सन्तोषकुमार मिश्र
नयाँ वर्ष २०७२ शुभारम्भ भएको छ । जताततै मेला जात्रा महोत्सव लागेको छ । नेपाली जनताहरु विक्रम सम्वत २०७२ राम्रो आशा, सपना, भरोसा, इच्छा–आकांक्षा, अठोट प्रतिबद्धता, योजना, लक्ष्य बोकेर वडो हर्षोल्लासपूर्वक उत्साह र उमंगका साथ वैशाख १ गते नयाँ वर्ष पर्व सिर्जनात्मक र रचनात्मक तरिकाले मनाइरहेका छन् । सुनौलो विहानी, प्राकृतिक मनोरम दृश्यमा विभिन्न जात, धर्म, संस्कृतिका मानिसहरु रमाईरहेका छन् । नयाँ वर्षमा ठाउँ–ठाउँमा विभिन्न साँस्कृतिक कार्यक्रमका नयाँ प्रस्तुतिले मनोरञ्जन दिइरहेको छ । सबै जात, धर्मको साझा फूलवारी नेपालमा नयाँ वर्षले सधैं रमाइलो छरी रहोस भन्ने कामना सर्वत्रबाट भइरहेको छ । उत्तरोत्तर प्रगति र उन्नतिको कामना सहित एक अर्कामा शुभकामना आदान–प्रदान भइरहेको छ । मिठो खाने, राम्रो लगाउने, रमणीय ठाउँमा पुग्ने, वनभोज खाने काम पनि भइरहेको छ । नयाँ वर्षका दिन झैं झगडा कलह, हिंसा घर परिवार समाजमा नहोस् । सधैं भरी सर्वजना हिंसा र द्वन्द मुक्त समाजमा बाँच्न पाउन्, अन्याय, अत्याचार, दमन, शोषण, अभाव, भ्रष्टाचार मुक्त नेपालको चाहना नेपालीको छ । समय गतीशिल छ । समय निर्णायक पनि छ । समय भन्दा अघि, भाग्य भन्दा बढी पाइदैन भनिन्छ । जसले समयको महत्व बुझ्दछ उसले सुखी जीवन बिताउँछ । हामी सबैले आफ्नो अधिकार, कर्तव्य र दायित्व प्रति इमान्दारिता देखाएर, अनुशासित भएर दैनिक जीवन बिताउन खोज्यौं, परिश्रम गरेर खाने पानी बसाल्यौ भने हामीले सुखको दिन बिताउन सक्दछौं । प्राकृतिक विपद वर्षभरी नै नहोस भनि हामीले कामना गर्नु पर्दछ । सवै धर्मावलम्बीले आ–आफ्नो धार्मिक अनुशासनमा, नेपालका सच्चा नागरिकहरुले देशभक्ति र राष्ट्रिय अनुशासनमा रहेर सबैको साझा लक्ष्य राष्ट्र निर्माण र व्यक्तिगत उन्नतिमा लाग्ने हो भने नेपाल विश्व कै सुन्दर र उदाहरणीय देश बन्नेछ । नयाँ वर्ष सँगसँगै नया कार्य योजना सहित नयाँ जीवन बिताउने प्रयासमा लाग्यौ भने नयाँ वर्ष २०७२ निकै उपलब्धिपूर्ण वर्ष बन्ने छ । सुनौलो भविष्य, सम्पन्न भविष्यको आधार नयाँ वर्ष २०७२ बन्ने छ । हामीले धैर्यता, अत्मसंयमका साथै प्रगति पथमा लम्कनका लागि आवश्यक अठोट पनि लिनु पर्दछ । प्रत्येक मानिसमा निहित काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता विकृति हटाउने, कुलत छुटाउने, कुकर्म र कुसंगतबाट टाढा रहने हो भने अपराध मुक्त, सुशासनमुक्त सभ्य र सुसंस्कृत नेपाल बनाउन सक्ने छौं । सुखी र समृद्ध नेपालका लागि आवश्यक अग्रगामी संविधान निर्माण गर्न सक्ेछौं । राजनीतिक दलहरुले सहमति, सहकार्य, सामाञ्जस्यताको संस्कृतिलाई अक्षरस अवलम्बन गर्नु पर्दछ । खराब राजनीति चरित्र र संस्कृतिलाई हामीले त्याग्नु पर्दछ । संसारका सबै राम्रा कुरालाई अवलम्बन गर्ने नराम्रा कुरालाई औल्याउने, विरोध गर्ने, सुधारको प्रयासलाई निरन्तरता दिने, अवाञ्छनीय विषयलाई संशोधन गर्ने कुरालाई जीवनपद्धति, कार्यपद्धति बनाउनु पर्दछ । राष्ट्र बलियो र सुरक्षित भए हामी नेपाली शक्तिशाली र सम्पन्न हुन्छ भन्ने यथार्थलाई हामीले विर्सनु हुँदैन ।
नव वर्ष २०७२ को सुखद अवसरमा हाम्रा समस्त पाठक, विज्ञापनदाता, शुभचिन्तक, शुभेच्छुकहरुमा सुख, शान्ति आर्थिक समृद्धि जीवनका लागि आवश्यक हरेक कुरामा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं । नयाँ वर्ष शुभ र मंगलमय होस् ।