प्रशान्त महासागर
जीवनमा सधैं सम्मान र अपमान, हक अधिकार जस्ता संघर्ष सुनाउने कुराहरुले जीवनलाई क्षणिक पनि सुख नदिई उथलपुथल पार्ने कार्य सम्पादन गरिरहेको हुन्छ जुन बुझ्न हामीसँग कहिल्यै समय हुँदैनन् र त्यही अभाव समयले जीवनमा धेरै नै प्रभाव पारेको हुन्छ यहाँसम्म कि शायद जीवन त्याग्नलाई समेत पछि नपर्ने पनि हुन्छन । जीवन जस्तो बहुमूल्यवान तत्वहरुको समिश्रणलाई पनि तुच्छ नै ठान्नेहरु विभिन्न आकडामा छन नै भने कतिपय मनुष्य जीवन पाएर पनि त्यसको अर्थ र मर्मलाई नसम्झिनेहरु पनि असंख्य मात्रामा छन नै । त्यो भन्नुको अर्थ आफुसँग भएको वस्तु र सारलाई केलाएर बुझ्न नचाहनु नै हो अर्को शौखिन प्रवृति जस्मा मेहनत र परिश्रम नेपालीहरुको मातहतमा न्युन हुनु नै हो । नेपालीहरु जो नेपालको भूभागमा बसोबासित छन दिनानुक्रम अनुसार मेहनत कम फल प्राप्ति ज्यादाको मनोवृतिबाट ग्रसित हुँदै गएका छन भने स्वदेश छोडि विदेशमा मर्न र मार्न समेत जागरुक छन मानौं गोरखाली भनेको एउटा कुनै ब्राण्ड जस्तै जुन विदेशमा शानपूर्वक देख्न सुन्न पाईन्छन भने इतिहासमा पनि त्यस्ता धेरै व्याख्या विश्लेषणहरु छन । हुन त म पनि नेपाली नै हुँ मेरो मेहनत कम भएको देख्दा म देखि म पनि सशंकित छु नै कि म अब पनि त्यही नेपालीकै वीज हुँ र...?
समय र परिस्थिति हुन त २१ औं शताब्दी हो तैपनि मभित्रको मौहलले मलाई पछाडि नै धकेलेको नै महशुस गर्छु किनभने यहाँ जिउने जीवनहरुको लक्ष्य केवल खाना चपाउनु नै रहेको छ जुन सबै जीवले गरेकै छन त्यस उसले पनि म मनुष्य हुँ कि अरु नै... सोच्न म बाध्य छु भने मेरा व्यवहारहरुले घृणलाग्दो कार्य सोच्छन र देखाउँछन । आखिर कहिलेसम्म र किन ती त्यस्ता घृणलाग्दो अवाच्छनीय कार्यहरु सम्पन्न हुन्छन । एउटा मानवले अर्को मानवको जीवनमा खेलवाड किन गर्छन ? बाँच्ने र मर्ने अधिकार सबैको समान हुन भने ती समानतामा असमानता उत्पन्न कस्ले, के का लागि गर्छन यो समाज र मनुष्य जीवनमा शेष रहेको दाग हो । आज त्यही दागले गर्दा जता हेरे पनि त्यतै नमिल्ने कुराहरु मात्र शेष रहन गएको छ भने उन्नति र समृद्धि एक नेपालीको लगभग चारै दिशाबाट असम्भव भन्ने जाहेर भएको छ । यहाँ मनुष्यहरु जन्मिन्छन मात्र आबादीको लागि मात्र जन्मिन्छन, खाने लाउने चिन्ताले ग्रसित हुने मात्र जन्मिन्छन किनभने यहाँ जीवनको मूल्य सारहिन भएको छ भने उत्पादन भन्दा अधिकतम उपभोग भएको छ । यो कुनै पक्षबाट पनि राम्रो लक्षण होईन । यो रोगको औषधी कुनै पनि औषधालयमा उत्पादन अब हुँदैन किनभने विचारबाट नै नेपालीहरु मर्न थालेका छन र साधारण कुरा सोचबाट जन्म हुनु पर्नेमा, मर्न थाल्यो भने के हुन्छ भन्ने कुरा कसैलाई शायदै अवगत गराउनु पर्छ होला भन्ने मैले महशुस गरेको छ । यहाँ जीवनको अर्थ बाँच्ने जीवसँगको कुरा हो । मर्न त जस्लाई पनि आउँछ जस्तो परिस्थितिमा पनि जीवनलाई जीवन तुल्याउने अर्थ नै जिउनु हो भने अंकुर फुत्नु र त्यसको वीजारोपन सही संगतले हुनु नै ठूलो कुरा हो । अब रह्यो मानव जीवनको दुई कुरा एक पुरुष त अर्को स्त्री ।
पुरुष, स्त्रीको अर्को रुप हो भने स्त्री पनि पुरुषको अर्को रुप नै हो शायद यो मैले भन्नु पर्छ जस्तो लाग्दैन तैपनि अहम्हरुले गर्दा आज पुरुष र स्त्री वीच माग र फाटोका कुरा व्यापक मात्रामा छन । भाषा र शब्दहरुको चलखेलले एउटा खाल्डो जुन कहिल्यै नपुरिने शेष रहेको अवस्था पनि विद्यमान भएको छ र पुरुष प्रधान समाज भन्ने लाञ्छना पनि छँदैछ भने त्यही लाञ्छनाले नै सम्मान र अपमान साथसाथै हकहित अधिकारका कुराहरु मुख्य मुद्दा बनी अघि बामे सर्दै हिड्न थालेको छ जुन हिडाईको गन्तव्य के हो त्यो पनि सबैले बुझ्नु आवश्यक छ नै । र माग अनि हकहितका सम्मानका कुरा को सँग र किन माग्ने ? यो कुराले समाजलाई साथै परिवारलाई बेईमान तुल्याउँछ भने पूर्णाधिकार त्यो ठाउँको केवल स्त्री मै हुन्छ । पुरुष भनेको स्त्रीको संरक्षक मात्र हो । सञ्चालक, सञ्चालन गर्ने कुरामा स्त्री नै अगाडि हुन्छे । यो कुरालाई स्त्रीले नकार्नु भनेको देश सञ्चालनको जिम्माको कुरा मात्र हुन सक्छ होईन भने चौतर्फी रुपमा स्त्री नै सक्षम, सबल र प्रबल नै छे । जुन घरमा स्त्रीले बास्ने काम गर्दैनन् त्यो घर कहिल्यै घर हुन्नै सक्दैनन् भने त्यहाँका जीवनहरु सहज तरीका सास फेर्नमा सक्षम हुँदैन पनि । त्यसैले लिंदा वा माग्दा के कति आफुले थाम्न सक्छे त्यो नै माग्नु जायज हुन्छ भने मागेर सम्पन्नताको खोक्लो खाल ओड्नु पनि बेकार नै हुन्छ । र हीनताबोधले गरिने अपराध वा अहम्ले खन्ने खाल्डो जहाँसम्म मलाई लाग्छ त्यो कामकुरो स्त्रीले जानी जानीकन कहिल्यै अगाडि सार्दैनन् जस्तो पनि लाग्छ । यति भन्दा शायद धेरैलाई म स्त्री भक्त लाग्न सक्छ तर सही र राम्रो समाज त्यहीबाट बन्छ भने म त्यो हुँ पनि र अरुलाई हुन आग्रह पनि गर्छु ।
र पवित्रताको कुरामा स्त्री नै पुरुष भन्दा पवित्र हुन्छे । शायद मिल्ने भन्नेहरु धेरै होला किनभने कुरा नै त्यस्तै छ । समाजमा संसारमा लगभग जे पनि दुईकै हाराहारिमा छन जस्तै सुखदुःख, आँसुहाँसु यहाँ मैले भन्न खोजेको कुरा के हो भने पुरुषले दुःख खोज्छ भने स्त्रीले सुख दिन्छे र पुरुष नराम्रो हो भने अहिले आएर स्त्री राम्रो भन्न खोजेको हुँ । स्त्रीमाथि