तोकिएकै मितिमा संबिधान बन्छ स् मन्त्रि पौडेल

प्रदिप गौतम, बारा
युवा तथा खेलकुद मन्त्रि पुरुषोतम पौडेलले तोकिएकै मितिमा संबिधान निमार्ण हुने बताउनुभएको छ । आज बाराको सिमरा बिमानस्थलमा पत्रकारहरुसंगको कुराकानिमा मन्त्रि पौडेलले यस्तो कुरा बताउनुभएको हो । मन्त्रि पौडेलले समयमै संविधान जारी भएमात्रै राजनीतिक संक्रमण अन्त्य हुने बताउनुभएको छ । उहाँले सबै दललाई सहमतिमा ल्याएर निर्धारित समयमै संविधान जारी गर्ने विश्वास ब्यक्त गर्नुभयो । शान्ति प्रक्रियाको काम टुंगो लगाउने जिम्मा पनि सरकारको भएकाले अब सबै दल मिलेर जानुको विकल्प नभएकोमा उहाँले जोड दिनुभयो ।


SHARE THIS

Author:

Facebook Comment