राष्ट्र बिखन्डनको बाटोमा जाने तीन कारण

-मिनबहादुर थापा

आजकाल बेलाबेलामा संघिय गणतान्त्रिक धर्म निरपेक्षवादी माथिल्लो स्तरका नेताहरुको जुन भनाइ आउने गरेको छ नि चाहे स्वर्गीय शुशील कोइराला हुन् चाहे वर्तमान रास्ट्रपति विद्या देवी भण्डारी हुन् वा शशांक, शेखर यस्तै यस्तै अरुअरुले भन्ने गर्छन् धर्म निरपेक्ष भन्ने शब्द खै कसले राख्यो ? गिरिजा प्रसाद कोइरालादेखि अरु पार्टीका नेताहरुलाई कसैलाई पनि थाहा थिएन । राजसंस्था जानुमा गिरिजा र राजा ज्ञानेन्द्रको टकरावले हो ।

संघीयता यस्तो सानो देश थोरै जनसंख्या भएको मुलुकले धान्न सक्दैन आदि इत्यादी भन्ने गर्छन । यो भन्नुमा दुइटा  कारण हुन सक्छन् । पहिलो कारण ०६३ को जनान्दोलनमा राजसंस्था र हिन्दु राष्ट्रको खिलाफमा नेपाली जनता छँदै थिएनन् शान्तिको नाममा बिदेशी को षड्यन्त्रमा थुपारिएको हो यसैका कारण आज मुलुक दिन दिनै असफल हुँदै जादै छ । तसर्थ यो राज्य व्यवस्था धेरै टिक्न सक्दैन यसबाट बच्नका लागि पनि उनीहरुको भित्रि आत्माले गल्ति महुसुस गर्दै बोलेको हुनु पर्छ्र ।

दोस्रो कारण हिन्दु राष्ट्र र कुनैं न कुनै रुपको राजसस्थाका लागि निकट भविष्यमा नेपालमा ठूलो आन्दोलन हुँदै छ त्यसलाई अहिले देखि नै केहि हद सम्म निस्तेज पार्न नेपाली जनताको मनोभावनालाई आफूतिर तान्न र आफ्ना दलका हिन्दुवादी समर्थक कार्यकर्ता र मतदाताहरुलाई त्यो हुने आन्दोलनमा नजाउन भन्नका लागि पनि यस्ता खाले अभिव्यक्ति दिने गरे को हुनु पर्छ । यसबाट हिन्दु राष्ट्र नेपाल होस् भन्ने चाहनेले यो षड्यन्त्रको अर्को रुप हो भन्ने बुझी आफ्नो आन्दोलनलाई अझ सशक्त बनाउन आवश्यक छ भन्ने बुझ्दा राम्रो होला । साथै अर्को महत्वपूर्ण कुरा उनीहरु कै ठुला नेताहरुलाई पनि थाहा नै नभई आएको राजनैतिक परिवर्तनले साँच्चि नै देश र जनताको कल्याण गर्ला त ?

तसर्थ यो संघीय धर्म निरपेक्ष राज्य व्यवस्था यिनीहरुको मगज र बलबुतोबाट नभएर प्रत्यक्ष विदेशीको मिलोमतो र निर्देशनमा लादिएको हो भन्ने यो भन्दा ठुलो प्रमाण अरु के हुन सक्छ ? प्रतेक राष्ट्रवादी नेपालीले समयमा नै बुझौ यो राज्यव्यवस्थाले कदापी राष्ट्रिय हित गर्दैन विदेशीको हित गर्छ । क्षेत्रीय विभाजन, जातीय भावना र धार्मिक असहिष्णुताले राष्ट्र बिखन्डनको बाटोमा जाने निश्चित छ वर्तमान राज्य व्यवस्थाले आर्जन गरेको अहिले सम्मको चेतना र सम्पति नै यहि हो । जय हिन्दु राष्ट्र नेपाल ।

प्रकाशन मितिः २०७३ असार २ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment