वीरगंज औद्योगिक नगर होइन, व्यापारिक केन्द्र मात्र– सन्तोष कुमार मिश्र

नेपाल विशाल दुई छिमेकी चीन र भारतको बीचमा रहेको सानो अविकसित राष्ट्र हो । पर्सा जिल्लाको वीरगंज भारतीय बोर्डरसँग जोडिएको पुरानो सहर र व्यापारिक केन्द्र हो । वीरगंज पहिले औद्योगिक नगर थियो तर अहिले आएर सबै उद्योगहरू बन्द भएकाले व्यापारिक केन्द्र मात्र साबित हुन पुगेको छ ।
वीरगंजमा औद्योगिकीकरण उत्पादन र व्यापार हिजोआज खासै महत्त्व दिइएको छैन । अधिकांश ठूला संचालित उद्योगहरू बारा जिल्लामा पर्दछन् । वीरगंज उद्योगपतिहरूको बासस्थल मात्र हो । आधुनिक औद्योगिकीकरणमा वीरगंजले खास भूमिका निर्वाह गर्न सकेको छैन । नेपालकै जेठो व्यापारी र उद्योगपतिहरूको संस्था वीरगंज उद्योग वाणिज्य संघले वीरगंजलाई औद्योगिक नगरका रुपमा स्थापित गर्न विशेष पहल गर्न असफल नै छ । वीरगंज उद्योग वाणिज्य संघले ग्रेटर वीरगंजको अवधारणा ल्याएको छ । त्यसको कार्यान्वयनमा खासै प्रभावकारिता देखा परेको छैन । वीरगंज नगरभित्र स–साना घरेलु उद्योग, कुटिर उद्योग प्रशस्तै छन् तर तिनीहरूले साइनबोर्ड राखेर पारदर्शी ढंगले संचालन गरेका छैनन् । ती उद्योगहरूमा कार्यरत अधिकांश मजदुर भारतीय नागरिकहरू नै छन् । भारतीय आप्रपासी जो धेरै वर्षदेखि वीरगंजमा व्यवसाय गरेर सबेका थिए ती मध्ये अधिकांश नेपालमा कमाएको धन लिएर भारत फर्किएको अवस्था छ ।
वीरगंज–पथलैया औद्योगिक कोरिडोरलाई आधार मानेर वीरगंज उद्योगा वाणिज्य संघले आफ्नो गतिविधि अगाडी बढाएपनि विदेशी लगानीका ठूला उद्योग स्थापित गराउन सकेको छैन । वीरगंजका केही ठूला उद्योगपतिहरूले नेपाली पूँजी भारतमा लगेर औद्योगिकरण लगाएको पनि पाइएको छ । वीरगंज नेपालको प्रमुख प्रवेशद्वार भएकोले आयात–निर्यात व्यापारबाट भन्सार राजश्व बढी उठ्ने गरेको छ । यसैलाई आधार मानेर आर्थिक राजधानी भनेर विशेषण दिइएको छ तर त्यसको कुनै औचित्य छैन । सकारात्मक भन्दा नकारात्मक विषय बढी छन् । वीरगंज नगरभित्र रहेका सरकारी स्वामित्वमा रहेका दुई ठूला उद्योग वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना खुल्ला बजार अर्थनीति, पूँजीवादी अर्थ व्यवस्था नेपाल सरकारले रोजेपछि ती दुबै उद्योग बन्द भएका छन् । सिनजी क्षेत्रबाट वीरगंज नगरभित्र कुनै ठूला उद्योग संचालन गरेका छैनन् ।
वीरगंजको नीजि क्षेत्रमा पनि कार्यकुशलता, छरितो र सक्षम भएको देखिएन । वीरगंज केही उद्योगपति, व्यपारीले रातारात ठगेर धनी भएको पाइएको छ । समग्र वस्तुस्थितिलाई औंल्याउँदा वीरगंजमा उपभोक्त मैत्र र वातावरणमैत्री पाइँदैन । स्थानीय जनता र उद्योगपतिबीचको सम्बन्ध पनि सौहार्दपूर्ण छैन । संचालित उद्योग र व्यापार वीरगंजमा बसोबास गर्ने उद्योगपति र व्यापारीले नेपाली कर्मचारी, कामदारलाई भन्दा भारतीय कामदारलाई प्राथमिकता र अवसर दिने गरेकाले स्थानीय जनताहरूले वीरुगंजका उद्योगपति र व्यापारीसँग कुनै आशा र भरोसा राखेका छैनन् ।
वीरगंजमा भारतीय महावाणिज्य दूतावास रहेका छ यसले दुई देशबीच उद्योग र व्यापारको सम्बन्धलाई प्रगाढ बनाउन सकेको छैन । नेपाल र भारतबीच व्यापार घाटा छ । नेपाली व्यापारी र उद्योगपतिलाई दुई देशबीच भएको सन्धी, संझौता सहमति बमोजिम दिनुपर्ने सहुलियत र सुविधा पनि भारत सरकारले दिएको छैन । लगानीमैत्री वातावरण वीरगंजमा छैन । वीरगंज नगर क्षेत्रमा जग्गाको मूल्य चर्को भएकोले सस्तो जग्ग खोज्दै हिंड्ने क्रममा उद्योगपतिहरू वीरगंज नगरबाट बाहिरिएका छन् । अब वीरगंज नगर औद्योगिक नगर बन्ने अवस्था पनि छैन ।
हालै घोषित भएका नेपालका ७२ नगरपालिका मध्ये पाँचवटा गाविस डुमरवाना, सिमरा, जितपुर, छातापिपरा र फत्तेपुर मिलेर बनेको गढीमाई नगरपालिकाले औद्योगिक नगर बन्ने प्रचुर संभावना बोकेको छ । औद्योगिक नगरकालागि अति उपयुक्त देखा परेको छ । ठूला–ठूला उद्योग यसै नगरपालिका क्षेत्रमा स्थापित र संचालित छन् । यस नगरपालिका भित्र छुट्टै उद्योग वाणिज्य संघ गठन गरेर नगरपालिका र उद्योग वाणिज्य संघको सहकार्य र साझेदारीमा औद्योगिकीकरण अभियान अघि बढाउने हो भने नेपालकै नमूना औद्योगिक नगर बन्ने देखिन्छ । यसकालािग कुरा र कागजी योजनाले हुँदैन । १० वर्षे उद्योगिक गुरुयोजना र कार्यान्वयन हुनुपर्दछ । वीरगंज उद्योग वाणिज्य संघले उदार मनले यस अभियानलाई सघाउनु पर्दछ । किनभने वीरगंज नगर औद्योगिक नगर बन्ने अब संभावना नै छैन । उद्योग स्थापनाकालगि आवश्यक जग्गामा घर घडेरी विकास विस्तार अभियान देखा परेको छ । वीरगंज नगर दिन–पर–दिन अव्यवस्थित बन्दै गइरहेको छ । स–साना उद्योगहरू मानववस्तीभित्र संचालन भएका र प्रदूषणको समस्या देखा परेको छ । औदोगिक क्षेत्र र बसोबास क्षेत्र छुट्टा–छुट्टै हुनु अनिवार्य छ । उद्योगमा वैदेशिक लगानी भित्र्याउन र आफूसँग भएको पूँजीबाट थप उद्योगहरू लगाउन वीरगंजका नाम चलेका उद्योगपतिहरू उत्साहित छैनन् । वीरगंजका उद्योगपति व्यापारीहरू यथास्थितिमा नै रमाइरहेका छन् ।
स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि वीरगंजका पूँजीपति लगानी गर्न इच्छुक छैनन् । सहकारी अभियान पनि संचालकहरूको ठगी धन्दाबाट अवरुद्ध छ । वीरगंजका थुप्रै साविकका फरेन गुड्सका व्यापारीहरू वीरगंज छोडेर भारत पसेका छन् । केही उद्योगपति व्यापारी नेपालको राजनीतिक अस्थिरता र संक्रमणको फाइदा उठाएर बैंक ठगेर, व्यापारीहरूलाई ठगेर भारतमा सुरक्षित बसोबासकालागि पुगेका छन् । भारतसँग सीमा जोडिएको वीरगंज नगर क्षेत्रका बासिन्दाको दैनिक जीवन गुजारा परिवार लालन पालनको आधार तस्करी अर्थात भन्सार चोरी पैठारी रहेको छ ।
तस्करी धन्दामा ठूलो संख्याको परिवार आश्रित छ । भन्सार चोरी पैठारी जसलाई अनधिकृत व्यापार भनिन्छ, जस्लाई बोर्डरमा खटिएका प्रहरी सुरक्षाकर्मीहरूले निरुत्साहित पार्न खोजेका छन् तर ठूलो परिमाणमा भारतीय वस्तुहरू नेपालमा चोरी पैठारी गरी भित्रिने क्रम जारी छ । यसैबाट केही मानिस धन्नासेठ, नव पूँजीवादी बनेका छन् । वीरगंजको व्यापारलाई भारत रक्सौलको व्यापारले अति असर पारेको छ । वीरगंजमा बसोबास गर्नेहरू वीरगंजमा केही कुरा नकिनी सबैथोक रक्सौलमा नै किन्न चाहन्छन् । खुल्ला सीमाना रहेसम्म यो प्रवृत्ति र गतिविधि हट्नेवाला पनि छैन ।
वीरगंज उप–महानगरपालिकाले वीरगंज नगरलाई नेपाल अधिराज्यकै चुत्थो नगरपालिका बनाएको छ । विकास निर्माण कार्यमा हुँदै आएको गुणस्तरहीनता र भ्रष्टाचारको वर्णन गरेर साध्य छैन । दीगो विकास, व्यवस्थित विकासको धारणाले कुनै काम भएको छैन । पुरानो शहरको ढल निकासको अवस्था र फोहोर थुपार्ने डम्पि• साइट नहुनाले वीरगंज नगर एउटा फोहोरी नगरमा परिणत भएको छ । वीरगंजको आर्थिक, सामाजिक, राजनीीतक, औद्योगिक र व्यापारिक भविष्य सन्तोषजनक छैन । ‘चलिरहेको छ, चलिरहने छ’ को अवस्थाबाट मुक्त नभएसम्म वीरगंज व्यापारिक केन्द्र पनि संकटमा पर्न सक्दछ ।
 प्रकाशित मितिः२०७१ असार ५ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment