रोजगरीकोलागि सरकारी दृष्टिकोण

–निरन्जन घिमिरे

विगतको जनयुद्ध, शन्तिप्रकृया, निकाश अनि शान्ति स्थापना भैसके पछिको स्थिति । डोरी जति लामो बाटेपनी गाठो एउटै कुरा देश , शान्ती सुरक्षा र रोजगारीकै.....


धेरै लामो समयको पर्खाइ पछि देशले एउटा संविधान नामको मात्र पूर्णता पायो । अझै पनि धेरैजसो जनतालाई चित्त बुझाइ भने छैन । अनि कामको त कुरै छाडौं, आशावादी जनता आशै आशमा मात्र सीमित छन् । अझै पनि राजनीतिक दलहरुको खिचातानी उस्तै छ । भाइ फुटे गवार लुटे भने झै यिनीहरुको कमजोरी, आपसी कलह र कुर्सीकोलागि तछाड र मछाड गर्ने प्रवृत्तिले गर्दा छिमेकी राष्ट्रहरुले सजिलै मौकामा चौका हानिरहेका छन् । यति हुँदा पनि नेताहरुलाई चासो छैन फेरी नेपाली जनताहरुले चैं किन कुरा नबुझेका होलान् ?

हाम्रो देश नेपाल गरिब त होइन यति सानो सुन्दर देश नेपाल किन विकासको बाधक बन्यो त ? कारण अन्तर्राष्ट्रिय सहयोगमा भ्रष्टाचार अनि देशमा भएको जलस्रोत र बनस्पतिको सहि सदुपयोग हुन नसक्नु ।
नेतालाई त आफ्नो पेट भर्न पाए भैगो “देश र जनता त गए भाँडमे” देशमा गरौं त केही छैन जसो तसो गर्न खोज्दापनि बन्द र हडताल अनि देशका युवाशक्ती बिदेशीनु भन्दा दोश्रो उपाय नै छैन । यी नेतालाई त बाँदर भन्दापनी फरक पर्दैन केही गर्ने वातावरण पनि न बनाइदिने अनि गर्न खोज्दा पनि आफ्नो मान्छे मात्रै हेर्ने अनि देश कसरी बिकास हुन्छ त ?

अझ वैदेशिक रोजगारमा हेर्ने हो भनेत नेपालकालागी सबै भन्दा तल्लो स्तरको काम र थोरै पैसाकोलागि मात्रै माग गरिन्छ त्यसमा पनि दलालको हातमा परेपछि कमाउन आएको गरिब ऋण तिर्नै एकवर्ष लाग्छ ।
विदेशिएका नेपालीहरु खाडीको घाममा मरि मरि आफ्नो ज्यान बाजीमा राखेर दु:ख गरी पसिना बगाउँछन अनि नेता भनाउँदाहरु घुमाउने कुर्सीमा बसेर टन्न रेमिटेन्स खान्छन त्यसमा पनि दु:ख पर्दा चासो गर्दिदैनन् ।
खाडी मुलुक लगायत अन्यत्र देशमा दु:ख साथ साथै अनेक किसिमका पीडा सहँदै आएका छन् हरेक दिन लुटाइको नाममा पिटाइ खाँदै र काटिदै आएका छन् । अझ मलेसियामा कार्यरत नेपालीहरुको अवस्था हेर्ने हो भने त दिनहुँ चाइनिजको पेलाइ, कालेको कुटाइ र पुलिसको लुटाइबाट सास्ती खेप्दै आएका छन् । लुटाइको नाममा हरेक दिनजसो काटिन्छन् अनि सुतेको ठाँउमा मृत्यु भनि मलेशियाले नेपाल पठाइदिन्छ । यस्तो हुँदा पनि नेपाल सरकार केही नबोली मौन भएर बस्छ, किन?

नेताहरुलाई बोल्न पैसा लग्दैन पद नपाउन्जेलसम्म के केन गर्छु जस्तो गर्छन् कुर्सीमा पुगेपछि सरकारको काम कहिले जाला घाम भने जस्तो गर्छन् ।

यस्तो लाचारी र नामर्द सरकार हुनु भन्दा त नेपाल र नेपाली जनतालाई आफ्नो प्राण भन्दा प्यारो भनी माया गर्ने राजा नै ठिक थिए कमसेकम देशमा शान्ति त थियो । तसर्थ अब सम्पूर्ण नेपालीमिलि कुहिएको आलु छान्ने बेला भएको छ हाम्रो सुन्दर देश नेपाललाई अझ सुन्दर बनाउनु छ सिङ्गो देश नेपाल बनाउनु छ ।

प्रकाशन मितिः २०७३ वैशाख ३० गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment