पारस शाहलाई खुल्ला–पत्र

पारस विक्रम शाह चार वर्षपछि नेपाल फर्किए, फर्किनु नै पर्ने थियो फर्किए राम्रो भयो । म यो क्राइम चेक साप्ताहिक पत्रिकाको खुल्ला पत्रमा तिमीलाई युवराज या सरकारको रुपले नहेरी एउटा मेरो आफ्नै भाईको नजरले हेर्दै मलाई लागेका केहि खास कुराहरु पस्कने कोशिस गर्दै छु ।

भाई पारस, तिमीलाई कसैले गाँजा खाने गजेड्या भने, कसैले आबारा, कसैले बदमास, धेरै कुराहरू जुन तिम्रा लागि राम्रा छैनन्, तिमी बैंकक बसेर पनि तिमीले गरेका कुराहरु म नजिकबाट नियाल्ने गर्थे किन कि म तिम्रो एक शुभचिन्तक थिए र छु ।

तिमीले अहिले सम्म मेरो मात्रै नभएर नेपाल र नेपालीको केहि बिगारेको छैनौ, न तिमीले भ्रस्टाचार गर्‍यौ, न तिमीले मान्छे मार्ने /मराउने काम गर्‍यौ, न तिमीले यत्रो दुई सय पचास वर्षको खाई पाई आएको राजतन्त्र जाल झेल द्वारा समाप्त पार्दासम्म पनि कुनै पनि नेपालीलाई उचालेर नेपाली नेपाली बिच भिडाउने काम गर्‍यौ, यो तिम्रो मात्रै नभएर पुरै तिम्रो परिवारको शालीनता नै हो जसले जे भने पनि यो यथार्थ हो ।

नरहे बाँस न बजे बाँसुरी भने जस्तै अहिले गणतन्त्र पश्चात देशमा जन्मिएका बिखण्डनवादीहरुलाई भित्र भित्रै साथ दिन पनि सक्थयौ तर तिमीले यो काम गरेनौ । त्यसो त तिम्रो पिताजीलाई हालका गणतन्त्रबादीहरुले प्रचण्ड भनेको नै राजा ज्ञानेन्द्र हो न भनेका होइन तर गलत गलत नै हुन्छ, आज तियो झुट कुरा नेपाली जनतामा बोल्नेहरु देशमा भ्यागुतो उफ्रे झैँ उफ्रिंदै छन् तर धार्नी भने पुग्ने अवस्था देखिदैन । जे होस्, तिमी एउटा आधुनिक नेपाल राष्ट्र निर्माण गर्ने जिउँदो पुर्खाका सन्तान हौ । नेपाल रहुञ्जेल तिम्रो पुर्खाको नाम, शाख रहिरहने छ । एक असल नेपाली तिम्रो पुर्खाको बलिदान र योगदानलाई युगौं युगसम्म याद गरि रहने छ ।

बादलले एकछिन सूर्यलाई छेक्छ तर त्यो केहि समयमा नै समाप्त हुने छ । हाम्रो नेपाली समाजमा यो कुराको बडो घमण्ड गर्ने चलन छ । तिमी के हो भने मेरो हजुर बुबाले प्रजातन्त्रका लागि लडेका थिए, कसैले भन्छन् होइन मेरो बुबाले त गणतन्त्र लोकतन्त्र का लागि लडेका मरेका थिए, कसैले भन्छन् मेरा दाजुले त्यो बेला पाठशाला खोलेका थिए, मन्दिर, अस्पताल बनाएका थिए आदि आदि भनेर घमण्ड गर्ने चलन छ तर तिमी त यो नेपाल आर्जिने, निर्माण गर्ने सम्पूर्ण नेपाली बस्ने अटाउने घर बनाउनेका निजै अधिकार प्राप्त सन्तान हौ, तिमीमा आत्मा गौरब हुनु पर्छ म त्यस्ताको सन्तान हुँ भनेर ।

हेर भाई पारस, बिगतमा जे भयो, भयो । त्यसले कसैलाई हानी नोक्सानी पुर्‍याएको छैन, हानी नोक्सानी पुर्‍याएको छ भने तिमी आफैंलाई र तिम्रो परिवारलाई, आज लोकतन्त्र, गणतन्त्र, भन्नेहरूले राष्ट्रलाई नै नोक्सानी पुर्‍याउँदै आइरहेका छन्, । पारस भाई तिम्रो कारणले मलाई र हाम्रो देशलाई नोक्सानी होइन, कता कता नमिठो लागेको छ अब तिमी परिवर्तन हौ जहाँ मिठो मात्रै होस् यसैमा तिम्रो र तिम्रो परिवार को हित छ ।

यसो गर्‍यौ भने मलाई पनि खुशी र गौरव हुने छ अनि म मेरा शत्रुसँग छाती खुल्ला गरेर भन्न सक्ने छु युवराज सरकार पारस को जय होस् । धन्यवाद ।

– मिनबहादुर थापा

प्रकाशन मिति:२०७२ चैत्र २५ गते विहीबार

SHARE THIS

Author:

Facebook Comment