संघिय गणतन्त्र राज्य र धर्मनिरेपेक्षलाई नेपालीले कसरी बुझ्ने ?

-मिनबहादुर थापा

संघिय गणतन्त्र राज्य र धर्मनिरेपेक्ष लाई अब हामी नेपाली ले कसरि बुझ्ने ? हाल का दिन मा आम नेपाली को चासो को बिषय बनेको  छ |साशन सत्ता मा पुग्ने जो कोहि व्यक्ति वा राजनैतिक दल हरु लाइ सस्थागत भ्रस्टाचार गर्न का लागि बैधानिकता हुनु पर्ने | अख्तियार दुरुपयोग आयोग भने को देखाउने दाँत मात्रै हो जसले सर्ब साधारण नेपाली नागरिक लाइ मात्रै कारबाही गर्न पाउने राजनैतिक दल का नेता र तिनका धुपौरे कार्यकर्ता ले  गरेका अनैतिक अनिमियता सम्बन्धि हेर्न नपाउने | न्यायलय भनेका थापना मात्रै हुन् ,जसले संघिय गणतन्त्र र धर्म निरेपेक्ष बादी दल क नेता कार्यकर्ता ले कसै लाइ पनि मार्दा सकभर मुद्दै नलाग्ने मुद्दा लागि हाले भुल्चुक ले उस बिरुद्द निर्णय भैहाले मा प्रहरी ले समात्न नपाउने | चुनाब आयोग को काम चाही गणतन्त्र बादी  हरु लाइ शासन सत्ता मा पुर्याउन बेला बेला मा चुनाब गरिए जस्तो गर्ने जसरि भए पनि उनीहरु ले नै चुनाब जित्नु  पर्ने तेस्मा पनि माओबादी र कमुनिस्ट हरु ले | केहि कथाम चुनाब हारेमा धाधली भएको ठहर हुनु पर्ने | नेपाल सेना ,नेपाल प्रहरी हरु ले चाही गणतन्त्रबादी धर्मनिरेपेक्षबादी दल हरु ले जता भन्यो तेतै दगुर्नु पर्ने | भ्रस्टचारी ,बलात्कारी ,कालोबजारी ,जियान मारा, अशान्ति महंगी नाताबाद ,कृपाबाद सबै लाइ मौलाउन दिनु पर्ने   डन र तस्कर हरु  लाइ सम्रक्षण  गर्नु पर्ने | बहाल वाला संबिधान लाइ निर्दो, अशाहाय ,गरिब निमुखा नेपाली ले मान्नै पर्ने गणतन्त्र धर्म निरेपेक्षबादी हरु  ले मानी राख्नु नपर्ने तेस्मा पनि मन्त्रि ,प्रधान मन्त्रि ले संबिधान ले निर्देसित गरेको सफथ पत्र मा जे लेखिए पनि रास्ट्रपति ले सफथ खुवाउदा सफथ पत्र अनुसार बोले पनि मन्त्रि ,प्रधान मन्त्रि ले सफथ पत्र मा भएको कुरा बोलि राख्नु पर्ने कुनै बाध्यता नहुने |यसरि नै हामी आम नेपाली जनता ले बुझिदिए अहिले को संघिय गणतन्त्र धर्म निरेपेक्ष राज्य ब्यबस्था लाइ मात्रै नभएर यसका सम्रक्ष्क र सम्बाहक हरु लाइ पनि  सहयोग पुग्ने थियो भन्ने कुरा बुझ्दा राम्रो हुने थियो भन्ने कुरा हामी ले बुझ्दा कसो होला ?

SHARE THIS

Author:

Facebook Comment