आजको दुनियाँ अर्थप्रधान दुनियाँ हो । अर्थले सबै क्षेत्रमा प्रभाव पार्दछ । अर्थको अभावमा संभव हुने कुनै काम छैन । पत्रकारिता अर्थ आर्जन गर्ने पेशा, व्यवसाय होइन । देश र जनतामा विद्यमान सबैखाले समस्याको समाधान गर्ने र शान्ति र विकासलाई सघाउने माध्यम संचार क्षेत्र नै हो । संचार क्षेत्रमा ठूलो श्रम र आर्थिक लगानी रहेको छ । नेपालमा संचारक्रान्ति कायम छ । एफएम रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन संचालनको अस्वस्थ प्रतिस्पर्धा चलिरहेको छ । वाह्य शक्तिले आर्थिक सहयोग गरेर नेपालका धेरैजसो संचारमाध्यमलाई आफ्नो नियन्त्रण र प्रभाव राख्दै आएका छन् जसले गर्दा आफ्नै नेपाली पाठक र श्रोताको भरमा पर्ने संचारमाध्यम राष्ट्रिय स्वार्थको रक्षाकालागि भ्रष्टाचारको अन्त्यकोलागि हरबखत कलम संघर्ष गर्ने राष्ट्रवादी धारका संचारमाध्यम संचालनमा अर्थको निकै अभाव देखा परेको छ ।
संचारमाध्यम संचालनकालगि बलियो आधार भनेको विज्ञापन र सेवाको बिक्री नै हो । धेरै संचारमाध्यम भएकाले नेपाली पाठक र श्रोतको सहयोगले संचालन खर्च नधान्ने अवस्था छ । कतिपय संचारमाध्यममा कार्यरत संचारकर्मीहरू भोक–भोकै काम गरिरहेका छन् । सरकारले निर्धारण गरेको पारिश्रमिक दिने आधार थोरै पत्रिकासँग मात्र छ । पत्रकारिता पेशा अब संकटमा परेको आभाष हुन थालेको छ । विज्ञापन बजारको अभाव र अदृश्य सहयोगबाट पत्रिका कहिलेसम्म संचालन हुन सक्ला ?
प्रेस काउन्सिल नेपालले वर्गीकरणमा गर्दै आएको धाँधली, भेदभाव र पक्षपातले साना र साप्ताहिक पत्रिकालाई आहात पुग्दै आएको छ । नेपाल पत्रकार महासंघले साप्ताहिक पत्रिकाको संरक्षणकालागि आवश्यक पहल गर्न चाहेकै छैन । बरु महासंघका पदाधिकारीहरूले “पत्रपत्रिकालाई सरकारी अनुदान, बालुवामा पानी” भन्ने अभिव्यक्ति दिंदै आएकाले समानुपातिक विज्ञापन नीति पनि गर्भमै तुहिएको छ । राजनीतिक परिवर्तनकालागि पत्रपत्रिकाले पुर्याएको सहयोगलाई सरकारमा रहेका पार्टीका नेताहरूले पनि “खोलो तर्यो, लौरो बिर्सियो” ठानेका छन् ।
प्रेस जगतमा अनेकौं समस्या विद्यमान छन्, समाधानको पहल छैन । व्यवसायिक पत्रकारिताको नाराले साप्ताहिक पत्रिकाको प्रकाशनमा ठूलो चुनौति ल्याइदिएको छ । नयाँ र पुराना साप्ताहिक पत्रिका सबै मृत्यु श्ययामा पुग्दैछन् । भोली दैनिक पत्रिकाको पनि यही हाल हुनेछ । वीरगंजबाट प्रकाशित पत्रकात्रिका एक आपसमा मर्ज भएर संस्थागत रुप नलिने हो र कपिपेष्ट, अनलाइन समाचारमा आधारित पत्रिका बनाइरहने हो, गम्भीर चुनौतीको सामना नगर्ने हो भने क्राइम चेक मात्र होइन, आर्थिक अभावमा क्राइम चेक मात्र होइन, छिट्टै धेरै पत्रिका बन्द हुनेछन् । चेतनाभया ।
((प्रकाशित मिति:२०७२ साउन ०७ गते बिहीवार))