पुरुषार्थ भन्दै जे पनि थोपार्न केही अवाच्छनीय तत्वहरु लागी परेका छन भने त्यही तत्वबाट जोगाउन नखोज्नु र अवसर दिंदा अधिकार नाशको सोचले गर्दा नै मैले पुरुष नराम्रो भन्न खोजेको हुँ भने समाज पतित स्त्रीहरु पनि छन जो देशासिकी सुखलाई ठूलो मान्दै मर्यादित जीवन त्याग्ने अपवादहरु पनि छन । त्यसको केही अंशलाई ठूलो मान्दै सृष्टि प्रति बेईमान हुने कार्य पुरुषले उत्पादन गर्ने हुनाले नै पुरुष नराम्रो स्त्री पवित्र राम्रो भन्न खोजेको हुँ । साथसाथै स्त्रीमाथि गरिने बलात्कार ज्यादति कुनै स्त्री नभई पुरुषले नै गर्ने हुनाले म त्यो भन्न बाध्य भएको हुँ र त्यो नै सत्यता हो । आमा दिदीबहिनी, बुहारी छोरी पत्नी सबै पवित्र नाता नै हुन र सम्पूर्ण पुरुषको जीवनको जिम्मा स्त्रीले उठाउँछे भने पुरुष त्यो कार्यबाट पनि बिमुख भएको पाईन्छ साथसाथै स्त्रीले पूरा जीवन एक आफ्नै पतिको साथमा बिताउन सक्छे भने पुरुष पत्नी मरेको भोली पल्ट देखि नै म अब कसरी बाँच्ने भनी चिन्ता बाँचेको समाजमा प्रयाप्त मात्रामा देख्न पाईन्छ र ६०, ७० को उमेरमा पनि पुरुषले बिहे गरेका उदाहरणहरु समाजमा धेरै छन । त्यस्तै स्त्रीको मामिलामा चाहे २०, ३० को उमेरमा नै विधुवा भएको किन नहोस् उसले अर्को बिहे गर्ने चाह राख्दैनन् भने समाजले बहुविवाहको छुट केवल पुरुषलाई दिएको छ । त्यसकारण पनि स्त्री पवित्र छे । र मैले भन्नैपर्छ कि पुरुषबाट स्त्री धेरै बलियो पनि छे किनभने स्त्रीलाई बाँच्न परिवारको मायाको साहारा भए पुग्छ भने पुरुष विभिन्न साहाराको खोजीमै आफ्नो जीवनलाई तहसनहस पार्नेतिर लागेको हुन्छ भन्नुको अर्थ थकान भन्दै मादकता सेवन गर्ने अनि त्यही मादकताबाट मनुष्यबाट पूर्ण पशु हुनु जस्ता घटनाहरु पनि धेरै छन ।
समाजलाई जीवनलाई राम्रो पार्ने र सुखीखुशी तुल्याउने हो भने सर्वप्रथम दुबै एकअर्काको परिपूरक हो भन्ने कुरा सबै घरबाट, सबै समाजबाट, सबै जातीयताबाट आदी आदीबाट महशुस र पालना हुनुपर्यो अनि दुबै पवित्र हुन्छ, बहुमूल्यको अर्थ दुबैमा समान अर्थ लाग्छ भने सबैतिर सबैको समान अधिकार स्थापना पनि हुन्छ ।
आज समाजमा पुरुषले खेत धेरै खन्न सक्छ र त्यसको अधिकार ज्यादा हुनुपर्छ कसैले भन्छन भने त्यो बोली कि त मूर्खताको हुनुपर्छ कि त अहम्को । समाज आज अहम् र मूर्खताले नै पछि परेको कुरालाई सबैले स्वीकार्नु अति आवश्यक छ । सधैं मेरै गोरुको बाह्रै तका सही भन्ने प्रवृति मनुष्य भएर पुरुष स्त्री दुबैले त्याग्दैनन र मर्यादित रेखाहरु तोड्नमा जबसम्म दुबै अग्रसर भई रहन्छ तबसम्म यहाँ मागका कुरा शेष हुन्छ नै । जस्ले गर्दा दिनेले दिंदा र लिनेले लिंदा कुनै पनि अधिकार स्थापना हुँदैन । यो सबै क्षेत्रमा लागू हुने वैधानिकता हुन । त्यसले केवल मागकै कुरा अगाडि सधैं सारि रहेकै हुन्छ । यदि आन्दोलन जस्तो पवित्र यज्ञ भए पनि त्यो अपवित्र भई सदा आन्दोलित भई रहने छन नै । र नेपालको सन्दर्भमा कहिले पश्चिम त कहिले पूर्व हुँदै आगो सल्कि रहे सरि किनभने के र के का लागि अनि को सँग कति हदको माग्ने र मागेको कुरालाई कार्यन्वयन गर्ने कसरी निश्चित खाका नहुनु नै आजको समाजमा पुरुष स्त्री भन्दा कम पवित्र हुनु हो ।
र अन्तमा म त स्त्रीलाई एकमुखी रुद्राक्ष नै मान्छु किनभने पवित्रताको कुरा मैले अघि गरें भने अब क्षमता र बहुमूल्यको कुरा गर्न खोजेको छु । हामीले सुनेको आधारमा एकमुखी रुद्राक्षको मानव जीवनमा जतिको र त्यो सम्बन्धीत कार्यको महत्व छ त्यति नै स्त्रीको छ । यदि स्त्री निर्वाह गर्ने भूमिकामा पुरुष लागेको खण्डमा त्यसको आधा कार्य पनि हामी पुरुषले सम्पादन गर्न सक्दैनौं भने हाम्रो कामहरुलाई सहजै स्त्रीहरुले गर्ने गरेको पनि समाजमा धेरै उदाहरण छन । र हामी जीवन सफल र दैवी प्रकोप तथा ग्रहदशाबाट बच्न विभिन्न रत्न, माणिक्य, औंठी या भनौं रुद्राक्ष धारण गर्छौ त्यो बाट कतिको के पन्छिन्छ त्यो त मलाई थाहा भएन तर आफ्नो जीवनकालमा जसरी एकमुखी रुद्रक्षलाई महत्व र अधिकार दिएर धारण गर्छौ त्यति नै अधिकार र महत्वको पात्र सम्झेर आफ्नो स्त्रीलाई धारण गरेको खण्डमा कुनै पनि ग्रहदशा, कुनै पनि हालतमा लाग्ने छैन । जीवन सदा सुखमय र खुशी हुन्छ नै साथसाथै जीवनको मूल्य र मान्यता के हो बुझ्न एकले अर्कोलाई सहजै मद्दत पुर्याउन सक्छ भने जीवन त्यही हुने छ जहाँ काँढा होईन सदा फूल नै फुल्छ नै । र स्त्रीकै मामिला एउटा भन्नु पर्ने कुरा के त भन्दा खेरि स्त्रीको शत्रु पुरुष होईन स्त्री नै हो । पुरुषले कमजोरीपनको फाईदा मात्र खोज्ने हुन भने कमजोरी र लाचार तुल्याउने काम जरै देखि स्त्री वीच स्त्रीले गरेको हुन्छे । जबसम्म त्यो कार्य स्त्रीहरुले रोक्दैनन् तबसम्म स्त्रीमा पनि दाग लागी रहन्छन भने मागेरै सम्पन्न हुने कार्य गरि रहनु नै पर्ने हुन्छ । अतः जीवनहरु चाहे त्यो पुरुषको होस् चाहे त्यो स्त्रीको एक बिना अर्कोको छैन र सम्मान दुबैले गर्दा नै सक्षम समाज, सक्षम राष्ट्रमा हाम्रा सन्ततीहरुले हुर्कन पाउने हुन् । यी कुरालाई नकार्नु भनेकै जीवनबाट वञ्चित हुनु नै हो । स्त्री एकमुखी रुद्राक्ष नै हो र कोही पुरुषले धारण गर्दा त्यसको फाईदा स्त्रीले लिनु भनेको शायदै त्यो स्त्री होला जस्को गर्वमा कुनै वीज शेचन हुने छैन । जय स्त्री ।