असली हिन्दूवादी चिन्ने बेला आएको छ

-मीन बहादुर थापा
अब नेपाली कांग्रेस  पहिलो माहसमिति को बैठक पछि भारतीय जनता पार्टी जस्तो हुने | हिन्दु राष्ट्र हुनु पर्छ भनेर जनता को बीच मा जाने भोट लिने सत्ता मा पुग्ने हिन्दु राष्ट्र चाही नहुने | यति भए पछि कांग्रेस भित्र का सनातन हिन्दुवादी पनि अल्झी राख्ने अरु बाहिर का हिन्दुवादी को समर्थन पनि पाउने| तर गिरिजा ले देखाएको रोड़ म्याप  र शुसिल ले लेखेको तमसुक भन्दा बाहिर पनि नजाने | यसै लाइ विश्वास गरेर आम सनातन हिन्दुबादी चाही अब नेपाली कांग्रेस पनि हिन्दुबादी पार्टी हुने भयो भनेर खुसि गद गद हुने देश  चाही गिरिजा पथ र प्रचण्ड पथ मा अड्कि रहने |
यसको पहिलो शिकार बिचरा कमल थापा हुने भए संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र को नाम ले अहिले सम्म लाज हुने ठाउँ छोपेका थिए अब त्यो पनि कांग्रेस ले लुक्ष्ने भयो | साचै नेपाली कांग्रेस महासमिति को बैठक पछि हिन्दु राष्ट्र नेपाल को पक्ष मा जान्छ नै भने बिगत मा गरिजा प्रसाद बाट गल्ति भयो को हो तेसर्थ अब उप्रान्त सम्पूर्ण नेपाली कांग्रेस नेपाल लाइ हिन्दु राष्ट्र बनाउन का लागि आम हिन्दुवादी संघ सस्था राजनैतिक दल र सुभेक्षुक हरु लाइ साथ मा लिएर शसक्त आन्दोलन गर्ने छ भनेर अन्दोल मा जना सक्छ ? यसो भएमा सम्पूर्ण हिन्दुवादी हरु ले विश्वास गर्दै नेपाली कांग्रेस लाइ नेत्रित्वो दिए हुन्छ | तर नेपाली कांग्रेस ले यसो गर्ने सम्भावन धेरै क्षिण छ किन कि यो दल भित्र पनि भारतीय कांग्रेस इ देखि इसाई का एजेन्ट हरु धेरै मात्र मा छन् | ति एजेन्ट हरु ले अहिले देखिने भन्न लागि सके कि गणतन्त्र ,धर्म निरेपेक्ष र संघियता लाइ म वा हामी मर्छौ तर जना दिने छैनौ भनेर | तेसै यो कुरा यिनी हरु ले बोलि रहेका छैनन् बोल्न लागिएको छ | तेसर्थ सनातन हिन्दुवादी हरु ले यदि नेपाल हिन्दु राष्ट्र बनाउने हो भने आम हिन्दु बादी संघ सस्था र हिन्दु बादी राजनैतिक दल हरु को  बृहत मोर्चा गठन गरि शसक्त आन्दोलन मा जानै पर्छ यो आन्दोलन लाइ नेपाली कांग्रेस ले साथ दिन्छ दिदैन हेरौ यो बेला कमल थापा  को पनि असली चेहेरा देख्ने छ | नेपाल लाइ हिन्दु राष्ट्र बनाउन आन्दोलन भन्दा अर्को बिकल्प छैन  | सबलाई चेतना भया 

SHARE THIS

Author:

Facebook Comment