Showing posts with label पाठक विचार. Show all posts
Showing posts with label पाठक विचार. Show all posts
राष्ट्र बिखन्डनको बाटोमा जाने तीन कारण

राष्ट्र बिखन्डनको बाटोमा जाने तीन कारण

-मिनबहादुर थापा

आजकाल बेलाबेलामा संघिय गणतान्त्रिक धर्म निरपेक्षवादी माथिल्लो स्तरका नेताहरुको जुन भनाइ आउने गरेको छ नि चाहे स्वर्गीय शुशील कोइराला हुन् चाहे वर्तमान रास्ट्रपति विद्या देवी भण्डारी हुन् वा शशांक, शेखर यस्तै यस्तै अरुअरुले भन्ने गर्छन् धर्म निरपेक्ष भन्ने शब्द खै कसले राख्यो ? गिरिजा प्रसाद कोइरालादेखि अरु पार्टीका नेताहरुलाई कसैलाई पनि थाहा थिएन । राजसंस्था जानुमा गिरिजा र राजा ज्ञानेन्द्रको टकरावले हो ।

संघीयता यस्तो सानो देश थोरै जनसंख्या भएको मुलुकले धान्न सक्दैन आदि इत्यादी भन्ने गर्छन । यो भन्नुमा दुइटा  कारण हुन सक्छन् । पहिलो कारण ०६३ को जनान्दोलनमा राजसंस्था र हिन्दु राष्ट्रको खिलाफमा नेपाली जनता छँदै थिएनन् शान्तिको नाममा बिदेशी को षड्यन्त्रमा थुपारिएको हो यसैका कारण आज मुलुक दिन दिनै असफल हुँदै जादै छ । तसर्थ यो राज्य व्यवस्था धेरै टिक्न सक्दैन यसबाट बच्नका लागि पनि उनीहरुको भित्रि आत्माले गल्ति महुसुस गर्दै बोलेको हुनु पर्छ्र ।

दोस्रो कारण हिन्दु राष्ट्र र कुनैं न कुनै रुपको राजसस्थाका लागि निकट भविष्यमा नेपालमा ठूलो आन्दोलन हुँदै छ त्यसलाई अहिले देखि नै केहि हद सम्म निस्तेज पार्न नेपाली जनताको मनोभावनालाई आफूतिर तान्न र आफ्ना दलका हिन्दुवादी समर्थक कार्यकर्ता र मतदाताहरुलाई त्यो हुने आन्दोलनमा नजाउन भन्नका लागि पनि यस्ता खाले अभिव्यक्ति दिने गरे को हुनु पर्छ । यसबाट हिन्दु राष्ट्र नेपाल होस् भन्ने चाहनेले यो षड्यन्त्रको अर्को रुप हो भन्ने बुझी आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउन आवश्यक छ भन्ने बुझ्दा राम्रो होला । साथै अर्को महत्वपूर्ण कुरा उनीहरु कै ठुला नेताहरुलाई पनि थाहा नै नभई आएको राजनैतिक परिवर्तनले साँच्चि नै देश र जनताको कल्याण गर्ला त ?

तसर्थ यो संघीय धर्म निरपेक्ष राज्य व्यवस्था यिनीहरुको मगज र बलबुतोबाट नभएर प्रत्यक्ष विदेशीको मिलोमतो र निर्देशनमा लादिएको हो भन्ने यो भन्दा ठुलो प्रमाण अरु के हुन सक्छ ? प्रतेक राष्ट्रवादी नेपालीले समयमा नै बुझौ यो राज्यव्यवस्थाले कदापी राष्ट्रिय हित गर्दैन विदेशीको हित गर्छ । क्षेत्रीय विभाजन, जातीय भावना र धार्मिक असहिष्णुताले राष्ट्र बिखन्डनको बाटोमा जाने निश्चित छ वर्तमान राज्य व्यवस्थाले आर्जन गरेको अहिले सम्मको चेतना र सम्पति नै यहि हो । जय हिन्दु राष्ट्र नेपाल ।

प्रकाशन मितिः २०७३ असार २ गते बिहीबार
प्रधानमन्त्री ज्यूलाई खुला पत्र

प्रधानमन्त्री ज्यूलाई खुला पत्र

प्रिय प्रधानमन्त्री ज्यू, तपाईंलाई यो खुला पत्र लेख्दै गर्दा तपाई चिर निद्रामा देखियको सपनाको बाढी आफ्ना खल्तिका कलमेहरु बोलाएर पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारिमा हुनुहुन्छ होला र मलाई थाहा छ तपाईलाई खुलापत्र लेखिसकेपछि तपाईका अन्धा सिद्धान्तवादीहरु मलाई शव्दहरुले तिखो प्रहार गर्नेछन् किनकि ती सिद्धान्तवादीहरुलाई सार हैन सिर्फ सिद्धान्तसँग मतलब छ तिनिहरुको दिनचर्या आजकाल सिद्धान्तीय बिचार नमिल्ने या सहमत नजनाउनेहरुमाथि शब्दहरुको बारुदी यन्त्र वर्षाउँदै धम्काएर बित्ने गरेको छ । हो ती सिद्धान्तावादीहरुले भने जस्तै आजकाल म सपना देख्न छाडिसके देखौं पनि कसरी ? तपाईं जस्तै सिद्धान्तवादीले देखाएका सपना र रत्नपार्कको भित्तो केरेर नसकिने कोरा कल्पनाहरुले मलाई पुरिदिएको छ ।

तपाईंले वर्तमानमा किस्तामा देखाउने सपनाहरु खासै नौला पटक्कै होईनन्, करिब १४ बर्ष अगाडि मुलधारको राजनितिमा सुरक्षित अवतरण भैसकेपछि तत्कालिन ए माऔवादी नेता प्रचण्डले यउटै शव्दमा देखाईदिएका थिए सायद ऊ बेला प्रचण्डका ती सपनाहरू प्रयोगसालामा परीक्षण हुन नपाउँदै धावा बोल्दै हावामा उडाइदिने तपाईं लगायत तपाईंका सिद्धान्तवादीहरु मुख्य थिए । अत: तपाईका ती कोरा सपनाहरुमाथि आँखा चिम्लेर विस्वास गर्नु पर्ने आधार के छ ? 

जब अर्कैले देखाएका ती सपनाहरु तपाईंलाई विस्वास थिएन, मलाई थाहा छ तपाईका सपनाहरु नौला पटक्कै होईनन् र असम्भव त झन छँदै छैनन् । तर के भने हाम्रो मुलुक मा जबरजस्ति सपना देखाउने तपाईं जस्तै हास्य कलाकारहरुको कति पनि कमि छैन ती सपनाहरुलाई थथार्थमा बदल्न चाहनेहरुको कमि छ अत: मेरो बुझाइ देशले आजको आजै अग्रगामी छलाङ मार्नु पर्छ भन्ने कतिपनि होईन मुख्य कुरा तपाईंले देखाउने कोरा सपनाहरु आजसम्म आई पुग्दा कहाँ कसरी अध्ययन अनुसन्धान भएका छन ? ती सपनाहरुको सुरुवात कहाँ पुगेको छ ? वर्तमानमा मुलुकको प्रमुख समस्या के थियो ? भोकमरीको तातो पनियुले भोको पेटमा डामेका नागरिकहरुलाई पहिले एकछाक अन्नको आवश्यता हो या प्रशान्त महासागरमा चल्ने ध्वजा बाहक पानीजहाज ? हुन त तपाईं जिन्दगिभर एक गाँस अन्न गुमाउन नपर्ने भाग्यमानीहरुलाई भोकको पीडा या यी झिना मसिना सबाल बारे हेक्का हुने कुरै भएन ।

हामी वर्षाै देखि आन्तरिक समस्याको खाडल भित्र जाकिएका छौं ती आन्तरिक समस्याहरुले विकासका प्राकृतिक सिद्धान्तहरुलाई प्रतिस्थापन गरिदिएको छ । मुलुक वर्षाै देखि रोग भोक र शोकको चपेटामा छ जब सम्म मुलुकभर फैलिएको रोग भोक र शोक साम्य हुन सक्दैन तपाईंका ती मंगल ग्रहमा बस्ति बसाउने सपनाहरु चाहेर पनि शक्तिमा बदलिन सक्दैनन् ।

प्रधानमन्त्री ज्यू, जलस्रोतमा विस्वकै धनी देश नेपालमा किन सधैं पानीको हाकाकार मच्चिन्छ ? जुन देशका ८०५ जति नागरिक कृषिमा आधारित छन् भने किन हरेक वर्ष मुलुकमा भोकमरीको सन्त्रास फैलिन्छ ? तपाईं प्रधानमन्त्री रहुन्जेल कोहि नागरिक भोकै बस्न नपर्ने आदर्श छाँटेकै दिन राज्यको सुदुर कर्णालीतिर भोकमरीको सन्त्रास भन्ने समाचार कहाँ बाट आयो ? सायद त्यो समाचार छाप्ने पत्रकार तपाईंको खल्तिको थिएन ? या भनौ ती सुदुरका नागरिकहरु हाम्रो राज्य भित्र का होइनन ? मलाई किन किन आजकाल यस्तो लाग्छ त्यो हास्यकलाकार धुर्मुस सुन्तलीको जोडि नै हाम्रो असलि इमान्दार सरकार हो र तपाईं लगायतले भरिएको त्यो सिंहदरबार केवल हास्यकलाकारहरुले भरिएको रंगशाला हो ।

प्रधानमन्त्रि ज्यू, तपाईंका अन्धा आदर्शवादीहरु आजकाल तपाईं र तपाईको सिद्धान्तको अनावश्यक देवत्वकरण गरेरै सामाजिक सञ्जाल रंगिन बनाईदिएका छन्, उनीहरुकै भाषामा तपाईले देखाएका फुस्रा सपना नदेख्ने नदेखाउने र कोरा कल्पनाले रत्नपार्कको भित्ता रंग्याउन नसक्नेहरु सिर्फ परजिवी हुन ती मानव होईनन्, हो म परजिवी नै हु किनकि म कोरा कल्पनाले ती तनाम खाली भित्ता रंग्याउ सकिन तरके हामी एकवारको जिन्दगीमा सिर्फ सपना र कोरा कल्पना मै सिमित हुनु पर्ने हो ? २०६० सालमै काठमाडौको खाल्टोमा सुरक्षित अवतरण भै सक्नु पर्ने मेलम्चीको पानी आज १५ वर्ष बिति सक्दा समेत किन आउन सकेन ? के २०६० साल पछि तपाईंको पार्टीले  सरकारको  प्रतिनिधित्व गरेकै छैन ? के तपाईंको पार्टी विगत २५ बर्ष देखि मुलुकको प्रमुख प्रतिपक्षी दल पनि होईन ? सुशील कोईरालाको सरकारमा तपाईं कै सिफारिस मा राधा ज्ञवाली जलस्रोत भएकी थिईन तपाईं यति बेला खुब आदर्श छाट्नु हुन्छ तर उनलाई त्यतिठूलो भ्रष्टाचारको आरोप लाग्दा समेत मुलुक को मुख्य कम्युनिष्ट पार्टीको अध्क्षको हैसियतले उनलाई सामान्य सोधपुछ समेत नगरी भस्टाचारीलाई उल्टै प्रश्रय दिनुको कारण के थियो ?

आजसम्म तपाईंकै पार्टिबाट उल्लेखनिय काम गरेका लालबाबु पण्डित, गोकर्ण बिस्टलगायत रवीन्द्र अधिकारीहरु किन पुन: कुनै मन्त्रालयको जिम्मेवारी पाउन सक्दैनन् ? अनि बन्छ मुलुक ? कसरी चल्छ तपाईको हिन्द महासागरमा ध्वजाबाहक पानी जहाज ? कसरी आउछ मेलम्चीको पानी काठमांडौ ? मुलुकको मुख्य समस्या भ्रष्टाचारहो होइन ? अस्ति भर्खर भारतिय नाकाबन्दीको फाइदा उठाउँदै देशभर कालोबजारी आतंक मच्याउनेहरुलाई आफैले काँधमा दोसल्ला थमाउँदै उच्च राष्ट्रवादीको बिल्ला भिराएको होईन ?

तपाईंकै एमाले भित्रको बौद्धिक विभाग एक भ्रष्टाचारीलाई गिरफ्तार गर्दा अन्याय भयो भनेर कुर्लियका होइनन् ? यी यावत समस्याहरु तपाईको आफ्नै आँखा अगाडि नाच्दा नाच्दै कसरी विस्थापन गर्नुहुन्छ तुईन ? कसरी सिर्जना गर्नु हुन्छ मुलुक भित्र एक लाख रोजगारी ? कहिले सम्म ती कुल्लि जस्ता नागरिकको आँखामा छारो हाल्नु हुन्छ ? अब कसलाई लगाउनु हुन्छ अग्रगामी परिवर्तन हुन नसक्नु को दोष ? जहाँ सम्म लाग्छ नागरिकहरुबाट यति सारो सहयोग र हौसला पाउने पहिलो  सरकार तपाईं कै हो । के पार्टीका अन्धा सिद्धान्तवादी र खल्तिका कलमेहरुले तपाईंको अनावश्यक देवत्वकरण गरेकै भरमा मुलुकले अग्रगाम छलाङ मार्ने हो ?

