-प्रशान्त महासागर
कमै ती मान्छेहरु होला जस्लाई आफ्नै माटो प्यारो लाग्छन् भने कोही होलान् त्यसमा पनि विशेषगरि आफ्नै जन्म थलो नेपाललाई सम्झि रुनेहरु... होईन भने कसैलाई कुनै चासो नेपाल सम्बन्धि छैन नै । सबै आ–आफ्नै काममा जुटेकै छन् भने राजनैतिक विसमता केवल चिया चर्चा परिचर्चा मात्र हो भने सबै राजनैतिक दलको उद्देश्य भनेको सत्ता र शक्ति नै हो । यस्तो अवस्थामा कसैको विचार र योजना स्वीकार्नु भनेको कुनै अन्धकार गल्लिभित्र छिर्नु हो जहाँ त्यो भन्दा पूर्व न कहिले छिरेकै थियो न त कहिले देखेकै थियो । यस्तोमा आफुसँग भएको कुनै क्षणिक सोच जुन शायद बुद्धि विरुद्धको कुनै कुरा हुन सक्छ या कसैले सुनाईएको वा सुनिएको कुरा पनि हुन सक्छ जस्को खण्डन र विश्लेषण गरि आफ्नो मनलाई शान्त पार्ने अनि मन नलागेको अवस्थामा, त्यही शान्तपनमा ढुङ्गा प्रहार गरि चलमलाउन दिई आफुले कुनै ठूलै कार्य सम्पादन गरे जस्तो महसुसलाई हावा दिने कार्यले आज नेपाल विरुद्ध नेपालीहरु उपस्थिति छन् । नेपालको प्रतिपक्ष नेपाली बनेका छन् जस्को कार्य भनेको सबैमा केही न केही निचोर्नु नै हो जस्मा रस पावस् वा खास्टो पाईयोस् त्यो चिन्ताको विषय होईन पनि भन्नुको अर्थ परिणाम बेगर पनि सासहरु खर्चि आफु बेरंग बन्नु पछाडि दोष अरुलाई दिनु नै नेपाल विरुद्ध नेपाली लाग्नु हो नै ।
सबैलाई थाहा छ नेपाल के हो । त्यस्तै नेपालभित्रको नेपालीहरु र नेपालबाहिरको नेपालीहरुमा के भिन्नता र के समानता छन् साथसाथै लक्ष्यहरु के के हुन् ? सर्वप्रथम त जुनै कुनामा जन्मेको हुर्केको भए पनि नेपालीपन हुन्छ नै जस्तै कि दया र करुणा सबैसँग समान रुरपमा छन् नै चाहे भौगोलिक हिसाबमा त्यो हिमालमा बस्ने होस् या तराईमा, चाहे पहाडमा बस्ने नै किन नहोस् कसैको मानवीय गुण मरेकै हुँदैनन् भने सबैलाई आफ्नै पारिवारिक सदस्य झै आपसि सद्भाव र सत्कार गर्ने परम्परा जिवितै छन् ।
अर्को भिन्नताको सवालमा आफ्नै बसाई अनुसारको रंग अनि जातबाट गरिने व्यवहार जुन पाप हो त्यसलाई पुण्यको रुप दिन खोज्नु अर्को दोषयुक्त पाप नै हो त्यो छ भने जातिय संस्कारहरु, मौलिक पहिचानहरु एक फूल झै फक्रि रहेको छ जस्मा काँडा रुपी सोच खोजहरु मौलिएको एउटा नौलो भिन्नता छन् जुन निर्मूलको पहल गर्नु अति आवश्यक छ नै । त्यस्तै लक्ष्यहरुको सवालमा घाँटि भन्दा हड्डी ठूलो निल्न खोज्नु र आफुलाई आफ्नोपनबाट भिन्न देखाउन खोज्नु नै हो । यी यस्ता कुराले गर्दा नेपाल विपक्षमा छन् भने नेपालीहरु आपसी मतभेदमा छन् । यसले देशलाई आर्थिक, सामाजिक, राजनैतिक, नैतिक, साँस्कृतिक, बौद्धिक आदी आदी तवरले कमजोर तुल्याउँदै लग्छन् भने सरकार स्वयम्ले पनि मानव बेचविखनलाई अर्कै रुप दिई आफ्नै भाषामा समृद्धि र उन्नतिको नारा दिई कमिशन शासनको राज्य सत्ता बनाई जाने छन् जहाँ एक दिन नेपाली नभएको राष्ट्र भनी सहजै चिन्न सकिने छन् कारण नेपाल विरुद्ध नेपालीहरु बन्दै गई रहेको वास्तविक यथार्थतालाई कोही नेपालीहरुले बुझ्न चाहेकै छैन । र नेपालमा नेपालीहरुले सोच्ने कम बोल्ने ज्यादा गर्ने हुँदा नै सबै पक्षमा आज पछि परेको हो नै जस्तै कुनै हाईड्रोपावरको लागि शेयर आह्वान हुन्छन् लगभग सबै जात वर्गको नेपालीहरुले तछाडमछाड गरि शेयर भर्छन् तर त्यसको कार्यन्वयनतिर कोही कसैलाई केही चिन्ताको विषय बन्दैनन् कारण कसैलाई बसि बसि मुनाफा आउँछन् भने कसैको फिर्ता आउँछन् नपरेको खण्डमा । ती त्यति समयमा त्यहाँ धेरैको चलखेल भई सकेको हुन्छन् । यी यस्ता साना ठूला रणनीतिहरुले गर्दा आज हुने नेपाली र नहुने नेपाली बीच एउटा ठूलो खाडल बनिंदै गई रहेको छ जस्को फाईदा कुनै शब्दको धर्मले लिंदै गरेको छ भने राजनैतिक परिवेशले लिंदैनन् भन्नु मूर्खता नै हुनेछन् र राजनीतिले लिंदा सदा जातिय पहिचान र मौलिक हक अधिकारका कुराहरुलाई अगाडि सारि रहने छन् पनि ।
त्यस्तै समाजवाद, पूँजीबाद आदी आदी वादहरु अग्रसर भई रहन्छन् नै । साथै भाषामा, सिद्धान्तमा चिप्लो घसि रहन्छन् नै, उत्थान र समृद्धिको परिभाषाहरु फेरी आफ्नो हितको कुरा गरिरहन्छन् नै किनभने यहाँ नेपाल विरुद्ध नेपालीहरु छन् जो निरन्तर देश छोड्नमै रमेका छन् जस्को मुख्य कारणहरु भनेकै राजनैतिक मौहल, आर्थिक विसमता, सामाजिक परिवेश, बौद्धिक अधिकार, द्वन्द आदी आदीले नेपाल विरुद्ध मात्र नेपालीहरु जन्माए । त्यसकारण अबको हाम्रो लक्ष्य भनेको नेपाल र नेपालीहरुको समिश्रणयुक्त नेपालको परिकल्पना नै हो र त्यसको मितेरी पुल भनेकै आर्थिक विकास नै हो । नौलो गाँठ भनेकै आर्थिक उन्नति नै हो र अबका दिनहरुमा जस्ले आर्थिक तत्वलाई कारक बनाई गाउँ छाडे, सहर फेरे, देश छोडे ती त्यो नहोस् भन्नको लागि पनि एउटा पुल निर्माणमा आम नेपालीहरु लाग्नु परेको छ । हामीसँग आज संविधान छ भने त्यो भित्र नमिलेका कुराहरु सच्याउने एउटा टेबूल छ जस्लाई दिगो तुल्याउनु हाम्रो परम दायित्व तथा कर्तव्य हुनुपर्छ भन्ने म मान्छु । आफ्नो घरको कुरा बाहिर कहिं कतै हो–हल्ला गरेर समाधान कहिल्यै हुँदैन पनि, अर्को आफ्नो घाउ निको पार्न अरुको घाउमा नूनचुक छर्कि हेर्नु जस्तै मात्र सावित हुन्छ ।
हामी भनेको लोकतन्त्र युक्त प्राणी भई सक्यौं भने जङ्गली हुँदा खेरिको अवस्था भन्दा तल गिरेर आफुहरुलाई सम्मानित नेपाली भनेर नेपाल विरुद्ध किन प्रयोगमा ल्याउन दिन हतियार बन्ने...? हुन त मत मतियार सबैसँग आ–आफ्नै हुन्छन् नै तर आफ्नो कारणले अरुलाई कष्ट किन दिने भन्ने मेरो भनाई हो । नेपाल रहन्छ त नेपाली भनी गर्व गर्ने ठाउँ हुन्छ । त्यसैले जो जस्ले जहाँबाट जस्तो सुकै आवाजलाई बुलंन्द गर्न खोजे पनि एउटा कुरा सत्यलाई सत्य भन्न एकचोटि आ–आफ्नो सास खर्चिनु होला किनभने जीवनमा कहिले कहिं फूलले पनि काँढाकै काम गर्ने गर्छ यो कुरालाई आम नेपालीहरुले बुझ्नु अति आवश्यक छ नै ।
अन्तमा, कमजोरी हामीसँग नै छ । त्यसलाई विवेकपूर्ण तवरले रगटेको खण्डमा चम्किन्छन् नै । कोइला त हिरा बन्छ भने मनुष्यहरु त्यो पनि नेपालीहरु, विश्वमा एक दिन अवश्य उच्च हुन्छन् नै । त्यसको लागि आफुसँग भएको कालो सोचको कालो रगतलाई कसरी हुन्छ निचोर्ने गर्नुपर्छ नै भन्नुको अर्थ कालोलाई पनि सफा गर्ने कार्यमा आफ्ना कदमहरुलाई सक्रिय गरिंदै गएको अवस्थामा एक नेपाली होईन पूरै नेपालीलाई विश्वले गर्वका साथ अनुशरण गर्छन् नै । बुद्ध जन्मले होईन कर्मले महान बनेको हो भने बुद्ध जन्मेकै जन्मभूमीमा हामी छौं त हामी पनि कर्मले बुद्ध हुने बाटोमा किन नलाग्ने त....?
सधैं आफु विरुद्ध लागेर सैद्धान्तिक विभाजित भएर नेपालको शत्रु अरु कोही होईन विश्वले नेपालीहरु नै हौं भन्ने दिन हामी अब किन कुर्ने....? हाम्रो उन्नत जातको फूलबारी बनाउन अरुको शब्दहरुको खेती गर्ने बानीलाई त्याग्नु आजको अति आवश्यक सोच हो । त्यसैले देशभित्रै रगट्नलाई, हिरा झै चम्किनलाई, विश्वमा म नेपाली हुँ भनी गर्व गर्नलाई आफुले अरुलाई गरिने व्यवहारमा सर्वप्रथम त सिद्धान्तलाई अगाडि सार्न छोडौं र साँचोलाई कुनै कुराले खण्डन गरेर विखण्डन बनाउने बाटाहरु सबै विध्वंसका हुन् जस्को प्रतिकार अब गर्नैपर्छ । जबसम्म आफुलाई हामीले चोखो बनाउन सक्दैनौं तबसम्म कुनै वस्तु वा विचार साथै व्यवहार कहिल्यै चोखो हुन सक्दैनन् पनि भने नेपालको प्रतिपक्ष नेपाली नै बनि रहन्छन् जुन हाम्रो जन्मको कुनै अवस्थामा पनि त्यो लक्ष्य होईनन् भने मृत्युको कुनै उपाधि पनि त्यो होईनन् ।
prashantsharmila2@gmail.com
प्रकाशन मितिः २०७३ असार ०२ गते विहीबार