
#जेठा :-
दर्शन भाउज्यु, सकुसलताको साथ केही जिज्ञाँसा उत्पन्न भएर हजुरलाई एकै सासमा प्रस्नहरु तेर्सयाउदै छु ! भाउज्यु, एकाथरी तराईमा रडाको मच्चाउदै छन्, घरबारेहरुले चै बार्ता बार्ता भनेर कोकोहोलो मच्चाउदै छन्, यो किन र के लागि गर्या होला ? यो बार्ता भनेको कुरोको चुरो चै काहाँ छ हँ ? आन्दोलन तराईका जनताका लागि, राज्य मागिएको तराईका जनताका लागि, आन्दोलन गर्ने तराईका जनता, मर्ने तराईका जनता तर सप्पै कुरोको टुंगो चै दिल्लीमा यो कस्तो खालको बार्ता हो ? यि नै आन्दोलनका अगुवाहरु हिजो सम्म सरकारमा हुँदा सबै ठिक, काठमाण्डुमा घर ठड्याउन पाउँदा सबै ठिक तर आज सरकार बाट बाहिर हुँदा या उनिहरुको अनुकुल सरकार नहुदा सबै बेठिक किन ? अनि त्यो के सिमा छ नी, जम्म दुई दर्जन पो छ रे धर्नामा भर्ना भई बस्या, हैन दुई दर्जन भर्नाहरुलाई तह लगाउन देशका अढाई लाख सेना, प्रहरी, ससस्त्र असफल हुन कि, उनिहरुलाई निरुत्साहित गरिएको हो ? हैन यि मन्त्रीहरु तेल चाईना चाईना भन्छ, तर हाकिमहरु तेल छैन छैन भन्छन्, यो देशको असली पहरेदार चै को हो ? सुन्दैछु आज फेरी बार्ता छ रे, यो बार्ताको लाईब टेलिकास्ट गर्न मिडियाले सक्दैन या सरकारले दिदैन भाउजु ? धेरै प्रस्नहरु भए, तपाईलाई पनि झिँझो लाग्यो होला !
#च्याँखुरी_भाउजु :-
नमस्ते बाबु, हजुर प्रस्न त धेरै गर्नु भयो, म गाँउकी सोझी, सामान्य पढलेख मात्र घर गृहस्ती गरेर बसेकी यस्ता कुराहरु त कमै बुझ्छु तर पनि देशले (सरकार) बुझ्न नसकेको कुरा हामी सर्वसाधारणले त केही बुझेकै छौ, हेर्नु बाबु यो बार्ता बार्ता भन्छन्, कुरो केही हैन बिहार युपी तिरबाट आएका हारुवाहरुले मलाई पनि याहाँ भाग चाहियो भनेर, नेपाल सरकार हैन दिल्ली सरकार सँग आफ्ना सन्तानले माग गरेको हो क्या । म पनि तराई की हुँ, घर नजिकै बजार छु, टोलिफोन सुबिधा छ, बिजुली बत्ति छ, घर अगाडी बाटोघाटो कालोपत्रे छ, बिद्यालयमा टिंगटिंगटिंग घन्टी बज्दा घरबाट छोरा छोरी कुद्छन् । गोजीमा पैसा भए सबै चिज घर अगाडीको बजारमा पाईन्छ । अब हामीलाई नै अलग राज्य चाहिए पछी यो कालो पत्रे सडकको ठाममा घर घरमा चिलगाडी (हवाईजाहज) उड्ला, घरै पिछे चिलगाडी बस्ने घर बन्ला, घरै पिछेका शिक्षक, मन्त्री बन्लान त्यसैले अलग राज्य चाहिएको हो बाबु । आफुँ छँदा ठिक, नहुदा बेठिक चै हेर्नु बाबु दक्षिण तिर काँग्रेस आई कि काँग्रेस म भन्ने यौटा पार्टी छ रे नी, ईटाली तिर बाट आएकी यौटी गोरीले सप्पै कालाहरुला ी बसमा राख्या छ रे, हो त्यही पार्टी हेर्नु त, दश बर्ष सम्म सरकारमा रहदा सप्पै ठिक, जति भर्ष्टचार गरे पनि ठिक, आज सत्ता बाहिर हुँ सरकारले जे गरे पनि बेठिक । हो याहाँ पनि उसैको आपुताली खाएर जन्मेका संतानहरु हुन त्यसैले त्यही सिको गर्या । खास कुरो चै के अरे नी सम्बिधान बनाउनु भनेको, यौटा नया सम्बिधान जारी गरेर दश बर्ष ज्यान मारेको सम्पुर्ण पाटाहरुलाई ढाकछोप गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन बाट बच्नु अनि अर्को चै काँग्रेस मधेसी सबै मिलेर यतिका बर्ष खाईस, अब सम्बिधान बनाएक केही महिना हामीलाई खान दे भनेर ज्यानमारा केपी ओली ले भन्या हो के ! अब बाबु केपी वोलीलाई ज्यानमारा किन भन्यो भन्नु हुन्छ भने, कुरो २०२८ साल तिर हो, नेपालमा पहिले पल्ट कमाउनिष्ठहरुले मान्छे काट्या हाम्रो झापा बाट हो, नाईहरु, सिपी मैनाली, आर के मैनाली अनि यही केपी ओली थिए ! २०४६ सालमा परिवर्तन भयो, केपी सिपी यि सबै एकै थालीका चट्टाबट्टा भन्या झै हुन क्या, फेरी मदन कम्रेड देशमा सर्वमान्य हुने देखेर, त्रिसुली लगेर जाके । त्यो बेला झापाको हरेक बजार तिर राँके जुलुस सहित नारा पनि लागे ।
#बिद्या_तिम्रो_सिंदुर_खोई
#खड्गेले_मार्यो_तिम्रो_पोई ।
हेर्नुस बाबु, मदन मरे पछी संसदमा मदन भन्डारी र जिवराज आश्रीतको हत्यारा पत्ता लगाएर कारवाही गर भनेर सदन ठप्प पार्ने केपी ओली आज आएर मदनको नाम पनि लिदैन, बिद्यालाई राष्ट्रपती बनाएर रखेल बनाएको ऋण तिरेको छ । यसै कारणले मैले हत्यारा भनेकी हुँ ।
हेर्नु बाबु सेनाले दुई दर्जन तह लगाउन नसक्ने हैन, सक्छ तर उनिहरु सबै तहकालाई मानार्थ उपाधी र आंसिक तलब भत्ता तल बाट पनि आउछ, त्यसो हुनाले तलका छोराछोरी उसले चलाउन सक्दैन ।
यता सरकारले चाईना चाईना भन्छ
उता ब्युरोक्रेसीले छैन छैन भन्छ । कुरो ठिकै हो, ब्युरोक्रेसीका सप्पैले त तलको आदेशले लैनचौर दरबार बाट तलब भत्ता, गाडी बंगला बुझ्न, त्यसै भन्या हो त, मेड ईन चाईना, आज छ भोली छैन । बाबु यो देशका असली पहरेदार चै तराईमा छन् है, त्यहाँका आदीबासीहरु, थारु, राजबंशी, सतार, कोचे, मेचेहरु, तँ हाम्रो भनेर दक्षिणले भन्दा पनि, हामी नेपाली भनेर अहिले सम्म बसेका छन् ।
बाबु कुरौ रह्यो बार्ता र टेलिकास्ट, यदी यसो गर्न थाले त फेरी भेडा जनताहरुले कुरो बुझ्छन् क्या अनि कुरो बुझेका दिन हाम्रो हाली मुहाली काहाँ चल्छ र ? अनि फेरी यि बहु संख्यक मिडियाहरु त उतैको लागि त काम गर्छन् नि ! मैले जानेको बुझेको कुरा यती नै हो !
(कटवालको फेसबुक वालबाट साभार)