प्रधानमन्त्री ज्यूलाई खुला पत्र

प्रिय प्रधानमन्त्री ज्यू, तपाईंलाई यो खुला पत्र लेख्दै गर्दा तपाई चिर निद्रामा देखियको सपनाको बाढी आफ्ना खल्तिका कलमेहरु बोलाएर पत्रकार सम्मेलन गरी सार्वजानिक गर्ने तयारिमा हुनुहुन्छ होला र मलाई थाहा छ तपाईलाई खुलापत्र लेखिसकेपछि तपाईका अन्धा सिद्धान्तवादीहरु मलाई शव्दहरुले तिखो प्रहार गर्नेछन् किनकि ती सिद्धान्तवादीहरुलाई सार हैन सिर्फ सिद्धान्तसँग मतलब छ तिनिहरुको दिनचर्या आजकाल सिद्धान्तीय बिचार नमिल्ने या सहमत नजनाउनेहरुमाथि शब्दहरुको बारुदी यन्त्र वर्षाउँदै धम्काएर बित्ने गरेको छ । हो ती सिद्धान्तावादीहरुले भने जस्तै आजकाल म सपना देख्न छाडिसके देखौं पनि कसरी ? तपाईं जस्तै सिद्धान्तवादीले देखाएका सपना र रत्नपार्कको भित्तो केरेर नसकिने कोरा कल्पनाहरुले मलाई पुरिदिएको छ ।

तपाईंले वर्तमानमा किस्तामा देखाउने सपनाहरु खासै नौला पटक्कै होईनन्, करिब १४ बर्ष अगाडि मुलधारको राजनितिमा सुरक्षित अवतरण भैसकेपछि तत्कालिन ए माऔवादी नेता प्रचण्डले यउटै शव्दमा देखाईदिएका थिए सायद ऊ बेला प्रचण्डका ती सपनाहरू प्रयोगसालामा परीक्षण हुन नपाउँदै धावा बोल्दै हावामा उडाइदिने तपाईं लगायत तपाईंका सिद्धान्तवादीहरु मुख्य थिए । अत: तपाईका ती कोरा सपनाहरुमाथि आँखा चिम्लेर विस्वास गर्नु पर्ने आधार के छ ? 

जब अर्कैले देखाएका ती सपनाहरु तपाईंलाई विस्वास थिएन, मलाई थाहा छ तपाईका सपनाहरु नौला पटक्कै होईनन् र असम्भव त झन छँदै छैनन् । तर के भने हाम्रो मुलुक मा जबरजस्ति सपना देखाउने तपाईं जस्तै हास्य कलाकारहरुको कति पनि कमि छैन ती सपनाहरुलाई थथार्थमा बदल्न चाहनेहरुको कमि छ अत: मेरो बुझाइ देशले आजको आजै अग्रगामी छलाङ मार्नु पर्छ भन्ने कतिपनि होईन मुख्य कुरा तपाईंले देखाउने कोरा सपनाहरु आजसम्म आई पुग्दा कहाँ कसरी अध्ययन अनुसन्धान भएका छन ? ती सपनाहरुको सुरुवात कहाँ पुगेको छ ? वर्तमानमा मुलुकको प्रमुख समस्या के थियो ? भोकमरीको तातो पनियुले भोको पेटमा डामेका नागरिकहरुलाई पहिले एकछाक अन्नको आवश्यता हो या प्रशान्त महासागरमा चल्ने ध्वजा बाहक पानीजहाज ? हुन त तपाईं जिन्दगिभर एक गाँस अन्न गुमाउन नपर्ने भाग्यमानीहरुलाई भोकको पीडा या यी झिना मसिना सबाल बारे हेक्का हुने कुरै भएन ।

हामी वर्षाै देखि आन्तरिक समस्याको खाडल भित्र जाकिएका छौं ती आन्तरिक समस्याहरुले विकासका प्राकृतिक सिद्धान्तहरुलाई प्रतिस्थापन गरिदिएको छ । मुलुक वर्षाै देखि रोग भोक र शोकको चपेटामा छ जब सम्म मुलुकभर फैलिएको रोग भोक र शोक साम्य हुन सक्दैन तपाईंका ती मंगल ग्रहमा बस्ति बसाउने सपनाहरु चाहेर पनि शक्तिमा बदलिन सक्दैनन् ।