२०४५ साल तिरको नाकाबन्दीमा चीनले नेपालका ६–७ नाका खोल्ने र तेलको पाइप लाईन बिछ्याउने सम्झोता गर्दै गर्दा भारतीय विस्तारवादीहरु सङ्ग मिलेर पञ्चायत ढाल्ने तपाईंहरु मुख्य होईन ? २५० वर्ष अगाडी पृथ्वीनारायणले दक्षिणको छिमेकी धूर्त छ सतर्क रहनु भन्ने दूरदर्शी सन्देश छोड्दा छोड्दै उनै दक्षिण तिरका अवसरवादी झुण्डहरुसँग मिलेर उल्टै पृथ्वीनारायणका सन्तानहरुको ज्यू जीवन मास्नेहरु तपाईं हो होईन ? यदि होईन भने तपाईं हरुले संकेत गरेका ती व्यक्तिहरु आज राज्यका सामान्य नागरिकको हैसियतमा हुँदा समेत किन पक्रेर जेल कोच्न सक्नु हुन्न ? बडो अचम्म राणाकालमा हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज चल्थ्यो या राजतन्त्रमा औद्योगिकरणको ब्यापकता थियो भन्न तपाईं गणतन्त्रवादीहरुलाई अलिकति लाज लाग्दैन ? ती राजतन्त्र, राणाकाल निरकुंश भए भनेर गणतन्त्र ल्यायको होइन ? तपाईंको विचारमा देशभर औद्योगीकरणलाई ब्यापक बनाउने हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानीजहाज चलाउन सक्ने हैसियत राख्ने राणाजी, राजतन्त्र निरकुंश ? या आ–आफ्नो दलीय स्वार्थ र सिद्धान्त अनुरुप तिनै राजाले विस्तार गरेका उद्योग बेचेर खाने तपाईंहरुको लोकतान्त्रिक गणतन्त्र निरकुंश ? के लाग्छ दुई चार जना डिग्रीधारी सिद्धान्तबादीहरुको कागजी खोस्टो दाउमा राखेर ऋण उपलब्ध गराउँदैमा मुलुकमा औद्योगिकरणको लहर लाग्ने हो ? ४० लाख डिग्रिधारि बेरोजगार लाई १० लाखको दरले रिण उपलब्ध गराउदा राज्य को सिङ्गै २० वर्षको बजेट स्वाहा हुन आउँछ अनि के यस्तो तपाईको सस्तो लोकप्रियतालाई आखा चिम्लेर थपडी मार्दैमा मुलुकले अग्रगामी छलाङ मार्ने हो ?

प्रधानमन्त्री ज्यू भारतिय विस्तारवादी तथा विभिन्न मोर्चाहरुको गलत माग प्रति तपाईंले लिएको अडान प्रति म राज्यको एक फुस्रो मनुवा सदा आभारि हुनेछु तर के भने यी झिनामसिना दलीय स्वार्थ अनुसारका माग राख्दै सिंहदरबार घेर्ने परिपाटीको सुरुवात तपाईं काङ्ग्रेस एमालेबाटै भएको हो । यहाँ सिङ्गो मुलुक रुपान्तरणको कुरा दिनभर मदिरालयमा जाँड धोकेर बस्ने बकम्फुसेलाई फुस्रा आदर्श छाँटे जस्तो कदापि थिएन र हैन तर कालान्तरमा सोहि मुताबिक बनाउदै लगियो र म पुन: भन्दैछु तपाईंको बिकल्पमा अब पनि काङ्गेस या अन्य कुनै राजनैतिक शक्ति हुनै सक्दैन तपाईं जसरि फुश्रो आदर्श छाँट्नु हुन्छ परिवर्तनको लागि समाज रुपान्तरणको लागि सोहि मुताबिक शुसासनको खाँचो छ भस्टाचारलाई जरै देखि मिल्काउन आवश्यक छ मुलुक भरका कालोबजारी भष्टाचारीहरुसँग पाँच तारेमा लन्च डिनर या हिस्कि होईन जेल कोच्न आवश्यक छ अनि मात्र सम्भब होला हिन्द महासागरमा आफ्नै पानी जहाज आफै सिर्जित हुनेछन् । 

आज सम्म धेरै व्यवस्था आए गए, नागरिकको हकमा मिलेको छ सिर्फ ढुङ्गामाटो । एकताका तपाईं आफैले खुब ब्यङ्ग हान्नु हुन्थ्यो ठेलागाढा चढेर अमेरिका पुगिंदैन फेरि बर्तमानमा कसरी सम्भब भयो सपना देखेकै भरमा हिन्द महासागरमा ध्वजा रहित पानी जहाज ? सपना केवल सपना नै हो तपाईंका यी उक्तिहरु आफैमा हास्यास्पद छन आमा भन्नुहुन्थ्यो आखाले नदेखेका कुरा विस्वास गर्नुहुन्न तपाईं प्रधानमन्त्रि भयको यकवर्ष हुनै लाग्दा राष्ट्रियताको सवालमा देखाएको दरिलो अडान बाहेक सिन्को भाँचियको छैन सिद्धान्तबादीहरु जसरी प्रचार गरिरहेछन ती सब झुठ हुन मलाई थाहा छ अन्धा सिद्धान्तबादिहरुले जस्तो अनावश्यक देवदतत्वकरण गर्न मलाई आउदैन सिद्धान्त बादि झोला बोक्न जानियन बिकास वाद मानवियता स्वतह स्विकार हुन्छ यसकारण मलाइ यी नानाथरि तन्त्र या वादसँग सरोकार छैन तपाईंले बर्तमानमा देखायका सपनाहरुले त्यो मुलुकका नागरिकहरुलाई चुर्लुम्मै डुबाईसक्यौ कमसेकम ती सपनाहरु मध्य एक दुई सपना सत्यतामा परिणत गरिदिनुस म घरको आगन खनेर मन्दिर बनायर तपाईंलाई पुजा गर्नेछु हैन भने सिंहदरबारबाट बाहिरिदै गर्दा दुनियाँ बदल्ने सपना देखेको यथास्थिति प्रतिगामिहरुले दिएनन् जस्तो तुच्छ शब्द यी कानले सुन्न नपरोस् आजैबाट स–साना कामको सुरुवातमा लाग्नुस् पहिले आफ्नो स्वार्थलाई बाग्मतिमा बगाइदिनुहोस हेक्का राख्नु होला यदि तपाईंका सपना सिर्फ सपनामै सिमित रहेको खण्डमा तपाईं र तपाईंहरुको लुटिखाने राजनैतिक भाडो पनि धरासय अवस्थामा पुग्ने पक्कापक्की छ ।
जय देश जय ओली ।
प्रेषक
भिम खनाल


प्रकाशन मितिः २०७३ जेठ १३ गते विहीबार
पासपोर्ट धितो राखेर ऋण पाइन्छ कि नाई प्रधानमन्त्री ज्यू ?

पासपोर्ट धितो राखेर ऋण पाइन्छ कि नाई प्रधानमन्त्री ज्यू ?

–झगेन्द्र के. दंगाली

गत हप्ता राष्ट्रपतिद्वारा प्रस्तुत ओली सरकारको नीति तथा कार्यक्रमले संचार माध्यम र सञ्जालहरुमा निकै चर्चा पायो । लोकतन्त्रात्मक देशमा जनताले बोल्न पाउने अधिकार जहाँ पनि हुन्छ, त्यसैले राम्रो कुराको समर्थन र नराम्रो कुराको विरोध गर्नु देश र जनताको लागि सकारात्मक कुरा पनि हो तर यहाँ कसैले कुनै नराम्रै कुरामा पनि सरकारको विरोध गर्यो भने उक्त बिरोधको पनि झन ठूलो बिरोध गरिन्छ र जनतालाई निरास पारिन्छ । यस्तो प्रणालीलाई लोकतान्त्रिक प्रणाली पनि कसरी भन्नू ?

शायद त्यही भएर होला हिजो आज सरकारको कुनै पनि निर्णय वा कदम प्रति जनता खासै बोल्न छोडिसकेका छन् । तसर्थ विरोध अथवा समर्थन जे गर्नु छ विभिन्न दलका झोलेहरुले नै गर्छन् । यो पटक पनि त्यस्तै देखियो । जसमा सत्ता पक्षका झोलेहरु हर कुरामा समर्थन मात्रै गरि रहेका छन् भने प्रतिपक्षी वा अन्य दलका झोलेहरुहरू कुरामा खाली बिरोध मात्रै । सहि वा गलत जेसुकै होस उनीहरुलाई मात्रै झोला भरे हुन्छ । त्यति मात्र कहाँ हो र ? हिजो आज त देशका कतिपय बुद्धिजीवी, लेखक तथा पत्रकार समेत झोलेवादको सिद्धान्तमा निकै अग्रसर देखिएका छन् ।

झोलेबाद कै कारण समाजलाई वास्तविक कुराको ऐना देखाउनुको सट्टा जसले आफ्नो झोला भरिदिन्छ उसैसँग मिलेर जनतालाई ललिपप देखाइ दिईरहेका छन् र जनता बिगत दस बर्ष देखि त्यही ललिपप हेरेर घुटुक्क घुटुक्क थुक निल्नु शिवाय अरु कुनै विकल्प नै छैन । यहि फाइदा उठाएर राजनीतिक दलहरूले सत्ता र स्वार्थको लागि आफुहरुलाई जे गर्न मन लाग्छ त्यही गर्छन् र जनताको चाहाना र भावनालाई बिर्सिदै जान्छन् । यो सबैले देखेकै कुरा हो ।

प्रसङ्गलाई अलिकति मोडौ म आज कसैको समर्थन या बिरोध गर्नु भन्दा पनि आफ्नो केही तितो यथार्थ लाई सबै सामु पस्किने जमर्को गरि रहेको छु । जुन यथार्थ मेरो मात्र नभएर साउदी, कतार, मलेसिया र दुबईका विभिन्न होटेल, रेस्टुरेन्ट र सडकहरुमा आफ्नो रगतपसिना बगाएर त्यसबाट भित्रिएको रेमिटेन्सले देशको अर्थतन्त्र धानिरहेका लाखौं लाख युवाहरूको पनि हुन सक्छ ।

२०५७/५८ सालको त्यो डरलाग्दो माओवादी जनयुद्ध र सरकारपक्षबाट घोषणा गरिएको अनिश्चितकालिन संकटकालको कारण देशमा उत्पन्न भएको गरिबी र चरम आर्थिक अभावको सामना गर्न नसकेपछि आफ्नो पढाईलाई बिचैमा स्थगित गरि, केही दुई चार पैसा कमाउने र दुई वर्ष पछि पुन: आफ्नो पढाइलाई निरन्तरता दिने सपना देख्दै अरब तिर हिंडेको मान्छे म । जब कतारको ५५ डिग्री तातो बालुवामा पछारिन पुगे, अनि त्यसपछि मलाई थाहै भएन ती सपनाहरू कता छताछुल्ल भए । मलाई केही थाहै भएन म दुई वर्षमै फर्केर आउछु भनेर घरपरिवार सँग गरेको बाचाहरु कहाँ गए । जब कि साहुको ऋण थाप्लोमा बोकेर आइसकेपछि फर्केर कसरी जानु ? मेरो जिन्दगीको यात्रा लम्बियो ।

जेहोस दुई वर्षमा जाने भनेको मान्छे चार वर्षमा बल्लतल्ल साहुको ऋण चुक्ता गरेर फर्किन त फर्किए तर त्यतिबेला सम्म घरको स्थिति झन डामाडोल भैइसकेको रहेछ । घरमा गएर पढ्ने रहर त अधुरै रह्यो, दुई तीन महिना बाँच्न पनि धौधौ पर्न थाल्यो । अनि त के गर्नु फेरि पनि साहुको ऋण लिएर अर्को देश जानुको विकल्प नै भएन । त्यसैले फेरि मलेसिया तिर लागें । त्यहाँ पनि त्यस्तै भयो । आज साउदी अरबमा आए, यहाँ पनि यस्तै भयो । आखिर जुनसुकै देशमा गए पनि जस्तोसुकै काम गरे पनि साहुको ऋण तिर्न र साँझ बिहान चुलो बाल्नु भन्दा अर्को कुनै प्रगति हुन सकेन । यसरी ओठ निचोर्दा दूध चुहिने त्यो कलिलो उमेर देखि परदेश धाउन थालेको मान्छे आज जिन्दगीले आधा वसन्त पार गरि सक्दा सम्म पनि आफ्नो जीनस्तर माथि उठाउन नसकेपछि सरकारले केहि त्यस्तो वाताबरण सिर्जना गरिदिए गाउँमै गएर केही गर्ने चाहना राख्नु पक्कै पनि अपराध हुदैन होला ।

तर सरकारले त्यस्तो कुनै पनि ठोस कार्यक्रम ल्याउन सकेन । हिजो गरिएको फ्री टिकेट फ्री भिसाको निर्णय म्यानपावर व्यावसायीहरुको दबाबको कारण श्रम मन्त्रालयको टेबलबाट कुन बेला फुत्त डस्ट्बिनमा झर्यो कसैलाई पत्तै भएन । र आज सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले पनि म जस्तो गरिबलाई खासै छुन्छ जस्तो लागेन । किनकि सरकारसँग ऋण लिएर कुनै व्यापार व्यवसाय गर्न लाई नत म सँग कुनै शैक्षिक प्रमाणपत्र छ, न एकघर एक रोजगार अन्तर्गत सरकारी जागिर खान लाई कुनै योग्यता नै छ । शैक्षिक प्रमाणपत्र भनौं या योग्यता मात्र त्यही एउटा पासपोर्ट छ । त्यसैले आज म क्राइम चेक साप्ताहिक पत्रिका मार्फत प्रश्न सोध्न चाहान्छु, पासपोर्ट धितो राखेर ऋण पाइन्छ कि नाइ प्रधानमन्त्री ज्यू ?

प्रकाशन मितिः २०७३ जेठ ०६ गते विहीबार
खोइ युवा कता छन् ?

खोइ युवा कता छन् ?

आज मुलुक अत्यन्तै जटिल मोडमा गुज्रिरहेको सर्वविदित नै छ  । यस्को जिम्मेबार राजनीतिक दलका अतिरिक्त हामी युवा पनि हो  भन्दा फरक नपर्ला । हामीलाई थाहा भएकै कुरा हो यो मुलुक राजनीतिक दलहरुको अकर्मन्यताका कारण देश लथालिङ भएको छ । हिजो पञ्चायती व्यवस्थाको अन्त्य देखि मुलुकमा विदेशी दलालहरुको हैकम चलिरहेको सबैलाई थाहा भएको नै हो । हाम्रो देशको स्वाभिमान कसरी गुमेको छ तर हामी युवा किन मौन छौं ? के यही बेथिति देख्न पञ्चायती व्यवस्थाका विरुद्ध हामी आन्दोलन गरेका थियौं ? परिवर्तनपछिका यतिका वर्ष हामीले के पायौं ? बढ्दो महंगी, कालोबजारी, शून्य विकास, युवा गाउँमा देख्नै मुस्किल छ के यस्तै देख्न हामीले यी राजनीतिक दलका झोले भएका थियौं ?

पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्दा बखत हाम्रा पिता पूर्खाहरुले साथ दिएकै हुन्, राज्य एकीकरणको विरुद्ध लड्ने हाम्रा पिता पुर्खाहरुले बहादुरी साथ नै लडेका थिए भन्ने इतिहासले पुष्टि गरिसकको छ्र । गोर्खाली भन्ना साथ संसार काँप्थ्यो । सबैलाई थाहा छ हामी तिनै पिता पूर्खाका सन्तान हौं । न कसैसँग झुक्न जान्यौ न डग्न जान्यौं । तर आज देशमा यस्तो अवस्था आउँदा किन मौन छौं ? हिजो हाम्रा पिता पुर्खाहरुले यो देशको लागि रगत बगाएको ईतिहास भुलिसक्यौं ?

मुलुक प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रमा प्रवेश गरिसक्यो हामी युबा राजनीतिक दलका पछाडि लागेर परिवर्तनका सम्वाहक बनेर आन्दोलन गर्यौं, खोइ के पायौं ? देशले के पायो ? नेताहरुले फलाक्ने गरेको भाषा अहिले त्यही पुराना बेथितिको अन्त्य गर्छौं भन्ने होइन ? खोइ त यत्तिका वर्ष के गर्दैछन् दलहरु ? सत्ता प्राप्ति मात्र हो त उनिहरु को लक्ष्य ? लोकतन्त्र स्थापनाको दश वर्ष पुगेर ११ औं वर्षमा लागेको छ । तर यतिबेला प्रश्न उठेको छ, लोकतन्त्र स्थापना पछि जनताले के पाए त ? यो प्रश्नमा जनताले अभाव, महंगी र कष्ट बाहेक केही नपाएको जवाफ पाइन्छ । अहिले सार्वजनिक कार्यक्रममा नेताहरुले लोकतन्त्र र आर्थिक समृद्धिका कुरा गर्न छुटाउँदैनन् । तर, अवस्था कस्तो छ भने लोकतन्त्र बहाली पछि पनि बालबच्चा र आफ्नो पेट भर्नकै लागि तीस लाख युवा विदेशिइ सकेका छन् । गाउँ रित्तिएका छन् । भ्रष्टाचार बढ्ने र महंगीले जनताको ढाड सेकिरहेको छ । जनताले विश्वास गरेका नेताहरुको कद घटिरहेको छ । सहिद तथा घाइतेहरुको आक्रोश चुलिंदो छ जसका कारण लोकतन्त्रप्रति निरासा र असन्तुष्टि बढ्दै गएको छ ।

पञ्चायती व्यवस्थाको अन्त्यसँगै देशमा भएका उद्योग, कल कारखाना राजनीतिक भर्ती केन्द्र बनाएर ध्वस्त पारे । रोजगारीको अवसर छैन, गाउँ घर युवाविहिन अवस्थामा छन्, खोइ हाम्रा धरोहर हेटौंडा कपडा उद्योग ? बासँबारी छाला उद्योग ? ट्रली बस ? हेटौंडा टेकु रोपवे जनकपुर चुरोट, वीरगंज चिनी कारखाना, कृषि औजार कम्पनिजस्ता उद्योग कता पुगे युवा मित्रहरु के हामी खोजी गर्ने कि तिनै नेताहरुको झोले बन्ने हो सोच्ने बेला भैसक्यो ? रोजगारीको अवसर नपाएर हजारौं युवा विदेशमा रगत, पसिना बगाउन बाध्य छन ।
हामी को हौं ? कसका पछाडि लगेका छौं ? तिनीहरुले देशलाई कस्तो अवस्थामा पुर्‍याए ? बिचार  गर्नुपर्ने अवस्था आइपुगेको छ मित्रहरु  । अझै पनि हामी युवा राजनीतिक दलहरुका पछाडि झोले भएर हिंड्ने ? उनीहरुको पछाडि लगेर राष्ट्रिय स्वाभिमान गुमाउने खेल मा लाग्ने, हमी युवाहरुलाई सबै कुरामा समय मिल्छ तर देशको लागि समय मिलाउँदैनौ किनकी हामी कसका सन्तान हौं भन्ने कुरा पनि बिर्सिसक्यौं होइन र ?
यो देश हाम्रा पिता पुर्खाले रगत पसिनाले बनाइदिएको हो यसलाई जोगाउने कर्तब्य हाम्रो हो । अब राजनीतिक दलहरुका पछाडि लागेर हुँदैन युवामित्रहरु हामी एक भएर यिनीहरुको स्वाभिमान गुमाउने कार्यका विरुद्ध नागरिक खबरदारी गर्नु आजको आवश्यकता हो । धेरै ढिला भैसक्यो मित्रहरु, हामीले अहिलेदेखि नागरिक खबरदारी नगरे हिजोको जस्तै कोशी, गण्डकी, माहाकाली, सुगौली जस्ता राष्ट्रघाती सान्धि सम्झौता नहोलान् भन्न सकिंदैन । अहिले पनि यिनीहरुका बिरुद्ध नागरिक खबरदारी गर्न नसके यहाँ लेन्डुप नजन्मिएला भन्न सकिंदैन । सिमा अतिक्रमण हुँदा दलहरु मौन, देशका खोला नाला बगाइसके दलहरु मौन, कल कारखाना सकिसके दलहरु मौन, अब पनि झोले बन्ने ?

युबा मित्रहरु, हामी सलाईका काँटी हौं, यसलाई सही प्रयोग गरे आगो बल्छ, दुरुपयोग भयो भने डँढेलो लाग्छ तर अज किन मौन छौं हामी ? आउनुहोस्, मौनतामा क्रमभंग गरौं, एक होऔं, हामी मिलेर यी राजनीतिक दलहरुका विरुद्ध नागरिक खबरदारी गरौं, अब हामी “राष्ट्रिय स्वाभिमानको रक्षार्थ नागरिक खबरदारी” भन्ने मूल नारा लिएर अगाडि बढौं । स्वाभिमानी नेपाली बनौं, यही आज को आवश्यकता हो ।

–मिलन शमशेर रोका
अध्यक्ष, स्वाभिमान युवा प्रतिष्ठान नेपाल
हिन्दू धर्मको मुकुण्डो ओढेका कौरवलाई चिनौैं

हिन्दू धर्मको मुकुण्डो ओढेका कौरवलाई चिनौैं

–मिन बहादुर थापा

अहिले नेपाल को राजनीतिमा दुर्भाग्य बस महाभारत का कौरब हरु को हाली मुहाली छ | असत्य को पक्ष मा हुने कौरव हरु को संख्या धेरै जस्तो देखिए को छ |   सत्य का धर्म का प्रतिक पांच पाण्डब हरु  देश को कुनै जंगल मा बनाबश गएका जस्तो देखिए को छ , संख्या अलिक थोरै जस्तो देखिएको छ |  बिषय बस्तु पनि ठ्याकै उस्तै मिल्न गएको छ | संघीय गणतन्त्र र धर्म निरपेक्ष  लाइ आत्मासाथ्  गर्ने सबै राजनैतिक दल  बिदेशी को ताना बुना मा धर्म निरपेक्ष मतलब अधर्म लाइ धर्म हो भन्ने पक्ष मा उभिए का छन् भने धर्म र सत्य को  पक्ष मा उभिने पांच पाण्डब को  मांग के छ भने शासन सत्ता भन्दा पनि  नेपाल राष्ट्र प्राचिन देश हो |  सनातन हिन्दु धर्म को उद्द्गम स्थल हो| यहि बाट संसार  भरि हिन्दु धर्म फैलिएको हो | आधुनिक नेपाल राष्ट्र आर्जिने राजसस्था र सनातन हिन्दु धर्म लाइ हटाउदा नेपाल राष्ट्र को नै पहिचान र अस्तित्वो माथि प्रश्न चिन्ह खडा भए को छ | यसै का कारण आज देश मा जात जाति क्षेत्र का दुर्गन्ध  फैलिने मौका पाएका छन् |यसले राष्ट्र लाइ बिखन्डन तिर उन्मुख गर्ने काम मा  अझ बल पुर्याउछ जुन कुरा मुलुक को सम्पूर्ण अवस्था ले धर्म का पक्षधर हरु को भनाइ अझ   सत्य साबित हुँदै गए को छ यहि नै उनि हरु को मुख्य भनाइ रहेको छ |तर कौरव हरु भने साशन सत्ता लाइ नै प्राथमिकता दिइ अधर्म को बाटो मा देश लाइ हुम्यायेकाछन् | यसै को सेरो फेरो मा नेपाल को राजनीति अगाडी बढी रहेको बेला मा अच्चानक शाशन सत्ता कुर्सि का लागि अधर्मी अधर्मी बीच निच स्वार्थ का लागि लडाई शुरु हुने जस्तो अवस्था को सिर्जना देखिन थाले को छ | यो खेल भने को बर्तमान ओली { दुर्योधन} लाइ सत्ताच्चुत गरि अर्को उस्तै दुर्योधन जन्माउने खेल मात्रै हो | यो दुर्योधन जन्माउने खेल मा पाँच पाण्डब हरु ले हर्क र विषमत दुवै नमानी पक्ष बिपक्ष मा नरहेमा नै  राष्ट्र का लागि हितकार हुने छ | भखरै मात्रै कौरव हरु को बथान मा मिसन गएका कमल थापा ,केसी बाजे को दाना पानि धेरै दिन सम्म नरहने भएका ले एउटा दुर्योधन को राज्य बच्चाउन का लागि अर्को दुर्योधन लाइ रोक्न मा तल्लिन छन् जसले उनि हरु को असली चेहेरा नेपाल जनता सामु उदाङ्गो भएको छ | अब पनि हिन्दु राष्ट्र नेपाल हुनु पर्छ  र संघियता ले राष्ट्र बिखन्डन गर्छ भन्ने ले यि नया कौरव लाइ साथ दिए मा साथ दिने हरु पापिका माहा पापी हुने छन् | धर्य गरौ कर्म गरौ सत्य को जित अबस्य हुने छ | धर्म निरपेक्ष र संघियता राष्ट्र का लागि घातक छ यसै मा हामी अटल हौ |जय हिन्दु राष्ट्र नेपाल !