राजा महेन्द्र र गणतन्त्रः एक विश्लेषण

सन्दर्भः पुस १ गते
असफल गणतन्त्र, सफल राजा महेन्द्र !!! 


-प्रवीण अधिकारी
भन्यो भने मण्डले र राजावादीको उपमा पाइएला तर शाह वंशीय राजाहरुलाई सरापेर , उनीहरुको औचित्य मेटेर , तिनको इतिहाँस पाखालाएर गणतन्त्रको औचित्य पुष्टि हुदैन ! हुने भए १२ बुंदे नौ बर्षमै काया पलट हुन्थ्यो ! सूचना दिन मालिककोमा धाउनु पनि पर्थेन ! नेपाललाई बिगत १२ बर्ष देखि आफ्नो राजनैतिक , आर्थिकको सवल माध्यम बनाइदा राजा महेन्द्रको नीति पहिल्याउदै तयार परिएको भौतिक पूर्वाधार , औद्योगिक बिकाशको अवधारणा , सार्वजनिक संस्थान र कलकारखाना ,यातायातका संस्थागत स्वरुप साझा ,ट्रली बस लगायत औद्द्योगिक क्षेत्रको बिकाशको अवधारणा , त्रिभुवन बिमानस्थल सहितका अन्य विमानस्थलहरु , पूर्व पश्चिम राजमार्ग र अन्य उत्तर दक्षिण राजमार्गहरु देख्ता ०४५ साल पछिको प्रजातन्त्र ,लोकतन्त्र र गणतन्त्रलाई लाज लाग्नु पर्ने हो !

राणाकालिन दरबारहरुमा मन्त्रालय र भागबण्डाको अख्तियार आयुक्त पद , राजदूतहरु , पंचायतले बनाइदिएको अन्तरास्ट्रिय सम्मेलन केन्द्रलाई संबिधानसभा र व्यवस्थापिका संसद बनाउने भातेहरुले एक मात्र सरकारी बायुसेबालाई गणतान्त्रिक उचाईमा पुर्याएर थला परेको छ ! इतिहाँसलाई सरापेर , त्यसको बदख्वाइ गरेर गणतन्त्र दीर्धजीवी हुन् सक्नेछैन ! बुढा महाराज पृथ्वीनारायण देखि राजा ज्ञानेन्द्र सम्मलाई दोषी देखाएर सगरमाथा उक्लिने भए खण्डता अखण्डता , स्वयतत्ता, धर्म निरपेक्षता/ सापेक्षता, क्षेत्रीय पहिचान, जातीय पहिचानको संघीय लोकतान्त्रिक गणतन्त्र तिनका मन्त्रदाता गुरुको स्तरमा पुग्ने थियो !


नेपालमा राजनीतिक स्वार्थ सिद्ध गर्न भारतीय बंगाली रेजिमेण्ट्स भित्र्याउने कांग्रेश ,०२८ सालको नाइके एमाले र १० बर्षे आतंककारीहरुले निर्धक्क भएर १० बर्षदेखि साशन गरीरहेका छन् ! राजतन्त्र फर्किने डरले स्वार्थ प्रेरित भएर जातीय ,शंघीय ,नश्लीय नारा उचालिएको छ ! संसदमा राष्ट्र बिखन्डनको मुद्दामा बहस चलाइएको छ ! भिजन , मिसन ,आँट खोकिलामा राखेर निकाश र बिकाश खोजिदैछ ! गणतन्त्र रुपी नाइट बस ब्रेक फेल भएर त्रिशुलीमा खस्नै लागेको बेला राजा महेन्द्रको देश चलाउने तथा शान्ति र स्थीरता कायम गर्ने सोच,नेपालको सुदृढीकरणका लागि उनले गराएका काम , बाह्य अतिक्रमण रोक्न वंशजको नागरिकतामा कडाइ गराइएको नीति , हदबन्दी लगाएर जमिनमा किसानहरूको मिहियानी हक कायम हुने व्यवस्था , विदेशी कुटनीतिज्ञहरूलार्ई आफ्नाअगाडी शीर झुकाउन लगाउने महेन्द्र संग अहिलेको नेपालको राजनीतिक क्षितिजमा देखिएका कुनैपनि पत्रु र झोलेहरुलाई दाज्न मिल्दैन !

नेपाललाई अस्तव्यस्त पार्न आफ्ना भरौटेहरुलाई राजतन्त्र कालको ब्याख्या गर्न लगाइयो ! नेपालको २४० बर्षको एकात्मक शासन ब्यबस्था , राजतन्त्र काल उच्चारण गरेपछि क्रान्तिकारी ,परिवर्तनबादीमा सहजै दर्ताहुने बातावरण श्रीजना गरियो ! मुलुकको बाँदरकाट गर्ने अनुमति माग्न भारतको गुहार लाउने संस्कार संस्थागत गरियो ! ग्रामिण र औद्योगिक ईलाका र क्षेत्रहरु लुटेर खान पाइन् भन्ने युद्ध सरदारहरुको लोकतन्त्र नेपाल भारतलाई सुम्पिने दीर्ध योजनामा स्थापित गराएर लगियो !

राजा महेन्द्रको योगदान :
===============
नेपाल भित्र भारतीय रुपियालाई पन्छाउदै नेपाली रुपिंयाको चलन , नेपालको संयुक्त राष्ट्र शंघको सदस्यता ,पूनर्बास , पूर्ब पश्चिम राजमार्गको अबधारणा ल्याएर नेपाललाई " इन्डीपेनडेन्ट " बनाएको हो ! विकेन्द्रीकरणकोलागि अंचल , जिल्लाको सिमाकरण गर्दै १४ अञ्चल र ७५ जिल्लाको प्रशासनिक खाका ,जिल्लाका सदर मुकाम जोडने बाटोको योजना , जमिन्दारको हातमा पुगेको जग्गा जमिन बाड् फांड गरी बर्मामा भएका नेपालीलाई देश फर्कन लगाएको कुरा , पहाडका मान्छेलाइ तराइ क्षेत्रमा सारी मिश्रित बस्तीको अबधारणा , योजनाबद्ध बिकाशको जग , भारतीय सिमाबर्ती ईलाकामा तराइका जिल्लाहरुको सदरमुकाम राख्ने व्यवस्था गरेर सिमा सुरक्षाको रणनीति , भारत र चीनसंग समदुरीको सिद्धान्त , बिदेशी मुलुकहरु संग पन्चशीलको सिद्धान्तको अवधारणा र बिकाश त्यै राजा महेन्द्रको राष्ट्रबादको देन हो !

बर्तमान नेपालमा राजा महेन्द्र र पंचायतको कुरो गर्नासाथ भारत विरोधीको परिचय टासिन्छ ! तर कसले बुझेको छैन ? हामीलाई जसले भारत बिरोधी भन्छ उ नै भारतको पेरोलमा हुन्छ ! देश भित्रै राष्ट्र द्रोह जन्मिन्छ भने भारतकोलागि खुसीकै कुरा हो !जुन देशमा आफ्नो राजनैतिक हितकोलागि जातीय ,शंघीय ,नश्लीय नारा पुज्य गराउने चेष्टा गरिन्छ त्यहाँ श्री ५ महेन्द्र जस्ता राष्ट्रबादी , दुरदर्शी राजालाइ गाली गर्नु स्वाभाविक हो !

(अधिकारीको फेसबुकवालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment