गणतन्त्र र धर्म निरपेक्षलाई साथ दिने विदेशी शक्तिहरु पनि राजसंस्थाको पक्षमा



मीन बहादुर थापा
लगभग एकदशक भयो देशमा गणतन्त्र घोषणा भएको, मुलुक धर्मनिरपेक्ष भएको तर सम्यस्या दिन प्रतिदिन बढ्दै छन् । शान्ति सुरक्षा बेपत्ता छ महंगीले सगरमाथा छोएको छ । राष्ट्रमा सुशासन लुकेको छ । दलीयभन्दा पनि दल भित्र साना साना गुटले देश चलाएको छ  । स्वयम् सत्ताशीन दलभित्रका नेताहरु सरकारको आलोचनामा व्यस्त छन् ।

विदेशीको चलखेल राजनीति देखि धर्म, अर्थ हरेक समाजका अंग अंगमा नराम्रो गरि प्रभाब परेको छ । अहिलेको सरकार चलाउने ओली गुटलाई एमालेका नेता माधव कुमार नेपालले त यति सम्म भने कि भ्रस्टचारी, गुण्डाको गाडी चढ्ने देखि शहिद कि पत्नी सम्म ताक्ने भनेर सार्वजनिक टेलिभिजन मै अन्तरवार्ता नै दिए । ज्वलन्त उदाहरण हो यो अहिलेको सरकारको नेत्रित्वो गर्नेहरुको । उनका दलका ठूला नेताले यो भन्छन् भने त्यो दलमा अब देश हाँक्ने नैतिकता रह्यो रहेन अब नेपाली जनताले विचार गर्नु पर्ने बेला आएको छ । तर पनि ओलीले ठूल ठूला कुरा गर्न छाडेका छैनन् । कहिले हावाबाट बिजुली निकाल्ने, कहिले रेल कुदाउने, कहिले ग्यासको पाइप जनताको घर घरमा, जोड्ने कहिले अब दुइ बर्ष भित्र नेपालले अरबमा पेट्रोल निर्यात गर्छ आदि इत्यादी ।

देशका साना भन्दा साना समस्या जस्ताको तेस्तै छन् संविधान निर्माण भए पछाडी झन्डै तराई मा लगभग सयौं को संख्यामा तराईबासी नेपालीको ज्यान गएको छ । बलात्कार, भ्रष्टाचार, गुण्डाराजले मुलुक आक्रान्त भएको छ । नेपाली जनता हातमुख जोर्न धौ धौ छन् । संविधानको बहुमत नेपाली जनताबाट प्रस्ट रुपमा बहिस्कार भएको छ । छिमेकीको बिरोधलाई नै अहिलेको नेपाल सरकार वा ओली कम्पनिले ठुलो राष्ट्रवादको रंग दिने गरेको छ । जबसम्म नजदिकको छिमेकीसँग आत्मियता संम्बन्ध हुँदैन हाम्रो जस्तो मुलुकले न शान्ति पाउँछ न बिकाश नै तर यसो हेर्दा राम्रो सम्बन्ध हुने कुनै छाँट नै देखिंदैन । ओलीले अझै बकमफुसे कुरा गर्न छाडेका छैनन् । आजभोलि सामाजिक संजाल र समाचार माध्यम हेर्दा लाग्छ कि नेपालका कम्युनिष्टहरू सबैलाई नै मानसिक रोगले ग्रस्त गरेको भान हुन थालेको छ ।

माओवादीका नेता प्रचण्ड र बाबुराम नेपाललाई कहिले स्विजरलेण्ड जस्तो बनाउने, कहिले पच्चिस वर्षमा नेपाललाई संसारको सबै भन्दा धनि देश बनाउने भन्दै काल्पनिक कुरा गर्छन । उता चित्र बहादुर के सी संघियताले राष्ट्र बिखन्डन गर्छ भन्दै संघिय गणतान्त्रिक सरकारको मन्त्री पदमा विराजमान छन् ।

मजदुर किसान पार्टीका नेता विजुक्च्छे चाहीं बेला बेला राजतन्त्र र हिन्दु राष्ट्र हटाउने काम भारतले गरेको हो, संघीयता भारत लगायत बिदेशीको एजेण्डा हो भन्छन । तसर्थ नेपालका कम्युनिष्टनेताहरुलाई कुनै न कुनै मानसिकरोगले ग्रस्त गरेको उनीहरुका काम र कुराले प्रमाणित गरेको हामीले महसुस गरेका छौं ।

राप्रपा नेपालका नेता कमल थापाको त कुरै नगरौं हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्र बिना नेपालको राष्ट्रियता नै रहँदैन भन्ने मानिस अहिलेको संविधानलाई संसारको उत्कृष्ट संविधान र उत्कृष्ट राज्य व्यवस्था भन्न थालेका छन् । यो उनको मानसिक विक्षिप्तताको पराकाष्ठा हो फेरी बेला बेला राजा र हिन्दु राष्ट्र बर्बराउन चाहीं छाडेका छैनन् । त्यो उनको राजनैतिक ब्यापार हो ।

कांग्रेसबाट गिरिजा कि पुत्री सुजाता जोस्ट कोइराला पनि आजकाल यहि रोगले आक्रमण गरेको नेपाली जनमानसलाई भान हुन थालेको छ, कारण नेपाली कांग्रेसमा गिरिजापथको सफाया भएका कारण त्यसमा पनि कोइरालाको गृह जिल्ला मोरंगमा शेर बहादुर देउवाको समर्थक डिग बहादुर लिम्बुले कोइरालाको निरन्तरतालाई समाप्त परेका कारण ओली बाजेलाई आफ्नो पिता गिरिजा जस्तो देख्न थालिन् । फलस्वरूप उनको लागि ओली अहिले ठुला राष्ट्रबादी र विकासबादी देखिन थाले कारण कांग्रेसमा देउवाको आगमनलाई उनले पचाउन सकिनन् यसैका कारण ओली अहिले सुजाताकोलागि पिता तुल्य भएका छन् । यो सुजाताको राजनीतिमा नाङ्गो नाच हो । देउवाले समयमा नै यस्ता नाङ्गो  नाच गर्नेलाई ठेगान लगाउनुको विकल्प छैन ।

समग्रमा हेर्दा आज नेपाल राष्ट्र धेरै कठिन घडीमा गुज्रिएको छ । हिजो गणतन्त्र र धर्म निरपेक्षलाई साथ दिने बिदेशी शक्तिहरु पनि यति बेला नेपालकालागि कुनै न कुनै रुपको राजतन्त्र र हिन्दु राष्ट्र नेपाल ठिक छ भन्न थाले का छन् । यसको ठोस प्रमाण संविधानलाई कसैले आंशिक कसैले पूर्णरुपले नस्विकार्नु पनि हो ।

नेपाली कांग्रेसभित्र फेरी हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको आवश्यकतामा बहस हुन थालेको छ डाक्टर शशांक र डाक्टर शेखेरले त यस विषयमा खुलेरै बोलिसकेका छन् । शेखरले त करौडौमा नेताहरु हिन्दु राष्ट्र फाल्नकालागि बिक्रि भएको खुलासा समेत गरेका छन् ।

 यी कुराहरुलाई हेर्दा र राजा ज्ञानेन्द्रको हाल सालैको देश भ्रमणमा नेपाली जनता को स्वतस्फुर्त हजारौ हजारको ठाउँ–ठाउँको  उपस्थितिले अब नेपालमा हिन्दु राष्ट्र र संवैधानिक राजतन्त्रको आगमन वा पुनस्र्थापना हुन्छ भन्नेमा आम नेपालीहरू पुगिसकेका छन् भन्ने कुरा प्रस्ट भए को छ यो नै नेपाल र नेपालीका हितका लागि अन्तिम विकल्प हो भन्ने कुरा हामीले बुझे बेस होला ।

प्रकाशन मितिः २०७३ जेठ २७ गते बिहीबार

SHARE THIS

Author:

Facebook Comment