तराई, पहाड हुँदै हिमाल छुनुमा ।
दु:खेको घाउमा आफैंले मल्हमपट्टी लगाउँदै आफैं पुनर्निर्माणमा जुट्ने कि कोही आउला केही देला भनेर आकाशतिर हेलिकप्टर हेर्दै, रोडमा गाडी र खच्चर हिंड्ने बाटोमा खच्चरको पिठ्यूँ हेर्दै बस्ने ?
हिजो मात्र हाम्रा मोदी वाह वाह पाएर फर्कन नपाउँदै त्यही सम्मानको बदलामा भुकम्पले लगाएको घाउमा नाकाबन्दी गरेर नुन चुक लगाए । हाम्रा छिमेकी भनाउँदाहरू दुई केजी चामलमा बाइबल बिकाइरहेका छन् र आफ्ना ईश्वरको बिक्री गरिरहेका छन् । हामी आफ्नो देशको राजा र राजपरिवारलाई सम्मान गर्न सक्दैनौं राजपरिवारका सदस्यको नाममा रहेका ठाउँ, सडक र ऐतिहासिक महत्वका चीजहरूको नाम फेर्छौं तर त्यहीं विदेशी राजाको छोरा जो एकतन्त्रीय शासन व्यवस्थामा नै छ, उसलाई भगवान जस्तै पुज्छौं । उसले टेकेका ठाउँहरूमा उसकै नामकरण गर्छौं । आखिर हामी एकतन्त्रीय व्यवस्थासँग रुष्ट रहेनछौं, रहेछौं त केवल पैसासँग ।
भोली कुनै देशका राष्ट्रपति आउलान्, राजा आउलान् र हाम्रो पशुपति, वौद्धनाथ घुम्लान अनि केही सफा गरेजस्तो गर्लान् त्यसको आधारमा हाम्रो पशुपति वौद्धनाथको नाम फेर्दिने ?
अझ दु:खको कुरा त यो छ कि कुनै दिन बाराक ओबामाले नेपाल घुम्लान् अनि हामी दानी नेपालीले नेपालको नाम ओबामा प्यालेस राखिदिऔं, हाम्रो चन्द्रसूर्यले के भन्ला ? हाम्रा सन्ततिले कति सराप्लान् ? यसतर्फ पनि सोच्ने की ?
कुनै ठाउँका मान्छेलाई कोही कसैलाई आफ्नो स्वार्थकोलागि प्रभावमा पार्यो भन्दैमा नारीलाई माइतिले दिएको पेवाजस्तो जसलाई पायो त्यसलाई दिन मिल्छ र ?
सूचना आचार्य
गोरखा, हाल: काठमाण्डौ
प्रकाशन मिति: २०७२ चैत्र २५ गते बिहीवार