Showing posts with label विचार. Show all posts
Showing posts with label विचार. Show all posts
प्रधानमन्त्री ज्यूलाई खुला पत्र

प्रधानमन्त्री ज्यूलाई खुला पत्र

प्रिय प्रधानमन्त्री ज्यू, तपाईंलाई यो खुला पत्र लेख्दै गर्दा तपाई चिर निद्रामा देखियको सपनाको बाढी आफ्ना खल्तिका कलमेहरु बोलाएर पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारिमा हुनुहुन्छ होला र मलाई थाहा छ तपाईलाई खुलापत्र लेखिसकेपछि तपाईका अन्धा सिद्धान्तवादीहरु मलाई शव्दहरुले तिखो प्रहार गर्नेछन् किनकि ती सिद्धान्तवादीहरुलाई सार हैन सिर्फ सिद्धान्तसँग मतलब छ तिनिहरुको दिनचर्या आजकाल सिद्धान्तीय बिचार नमिल्ने या सहमत नजनाउनेहरुमाथि शब्दहरुको बारुदी यन्त्र वर्षाउँदै धम्काएर बित्ने गरेको छ । हो ती सिद्धान्तावादीहरुले भने जस्तै आजकाल म सपना देख्न छाडिसके देखौं पनि कसरी ? तपाईं जस्तै सिद्धान्तवादीले देखाएका सपना र रत्नपार्कको भित्तो केरेर नसकिने कोरा कल्पनाहरुले मलाई पुरिदिएको छ ।

तपाईंले वर्तमानमा किस्तामा देखाउने सपनाहरु खासै नौला पटक्कै होईनन्, करिब १४ बर्ष अगाडि मुलधारको राजनितिमा सुरक्षित अवतरण भैसकेपछि तत्कालिन ए माऔवादी नेता प्रचण्डले यउटै शव्दमा देखाईदिएका थिए सायद ऊ बेला प्रचण्डका ती सपनाहरू प्रयोगसालामा परीक्षण हुन नपाउँदै धावा बोल्दै हावामा उडाइदिने तपाईं लगायत तपाईंका सिद्धान्तवादीहरु मुख्य थिए । अत: तपाईका ती कोरा सपनाहरुमाथि आँखा चिम्लेर विस्वास गर्नु पर्ने आधार के छ ? 

जब अर्कैले देखाएका ती सपनाहरु तपाईंलाई विस्वास थिएन, मलाई थाहा छ तपाईका सपनाहरु नौला पटक्कै होईनन् र असम्भव त झन छँदै छैनन् । तर के भने हाम्रो मुलुक मा जबरजस्ति सपना देखाउने तपाईं जस्तै हास्य कलाकारहरुको कति पनि कमि छैन ती सपनाहरुलाई थथार्थमा बदल्न चाहनेहरुको कमि छ अत: मेरो बुझाइ देशले आजको आजै अग्रगामी छलाङ मार्नु पर्छ भन्ने कतिपनि होईन मुख्य कुरा तपाईंले देखाउने कोरा सपनाहरु आजसम्म आई पुग्दा कहाँ कसरी अध्ययन अनुसन्धान भएका छन ? ती सपनाहरुको सुरुवात कहाँ पुगेको छ ? वर्तमानमा मुलुकको प्रमुख समस्या के थियो ? भोकमरीको तातो पनियुले भोको पेटमा डामेका नागरिकहरुलाई पहिले एकछाक अन्नको आवश्यता हो या प्रशान्त महासागरमा चल्ने ध्वजा बाहक पानीजहाज ? हुन त तपाईं जिन्दगिभर एक गाँस अन्न गुमाउन नपर्ने भाग्यमानीहरुलाई भोकको पीडा या यी झिना मसिना सबाल बारे हेक्का हुने कुरै भएन ।

हामी वर्षाै देखि आन्तरिक समस्याको खाडल भित्र जाकिएका छौं ती आन्तरिक समस्याहरुले विकासका प्राकृतिक सिद्धान्तहरुलाई प्रतिस्थापन गरिदिएको छ । मुलुक वर्षाै देखि रोग भोक र शोकको चपेटामा छ जब सम्म मुलुकभर फैलिएको रोग भोक र शोक साम्य हुन सक्दैन तपाईंका ती मंगल ग्रहमा बस्ति बसाउने सपनाहरु चाहेर पनि शक्तिमा बदलिन सक्दैनन् ।

प्रधानमन्त्री ज्यू, जलस्रोतमा विस्वकै धनी देश नेपालमा किन सधैं पानीको हाकाकार मच्चिन्छ ? जुन देशका ८०५ जति नागरिक कृषिमा आधारित छन् भने किन हरेक वर्ष मुलुकमा भोकमरीको सन्त्रास फैलिन्छ ? तपाईं प्रधानमन्त्री रहुन्जेल कोहि नागरिक भोकै बस्न नपर्ने आदर्श छाँटेकै दिन राज्यको सुदुर कर्णालीतिर भोकमरीको सन्त्रास भन्ने समाचार कहाँ बाट आयो ? सायद त्यो समाचार छाप्ने पत्रकार तपाईंको खल्तिको थिएन ? या भनौ ती सुदुरका नागरिकहरु हाम्रो राज्य भित्र का होइनन ? मलाई किन किन आजकाल यस्तो लाग्छ त्यो हास्यकलाकार धुर्मुस सुन्तलीको जोडि नै हाम्रो असलि इमान्दार सरकार हो र तपाईं लगायतले भरिएको त्यो सिंहदरबार केवल हास्यकलाकारहरुले भरिएको रंगशाला हो ।

प्रधानमन्त्रि ज्यू, तपाईंका अन्धा आदर्शवादीहरु आजकाल तपाईं र तपाईको सिद्धान्तको अनावश्यक देवत्वकरण गरेरै सामाजिक सञ्जाल रंगिन बनाईदिएका छन्, उनीहरुकै भाषामा तपाईले देखाएका फुस्रा सपना नदेख्ने नदेखाउने र कोरा कल्पनाले रत्नपार्कको भित्ता रंग्याउन नसक्नेहरु सिर्फ परजिवी हुन ती मानव होईनन्, हो म परजिवी नै हु किनकि म कोरा कल्पनाले ती तनाम खाली भित्ता रंग्याउ सकिन तरके हामी एकवारको जिन्दगीमा सिर्फ सपना र कोरा कल्पना मै सिमित हुनु पर्ने हो ? २०६० सालमै काठमाडौको खाल्टोमा सुरक्षित अवतरण भै सक्नु पर्ने मेलम्चीको पानी आज १५ वर्ष बिति सक्दा समेत किन आउन सकेन ? के २०६० साल पछि तपाईंको पार्टीले  सरकारको  प्रतिनिधित्व गरेकै छैन ? के तपाईंको पार्टी विगत २५ बर्ष देखि मुलुकको प्रमुख प्रतिपक्षी दल पनि होईन ? सुशील कोईरालाको सरकारमा तपाईं कै सिफारिस मा राधा ज्ञवाली जलस्रोत भएकी थिईन तपाईं यति बेला खुब आदर्श छाट्नु हुन्छ तर उनलाई त्यतिठूलो भ्रष्टाचारको आरोप लाग्दा समेत मुलुक को मुख्य कम्युनिष्ट पार्टीको अध्क्षको हैसियतले उनलाई सामान्य सोधपुछ समेत नगरी भस्टाचारीलाई उल्टै प्रश्रय दिनुको कारण के थियो ?

आजसम्म तपाईंकै पार्टिबाट उल्लेखनिय काम गरेका लालबाबु पण्डित, गोकर्ण बिस्टलगायत रवीन्द्र अधिकारीहरु किन पुन: कुनै मन्त्रालयको जिम्मेवारी पाउन सक्दैनन् ? अनि बन्छ मुलुक ? कसरी चल्छ तपाईको हिन्द महासागरमा ध्वजाबाहक पानी जहाज ? कसरी आउछ मेलम्चीको पानी काठमांडौ ? मुलुकको मुख्य समस्या भ्रष्टाचारहो होइन ? अस्ति भर्खर भारतिय नाकाबन्दीको फाइदा उठाउँदै देशभर कालोबजारी आतंक मच्याउनेहरुलाई आफैले काँधमा दोसल्ला थमाउँदै उच्च राष्ट्रवादीको बिल्ला भिराएको होईन ?

तपाईंकै एमाले भित्रको बौद्धिक विभाग एक भ्रष्टाचारीलाई गिरफ्तार गर्दा अन्याय भयो भनेर कुर्लियका होइनन् ? यी यावत समस्याहरु तपाईको आफ्नै आँखा अगाडि नाच्दा नाच्दै कसरी विस्थापन गर्नुहुन्छ तुईन ? कसरी सिर्जना गर्नु हुन्छ मुलुक भित्र एक लाख रोजगारी ? कहिले सम्म ती कुल्लि जस्ता नागरिकको आँखामा छारो हाल्नु हुन्छ ? अब कसलाई लगाउनु हुन्छ अग्रगामी परिवर्तन हुन नसक्नु को दोष ? जहाँ सम्म लाग्छ नागरिकहरुबाट यति सारो सहयोग र हौसला पाउने पहिलो  सरकार तपाईं कै हो । के पार्टीका अन्धा सिद्धान्तवादी र खल्तिका कलमेहरुले तपाईंको अनावश्यक देवत्वकरण गरेकै भरमा मुलुकले अग्रगाम छलाङ मार्ने हो ?

२०४५ साल तिरको नाकाबन्दीमा चीनले नेपालका ६–७ नाका खोल्ने र तेलको पाइप लाईन बिछ्याउने सम्झोता गर्दै गर्दा भारतीय विस्तारवादीहरु सङ्ग मिलेर पञ्चायत ढाल्ने तपाईंहरु मुख्य होईन ? २५० वर्ष अगाडी पृथ्वीनारायणले दक्षिणको छिमेकी धूर्त छ सतर्क रहनु भन्ने दूरदर्शी सन्देश छोड्दा छोड्दै उनै दक्षिण तिरका अवसरवादी झुण्डहरुसँग मिलेर उल्टै पृथ्वीनारायणका सन्तानहरुको ज्यू जीवन मास्नेहरु तपाईं हो होईन ? यदि होईन भने तपाईं हरुले संकेत गरेका ती व्यक्तिहरु आज राज्यका सामान्य नागरिकको हैसियतमा हुँदा समेत किन पक्रेर जेल कोच्न सक्नु हुन्न ? बडो अचम्म राणाकालमा हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज चल्थ्यो या राजतन्त्रमा औद्योगिकरणको ब्यापकता थियो भन्न तपाईं गणतन्त्रवादीहरुलाई अलिकति लाज लाग्दैन ? ती राजतन्त्र, राणाकाल निरकुंश भए भनेर गणतन्त्र ल्यायको होइन ? तपाईंको विचारमा देशभर औद्योगीकरणलाई ब्यापक बनाउने हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानीजहाज चलाउन सक्ने हैसियत राख्ने राणाजी, राजतन्त्र निरकुंश ? या आ–आफ्नो दलीय स्वार्थ र सिद्धान्त अनुरुप तिनै राजाले विस्तार गरेका उद्योग बेचेर खाने तपाईंहरुको लोकतान्त्रिक गणतन्त्र निरकुंश ? के लाग्छ दुई चार जना डिग्रीधारी सिद्धान्तबादीहरुको कागजी खोस्टो दाउमा राखेर ऋण उपलब्ध गराउँदैमा मुलुकमा औद्योगिकरणको लहर लाग्ने हो ? ४० लाख डिग्रिधारि बेरोजगार लाई १० लाखको दरले रिण उपलब्ध गराउदा राज्य को सिङ्गै २० वर्षको बजेट स्वाहा हुन आउँछ अनि के यस्तो तपाईको सस्तो लोकप्रियतालाई आखा चिम्लेर थपडी मार्दैमा मुलुकले अग्रगामी छलाङ मार्ने हो ?

प्रधानमन्त्री ज्यू भारतिय विस्तारवादी तथा विभिन्न मोर्चाहरुको गलत माग प्रति तपाईंले लिएको अडान प्रति म राज्यको एक फुस्रो मनुवा सदा आभारि हुनेछु तर के भने यी झिनामसिना दलीय स्वार्थ अनुसारका माग राख्दै सिंहदरबार घेर्ने परिपाटीको सुरुवात तपाईं काङ्ग्रेस एमालेबाटै भएको हो । यहाँ सिङ्गो मुलुक रुपान्तरणको कुरा दिनभर मदिरालयमा जाँड धोकेर बस्ने बकम्फुसेलाई फुस्रा आदर्श छाँटे जस्तो कदापि थिएन र हैन तर कालान्तरमा सोहि मुताबिक बनाउदै लगियो र म पुन: भन्दैछु तपाईंको बिकल्पमा अब पनि काङ्गेस या अन्य कुनै राजनैतिक शक्ति हुनै सक्दैन तपाईं जसरि फुश्रो आदर्श छाँट्नु हुन्छ परिवर्तनको लागि समाज रुपान्तरणको लागि सोहि मुताबिक शुसासनको खाँचो छ भस्टाचारलाई जरै देखि मिल्काउन आवश्यक छ मुलुक भरका कालोबजारी भष्टाचारीहरुसँग पाँच तारेमा लन्च डिनर या हिस्कि होईन जेल कोच्न आवश्यक छ अनि मात्र सम्भब होला हिन्द महासागरमा आफ्नै पानी जहाज आफै सिर्जित हुनेछन् । 

आज सम्म धेरै व्यवस्था आए गए, नागरिकको हकमा मिलेको छ सिर्फ ढुङ्गामाटो । एकताका तपाईं आफैले खुब ब्यङ्ग हान्नु हुन्थ्यो ठेलागाढा चढेर अमेरिका पुगिंदैन फेरि बर्तमानमा कसरी सम्भब भयो सपना देखेकै भरमा हिन्द महासागरमा ध्वजा रहित पानी जहाज ? सपना केवल सपना नै हो तपाईंका यी उक्तिहरु आफैमा हास्यास्पद छन आमा भन्नुहुन्थ्यो आखाले नदेखेका कुरा विस्वास गर्नुहुन्न तपाईं प्रधानमन्त्रि भयको यकवर्ष हुनै लाग्दा राष्ट्रियताको सवालमा देखाएको दरिलो अडान बाहेक सिन्को भाँचियको छैन सिद्धान्तबादीहरु जसरी प्रचार गरिरहेछन ती सब झुठ हुन मलाई थाहा छ अन्धा सिद्धान्तबादिहरुले जस्तो अनावश्यक देवदतत्वकरण गर्न मलाई आउदैन सिद्धान्त बादि झोला बोक्न जानियन बिकास वाद मानवियता स्वतह स्विकार हुन्छ यसकारण मलाइ यी नानाथरि तन्त्र या वादसँग सरोकार छैन तपाईंले बर्तमानमा देखायका सपनाहरुले त्यो मुलुकका नागरिकहरुलाई चुर्लुम्मै डुबाईसक्यौ कमसेकम ती सपनाहरु मध्य एक दुई सपना सत्यतामा परिणत गरिदिनुस म घरको आगन खनेर मन्दिर बनायर तपाईंलाई पुजा गर्नेछु हैन भने सिंहदरबारबाट बाहिरिदै गर्दा दुनियाँ बदल्ने सपना देखेको यथास्थिति प्रतिगामिहरुले दिएनन् जस्तो तुच्छ शब्द यी कानले सुन्न नपरोस् आजैबाट स–साना कामको सुरुवातमा लाग्नुस् पहिले आफ्नो स्वार्थलाई बाग्मतिमा बगाइदिनुहोस हेक्का राख्नु होला यदि तपाईंका सपना सिर्फ सपनामै सिमित रहेको खण्डमा तपाईं र तपाईंहरुको लुटिखाने राजनैतिक भाडो पनि धरासय अवस्थामा पुग्ने पक्कापक्की छ ।
जय देश जय ओली ।
प्रेषक
भिम खनाल


प्रकाशन मितिः २०७३ जेठ १३ गते विहीबार
दलालहरुको हातबाट बेचिएका युवा शक्तिहरु

दलालहरुको हातबाट बेचिएका युवा शक्तिहरु

-सीता पौडेल
      रातिको दुई बजिसकेको थियोे निद्रा मानौं कोसौ टाढा थियाे । सुनसान रात अनि कतै कतै कुकुरहरूको भुकाइले रातको सुन्यतालाई बिथोली रहेको थियो ।
  अब केही दिन मात्र बाकी थियो फेरि विदेशको यात्रालाई निरंतरता दिन ।फेरि आफ्नु घर परिवार छोडेर जानु पर्ने बाध्यता  ऐना जस्तै छर्लंग थियो । जतिजति दिन नजिक आउँथ्यो त्यतित्यति नै मन उदास हुन्थ्यो ।मलाई राम्रैसंग याद छ , परदेशमा बितेका ती हरेक दिन अनि ती हरेक पल मेरोलागी युग जस्तै भएको थियो तर समय परिवेशले धेरै कुरा सिकाएको हुनाले दुखलाई आफ्नो साथी मान्दै फेरि परदेशी भूमिमा फर्किन तयार पारेकी छु यो मन मस्तिष्कलाई ।
   म मात्रै होईन म जस्ता लाखौं युवा युवतीहरु विदेशीन बाध्य भएका छन् । देशको बिगर्दो अर्थतन्त्र , बेरोजगारी , महँगाई अनि भ्रष्टाचारले निम्त्याएको दुर्दशाको चपेटामा परेका हामी नेपाली यसैलाई स्वीकार गर्न बाध्य छौं । यसरी विदेशीने क्रम पनि द्रुतगतिमा नै छ । देशका शिक्षीत चेतनशील युवायुवती यसरी विदेशीएर आफ्नो श्रमको पसिनाले अरुको मरुभूमिमा सिचाइ गरि रहेका छन् ।
कास यी सबैकुरामा सरकार सचेत भइ दिएको भए र केही गर्ने अवस्था बनाई दिएको भए आज यसरी युवाशक्ति परदेशीभूमिको शरणमा हुने थिएन होला र हाम्रो देश नेपाल अनि हामी नेपालीको स्वाभिमानमा प्रश्नचिन्ह लाग्दैनथ्यो होला ।
   अझ खास गरि भन्ने हो भने खाडी मुलुकमा छिरेका युवाशक्तिहरुको स्तर या मुल्य भनौं अत्यन्त न्यून छ ।दलालहरुको हातबाट कयौं पटक बेचिन बाध्य भएको छ युवाशक्ति । समयमा पारिश्रमिक नपाउनु जबर्जस्ति श्रम र यौनशोषण हुनु , शारीरिक , मानसिक यातना दिनु ।यी सबै पिडाहरुलाई पनि नेपाली दूतावासले चासो नदिदा नेपालीहरु ठुलो मारमा परेका छन् ।
    शारीरिक र मानसिक पिडाको मार खेप्न नसकेर कयौं नेपालीहरुलाई हृदयघात भएर सुतेको ठाउँमा सुतेको सुतै भएको अवस्था भेटिन्छन् भने कोही आत्महत्या गर्न पुग्दछन् ।
   दलालहरुलाई मोटो रकम बुझाएर पीडित बनेका युवाशक्तिहरुको बारम्बार आग्रहको सुनुवाइ अहिलेसम्म भएको छैन् ।नेपालमा उनीहरुलाई एउटा काम बताइन्छ तर विदेश छिरी सके पछि उनीहरूलाई अरु नै काम दिइन्छ । न त घरनै फर्किन सक्छन् न त भने बमोजिमको पारिश्रमिक नै पाँउछन् ।रिन धन गरेर दलाललाई बुझाएको पैसाको भार तिर्न त दूर आफ्नो र आफ्नो परिवारको खर्च सम्म राम्रो संग धान्न सकेका छैनन् । आखिर किन र कहिले सम्म सरकार यसरी सुती रहन्छ ।
   न त नेपालमा नै गरि खाने बाटो छ न त विदेशमा नै । सरकारले यदि जथाभावी म्यानपावरहरु खोल्न नदिएको भए शायद यस्तो अवस्था आउने थिएन होला । यसरी खाडी मुलुकहरूमा विचल्लीमा परेका नेपालीहरुको ब्यथा पुरानै भै सक्यो तर अहिलेसम्म सरकार पक्षबाट कुनै पहल नहुदा दुख जहाँ को त्यहीँ छ अनि पीडितहरु पनि जहाँ का त्यही छन् दुर्घटनाको शिकार बन्न पुगेकाहरुलाई पनि नत राम्रो उपचार नै हुन्छ नत उनिहरुले पाएको पारिश्रमिकले भ्याउछ् ।
    देशमा आफ्नो भविष्य सुनिश्चित नदेखे पछि इजरायलमा कार्यरत नेपालीहरु पनि उतैबाट युरोप छिर्ने गरेका थुप्रै उदाहरणहरु छन् । विदेशमा बसेर वाक्क दिक्क भइ सकेकाहरु देशमा गरि खाने संकेत देख्ना साथ स्वदेश फर्किन तयार रहेको बताउँछन् । यसकोलागि सरकारले जतिसक्दो चाडाे भन्दा चाडाे देशमा सुव्यवस्था कायम गरि युवाशक्तिको पसिना परदेशी भूमिमा खेर जान नदिन कदम चाल्न जरुरी छ ।
(प्रकाशन मिति: २०७३ वैशाख ०९ गते बिहिवार)
नायिकालाई खुल्ला पत्र

नायिकालाई खुल्ला पत्र


– भिम खनाल
प्रिय कलाकारहरु जिन्दगि भर आँसुको समुन्द्रमा पौडिरहने नेपालीहरुलाई भरपुर मनोरन्जन दिने प्रयास गर्नुहुन्छ ह्दय देखि हार्दिक धन्यबाद तथा तपाईं हरुलाई कहि कतै सम्मान गर्न चुक्ने छैन ।

मैले एकमुस्ठ खुला पत्र लेख्दै गर्दा तपाईंहरु आ–आफ्नै योजना मा घनिभुत छलफलमा वयस्त हुनुहुन्छ होला या त भाबि कथाले मागेजस्तै सुन्दरता र शारिरिक बनावटको तयारिमा हुनुहुन्छ र मलाई राम्रैस· थाहा छ । यो पद र प्रतिष्ठा बिहिन फोस्रो मनुवाले लेखेको खुलापत्र पढ्ने समय तपाईंहरुलाई कति पनि छैन किनकि तपाईंहरु सेलिब्रेटी हो । हाम्रो समाजमा दोहोरो चरित्रको मान्यता या भनौ सेलिब्रेटिको आफ्नै घमण्ड छ आ–आफ्नै स्थान छ । शब्दकोषमा सेलिब्रेटि भन्नाले चर्चित या परिचित ब्यक्ति भनेर उल्लेख गरिएको छ । खासगरि टेलिभिजन या चलचित्रको पर्दा या आफ्नै प्रतिभाको कारण समाजमा आफ्नो अलग परिचाहन स्थापित गराउन सफल ब्याक्तिहरुलाई सेलिब्रेटि भनिदो हो मैले यो खुला पत्र लेख्नुको कारण केही दिन अगाडि चर्चित नायिका प्रियड्ढा कार्कीले आफ्नो फेसबुकको खाली सञ्जाल मार्फत छताछुल्ल बनाएर पोखेको स्टाटस हो प्रियड्ढा मात्र होइन बेला बेला प्राय नेपाली नायिकाहरुको वालमा यस्तै तनाब पूर्णशब्दहरुले स्थान पाएका हुन्छन या भनौ आफ्नै दर्शकहरुको अस्शिल टिप्पणिको झटारो सहन बाध्य छन नेपाली महिला कलाकार मैले यो खुला पत्र लेख्दै गर्दा कहि कतै तपाईंहरुको भावनामाथि आँच आउने खालका शब्दहरु प्रयोग गर्ने छैन किनकि मलाई थाहा छ मेरि आमा पनि यक नारी हुन् ।

तपाईंहरुलाई सायद थाहा नै छ नारीहरु श्रष्टिको अनुपम उत्कृष्ट रचना हुन र दुनियाले जे भनोस तनाम नारीहरुको सुन्दरता मापन सालिनता या लज्जामा हुने गर्दछ अन्य अर्थ नलागोस सायद तपाईं नायिकाहरु भ्रममा हुनुहुन्छ कि तपाईहरुको सौन्दर्यता छालामा छ । जुन तपाईंले लगाइरहेको पहिरनले छोपेको छ र त तपाईंहरु पहिरन उतार्ने होडबाजिमा हुनुहुन्छ मलाई यस्तो लाग्छ नेपाली चलचित्र जगतमा मानवियता या चेतना भन्ने कुराको अलिकति पनि हेक्का राखिदैन ।

तपाईंहरु जान या अञ्जानमा उहीँ मानवियता नभएको संसारमा कथाले मागे जति दिनुहुन्छ कथाले जे पनि माग्न सक्छ र मलाई थाहा छ । तपाईंहरु आफ्नो रहरले उदाङ्गिनु हुन्न तपाईंहरुलाइ कसैले उदाङ्गो बनाईरहेको छ यो समाज का ठालु या पूँजिपति बर्गहरु पैसाको अघोर घमण्डमाथि उत्पात मच्याउदै अरुलाइ नङ्ग्याउन र नग्न शरीरमाथि शोषणका चुम्बन वर्षाउन लालायित छन् तिनै बर्गहरुमाथि तपाईंहरुको अगाडि तपाईं नङ्याउनु हुन्छ । आफुलाई र उनीहरुले सल्काएको यौन शोषणको आगोमा तेल थपिदिनु हुन्छ अनि समाज माथि दोष थुपार्नु हुन्छ । वास्तवमै कलाले कहि कतै नाङ्गो शरीर माग्दैन कलाले कलाकारको सुन्दरता र प्रतिभालाई समाजको हरेक तह र तप्कामा प्रस्तुतिकरण दिन्छ अन्य अर्थ नलागोस तपाईं कलाकारहरु आफ्नो ईजत र सुन्दरतालाई लिलामीमा राख्नुहुन्छ र कुनै चलचित्रको पर्दामा देखिनकै लागि कचौरा थापेर भिख माग्नु हुन्छ (कलाको भिख) कलाकार को सुन्दरता उसको रुप शारीरिक बनावट या उसको अङ्गसँग तुलना गरिदैन उसको कलाकारिता सँग उसको सुन्दरता जोडिएको हुन्छ । यदि उक्त क्षेत्रमा आफुलाइ टिकाई राख्न कै लागि अँग प्रदर्शन र नाङ्गो  शरीरको प्रस्तुतिकरणलाई कलाकारिता मानिन्छ । भने त्यो तपाईंहरुको भ्रम हो तमाम दर्शक तथा फ्यानहरु चलचित्र हल सम्म कलाकारको नाजुक स्थिमा रहेको  नाङ्गो  छाला हेर्न जाँदैनन् । तपाईंहरुको कला र अभिनय हेर्न जान्छन सायद यस्तै तनाम कारणहरु छन । जोसँगकला भएर पनि कतै गुमानाम छन । किनकि उनिहरु आफुलाई उदाङ्गो बनाउन चाहान्नन् दयाहाङ राई सुन्दर या सारिरिक बनावटले साथ दिएको कलाकार हैनन तर उनको विशेष किसिमको कलाले उनको सुन्दरता झल्काउछ र लाखौ को मन जित्न सकेका छन ।

खासमा कलाकारसँग सिङ्गो समाजले घनिभुत सम्बन्ध राखेको हुन्छ । कतिपय स्थानमा कलाकार आफ्नो ब्याक्तिगत स्वार्थलाई त्याग गर्न सक्नु पर्ने हुन्छ कलाकारले समाजमा नकरात्मक हैन सकरात्मक सन्देश प्रवाह गर्न सक्नु पर्ने हुन्छ सायद तपाईंहरु कहिल्यै आफुलाई दर्शकको धरातलमा उभाएर हेर्नु हुन्न होला । रविन्द्र मिश्रले कहिं कतै उल्लेख गरेका थिए –कुनै शब्दलाई शब्दकोषले जसरी उल्लेख गर्याे त्यसरि उल्लेख गर्नु पर्छ भन्ने होईन वास्तविक कलाकार या सेलिब्रेटी ती हुन जसले समाजको ठोस रुपान्तरणका लागि पेशागत दायरा भन्दा बाहिर गएर आफ्नो प्रतिभालाई प्रयोग गर्छन् । त्यसो नगर्नेहरु सिर्फ पेशाकर्मी हुन । सेलिब्रेटि होइनन् ) त्यसो त अफ्रिकामा भोकमरीले मर्न आटेका लाखौ मानिसका लागि आफ्नो साँगितिक प्रस्तुतिद्वारा करोडौ उठाएका बब गेल्डोफ भन्दा झण्डै नाङ्गिएर आधा नितम्ब देखाउदै गित गाउने ब्रिट्नि को सेलिब्रेटि पहिचान बढि छ । हुन त प्रियड्ढाका उक्त स्टाटस सँगै समाज मा आफुलाई शिक्षित बर्ग सोच्नेहरुबाट विभिन्न टीका टिप्पणि नभएको होईनन अफसोच यस्तो लाग्थ्यौ उनले कतै दयाको भिख मागिरहेकि छिन र कचौरा मा दुई चार शब्द खसाल्न लालायित छन् ती बौद्धिक अपा·ता भएका खप्परहरु हुन त तपाईंहरुको शरीर तपाईंहरुको आफ्नै हो तपाईंहरुलाई जसरी प्रदर्शन गर्न मन छ । त्यो तपाईंहरुमा निहित छ र स्वतन्त्रता को सबाल पनि हो । तर बुझ्नै पर्ने कुरा के भने मानव मनोबिज्ञान एक अचम्म को किटाणु हो जो समाजमा नकरात्मक भाईरल बनेर फैलिन समय लाग्दैन तपाईं हरु दर्शक दिर्घा प्रति टीका टिप्पणि गर्नु भन्दा पहिले आफ्नो कलाको माध्यमबाट आफूलाई निपूर्ण बनाउनुस आफ्नै क्षमताद्वारा आफ्नै धरातल मा उभिने प्रयास गर्नुस तपाईंहरुलाई कसैले गलत टिप्पणि गर्ने हिम्मत राख्ने छैन । हुन त यस परिवर्तित समाजमा त्यस्ता खराब पात्र या चरित्र नभएका होइनन ती कायर हुन जसलाई फासिको सजाय पनि कम हुन्छ । कलाकारिताको बिल्ला भिर्दैमा आफुलाई उदाङ्गो बनाउनु पर्छ भन्ने कहिं कतै लेखिएको छैन । देशको संस्कृति, सम्पदा रितिरिबाज बचाइ राख्न तपाईं कलाकारहरुको महत्वपुर्ण भूमिका हुन आउँछ ना‌ंगिनु  आधुनिकता हैन हामी आधुनिकताको नाममा १७ औ शताब्दि तिर धकेलिदै छौ । आफुलाई कलाकार भनेर चिनाइसकेपछि सकरात्मक या नकरात्मक कुराको ख्याल गर्नै पर्ने हुन्छ । तब मात्र कलाकारहरु देशका गहना हुन सक्छन जब कलाकारले उसको कला मार्फत समाजमा सकरात्मक छाप छोड्न सफल हुन्छ । समाजलाई सकरात्मक बाटो तर्फ बढ्न मद्दत पुर्याउछ । अन्यथा देशका गहना कदापि हुन सक्दैनन हुन त केही कलाकारहरु देशकै नमुना को रुपमा प्रस्तुत नभएका होईनन उनीहरु समाज रुपान्तरणको लागि पेशागत दायरा भन्दा धेरै माथि उठिसकेका छन् । उदाहरण को लागि मह जोडी, सुन्तली–धुर्मुस जोडी तथा अन्य तनाम कलाकारलाई लिन सकिन्छ । आशा छ तपाईंहरु पनि समाजको नमुनाको रुपमा प्रस्तुत हुनुहुनेछ र तनाम दर्शक तथा सुभचिन्तकहरुको सुझाबको मनन गर्नु हुनेछ ।

जय नारी जय देश !

आत्महत्या समस्याको समाधान हैन

आत्महत्या समस्याको समाधान हैन


– दीपिका भुसाल
जीवन न कसैले सोचे जस्तो हुन्छ न रोजे जस्तो ¤ कुन बेला कस्तो मोड, कस्तो परिस्थिति आउँछ आफैंलाई थाहा हुँदैन । मान्छेले हजारौं सपनालाई अंगाल्दै जिन्दगी अगाडी बढाई रहेको हुन्छ । कति बेला कस्तो किसिमको बज्रपात आउँछ, चोट पर्दछ पत्तो समेत हुँदैन । मान्छेको मन पनि मौसम जस्तै परिवर्तन हुन्छ तर जिन्दगी नै संघर्ष हो संघर्षनै जिन्दगीको जिउने आधार हो । जीवनसँग हार मान्नु हुँदैन जीवनमा जस्तो पनि परिस्थिति आउने गर्दछ ।

तिनै नयाँ नयाँ चुनौती र परिस्थितिले जिबन के हो भन्ने बुझ्ने मौका लिएर आउछ नयाँ–नयाँ चुनौतीहरुलाई सहज रुपमा स्वीकार गर्नको लागि क्षमता प्रदान गर्दछ । मानिसले समय अनुसार आइपरि आउने सबै कुरालाई सहज रुपमा स्वीकार गर्न नसक्दा वर्षेनी हजारौं मानिसले आत्महत्या गर्ने गरेका छन् ।

तर किन मान्छे आत्महत्यासम्म पुग्दछ ? दिनदिनै जताततै आत्महत्याको समचार छापिन्छ । आत्महत्या रोग नभइ विभिन्न कारणले निम्ताउने समस्या हो, डिप्रेसन हो मानसिक तनाव हो । मानिसहरूले बिभिन्न किसिमका समस्या, रोगहरुको सामना गरिरहेको भेटिन्छ । संसारमा अहिले मानिसको मृत्यु हुने कारण विभिन्न किसिमका रोग र आत्महत्या रहेका छन् ।

दिनप्रतिदिन आत्महत्या गर्नेहरुको संख्या बढ्दो छ । १० वर्षे बच्चा, युवा देखि लिएर वृद्धवृद्धाहरुले पनि आत्माहत्या गरेको सुनिन्छ र देखिन्छ । आत्महत्याले विकराल रुप लिएको पाईएको छ । बेला बेला आउने गरेका समचारहरुले आम मानिसहरुलाई झन त्रसित गराएको छ । जो आफ्नो बच्चाहरु छोडेर उनीहरुको लालनपोषणको लागि देश भित्र लगायत अन्य मुलुकमा रोजगारको सिलसिलामा रहदै आएका छन् । सन्तानको भविष्यको लागि देशमा राम्रो रोजगार नभएको कारण र बढ्दो महंगीले नेपाल भारत लगायतका अन्य देशका महिलालाई समेत बच्चाहरुबाट टाढा रहेर काम गर्न बाध्य बनाएको छ । बच्चाहरुको बढ्दो महत्वोकांक्षा, उनीहरूको एक्लोपन र गलत संगतले नसालु पदार्थ एवम् कुलतमा फंस्ने

 गरेको पनि भेटिन्छ । यस्तै विदेशमा रहेका अभिभावकहरु प्राय: बच्चाहरु कुलतमा फँसेको र कुलतमा फस्छन कि भन्ने चिन्तामा रहेको देखिन्छ । त्यसैमाथि जीवनलाई नबुझ्दै गर्ने लिभिङ् टुगेदर रिलेसनशिप लगायतमा धोका, अविश्वास र अपरिपक्को अवस्थामा रहेको अवैध गर्भधारणले युवायुवतिहरुलाई आत्माहत्या गर्न बाध्य बनाएको भेटिन्छ र वृद्धवृद्धाहरुले आफ्नै सन्तानबाट बेहोर्न परेको अपहेलना र मानिसक तनाव आर्थिक अभाव, विभिन्न किसिमका रोगहरुलाई खप्न नसकेका कारण समेत आत्माहत्या गर्ने गरेको पाइन्छ ।

विश्वमा सबै भन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ । त्यस्तै भारत र नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दो छ । आत्महत्या गर्नेमा आम नागरिक देखि चर्चित सेलिब्रिटीहरुको संख्या उतिकै देखिन्छ । यति बेला भारतकी चर्चित कलाकार प्रतुषा बेनर्जीको आत्महत्याले भारत लगायत अन्य देशमा समेत सनसनी मच्चाएको छ । उनको आत्महत्याको कारण उनका प्रेमीबाट भएको धोका र विश्वासघात भनिएको छ । भारतमा पनि अन्य चर्चितव्यक्तिहरुले पनि आत्मा हत्याको बाटो रोजिसकेका छन् ।

त्यस्तै नेपालमा  जेनिसा खड्का, आलोक नेम्वाङ, लगायत अन्य चर्चित व्यक्तिहरुले पनि आत्महत्या गरेका छन ।

मनोवैज्ञानिकहरु भन्छन् कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ । मानव मस्तिष्कमा चौबिसै घण्टा राम्रा विचार मात्र सिर्जना हुँदैन । कतिपय वेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसले मुख्य बाटो अपनाउन खोजेको बताउँछन । त्यस्तै आत्मबल कम्जोर हुने व्यक्तिहरुमा त्यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरुन्त आत्महत्या गर्ने तर्फ लाग्छन् । आत्महत्याको सोचाइ गरिरहेको बेलामा साथीभाइ अथवा अन्य मानिसको भेटवार्ता र मनोरञ्जन तिर मनलाई मोड्दै  समयलाई टार्न सक्यो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाई मनोवैज्ञानिकहरुको छ ।

यसरी आत्महत्याको क्रम बढिरहँदा एउटा प्रश्न सधै अपुरो रहने गर्दछ । आखिर किन गर्छन् मानिसहरूले आत्महत्या ? आत्महत्या गर्ने कारणहरुमा गरिवी, पारिवारिक कलह, अधुरो प्रेम, आर्थिक अभाव र जीवनमा असफलताजस्ता मानसिक तनावका कारणले मानिसहरु आत्महत्या गरेको देखिन्छ । यस्तै उच्च जीवन शैली कायम राख्न नसक्दा, व्यापारिक घाटा, आर्थिक समस्या, आफन्तको मृत्यु, दैवीप्रकोप, आत्मसम्मान घट्दै गएको अवस्थामा पनि आत्महत्या गरेको पाइन्छ । एक्लोपन, गल्ति वा अपराध वोध, ज्यादा महत्वकांक्षा, प्रेममा धोका, दीर्घरोगी, नकारात्मक सोच, महिलाको अस्तिवमा पर्ने चोट पीडाहरु पनि आत्महत्याको कारण रहेको देखिन्छ । यसरी समस्या देखिने तर समस्याको समधान गर्न नसक्दा कतिपय मानिसहरु आफ्नो जिबनलीला आत्महत्याद्वारा समाप्त परेको भेटिन्छ । तर हामीले बुझ्नैपर्ने कुरा के हो भने संसारमा समस्याको जन्म हुनुभन्दा पहिला नै त्यसको समाधानको पनि जन्म भएको हुन्छ । हरेक समस्याको समाधान छ, हामीले समस्यासँग सामना गर्न सक्नु पर्छ । आत्महत्यालाई समस्या समाधानको माध्यम बनाइनु हुँदैन । आत्महत्या गरेर गयो भने मान्छेको जीवन समाप्त हुन्छ समस्या समाधान हुँदैन । अत: समस्या समाधान गर्ने, समस्याको हल खोज्नेतिर ध्यान दिनु पर्दछ । यदि त्यसो गर्न सकिएमा कसैले पनि अनाहकमा अकालमा देह त्याग अर्थात आत्महत्याको बाटो रोज्ने छैनन् ।

पर्वत, हाल इजरायल