सन्तोष कुमार मिश्र
नयाँ वर्ष २०७२ को नयाँ विहानीमा सम्पूर्ण नेपाली देशभक्त दाजुभाई तथा दिदीबहिनीहरुमा नयाँ नेपाल निर्माण गर्ने गति, मति विचार, भावना पैदा हुन सकोस्, उत्सव उमंगका साथ सुख शान्ति सहित नेपालमा नाच्न, उफ्रन गाउन पाऔं । जय जय जय नेपाल भन्न पाऔं । सम्पूर्ण आसुरी शक्ति, भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद, देशीय दलाल, पूँजीपति वर्ग, अवसरवाद, भ्रष्टवादीहरुबाट मुक्त भएर एउटा स्वतन्त्र र उन्मुक्तिको जीवन सिंगो देश नेपालका सम्पूर्ण नेपालीहरुले बिताउन पाउन्, आर्थिक उन्नति र समुन्नतिले सधैं हर्षित भई रमाइरहन पाउन्, देशमा गरीखानेको सुशासन कायम होस्, ठगी खानेहरुको सर्वनाश होस्, प्राकृतिक विपत्ति, दैवी विपत्तीबाट वर्षदिनभरिमा कुनै हानी नोक्सानी नहोस्, नयाँ नेपाल समावेशी संविधान निर्माण गर्नमा वृहत्त जनसहभागीता जुटिरहोस्, जनताको पवित्र भावना, जाँगर र हौसला श्री वृद्धिहोस्, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता, कुटनीतिक सन्तुलन, राजनीतिक स्थिरताको लागि यथास्थितिमा आमूल परिवर्तन होस्, नयाँ वर्ष २०७२ मंगलमय होस्, सारा नेपाली मिलीजुली बस्न, बाँडीचुँडी खान सकौं, यत्रतत्र सर्वत्र नयाँ वर्षको नयाँ विहानीमा उदाएको सूर्यकिरणको प्रतापले वर्षदिनभरी नेपालमा सुशासन कायम होस्, सबै भाषाभाषी, सबै जातजाती र धार्मिक सम्प्रदायका बीचमा सामाजिक सद्भाव कायम होस् । एउटै राष्ट्रियताका नेपालीहरुमा देशप्रेम अभिवृद्धि होस् । राष्ट्रघाती र जनघातीका विरुद्ध सशक्त ढंगले लडेर विजय हासिल गर्न शुभ अवसर नव वर्ष २०७२ ले प्रदान गरोस्, शुभकामना, शुभकामना सम्पूर्ण नेपाली विश्वका बन्धुबान्धव, शुभचिन्तक, हितौषी, पाठक, विज्ञापनदाताहरुमा शुभकामना ।
हातमा कलम हुनेले कलम बोकेर विद्यार्थी भाइबहिनीहरुले पुस्तक र पुस्तिका बोकेर, किसानले कुटो कोदालो बोकेर, मजदुरले हातमा औजार बोकेर, बुद्धिजीवीहरुले नयाँ ज्ञान विज्ञान बोकेर, महिला दिदीबहिनीहरुले शोषण र विभेद विरुद्धको नारा बोकेर दलका नेता र कार्यकर्ताहरुले राष्ट्रिय स्वाधिनता र स्वाभिमान रक्षाको महान् भावना र संघर्षका साथ नयाँ नेपाल समृद्ध, सुरक्षित र शान्त नेपाल निर्माण गर्न सयपत्री फुल बनेर जुटौं । सबै जातजाती भाषाभाषी, धर्म र लिंगका नेपालको साझा नेपाल हाम्रो नेपाल राम्रो नेपाल बनाउन नेपालीहरु तन, मन धन, बचन र कर्मले लागौं । हामी जुटे नेपाल बन्छ, हामी फुटे नेपाल भत्किन्छ । तसर्थ नयाँ वर्षले सहमति, सहकार्य, गठबन्धनको संस्कार र सकारात्मक व्यवहारको उदय गरी जीउन, नेपालभरी आर्थिक, सामाजिक, संस्कृति, क्रान्तको उज्यालो प्रकाश फैलियोस् । नकारात्मक विचारहरु सबै पानीको फोका फुटेझैं फुटुन् । साझा फुलवारी नेपालमा समावेशी भावनाको सयपत्री फुल फूलिरहोस् । लालीगुराँस लालुपाते पनि फुलिरहोस् । नेपाल बनोस्, नेपाली बनुन् । यही हाम्रो शुभकामना ।