
पनि नसहेर के गर्ने ? भन्ने जनभावना पैदा हुन थालेको छ । खाद्यान्न आयातको अवस्थालाई हेर्दा नेपालको स्वाधीनता र स्वाभिमानमा समेत आँच पुगेको छ । देश अति परनिर्भर भएपछि उपनिवेश बन्दै जानेछ । नेपालमा वैज्ञानिक र व्यवसायिक खेती गर्ने हो भने नेपाल खाद्यान्नमा आत्मनिर्भर हुने ठाउँ छ । एकातिर नेपालको खेतीप्रणाली अझैसम्म पारिवारिक जिविकोपार्जन, खाइ जीविका मात्र देखिन्छ । अर्कोतिर वैदेशिक रोजगारीमा युवाहरूको बढ्दो लहरले खेतीबारी बाँझो छाड्ने प्रवृत्ति बढेको छ । मलजल नपुर्याकई खेतीपाती हुँदैन । घरमा खेतीमा लाग्ने मानिस छैनन्, खेतीमा गरेको लागनी उत्पादनबाट उठ्दैन जस्तो मानसिकता कृषकहरूमा देखिन्छ । हिमाल, पहाड, तराइ सबै ठाउँमा वैज्ञानिक खेती प्रणाली अपनाएर खेती गर्नु पर्ने हो भने नेपाली जनताहरूलाई वर्षदिनसम्म खान पुग्ने उब्जनी हुन्छ । नेपालमा पर्याप्त सिंचाईको व्यवस्था नभएको आकाशे पानीको भरमा खेती लगाउनुपर्ने भएको र जलवायु परिवर्तनले गर्दा खेती गर्ने कृषकहरूमा चुनौती देखा परेको छ ।
कृषि क्षेत्रको विकासमा सरकारले प्रत्येक वर्ष बजेट खर्च गरेको छ तर त्यसको आशातित प्रतिफल प्राप्त हुन सकेको छैन । कृषि क्रान्तिलाई जोड नदिने हो भने नेपालीहरू भोकै मर्ने दिन पनि आउन सक्दछ । अरु देशबाट आयात गरेको खाद्यान्नबाट हामी सधैं बाँच्न सक्दछौं भन्ने सोंच गल्ती हो । नेपालमा कृषि क्रान्ति चलायौं भने नेपाले खाद्यान्न लगायत कृषिजन्य उत्पादन निर्यात गर्ने प्रवल संभावना अझै छ । कुरा मात्र गरेर, हात बाँधेर बसेर कृषि उत्पादन वृद्धि हुँदैन । खेती गर्ने हो भने नेपालमा नहुने खेती केही छैन । प्रकृतिले हामीलाई वरदान दिएको प्राकृतिक विविधताको उपयोग गर्न सक्यौं भने नेपाल सफल र समृद्ध देश बन्ने छ । अस्तु । प्रकाशित मितिः२०७१ असार ५ गते बिहीवार