गजल

जनतालाई चोट दिएर चल्दैछ कानुन 
 हातभरी नोट लिएर चल्दैछ कानुन
 
सरकार र नेताहरुको कुरैनगरम यहाँ 
मन्त्रीहरुलाई कोट सिएर चल्दैछ कानुन

विकास र राष्ट्रियताको नारा लगाउँदै
संविधान कै बोट खिएर चल्दैछ कानुन

सोझा सिधालाई गन्दैनन कसैले पनि यहाँ 
पसिना को लोट पिएर चल्दैछ कानुन



पदम खतिवडा
इलाम चुलाचुली
हाल: दोहा कतार

प्रकाशन मितिः २०७२ चैत्र २५ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment