेस सम्झेर आफनो विरता देखाउन सफल भएको इतिहास अहिले पनि ताजै रहेको छ । नेपाली विरतालाई नेताहरुले अहिले आफनो दास बनाएर राखेका छन । नेपालीहरु आफनो भुमिलाई टुक्राएर राखेको देख्न कहिले पनि सक्दैन । चाहे लाखौ नेपालीहरुले आफनो ज्यान गुमाउनु किन नपरोस पछि पर्नै छैनन । नेताले जनतालाई दास जस्तै सम्झेर अहिले सम्म विभिन्न बहाना बनाएर राजनीतिक गर्न सफल भएको छ । जनताहरुले जब देश टुक्रा टकु्रा भएको थाहा पाउने छैन । आफु राती मस्त निन्द्रामा सुतेको र विहान आँखा खोल्दा आफनो भुमि त मधेस राज्य, तुम्सालि·,खिम्बुवान, लिम्बुवान, थरुहट ,नेवार,चितवन,लगायतको राज्यमा आफुहरु पर्न गयो । लौ देश टुक्राएको रहेछ भन्दै नेपालीहरु आफनो घर आगनबाट हातमा नाङ्गो खुकुरी लिएर जयकाली जय गोर्खालीको नाराहरु लगाउदै नालापानीमा अग्रेज फौजलाई काटे जस्तै काटन थाल्यो भने नेताहरुको अवस्था कस्तो होला । कति नेताहरु काटिएर मसानघाट पुग्ने हुन कि ?
–आर्यन श्रेष्ठ (अविचल)

SHARE THIS

Author:

Facebook Comment