आम्दानी कम, खर्च बढी, बचत छैन । यतिखेर नेपालका अधिकांश नेपालीको यस्तो अवस्था छ । महँगी बढ्दो छ, क्रयशक्ति घट्दो छ । काम गरेर खान्छु भन्दा काम पाइँदैन । दिन पर दिन गरिबी र बेरोजगारी बढदोछ । बैदेशिक रोजगारीको अवसर नभएको भए नेपालीमा बेरोजगारीको कहाली लाग्दो अवस्था देखा पर्दथ्यो । यतिखेर नेपाल र नेपाली ऋणमा डुबी रहेका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढी रहेको छ । कर्जाको मांग घट्दो छ । कागजी योजनामा देश चलिरहेको छ । यथास्थितिबाट मुलुक डगमगाउने, कोल्टेफेर्ने अवस्थामा पनि छैन । बैंकहरुमा जनताको निक्षेप छ तर लगानीका अवसर छैन । बैंकहरुमा रकम थुप्रिरहेको छ । ब्याजदर घटीरहेको छ । जनताहरुले बैंकबाट लिएको ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । व्यापार अति मन्द छ । स–साना उद्योगहरु पनि बन्द हुने अवस्था छ । नेपाल लगभग आर्थिक मन्दिको चपेटामा पुग्ने अवस्थामा छ । नेपालीहरु अधिकांशको आर्थिक अवस्था जर्जर छ । छोराछोरी बोडिङ स्कुलमा पढाउन र विरामी पर्दा औषधी मूलो गर्ने पैसा जनतासँग छैन । ऋण लिएर, सापट लिएर कहिलेसम्म जीवन चल्छ ? खर्च अनुसारको आम्दानी चाहिन्छ की चाहिँदैन । ऋण कृत्वा, धृतम् पिवेत’ को प्रवृत्ति पनि बढेको छ । आज व्यवहार टर्यो भने भोली देखा जाला भन्नेहरु पनि बढी छन् ।
अधिकांश बैंकहरुको कर्जा खराब कर्जामा परिणत भइसकेको छ । बैंकहरुबाट ऋण लिएर व्यवसाय गर्नेहरु अधिकांश उभो होइन, उँधो लागेका छन् । हिजोआज दैनिक पत्रपत्रिकामा ‘कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने अत्यन्त जरुरी सूचना’ प्रकाशित हुने गरेका छन् । घर खेत बैंकमा धितो राखेर लिएको ऋणको साँवा, ब्याज, किस्ता र अन्य दैदस्तुर रकम नियमित रुपमा तोकिएको समयावधि भित्र बुझाउन नसकेपछि राखिएको धितो लिलाम बिक्री हुने नै भो । आज प्रत्येक ऋणी तनावमा छ, आत्महत्या गर्नु पर्ने अवस्थामा पुगेका छन् । ऋणी र धन जमानीकर्ताको फोटो, तीन पुस्ता सहितको विवरण पत्रपत्रिकामा प्रकाशित खबर सार्वजनिक भएपछि उनीहरुको प्रतिष्ठा रहलात कहाँ पुग्यो होला ? ऋणीहरुलाई बचाउ अभियानकस्ले गर्ने ? ऋणीहरुबाट बैंकले धितो लिएको घर जग्गा कसले किन्ने ? आर्थिक क्षेत्रमा यो गम्भीर समस्या देखापरेको छ । ऋण दिनु मात्र बैंकको कर्तव्य होइन, ऋणको सदुपयोग, दुरुपयोग के भएको छ, ऋण लिएका ऋणिहरु सप्रने वा बिग्रने अवस्था के छ त्यसको पनि बैंकहरुबाट नियमित अनुगमन हुनुपर्दछ । बैंकले ऋण दिइ हाल्छ भनेर जथाभावीसँग ऋण लिएर जथाभावी व्यापार, व्यवसाय गर्नेकाृ अवस्था नाजुक बनेको छ । घाँटी हेरी हाड निल्नु, बुढापाकाहरुले भन्ने गरेको कुरालाई ऋणी हरुले बुझ्नु पर्दछ । कतिपय ऋणीहरुले बैंकलाई ठगेको पनि देखिएको छ । ऋण पचाएर भागेको पनि सुनिएको छ । यस्तो कार्य व्यवहारले आर्थिक अराजकता आउँछ ।
देशले विकास आयोजनाको नाममा लिएको बिदेशी ऋणको २५ प्रतिशत बिदेशी परामर्शदातामा खर्च गर्नु परेपछि कसरी हुन्छ देश विकास ? साहुहरु स्थापित, ऋणीहरु विस्थापित हुने वातावरण बनेको छ ।