वीरगंजमा लाखुट्टेको आतंक

क्राइमचेक प्रतिनिधि/
वीरगंज/बढ्दोगर्मीसँगै वीरगंज उप महानगरपालिका क्षेत्रमा लामखुट्टेको आतंक पनि बढ्न थालेको छ ।

बढ्दो शहरीकरणसँगै नगरक्षेत्रमा थुप्रिएका फोहोर तथा खुल्ला नालाको उचित व्यवस्थापन हुन नसक्दा यस क्षेत्रमा लामखुट्टेको प्रकोप बढेको जनाइएको छ ।

बढ्दो लामखुट्टे आतंकका कारण विभिन्न किसिमका रोगको संक्रमण बढ्ने खतरा पनि उत्तिकै बढेको छ ।

वीरगंज उप महानगरपालिकाले नगरका सबै वडामा सरसफाइ, तथा खुल्ला नालामा थुप्रिएको फोहोरलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न नसकेककै कारण यस क्षेत्रका लाखौं जनताहरू लामखुट्टो आक्रमणका शिकार हुन पुगेका हुन् ।

लामखुट्टे टोकाइकै कारण यस क्षेत्रबाट वर्षेनी विभिन्न रोगका संक्रमणको शिकार हुने गरेका छन् ।

प्रकाशन मिति: २०७२ चैत्र २५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment