गर्मी मौसम र बालबालिकामा झाडापखालाको संक्रमण

– डा. अरुण कुमार सिंह

गर्मी मौसममा धेरैजसो बालबालिका झाडापखाला रोगको शिकार हुन्छन् । जारमा पाइने पानीपुरी, चटपटे आदि खुल्ला खानेकुरा खाने चलन बालबालिकाहरूमा पनि बढ्दो छ । बालबालिकाहरू घरमा बनाइएका खानेकुरा भन्दा यस्ता खानेकुरामा बढी नै लोभिन्छन् । यस्ता खानेकुरा खाँदा पेट दुखेर झाडापखाला तथा बान्ता हुनसक्छ ।

बालबालिकाको उमेर र रोग लाग्ने कारण:
सामान्यतया: एक वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन् । गर्मीमा मात्र नभै जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन् । त्यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन् । बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन । बिरामी पर्ने धेरै कारणहरू हुन्छन् । बालबालिकालाई झाडापखाला लाग्नु कारण भाइरल, बैक्टेरियल, परोटोजÞाले गर्दा बालबालिकामा झाडापखाला लाग्ने गर्दछन् ।

मौसम बदलिनु, पाचन अङ्गको काममा खराबी आउनु, बेमौसमी खानेकुरा, फास्टफुडको सेवन, धेरै नुनिलो, पिरो र मसालेदार खाना धेरै खाएमा, पच्नु नसक्ने खाने कुरा खाएमा, तारेको, भुटेको, धेरै चिल्लो खाने कुरा खाएमा, खाइसकेको खाना पचि नसक्दै फेरि खाना खानु, पेटमा जुका पर्नु, भय, शोक, दु:ख, मानसिक तनाव, आतंकको प्रभाव, राती अबेरसम्म बस्नु आदि ।

पखाला लाग्नुभन्दा पहिले बिस्तारै पेट दु:खनु, कहिले थोरै गाढा त कहिले पानी जस्तै पातलो दिसा तेजसँग लाग्नु, शारीरिक दुर्बलता, पेट थिच्दा दु:खनु, जिब्रो सुक्नु, आदि लक्षण देखिन्छन् ।
बच्ने उपाय र प्राथमिक उपचार:
झाडा पखालाको उपचार घरमा पनि गर्न सकिन्छ तर दिसामा लगातार पानी मात्र आएमा शरीरमा पानीको मात्रा कम हुँदै जान्छ, यस्तो अवस्थामा तत्काल चिकित्सक अर्थात स्वास्थ्यकर्मीसँग उपचार गराउन उचित हुन्छ । दुई देखि तीन दिन डायरिया भएमा डिहाइड्रेशन हुने बढी चान्स हुन्छ ।
चिकित्सकीय उपचार
आइवी फ्लूयड्स र उपचार 
पखालामा (डायरिया)मा डिहाइड्रेशन भय डाक्टरले आइवी फ्लूयड्स दिन्छ । यसले शरीरको पानी कमिहुनबाट रोक छ । जुन बालबालिका डिहाइड्रेशनले गर्दा केही खाने पिउन न सके त्यस्तालाई आइवी फ्लूयड्स चढाउने गर्छ । औषधि र  इलेक्ट्रोलाइट्स हुन्छ ।
जीवाणु संक्रमण
डायरिया अर्थात झाडापखालामा संक्रमण अन्त्य गर्न पारो बायोटिक्स दिन्छ । बैक्टेरियल संक्रमणकोलागि एंटीबायोटिक दिन्छ । ई–कोलाई संक्रमण डायरिया रोगीलाई एंटीबायोटिक दिन्छ ।
झाडापखालाको औषधि:
झाडापखाला रोक्न बालबालिका (१ वर्ष मुनि) लाई औषधि दिनुहुँदैन । जीक को चकी, जीवनजल आदि दिनु पर्छ र समय मा डाक्टरको सल्लाह अनसार रेखदेख गर्नुपर्दछ ।
 विधि:
– बासी, तारेको, भुटेको, पिरो, मसालेदार खाने कुरा तथा गहुँबाट बनेको खाद्य पदार्थ नखाने ।
– रक्सी, चिया, कफी, दुध नपिउने ।
– झिंगा बसेको, बासी, नछोपेको खाने पिउने चीज नखाने ।
– फ्रिजमा राखेको खाने कुरा बाहिर निकालेर तुरुन्तै नखाने ।
– अमिलो, आलु, भण्टा कोभी, अचार नखाने ।
– अगाडिदेखि नै काटेर राखेको प्रदुषित सलाद नखाने ।
(डा. अरुण कुमार सिंह बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा बालरोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ ।)

(प्रकाशन मितिः २०७३ जेठ १३ गते बिहीबार)

SHARE THIS

Author:

Facebook Comment