प्रधानमन्त्री ज्यू, जलस्रोतमा विस्वकै धनी देश नेपालमा किन सधैं पानीको हाकाकार मच्चिन्छ ? जुन देशका ८०५ जति नागरिक कृषिमा आधारित छन् भने किन हरेक वर्ष मुलुकमा भोकमरीको सन्त्रास फैलिन्छ ? तपाईं प्रधानमन्त्री रहुन्जेल कोहि नागरिक भोकै बस्न नपर्ने आदर्श छाँटेकै दिन राज्यको सुदुर कर्णालीतिर भोकमरीको सन्त्रास भन्ने समाचार कहाँ बाट आयो ? सायद त्यो समाचार छाप्ने पत्रकार तपाईंको खल्तिको थिएन ? या भनौ ती सुदुरका नागरिकहरु हाम्रो राज्य भित्र का होइनन ? मलाई किन किन आजकाल यस्तो लाग्छ त्यो हास्यकलाकार धुर्मुस सुन्तलीको जोडि नै हाम्रो असलि इमान्दार सरकार हो र तपाईं लगायतले भरिएको त्यो सिंहदरबार केवल हास्यकलाकारहरुले भरिएको रंगशाला हो ।

प्रधानमन्त्रि ज्यू, तपाईंका अन्धा आदर्शवादीहरु आजकाल तपाईं र तपाईको सिद्धान्तको अनावश्यक देवत्वकरण गरेरै सामाजिक सञ्जाल रंगिन बनाईदिएका छन्, उनीहरुकै भाषामा तपाईले देखाएका फुस्रा सपना नदेख्ने नदेखाउने र कोरा कल्पनाले रत्नपार्कको भित्ता रंग्याउन नसक्नेहरु सिर्फ परजिवी हुन ती मानव होईनन्, हो म परजिवी नै हु किनकि म कोरा कल्पनाले ती तनाम खाली भित्ता रंग्याउ सकिन तरके हामी एकवारको जिन्दगीमा सिर्फ सपना र कोरा कल्पना मै सिमित हुनु पर्ने हो ? २०६० सालमै काठमाडौको खाल्टोमा सुरक्षित अवतरण भै सक्नु पर्ने मेलम्चीको पानी आज १५ वर्ष बिति सक्दा समेत किन आउन सकेन ? के २०६० साल पछि तपाईंको पार्टीले  सरकारको  प्रतिनिधित्व गरेकै छैन ? के तपाईंको पार्टी विगत २५ बर्ष देखि मुलुकको प्रमुख प्रतिपक्षी दल पनि होईन ? सुशील कोईरालाको सरकारमा तपाईं कै सिफारिस मा राधा ज्ञवाली जलस्रोत भएकी थिईन तपाईं यति बेला खुब आदर्श छाट्नु हुन्छ तर उनलाई त्यतिठूलो भ्रष्टाचारको आरोप लाग्दा समेत मुलुक को मुख्य कम्युनिष्ट पार्टीको अध्क्षको हैसियतले उनलाई सामान्य सोधपुछ समेत नगरी भस्टाचारीलाई उल्टै प्रश्रय दिनुको कारण के थियो ?

आजसम्म तपाईंकै पार्टिबाट उल्लेखनिय काम गरेका लालबाबु पण्डित, गोकर्ण बिस्टलगायत रवीन्द्र अधिकारीहरु किन पुन: कुनै मन्त्रालयको जिम्मेवारी पाउन सक्दैनन् ? अनि बन्छ मुलुक ? कसरी चल्छ तपाईको हिन्द महासागरमा ध्वजाबाहक पानी जहाज ? कसरी आउछ मेलम्चीको पानी काठमांडौ ? मुलुकको मुख्य समस्या भ्रष्टाचारहो होइन ? अस्ति भर्खर भारतिय नाकाबन्दीको फाइदा उठाउँदै देशभर कालोबजारी आतंक मच्याउनेहरुलाई आफैले काँधमा दोसल्ला थमाउँदै उच्च राष्ट्रवादीको बिल्ला भिराएको होईन ?

तपाईंकै एमाले भित्रको बौद्धिक विभाग एक भ्रष्टाचारीलाई गिरफ्तार गर्दा अन्याय भयो भनेर कुर्लियका होइनन् ? यी यावत समस्याहरु तपाईको आफ्नै आँखा अगाडि नाच्दा नाच्दै कसरी विस्थापन गर्नुहुन्छ तुईन ? कसरी सिर्जना गर्नु हुन्छ मुलुक भित्र एक लाख रोजगारी ? कहिले सम्म ती कुल्लि जस्ता नागरिकको आँखामा छारो हाल्नु हुन्छ ? अब कसलाई लगाउनु हुन्छ अग्रगामी परिवर्तन हुन नसक्नु को दोष ? जहाँ सम्म लाग्छ नागरिकहरुबाट यति सारो सहयोग र हौसला पाउने पहिलो  सरकार तपाईं कै हो । के पार्टीका अन्धा सिद्धान्तवादी र खल्तिका कलमेहरुले तपाईंको अनावश्यक देवत्वकरण गरेकै भरमा मुलुकले अग्रगाम छलाङ मार्ने हो ?

२०४५ साल तिरको नाकाबन्दीमा चीनले नेपालका ६–७ नाका खोल्ने र तेलको पाइप लाईन बिछ्याउने सम्झोता गर्दै गर्दा भारतीय विस्तारवादीहरु सङ्ग मिलेर पञ्चायत ढाल्ने तपाईंहरु मुख्य होईन ? २५० वर्ष अगाडी पृथ्वीनारायणले दक्षिणको छिमेकी धूर्त छ सतर्क रहनु भन्ने दूरदर्शी सन्देश छोड्दा छोड्दै उनै दक्षिण तिरका अवसरवादी झुण्डहरुसँग मिलेर उल्टै पृथ्वीनारायणका सन्तानहरुको ज्यू जीवन मास्नेहरु तपाईं हो होईन ? यदि होईन भने तपाईं हरुले संकेत गरेका ती व्यक्तिहरु आज राज्यका सामान्य नागरिकको हैसियतमा हुँदा समेत किन पक्रेर जेल कोच्न सक्नु हुन्न ? बडो अचम्म राणाकालमा हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानी जहाज चल्थ्यो या राजतन्त्रमा औद्योगिकरणको ब्यापकता थियो भन्न तपाईं गणतन्त्रवादीहरुलाई अलिकति लाज लाग्दैन ? ती राजतन्त्र, राणाकाल निरकुंश भए भनेर गणतन्त्र ल्यायको होइन ? तपाईंको विचारमा देशभर औद्योगीकरणलाई ब्यापक बनाउने हिन्द महासागरमा नेपाली ध्वजा बाहक पानीजहाज चलाउन सक्ने हैसियत राख्ने राणाजी, राजतन्त्र निरकुंश ? या आ–आफ्नो दलीय स्वार्थ र सिद्धान्त अनुरुप तिनै राजाले विस्तार गरेका उद्योग बेचेर खाने तपाईंहरुको लोकतान्त्रिक गणतन्त्र निरकुंश ? के लाग्छ दुई चार जना डिग्रीधारी सिद्धान्तबादीहरुको कागजी खोस्टो दाउमा राखेर ऋण उपलब्ध गराउँदैमा मुलुकमा औद्योगिकरणको लहर लाग्ने हो ? ४० लाख डिग्रिधारि बेरोजगार लाई १० लाखको दरले रिण उपलब्ध गराउदा राज्य को सिङ्गै २० वर्षको बजेट स्वाहा हुन आउँछ अनि के यस्तो तपाईको सस्तो लोकप्रियतालाई आखा चिम्लेर थपडी मार्दैमा मुलुकले अग्रगामी छलाङ मार्ने हो ?

प्रधानमन्त्री ज्यू भारतिय विस्तारवादी तथा विभिन्न मोर्चाहरुको गलत माग प्रति तपाईंले लिएको अडान प्रति म राज्यको एक फुस्रो मनुवा सदा आभारि हुनेछु तर के भने यी झिनामसिना दलीय स्वार्थ अनुसारका माग राख्दै सिंहदरबार घेर्ने परिपाटीको सुरुवात तपाईं काङ्ग्रेस एमालेबाटै भएको हो । यहाँ सिङ्गो मुलुक रुपान्तरणको कुरा दिनभर मदिरालयमा जाँड धोकेर बस्ने बकम्फुसेलाई फुस्रा आदर्श छाँटे जस्तो कदापि थिएन र हैन तर कालान्तरमा सोहि मुताबिक बनाउदै लगियो र म पुन: भन्दैछु तपाईंको बिकल्पमा अब पनि काङ्गेस या अन्य कुनै राजनैतिक शक्ति हुनै सक्दैन तपाईं जसरि फुश्रो आदर्श छाँट्नु हुन्छ परिवर्तनको लागि समाज रुपान्तरणको लागि सोहि मुताबिक शुसासनको खाँचो छ भस्टाचारलाई जरै देखि मिल्काउन आवश्यक छ मुलुक भरका कालोबजारी भष्टाचारीहरुसँग पाँच तारेमा लन्च डिनर या हिस्कि होईन जेल कोच्न आवश्यक छ अनि मात्र सम्भब होला हिन्द महासागरमा आफ्नै पानी जहाज आफै सिर्जित हुनेछन् । 

आज सम्म धेरै व्यवस्था आए गए, नागरिकको हकमा मिलेको छ सिर्फ ढुङ्गामाटो । एकताका तपाईं आफैले खुब ब्यङ्ग हान्नु हुन्थ्यो ठेलागाढा चढेर अमेरिका पुगिंदैन फेरि बर्तमानमा कसरी सम्भब भयो सपना देखेकै भरमा हिन्द महासागरमा ध्वजा रहित पानी जहाज ? सपना केवल सपना नै हो तपाईंका यी उक्तिहरु आफैमा हास्यास्पद छन आमा भन्नुहुन्थ्यो आखाले नदेखेका कुरा विस्वास गर्नुहुन्न तपाईं प्रधानमन्त्रि भयको यकवर्ष हुनै लाग्दा राष्ट्रियताको सवालमा देखाएको दरिलो अडान बाहेक सिन्को भाँचियको छैन सिद्धान्तबादीहरु जसरी प्रचार गरिरहेछन ती सब झुठ हुन मलाई थाहा छ अन्धा सिद्धान्तबादिहरुले जस्तो अनावश्यक देवदतत्वकरण गर्न मलाई आउदैन सिद्धान्त बादि झोला बोक्न जानियन बिकास वाद मानवियता स्वतह स्विकार हुन्छ यसकारण मलाइ यी नानाथरि तन्त्र या वादसँग सरोकार छैन तपाईंले बर्तमानमा देखायका सपनाहरुले त्यो मुलुकका नागरिकहरुलाई चुर्लुम्मै डुबाईसक्यौ कमसेकम ती सपनाहरु मध्य एक दुई सपना सत्यतामा परिणत गरिदिनुस म घरको आगन खनेर मन्दिर बनायर तपाईंलाई पुजा गर्नेछु हैन भने सिंहदरबारबाट बाहिरिदै गर्दा दुनियाँ बदल्ने सपना देखेको यथास्थिति प्रतिगामिहरुले दिएनन् जस्तो तुच्छ शब्द यी कानले सुन्न नपरोस् आजैबाट स–साना कामको सुरुवातमा लाग्नुस् पहिले आफ्नो स्वार्थलाई बाग्मतिमा बगाइदिनुहोस हेक्का राख्नु होला यदि तपाईंका सपना सिर्फ सपनामै सिमित रहेको खण्डमा तपाईं र तपाईंहरुको लुटिखाने राजनैतिक भाडो पनि धरासय अवस्थामा पुग्ने पक्कापक्की छ ।
जय देश जय ओली ।
प्रेषक
भिम खनाल


प्रकाशन मितिः २०७३ जेठ १३ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment